Showing posts with label केलटोल. Show all posts
Showing posts with label केलटोल. Show all posts

Tuesday, August 20, 2019

भेडासिंग अर्थात भ्यां:चा द्य:को कथा



काठमाडौं, वडा नम्वर २५ अवस्थित भेडासिं टोलमा रहेको "भ्यां:चा द्य: l नेपालभाषामा भ्याःचाको अर्थ हुन्छ, भेँडा र ‘द्यः’ को अर्थ देवता । 

कथाअनुसार, कुनै एक तान्त्रिकलाई मृत भेँडाको शरीरमा प्रवेश गराई राजाले उक्त भेँडाको शिर छेदन गर्न लगाए । कत्तिले उक्त तान्त्रिकलाई त्यसरी भेँडामा परिणत गर्ने काम जामनः गुभाजुले गरेको मान्छन् । उक्त छुट्याइएको शिरभाग सहरभरि घुम्यो, सहरवासी त्रसित भए ।

तर पछि अर्का तान्त्रिकले उक्त शिरलाई लखेटी हालको भेडासिं टोलमा पुग्दा अक्षताले हानी जमिनमुनि स्थिर गराए । त्यसयता भ्याःचा द्यःलाई पूजा गर्न थालिएको मानिन्छ ।

भ्याःचा द्यःबाटै उक्त टोलको नामै भेडासिं रहन गएको हो । उक्त भेँडाको दुईवटै सिङ अगाडि र पछाडि दुबैतर्फ घुमेको छ ।

मेलम्ची आयोजनाले हटाएको उक्त भ्याःचा द्यःलाई स्थानीयहरुले पुन: स्थापना गरिएको छ, भेडासिं टोलको चौबाटोको पुरानै खाल्डोमा ।

श्रोत : आभास धरानन्द राजोपाध्याय, नेपालन्यूज.कमबाट साभार l

Wednesday, September 19, 2018

कल्खु अजिमा / कलङ्की अजिमाको सन्दर्भ


कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास गर्ने देवीको रुपमा चित्रण गरिएको छ l नेपालभाषामा कलह + खु (खुसि ~ खोला) बाट कल्खु बनेको र कलंक हरणी साक्षात देवी भएकोले कल्खु बालकुमारीबाट कलङ्की अजिमा र त्यस ठाउँको नाम समेत कलङ्की रहन गएको भनाई पाइन्छ l

कल्खु अजिमा परिसरमा एक मन्दिरकै गहनाको रुपमा बर पिपलको रुख छ l परापुर्वकालमा बालकुमारी अजिमा लामो यात्राको दौरान यसै बर पिपल रुख मुनि थकाई मारेको भन्ने किम्वदन्ती पाइन्छ l 

यस कल्खु अजिमा र असन केलटोलको बालकुमारी अजिमा र मध्यपूर थिमीको बालकुमारी अजिमासँग परम्परागत सम्बन्ध रहेको पाइन्छ l परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्व भेग मध्यपूर थिमिका केही मानिसहरू बालकुमारी अजिमा र गणहरूलाई तन्त्र साधना गरी स्थानान्तर गरेर थिमि लाने क्रममा असन केलटोलमा एकरात बास बसेको र बालकुमारी अजिमाको एक प्रतिविम्ब त्यही बास बसेको ठाउँमा नै सिद्ध भएको भनिन्छ l भोलिपल्ट बालकुमारी अजिमा एवं अन्य देवदेवीहरू थिमिमा प्रतिस्थापन गराइएको भन्ने किम्वदन्तीहरु पाइन्छ l

यस कल्खु अजिमालाई केलटोल अवस्थित बालकुमारी अजिमाको आमा भनेर पनि चिनिन्छ l यस मन्दिर परिसरमा पहिले पहिले बिचित्रको दृश्यहरु देखिने गर्दथ्यो रे ! मन्दिर भित्र बालिका खेली रहेको, सेतो घोडा मन्दिर घुम्दै रहेको, सेतो खरायो देखिने गर्दथ्यो रे !

श्रोत : मन्दिर पुजारी प्रकाश मान शिल्पकारज्युको ब्लगबाट साभार !

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...