Showing posts with label काश्यप ऋषि. Show all posts
Showing posts with label काश्यप ऋषि. Show all posts

Tuesday, December 31, 2019

दोलाद्री पर्वत

चाँगु नारायण पर्वतलाई पौराणिक काल खण्डमा दोलाद्री पर्वत भन्ने गरिन्थ्यो । यस सम्बन्धमा एक कथा रहेको छ ।
उहिले काश्यप ऋषिका सन्तान सुरदैत्यले नवलिंगको तप गरि त्रिलोक्य जय हुने वरदान पाई सकल देव देवताहरुलाई जिति दु:ख दिएपछि बिष्णु भगवानको शरणमा आउंदा उदार गर्न गरुड चढेर घनघोर युद्ध गर्दा सुरदैत्यले यस गरुडको पखेटा नै काटी दिए । पछि महादेवले सुरदैत्यलाई कसैवाट पनि नमर्ने वरदान म आफैले दिएको तसर्थ युद्ध नगर्न र आफ्नै प्यारी श्री महादेवीले मात्र जित्न सक्ने आकासवाणी दिए । आकाशवाणी गुन्जदैं गर्दै गर्दा बिष्णु पर्वत भित्र लुकिरहेका थिए । सुरदैत्यले उक्त पर्वतलाई हातले उचाल्दै दोलाही हिल्यायो । त्यसैबखत महादेव प्रकट भै किला झै अडिग उभि दिए र किलेश्वर महादेव भए । किलेश्वर महादेवको आज्ञा अनुसार भगवान बिष्णुले समस्त जन देवदेवताहरुको हितको लागि आफ्नो शिर काटेर रगत बगाउँदै महादेवीको जगदम्बा स्वरुप आह्वान गरे । रगतको भेल देखेर सुरदैत्य अगाडि आए त्यसैबखत जगदम्बा प्रकट भैइ सुरदैत्यलाई भष्म पारे । मातृका गणहरु बिराजमान भए । भगवान बिष्णु दोला जस्तो हिल्याउदैं अलप भए र पर्वतको नाम दोलाद्री पर्वत नाम रहन गए ।




पौराणिक आख्यान बोकेको दोलाद्री पर्वत कसरी चाँगुनारायण रहन गए, सत्ययुग ताका अर्को कथा छ, पछि पोष्ट गरम्ला ।

श्रोत : देवमाला बंशावली ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...