Thursday, March 28, 2019

काठमाडौमा वरपर हिउँ : फोटो संकलन







चाबहिलको सेतो स्याल नुहाउने "जम्बुकुण्ड"

६ दशक अघि देखि मासिसकेको चाबहिल अवस्थित सेतो स्याल नुहाउने #जम्बुकुण्ड पुनर्जीवित हुने तरखरमा । 

पौराणिक कालमा चाबहिल, असन, इन्द्रचोक, कालिमाटीका नेवार समुदायका मानन्धरहरु साँखुको बज्रयोगिनी मन्दिरमा दर्शन गर्न जाने गर्दथे । एक पटक दर्शन गरेर फर्कने क्रममा राति भएछ । उक्त बेलामा ती दर्शनार्थीहरुलाई एउटा स्यालले चाबहिलको कुटुबहालसम्म सुरक्षा दिएर पुर्याएको र त्यसैबेला देखि नै उक्त स्यालको मूर्तिलाई स्याल राजा अर्थात जम्बूक राजाको रुपमा पूजिने गरेको किम्बदन्ती रहेको छ । ७७ वर्षीय स्थानीय न्हूछेरत्न शाक्यको भनाई अनुसार अहिले पनि साँखु बज्रयोगिनीको पूजा गरेपछि फर्कदा कालिमाटी लगायतका मानन्धर समुदायहरुले प्रसादको एक भाग कुटुबहालस्थित स्यालको प्रस्तर मूर्तिमा चढाउने प्रचलन रहँदै आएको छ ।

यस जम्बूकुण्डमा नुहाई भिजेकै लुगासहित अञ्जुलीमा पानी ल्याएर नजिकैको जम्बूक राजा (स्याल) लाई नुहाई दिने तथा पानी चढाउने प्रचलन पछि सम्म थियो । तर अहिले पानी नभएपछि पूजा मात्र गर्ने चलन छ – शाक्य बताउँछन् । कुण्डको पानी सुकेपछि यो परम्परा नै लोप हुँदै गएको छ ।





श्रोत : https://bit.ly/2Nv8FZI

लोग्ने मान्छेहरुको तिर्थयात्रा !

एकपल्ट, एक बथान लोग्नेमान्छेहरु तिर्थ यात्रा जाँदै थिए । बाटोमा गाइडले राम्रा राम्रा युवतीहरु भेट्न सक्छ, मन नबहकाउँदै अगाडी बढ्न सम्झाए (#भुत, #लसिं, #किचकन्या पनि हुन सक्छ) । नभन्दै बाटोमा असाध्यै राम्री युवती देखा परे । लोग्ने मान्छेहरु "हरि ॐ" जप्दै अगाडि बढे ।

भोलिपल्ट नि यात्रा अघि बढे । एक लोग्नेमान्छेले "हरि ॐ" उच्चारण गरे । बाँकी सबै लोग्नेमान्छेहरु एक्कासी उत्सुकताका साथ कराए ...."खै खै कहाँ छ ?"

मन नबहकाउने तरिका हो ? लोल !

रामपुरको तालपोखरा र तालबाराही मन्दिर !


पाल्पा जिल्ला, रामपुर नगरपालिका ६ अवस्थित तालपोखरा ।

काठमाडौमा चाहिँ एक हुल भुमाफियाहरु भएका ताल, पोखरी जस्ता ईतिहास बोकेका सम्पदाहरु सरकारी मिलोमतोमै मास्दै ब्यापारिक भवन बन्दै छन् । 

यता चाहिँ हाम्रा त्रिचन्द्र कलेजका साथी देवराज देवकोटाको अध्यक्षतामा ६५ रोपनीमा फैलिएको खुल्ला चौरलाई स्थानिय सहभागीतामा खनेर ताल बनाई ताल बाराही मन्दिर स्थापना गरिएको छ । राफ्टिङ संघको पहलमा डुङ्गा चलाइएको छ । ब्यबस्थित पार्क र पिकनिक स्पट बनाइएको छ । आवश्यक परे खेतिको लागि तालकै पानी प्रयोग गर्न सकिने ब्यबस्था मिलाइएको छ । भिजित नेपाल बर्ष २०२० को १०० गन्तब्यहरु मध्य १ गन्तव्यमा पर्न सफल भै नेपाल सरकारबाट रु. ५० लाख बजेट बिनियोजनमा परेको छ ।

रामपुरको एक झलक


रामपुर, कालीगण्डकी किनारै किनार डुल्दै ।

#रामपुर अर्थात तेत्रायुगमा भगवान श्रीराम आएर बसेको ठाउँ । श्रीरामले प्रयोग गरेको #रामकुवा, देवी सिताले नुहाउने गरेको #सिताकुण्ड, भगवान रामले कुकुरलाई चे चे भन्दै खुवाएको ठाउँ #राम्चे, खाना पकाउने गरेको स्थान #रामचुल्हो जस्ता धार्मिक स्थलहरु अहिले पनि प्रख्यात छ्न् ।

जिन्दगी एक पढाई !

संघर्षमय जिन्दगी l पढाई कहिले सकिंदो रहेनछ l विद्यालयको नाम #जीवन l #कक्षा ४० को पढाई चल्दै थियो l सबै जसो #बिद्यार्थीहरु ४० वर्ष नाघेका थिए l

गुरुले बिद्यार्थीहरुको हाजिर लिन थाले :

क्रोध : Present Sir
इगो : Present Sir
संघर्ष : Present Sir
इर्ष्या : Present Sir
पछुतो : Present Sir
उदासी : Present Sir
चिन्ता : Present Sir
इच्छा : Present Sir
रोग : Present Sir
आलस्य : Present Sir
छटपट : Present Sir
मरी सकेको इच्छा : Present Sir
निराशा : Present Sir
मासिक किस्ता : Present Sir
चिढचिढाहत : Present Sir
भविष्यको तनाव : Present Sir
कष्ट : Present Sir
बाधा : Present Sir
फिक्र : Present Sir
समस्या : Present Sir
आलोचना : Present Sir
अस्थीरता : Present Sir
लालच : Present Sir
घमण्ड : Present Sir
आधा ज्ञान : Present Sir

खुशी.....
खुशी...........
खुशी.................. Absent Sir

आनन्द : हाम्रो क्लास मा छैन सर !
मनको शान्ती : बाटोमा आउदैछ सर
सन्तोष : सुतिरहेको छ सर
पूर्ण ज्ञान : Absent Sir
ज्ञान : बाटोमा आउदैछ सर
प्यार : सुतिरहेको छ सर
आशा : छाडेर गयो सर
धैर्य : बेपत्ता भा छ सर
उदारता : बेपत्ता भा छ सर
इमान्दारिता : हरायो सर
विश्वास : हरायो सर
बफादारी : हरायो सर !

पाल्पा अवस्थित अमरनारायण मन्दिर


 
पाल्पा अवस्थित #अमरनारायण मन्दिर ! ४ हजार रोपनी जग्गाको मालिक l कस्तो बिजोग...बिक्रम सम्बत २०५० सालदेखि चरम आर्थिक अभाव भएको कारण "सेल रोटी बाँधेर भण्डारा चलाउने प्रथा" बन्द !!

पाल्पा राज्यमा सेन बंशको पतन पछि पहिलो मुख्तियार काजी अमरसिंह थापा (प्र.म. भीमसेन थापाको बुबा) द्वारा बि. सं. १८६३ मा निर्माण गर्न लगाइएको यो मन्दिर सम्भवत काठमाडौं उपत्यका बाहिर निर्मित प्यागोडा शैलीको सुन्दरतम नमुना हो l आफु शाक्त सम्प्रदायका भएता पनि पाल्पा राज्य माथि विजय पश्चात भौगोलिक बिजय मात्रले नपुगेर संगै सांस्कृतिक बिजय पनि आवश्यक ठानेर स्थानीय बासिन्दाको मन जित्न उनले वैष्णव सम्प्रदायको भब्य नारायणको मन्दिर बनाउन लगाएको भनिन्छ l

सो स्थानमा सेन काल देखि नै एउटा बालगोपालको सानो मन्दिर रहेको बुढापाकाहरु बताउँछन् l यस मन्दिरको गर्भगृहमा भगवान नारायणको चतुर्भुज मुद्रामा कमलमाथि उभिएको धातुको मुर्ति लक्ष्मी सहित विराजमान छन् भने भुइमा बाहन गरुड आसनरत छन् l चार भुजामा शंख, चक्र, गदा र पद्म सुशोभित छन् l दायाँ बायाँ गणेश, बालगोपाल र हनुमानको मुर्तिहरु छन् भने अगाडी शालीग्रामको थुप्रो लगाईएको छ l तीन तल्ले यो मन्दिरको माथिल्लो छाना पित्तलको छ भने बाँकी अन्य छानाहरुमा झिंगती छाएको छ l तेलिया इँटामा बज्र सुर्कीको जोड़ाई र सालका काठको प्रयोग गरि बनाइएको यस मन्दिरको बिशेषता भनेको टुंडालहरुमा कुँदिएको उत्कृष्ट काष्ठकलाका आकृतिहरु र तिनमा ब्यक्त गरिएका कामकलाका बिभिन्न मुद्राहरु छन् l रतिक्रियारत आकृतिहरु भोगबाटै योगको पराकाष्ठा पहिचान हुन्छ भने हिन्दु तान्त्रिक मान्यताबाट प्रेरित देखिन्छन् l कृषि नै जिविकौपार्जनको एकमात्र श्रोत भएको अस्थिर र रताम्य मध्ययुगिन समाज र बौद्ध दर्शनबाट प्रेरित भै जीवनबाट बिरक्तिएको समाजमा असन्तुलन आएको कारणले मानिसहरुलाई ग्राहस्थ जीवनतिर आकर्षित गरेर सन्तान उत्पतिमा प्रेरणा दिनु पनि सार्वजनिक स्थलहरुमा कामोत्तेजक काष्ठकालाहरुको प्रदर्शन गरिनु एक प्रमुख कारण हुन् सक्दछ l

मन्दिर वरपर रहेका अन्य दर्शनीय स्थलहरु मध्ये फूलवारी वरिपरिको पाल्पाको ग्रेटवाल भनेर चिनिने पर्खाल, ऐतिहासिक पोखरीहरु, शिव र विष्णुका पादुका मन्दिर,रुखमा झुन्डिएका चमेरा तथा प्राचिन पाटीपौवा र सत्तलहरु हुन् l मन्दिर स्थापनाको करिब १५ बर्ष पछि बि. सं. १८७८मा मात्र मन्दिर संस्थापकका नाती कर्णेल उजिरसिंह थापाले अमरनारायणको रथ यात्रा सुरु गराएको मानिन्छ l प्रत्येक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट सुनौलो रथमा भगवानको मुर्ति प्रतिस्थापन गरि काँधमा बोकेर शहर भरि परिक्रमा गराईने यो जात्रा निकै आकर्षक हुन्छ l मन्दिरका संस्थापकले अनवरत रुपमा दैनिक पुजा तथा जात्रा पर्व संचालानार्थ ४ हजार रोपनी खेतको आयश्रोतको ब्यबस्था गरि दिएको भए पनि हाल ति सम्पतिहरुको आयश्रोत मन्दिरले भरपुर उपभोग गर्न पाएको छैन l बि.सं. २०५० सम्म बर्षको ४ पटक तीन फन्के सेल रोटी बाँधेर भण्डारा चलाउने प्रथा आर्थिक अभाव अन्य विभिन्न कारणले बन्द भएको छ l

श्रोत : मन्दिरको प्रांगणमा रहेको ताम्रपत्रमा आधारित

मतिना पारु अर्थात नेवा: प्रणय दिवस



मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय चाड हो । यो चाड यःमरि पुन्हिको भोली पल्ट पर्दछ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट, 'पारु' भन्नाले प्रतिपदा बुझिन्छ । मतिना भनेको माया ।


योमरी पुन्हीसँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन् । लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध बारे कुराकानी गर्दा यसको अर्को पक्ष भनेको माया पनि हो । परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला थिएन । यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो । यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन् ।


त्यो दिन ‘मतिना पारु’ । अहिले जस्तो फोन मोबाइल नभएको बेलामा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदन प्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् । त्यसै अनुसार मतिना पारुका दिन भेटघाट हुन्छ । आफ्नो आमा बुबाले नदेख्ने नसुन्ने गरी राती घरमा केटा बोलाउने, आफ्नो घर परिवार बाहिर हुँदा प्रेमी बोलाउने परम्परा थियो ।

चकंद्य:लाई बाहन ? मोडिफाइड टु गाईजात्रा ।


ङालाकेगु नाचको नवदुर्गा नाच "ङालाकेगु नाच" : फोटो सान्दर्भिकता


महाकालीले महिषासुरको बध गरि सकेपछि रगताम्य महाकाली देवी आफ्नो वस्त्र सफा गरि रहेको बेला स्वेत भैरब भने सुन्दर नारीको नग्न सरिर हेर्दै जिस्कीरहेको थिए ! आफुलाई लुकी छिपी हेरेर जिस्काए पछि महाकाली स्वेत भैरबसंग क्रोधित हुन्छ र स्वेत भैरबको खास्टो लुटेर लिन्छ ! भैरबले जति फकाए पनि महाकाली खास्टो फर्काउन मान्दै मान्दैन !

महाकालीलाई मनाउन भैरब बाटो बाटोमा पैसा उठाउन थाल्छ र पैसा चढाएर मनाउन खोज्छ ! क्रोधित महाकाली मान्दैन र भाले कुखुरा खाने इच्छा प्रकट गर्छ ! भैरबले त्यहि पैसाले भाले कुखुरा किनेर महाकालीलाई चढाउँछ ! महाकालीले मुखबाट भालेको टाउको छुट्याई बलि लिन्छ र भैरबले आफ्नो खास्टो फिर्ता पाउँछ !

नेपाली बर्णमाला


 हामीले नेपाली वर्णमाला किताब घोक्यौं मात्र । कहिले बुझ्न प्रयास गरेनौं । नेपाली वर्णमालालाई नियालेर हेरौं :

"प" ले "फ" को #पुच्छर तान्दै जिस्काएको छ ।
"इ" ले "ई" लाई #टुप्पी बाहुन् भन्दै #गिज्जाउँदै बस्छ ।
"ङ" ले "ड" लाई तिमी त #नेवार्नी पो रैछौ ! नाकमा #फुली खै ? भन्दै नाक खुम्च्याउँछ ।
"ष" ले "प" लाई भन्छ, #दलित होस् कि क्या हो , तेरो #जनै नै छैन त ?
"भ" ले "म" लाई भन्छ, कस्तो सोझो रहेछौ ! केही गरेर खान सक्दैन ।
"व" ले "ब" लाई भन्छ, भाई तेरो त #भूँडीमा पनि #हड्डी देखिन्छ । खान पाइनस् कि के हो ?
"३" ले "६" लाई भन्छ : तँसँग त बोल्दिन , उता फर्केर बस् |

अनि यहि नेपाली वर्णमाला घोकेर हामी नेपाली चाहिँ मिलेर बस्नु पर्ने ?

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...