Thursday, March 28, 2019

चाबहिलको सेतो स्याल नुहाउने "जम्बुकुण्ड"

६ दशक अघि देखि मासिसकेको चाबहिल अवस्थित सेतो स्याल नुहाउने #जम्बुकुण्ड पुनर्जीवित हुने तरखरमा । 

पौराणिक कालमा चाबहिल, असन, इन्द्रचोक, कालिमाटीका नेवार समुदायका मानन्धरहरु साँखुको बज्रयोगिनी मन्दिरमा दर्शन गर्न जाने गर्दथे । एक पटक दर्शन गरेर फर्कने क्रममा राति भएछ । उक्त बेलामा ती दर्शनार्थीहरुलाई एउटा स्यालले चाबहिलको कुटुबहालसम्म सुरक्षा दिएर पुर्याएको र त्यसैबेला देखि नै उक्त स्यालको मूर्तिलाई स्याल राजा अर्थात जम्बूक राजाको रुपमा पूजिने गरेको किम्बदन्ती रहेको छ । ७७ वर्षीय स्थानीय न्हूछेरत्न शाक्यको भनाई अनुसार अहिले पनि साँखु बज्रयोगिनीको पूजा गरेपछि फर्कदा कालिमाटी लगायतका मानन्धर समुदायहरुले प्रसादको एक भाग कुटुबहालस्थित स्यालको प्रस्तर मूर्तिमा चढाउने प्रचलन रहँदै आएको छ ।

यस जम्बूकुण्डमा नुहाई भिजेकै लुगासहित अञ्जुलीमा पानी ल्याएर नजिकैको जम्बूक राजा (स्याल) लाई नुहाई दिने तथा पानी चढाउने प्रचलन पछि सम्म थियो । तर अहिले पानी नभएपछि पूजा मात्र गर्ने चलन छ – शाक्य बताउँछन् । कुण्डको पानी सुकेपछि यो परम्परा नै लोप हुँदै गएको छ ।





श्रोत : https://bit.ly/2Nv8FZI

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...