Thursday, March 28, 2019

मतिना पारु अर्थात नेवा: प्रणय दिवस



मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय चाड हो । यो चाड यःमरि पुन्हिको भोली पल्ट पर्दछ । पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट, 'पारु' भन्नाले प्रतिपदा बुझिन्छ । मतिना भनेको माया ।


योमरी पुन्हीसँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन् । लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध बारे कुराकानी गर्दा यसको अर्को पक्ष भनेको माया पनि हो । परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला थिएन । यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो । यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन् ।


त्यो दिन ‘मतिना पारु’ । अहिले जस्तो फोन मोबाइल नभएको बेलामा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदन प्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् । त्यसै अनुसार मतिना पारुका दिन भेटघाट हुन्छ । आफ्नो आमा बुबाले नदेख्ने नसुन्ने गरी राती घरमा केटा बोलाउने, आफ्नो घर परिवार बाहिर हुँदा प्रेमी बोलाउने परम्परा थियो ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...