Monday, January 14, 2019

साँढे जुधाई जात्रा

बझाङ्गी राजा जय पृथ्वी बहादुर सिँह माघे सङ्क्रान्तिका बेला मामाघर आउँदा भाञ्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित हालको गोरुजात्रा हुने स्थान बिदुरको चन्दनीमा साँढे जुधाउने परम्परा शुरु गरेका थिए रे ! यसैको सम्झनामा ५० औ बर्ष देखि साँढे जुधाई जात्रा चली रहेका छन् l

घ्य: चाकु संल्हु / माघे संक्रान्ती

घ्य: चाकु संल्हु / माघे संक्रान्तीको हार्दिक सुभकामना !! सबै भन्दा जाडो हुने समयमा शरिरलाई तातो दिने वातावरण अनुकुल मनाइने यो पर्वमा घ्यु चाकु तरुल खाएर जाडो भगाउनु होला । आजैको दिनदेखि दिन लामो हुँदै जाने र रात छोटो हुँदै जाने गरिन्छ ।

माघे संक्रान्ति र माधव नारायणको सन्दर्भमा एक पौराणिक कथा पाइन्छ । पौराणिक कथाअनुसार कुनै समय भादगाउँका एक महाजनको बुढेशकालमा पनि तिलको व्यापारमा कुनै कमी देखिएन । आफ्नो व्यावसाय झन् झन् राम्रो हुँदै जानुमा महाजन आफैँ अचम्म पर्दै थिए । आफ्नो सफल व्यावसायको कारण खोतल्ने क्रममा महाजनले तिलको बिउमा भगवान बिष्णुको आकृति भेट्टाए । त्यो दिन माघको संक्रान्तिको दिन थियो । त्यो बेलादेखि भादगाउँका बासिन्दाहरू भगवान बिष्णुको कृपाले अन्न र श्रीसम्पत्तिको निरन्तर वृद्धि हुन्छ भन्ने जनविश्वासका साथ माघे संक्रान्तिको दिन तिल माधवको मूर्ति बनाई पूजा गर्न थाले ।

यस दिन तिल दान गर्ने चलन पनि रहेको पाइन्छ । तिल माधव नारायणमा मेला लाग्ने सन्दर्भमा यस दिनलाई ‘हामो सँल्हु’ भनेर नामाकरण गरिएको छ, जुन आफैँमा महत्वपूर्ण छ । तिललाई नेपालभाषामा “हामो” (हाम्वः) भनिन्छ । तिलको सम्बन्धमा एउटा महत्वपूर्ण भनाई “जो व्यक्तिले यस दिन तिलको प्रयोग गर्छ, त्यो कहिल्यै डुब्दैन अर्थात यस दिन तिल प्रयोग गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन” भन्ने अर्थ लाग्छ । त्यसैले यस दिन तिल प्रयोग गर्दै तिलले स्नान गर्ने, तिलको तेलले मालिस गर्ने, तिल दान दिने, तिल हवन गर्ने, तिल खाने र पितृलाई तिलयुक्त जल अर्पण गर्ने संस्कार रहेको पाइन्छ ।

विवाहित महिलाहरूले माघे संक्रान्तिको दिनमा आफ्नो लोग्नेको कमाई खान नहुने र माईतमा गएर खानु पर्ने भन्ने मान्यता रहेको छ । यस दिन घरका मुलीले सुख-शान्ति, सम्वृद्धि र निरोगिताको कामना गर्दै सबैको टाउकोमा तोरिको तेल हाली दिने परम्परा रहेको छ । सबै जस्तो चाडपर्वहरूमा ज्वाँईहरूलाई बोलाएर खुवाउने चलन रहे पनि यस दिन भने ज्वाँईहरूलाई बोलाउने गरिँदैन ।


 फोटो : भक्तपुर अवस्थित माधव नारायण मन्दिर ।

Monday, January 7, 2019

धवलागिरी हिमाल



धवलागिरी हिमाल जसको साब्दिक अर्थ "सेतो हिमाल" भन्ने अर्थ लाग्दछ । पोखराको उत्तर पश्चिममा अवस्थित यो संसारकै सातौं अग्लो हिमाल हो जुन ८१६७ मिटर उचाई रहेको छ । नेपाली हिमालयको मध्य भागमा पर्ने यस हिमालको पुर्वमा कालीगण्डकीको गहिरो गल्छी बग्दछ, अर्कोतर्फ अन्नपूर्ण हिमाल पर्दछ ।

सन् १८०८ मा पश्चिमाहरूले यो हिमाल पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइएको थियो । पछि कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो । स्थानिय भुधरातलमा भएको अग्लाईको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कतै छैन । यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७००० मिटरमाथि उठेको छ ।

धौलागिरी र अन्नपुर्ण जस्ता दुई आठ-हजारी हिमाल रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ ।

म्याग्दीको तातोपानी कुण्ड




कालीगण्डकीको गड्गडाहट संगै म्याग्दीको तातोपानी कुण्डमा एकछिन ।

सामान्यतया पानीको तापक्रम ४८ डिग्री रहेको पाइन्छ । यस कुण्डमा केही दिन नियमित डुबुल्की मार्ने हो भने ग्याष्ट्रीक, छाला सम्बन्धि रोगहरु, हड्डी, जोर्नी सम्बन्धि रोगहरु, सर्केको, मर्केको निको हुने गर्दछ । यस कुण्डमा सल्फरको मात्रा बढी हुने गर्दछ र तातोपानी किताणु मुक्त हुने गर्दछ । उच्च रक्तचाप र मधुमेह हुनेहरूलाई चाहिँ कुण्डमा डुबुल्के मार्न नहुने सुझाव छ । विशेषत: रोगबाट पीडितहरु १० दिन देखि १ महिनासम्म बसेर रोगबाट मुक्त भएर फर्केको थुप्रै प्रतिनिधि कथाहरु पाइन्छ ।

केहि दिन अघि माओवादी नेता प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा जिल्लाको बिपद ब्यबस्थापन भवन उद्घाटन गर्न हेलिकप्टरबाट आएका थिए । सुरक्षा ब्यबस्था कडा पारेर केही दिन डुबुल्की मारेका फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । फोटो भाइरल भएको २ दिनपछि प्रचण्डले एक कार्यक्रममा आफु पत्नी सिताको उपचारको लागि तातोपानी कुण्डमा आएको र यस भाइरलले पर्यटन क्षेत्रमा कुण्डको बारे धेरै प्रचार भएको बताएका थिए ।

अन्धा गल्छी

म्याग्दी र मुस्तांगको सिमानामा पर्ने यस अन्धा गल्छी धौलागिरी हिमालको फेदलाई काटेर कालीगण्डकी नदी बग्ने गर्दछ र यस गल्छीलाई संसारकै सबैभन्दा गहिरो गल्छी मानिन्छ । धौलागिरी हिमालको उचाई, अर्को तर्फ अन्नपुर्ण हिमालको उचाई र गल्छीको समुद्री सतह लेभललाई आधार मानेर यस गल्छीलाई सबै भन्दा गहिरो मानेको रहेछ ।

गलेश्वर मन्दिर

म्याग्दी जिल्ला, बेनीबजारबाट १०-१५ मिनेटमा पुग्ने काली गण्डकी छेउ, राहुघाटमा अवस्थित गलेश्वर महादेवको मन्दिर

श्री स्वस्थानी कथामा उल्लेख भए अनुसार सतिदेवीले आगोमा फालहाली आफ्नो देह त्याग गरे पश्चात भगवान शिवले उनको भौतिक शरीर लाई विश्व परिक्रमा गराउने क्रममा सतिदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।

मंगसिर महिनामा बैकुण्ठ - मेलामा यहाँ ठुलो घुइचो लाग्ने गर्दछ

पोखराको सांस्कृतिक घर

जाती, पहिचान, भेषभुषा, रितिरिवाज, संस्कृतिलाई यसरी नि प्रस्तुत गर्न सकिन्छ । पोखरा, शान्तिवाटिका अवस्थित एक घरको सजावत । संस्कृति प्रतिको मोह गाढा पो हुन्छ

भुर्जुंग खोला तातोपानी

पोखरा बसपार्कबाट करिब २१ किमी उत्तरतर्फ भुर्जुंग खोला (अर्थात सेती गण्डकी नदी) मा अवस्थित तातोपानी कुण्डमा एक छिन l

माघ १ गते ठुलो मेला लाग्ने गर्दछ l ब्यबस्थापनको लापरवाहीले गर्दा तातोपानी चाहिं सुकेको रहेछ l मेलाको बेला चाहिं तातोपानीको ब्यबस्था गर्दो रहेछ l नदीमा सफा र निर्मल पानीको बहाव राम्रै रहेछ l केहि बर्ष अघि May 5, 2012 मा सेती नदीमा आएको हिम पहिरोको कारण मृत्यु भएका मानिसहरुको सम्झनामा एक सानो स्मारक पार्क निर्माण गरेको रहेछ l

अकलादेवी मन्दिर

 
पोखराको लामाचौरमा अवस्थित ३ तलाको छानायुक्त अकलादेवी मन्दिर चाहिँ नयाँ हो । यस मन्दिरको पुनर्निर्माण गर्दा भक्तपुरको कालिगड, इट्टा प्रयोग गरिएको थियो । पुरातत्व बिभागको अनुसार हालको मन्दिर नयाँ भएपनि यस भित्र रहेको शिला चाहिँ ८०० बर्ष पुरानो रहेको भनिएको छ । यस अकला देवीलाई पोखराकै एक शक्तिपिठको रुपमा मानिन्छ । दशैंको बेला बिशेष भिड रहने यस मन्दिरमा तिजको बेला र शनिवारको दिन भिड हुने गर्दछ ।


बूढापाका र लोककथा अनुसार सत्य युगमा अलकादेवी यात्राको क्रममा प्रशव वेदना (सुत्केरी बदना) ले ग्रस्त भएपछि रातको समयमा त्यही सुनसान एकान्त जंगलमा बास भएको र रात भर प्रशव वेदनाले छटपटाई रहेको बेला सबै ठाउँबाट देवीहरु अकलादेवीको सुत्केरी भएको हेर्न र सहयोगको लागि आई रहेको समयमा विहानी उज्यालो संकेत स्वरुप कुखुराको भाले बासेपछि मानिसहरु र जिव जन्तुहरु आवत जावत गर्न थालेपछि अनिष्ठ भै अकला देवी र सहयोगका लागि आएका देवीदेवताहरु शिला ढुङ्गामा परिणत भएको मानिन्छ ।


अकलादेवीको मन्दिरहरु देशको विभिन्न भागमा पाइन्छ । स्याङ्जाको सिर्सेकोटमा रहेको अकलादेवीको सन्दर्भमा

अकलादेवीको शिलामा तीन वटा शिलाढुङ्गा प्रशव वेदनाले छटपटाएको र बच्चा जन्माउन लागेको तर नसकेको आकृति बच्चा योनीमा नै अड्केको जस्तो देखिने मुर्तिको स्वरुप देख्न सकिन्छ । यसरी देवीको अवस्था अकालमा परेको अवस्था रहेकोले नै यस देवीको नाम अकलादेवी रहन गएको भनाई रहेको छ ।


मन्दिरभित्र सबै भन्दा माथि ३ वटा देवताका आकृतिहरु छुट्टाछुट्टै अवस्थामा रहेको पाइन्छ । त्यसै कारणले त्यस स्याङ्जाको सिर्सेकोट अवस्थित मन्दिरलाई तीन कन्या अकलादेवी भन्ने गरिएको पाइन्छ । नजिकै देवीको प्रशव वेदनामा सहयोग गर्ने सुडेनी ढुङ्गाहरु पनि देखिन्छ ।


बूढापाकाहरुको भनाई अनुसार करिव ३०० वर्ष पहिले यस ठाउँमा घ्याव्री श्री मनराज गुरुङ्गलाई राती तीन कन्याहरुले बोलाएर लगेको र हाल अकलादेवी मन्दिर रहेको स्थानमा पुग्दा ती तीन कन्याहरु अलप भएकोले त्यस ठाउँमा आफ्नो साथमा भएको हतियार हँसीया गाडेर छोडेका थिए । विहान हेर्न जाँदा ती देवीका आकृति भएको ढुङ्गाको मुर्तीहरु देखा परेको थियो । त्यसै समय देखी देवीको सेवा सुश्रुसा पुजापाठ गर्न सुरु गरेको भनाई रहेको छ । पछि नेपाल राज्यले देशमा मुखिया जिम्मुवालको व्यवस्था सुरुवात भएपछि अकलादेवीको रेखदेख पुजापाठ उनिहरु बाटै हुन थालेको थियो ।


यस अकलादेवीलाई भक्तजनहरुले अकाल विकालमा मर्न नपरोस्, सन्तान प्राप्ती होस्, सुत्केरी राम्रोसँग होस्, रोग व्याधी नलागोस्, पशुपालनमा राम्रो होस् भनी अकलादेवीसँग भाकल गर्ने गरेको पाइन्छ ।

मुक्तिनाथ, मुस्ताङ यात्रा







#मुक्तिनाथ, मुस्ताङ यात्रा (२०७५, पौष १० - १४)




मुक्तिनाथमा अवस्थित शिलाको निर्माण प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्‍मबाट भएको थियो, जो मुख्‍यत: #टेथिस सागरमा पाइन्थे । कुनै बेला टेथिस सागर रहेको स्थानमा अहिले हिमालय पर्वत छ । पौराणिक मान्‍यताहरूका अनुसार #शालिग्राम शिलामा विष्‍णुको निवास हुन्छ । यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् । यिनै कथाहरूमा एक कथाका अनुसार जब भगवान शिवले #जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान #विष्‍णुले उनको मद्दत गरेका थिए ।




कथा अनुसार जबसम्म असुर जालन्धरकी पत्‍नी #वृन्दाले आफ्नो #सतित्‍व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजित गर्न सक्दैनथ्यो । यो अवस्थामा भगवान विष्‍णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्‍वलाई नष्‍ट गर्ने काममा सफल भएका थिए । जब वृन्दालाई यस कुराको थाह भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको बध गरिसकेका थिए । यसैले वृन्दाले भगवान विष्‍णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्‍यतित गर्नु परोस भनेर श्राप दिएकी थिइन् । फलस्‍वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्‍य हुन् ति विष्णुले भगवान शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । 




पुराना दन्त्यकथा अनुसार #मुक्तिक्षेत्र त्यस्तो स्‍थान हो जहाँ मोक्ष प्राप्ति हुन्छ । यसै स्थानमा भगवान विष्‍णु शालिग्राम शिलामा निवास गर्दछन् । 




मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूको पनि एक महत्‍वपूर्ण स्‍थान हो । यसै ठाउँको बाटो भएर उत्‍तरी-पश्चिमी क्षेत्रका महान बौद्ध #पद्मसम्भव (जसलाई अवलोकितेश्वर पनि भनिन्छ) यहाँ बसेर ध्यान बसेका थिए । यहिंबाट बौद्ध धर्मको प्रचार-प्रसारका लागि तिब्‍बत गएका थिए । 




वि. सं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर #कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन द्वन्दबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई #हरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए । यसरी सवा लाख गाईको दूधले शालिग्राम नुहाएको समयमा गंगाजीको पानी पुरै सेतो देखिएको थियो भने सवा करोड बत्ती बालेको समयमा रातमा पनि पुरै गंगाको तट दिनको उज्यालो झैं झिलिमिली देखिएको थियो र शहरभरी घिउको बत्ति बालेको वासना फैलिएको थियो ।

छाब्दी बाराही




#छाब्दी बाराही दमौलीबाट ५ किमी दुरीमा पर्दछ । छाब्दी मगर भाषाको सब्दबाट आएको हो । यस स्थानमा रहेको कुण्डमा #सुनको #टिका लगाएका लामो खाले #माछा पाइन्छ जो भाग्यमानीले मात्र देख्न सक्छ रे !

पुर्णिमा, पन्चमी, अष्टमी, शनिवार र नयाँबर्षको दिन विशेष मेला लाग्दछ । औशी, एकादशी र श्रावण महिनाभर मन्दिर बन्द रहन्छ र यी दिनहरुमा देवी #गुफामा बस्न जाने बिस्वास रहेको पाइन्छ । मगरहरुको विशेष यस देवी हिन्दु वा अन्य धर्मको देवीहरु भन्दा पृथक छन र यिनमा दैवी शक्ति प्रचुर मात्रामा रहेको बिस्वास गरिन्छ ।

तनहुँमा #ढोर बाराही, #गुणादी बाराही, #छाङ्गा बाराहीको मन्दिर पनि छन् । बुढापाकाहरुले यहाँ पुग्या छौ कि छैन भनेर च्यालेन्ज दियो । अबको यात्रामा यता नि दर्शन गर्ने नोट गरियो ।

रिंगापुर अर्थात लेले

काठमाडौंबाट धेरै नजिकको एक #सम्बृद्ध एवं #प्राचिन शहर जसलाई उहिले #रिंगापुर नगरी भनेर चिनिन्थ्यो l यिनका कान्छा भाई #सिंगापुरले बिकासमा फड्को मारे, तर यिनी #चाउरी पर्दै पर्दै झन् झन् #बिकट हुँदै गए !

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...