Tuesday, February 27, 2018

बसन्तपुर : महादेव पार्वती जोडी


किम्वदन्ती अनुसार, हिमालय पर्वतमा ध्यानमा बस्दा बस्दा थाकेका महादेव काठमाडौं उपत्यकामा नचाइने विभिन्न दैत्य नाचहरु हेर्न काठमाडौं उपत्यका झरेछ l बसन्तपुर दरवार प्रांगणमा नचाइने नाचहरु देखेर सारै रमाएछ र उनि आफै पनि नाच्न गर्दथे रे l पछि महादेव आफु मात्र हैन, पार्वती सहित धेरै चोटी बसन्तपुरतिर आई नाचहरु हेर्न बस्दथे रे l 

यिनै किंवदन्तीलाई आधार मानेर माजु देवलको बाँया तर्फ राजा रणबहादुर साहले कलात्मक झ्यालमा अडेस लिएर बसेको महादेव - पार्वतीको यो वास्तुकलामा आधारित युगल मुर्ति / मन्दिर बनाउन लगाएका थिए l


श्रोत : हनुमान ढोका दरवार स्क्वायर (Culture Portrait Handbook) पुस्तकबाट साभार

हनुमान ढोका : पंचामुखी हनुमान


हनुमान ढोका दरवार परिसरभित्र मोहन चोक अवस्थित गोलाकार यो ५ तल्ले मन्दिरलाई पन्चमुखी हनुमान मन्दिर भनिन्छ । सर्वसाधारणलाई प्रवेश निषेध गरिएको यस मन्दिरमा पुजारीहरुले पुजा गर्दा मात्र खोल्ने गरिन्छ ।

कथाअनुसार, रामायणमा जब राम र रावणको युद्ध भै रहेको थियो, रावणले पथालाको अहिरावणसंग सहयोग मागे । राम र लक्ष्मणलाई बचाउन हनुमानले यहि बेला पन्चमुखी हनुमानको रुप धारण गरेका थिए । यिनको पन्चमुखी अवतारमा हनुमान, ह्याग्रीब भैरब, नरसिंह, गरुड र बराहको स्वरुप पाइन्छ ।

अहिरावणले रावणकै भाइ बिभिषणको रुप धारण गरे र राम लक्ष्मणलाई मायाजालमा पारेर पथाला लोकमा लगे । हनुमान राम लक्ष्मणको खोजीमा पथाला लोकमा पसे । हनुमानले अहिरावण पाँच दिपहरुमा चारै दिशामा लुकेर बसेको चाल पाए । दिपहरुबाट निस्केको धुवाँले निस्सासेर मर्न सक्ने अवस्था थियो । यसैबेला हनुमानले पांच मुख भएका पन्चमुखी हनुमानको रुप धारण गरे र चारै दिशामा फुकेर दिपहरुलाई निभाए र अहिरावणलाई मारे ।

अप्सरा तिलोत्तमा र महादेवको ३ मुखहरु




"तिलोत्तमा" उर्फ एक सार्है राम्री अप्सरा । यिनको सुन्दरताले महादेवकै ध्यान भङ्ग भए र तिलोत्तमा जता जता गए हेरि रहनको लागि ३ मुहारहरु रचना गरे । यता देवराज इन्द्र त यति मोहित भए, हजार आँखाहरु रचना गरे ।
हिरण्यकश्यपुका छोराहरु सुन्द र उपसुन्द अति मिलनसार, एक अर्काले सार्है माया गर्ने र एकै खाले दिमाग भएका दाजुभाई थिए । यिनिहरुको पराक्रमीले तिनै लोक जितेका थिए । ब्रम्हाजीबाट कसैले मार्न नसक्ने तर दाजुभाई आफै एक अर्कालाई मात्र मार्न सक्ने बरदान पाएपछि त झन देवी देवताहरु भागाभाग भएका थिए । ब्रम्हाजीले यिनै मिलनसार एवं पराक्रमी दाजुभाइहरु बिच फाटो ल्याउन बिश्वकर्मालाई विशेष आग्रह गरि तिलोत्तमा अप्सराको शृजना गरेका थिए । 

जब तिलोत्तमा सुन्द उपसुन्दको सामु पुगे, यिनको मोहनीले दुई दाजुभाईहरुले तिलोत्तमालाई आफ्नो बनाउन अन्तत: युद्ध नै गर्नु परे र सकिए । 

तिलोत्तमा अप्सराको कथाको सारबाट के शिक्षा पाउनु भो हँ ?

अप्सरा मेनका

प्राचीन भारतमा ऋषि विश्वामित्रलाई अत्यन्त आदरणीय ऋषिको रुपमा मानिन्छ । यिनले एकचोटी अर्को स्वर्ग रचना गर्ने भनेर घनघोर तपस्या गरे । यिनको तपस्याले स्वर्गका राजा इन्द्रदेवको निन्द्राहराम हुन पुगे । अत्यन्त डराएका देवराज इन्द्रले असुर र देवताको संयोजनबाट एक असाध्यै सुन्दरी, पारिवारिक मोह, बुद्धी र विशेष प्रतिभा भएकी आकासिय अप्सरा मेनकाको रचना गरे र ऋषि विश्वामित्रको ध्यान भंग गर्न पठाए ।

मेनकाले आफ्नो रुप सुन्दरताले ऋषिको कामबासना र आवेगलाई उत्तेजित बनाउन सफल भइन् । ऋषि विश्वामित्रको ध्यान भंग भए । अप्सरा मेनकाले पनि साँचो माया दिन थालिन् र आश्रममै एक बालिकाको जन्म दिइन् र तिनी शकुन्तलाको नामले प्रख्यात भइन् । पछि शकुन्तलाले राजा दुश्यन्तसंग बिहे गरिन् र भरत नामक बालकको जन्म दिइन् । यिनै बालकको नामबाट हालको भारत नाम रहन गएको भनिन्छ ।

धेरै समयपछि ऋषि विश्वामित्रले आफू इन्द्रद्वारा छलकपटमा पारिएको अनुभूति गरे र असन्तुष्टि जाहेर गरे । ऋषि विश्वामित्रले अप्सरा मेनकालाई केवल श्राप मात्र दिए सधैको लागि छुट्टीए ।

नैरात्म्य बुद्ध


नैरात्म्य बुद्ध । हेबज्र तन्त्र अन्तरगत महिला बुद्ध । नैरात्म्य अर्थात "Ego Less Woman".

कामारुकामाख्य: तान्त्रिक देवी चामुण्डा

तान्त्रिक देवी चामुण्डा ...गहिरो ध्यानमग्न अवस्थामा !! 

यो मुर्ति कामारुकामाख्य: मा भेटिन्छ, जहाँबाट करुणामय / मछिन्द्रनाथलाई काठमाडौं ल्याईएको थियो l

Monday, February 26, 2018

बुद्ध शिक्षा : राजा बिम्बिसार र भेंडा बलीको प्रसङ्ग


एक दिन सिद्धार्थ शहरमा डुल्दै थियो, आगो बल्दै थियो l राजा बिम्बिसार र पुजारीहरुको एक समूह मन्त्र उच्चारण गर्दै थिए l तिनीहरु सबै अग्नीलाई पुजा गर्दै थिए l तिनीहरु मध्ये एक नायकेले जब तरवार उठाएर भेंडालाई काट्ने लागेका थियो, सिद्धार्थले हत्तपत्त रोक्दै बिचरा ति अबोध भेडाहरुलाई पुजारीहरु मार्फत नमार्न र ज्यान नष्ट नगर्न राजा बिम्बिसार मार्फत अनुरोध गरे l सिद्धार्थले पुजारीहरू तर्फ फर्केर भने "जीवन अमुल्य छ l सबै प्राणी जगत मानिसहरु जस्तै बाँच्न चाहन्छ" l


One day, Siddhartha was walking around in the city. The fire was burning on the altar, and King Bimbisara and a group of priests were chanting hymns. They all were worshiping the fire. When the leader of the fire worshiper lifted his sword to kill the first sheep, Siddhartha quickly stopped him. He asked the king not to let the worshipers destroy the lives of the poor animals. Then Siddhartha turned to the worshipers and told them "Live is extremely precious. All living creatures want to live, just like people."

हनुमानढोका : हनुमानको मुर्ति

मल्ल राजाहरु हनुमानलाई संरक्षकको रुपमा मान्छन् l रामायणमा रामचन्द्रलाई हनुमानले संरक्षण एवं साथ दिएको पौराणिक कथा अनुसार मल्ल राजाहरु पनि हनुमानलाई उही संरक्षकको रुपमा मान्दथे र यसै कारण मल्ल राजाहरु दरवार, राज्य र जनताको सुरक्षा एवं युद्धमा जितोस भन्ने हेतुले दरवार अगाडी हनुमानको मुर्ति स्थापना गर्ने गर्दथे l यहाँ सम्मकी मल्ल राजाहरुको झन्डामा पनि हनुमानको चित्र हुने गर्दथे l मल्ल कालमा ठुला कार्यकारी पदहरुमा पनि हनुमान सब्द घुसेको हुन्थे l प्रताप मल्लले सन् १६७२ मा स्थापना गरेको यो हनुमानको मुर्ति बास्तवमा ढुगावाट बनेको थियो तर हरेक वर्ष मुर्तिलाई तोरीको तेल र Vermilion Powder वाट बनेको मिश्रणले पोत्ने गरिन्छ l हनुमानको मुर्तिलाई रातो कपडाले बेरेर टाउकोमा सुनौला छाताले ओढाएको देखिन्छ l

मल्ल राजाहरुको यहि हनुमान प्रतिको श्रद्धाको कारण दरवारको नाम पनि हनुमान ढोका रहन गएको हो l साथमा हनुमान दरवार भित्र नासल चोक र मोहन चोकबिचमा पंचमुखी हनुमानको मन्दिर पनि रहेको छ l

Thursday, February 1, 2018

रुद्राक्षको कथा

महादेवले पार्वतीलाई सुनाएको कथा अनुसार :

एकपल्ट (सतीदेवीको मृत्यु पश्चात) महादेवले १००० बर्षसम्म समाधिमा बसी दिए । समाधिबाट ब्युँझेपछि महादेवको मन बाह्य जगतमा त आए, तर उनले सारा जगतको कल्याण गर्ने आँखा बन्द गरे ।  त्यहि बेला महादेवको आँखाबाट आँसुको एक थोपा पृथ्वीमा झर्यो र त्यहाँ एक रुख पलाए ।  त्यहि रुखमा फलेको फल नै रुद्राक्ष रहन गए । कालान्तरमा त्यसैको बिउबाट नेपाल भरि...थुप्रै स्थानहरुमा रुद्राक्षको रुखहरु फैलिए ।

महादेवको त्यो आँसु नेपालमै झर्यो र फलत: नेपालमा पाइने रुद्राक्ष बिशेष गुणस्तरको मानिन्छ । सामान्यत: रुद्राक्ष १ देखि १४ मुखिसम्म पाइए पनि पछिल्लो अध्धयनले ३८ मुखी सम्म पनि भेटिएको खोजकर्ताहरु बताउँछन् ।

रुद्राक्षको स्पर्शले रक्तचाप, उत्तेजना तथा हृदय रोगहरुलाई नियन्त्रण गर्दछ भने आयुर्वेदिक उपचारमा पनि यसको प्रचुरमात्रामा प्रयोग गरिएका छन् ।

एक मुखे रुद्राक्षलाई शिवको प्रतिक मानिन्छ । यो दुर्लभ मानिन्छ ! यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ रे ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...