Showing posts with label ज्याेतिष. Show all posts
Showing posts with label ज्याेतिष. Show all posts

Tuesday, August 20, 2019

फुल्चोकी माइसँग जब पानी मागियो, तब पानी पर्न थाल्यो

 
२०७६ को असार १५ गते राष्टिय रोपाइ दिवस सहित धान दिवस पनि मनाइयो । तर असारमा झमझम पर्नु पर्ने पानी भने त्यस दिन परेन उल्टो टन्टलापुर घाम लाग्यो । १६ गते पनि पानी परेन, १७ मा पनि पानी परेन ,  धान रोप्नको लागि राखिएका बेर्ना पनि सुक्न थाले । तर धान रोप्नको लागि चाहिने जति पानी भने पर्दै परेन ।

यसरी असार १५ गते सम्म पनि पानी नपरेका कारण धान रोप्न नपाएको खण्डमा ललितपुरको हरिसिद्धिमा पानी माग्नका लागि विशेष पुजा गर्ने परम्परा छ । त्यसैले उनीहरु पानी माग्नको लागि फुलचोकी माइ कहाँ जाने निधो गरे । माइ कहाँ पानी माग्न जानको लागि तःचपा संरक्षण समितिले हरिसिद्धिका बासिन्दालाई सहभागी हुनको लागि आव्हान गर्यो ।

ज्याेतिषले पनि असार २१ गतेको साइत निकाल्यो । यसरी पुजा गर्नको लागि विहान ६ बज्नु अघि नै पुजा गर्न पनें भएकाले उक्त समयमा हरिसिद्वि भवानीको पुजा गरियो।

यसपछि उनीहरु हुल बाँघेर  फुलचोकी माइ कहाँ गएर विशेष पुजा गर्नको लागि निस्किए ।

   

हरिसिद्वि भवानीको पुजा गर्दा खेरी नाग साधना गरिएका साना साना माटाका कलशलाइ बाटोमा पर्ने इनार, कुवा लगायतका  पानीका श्रोतमा चढाउनु पर्ने परम्परा अनुसार  ठाँउ ठाँउमा चढाउनको लागि यसरी झुण्ड्याएर लगिएको थियो।

बाजागाजा सहित उनीहरू पानी माग्नको लागि निस्किए। पानी माग्नको लागि २७००  मीटरको उचाँइमा पुगे ।
र,पानी माग्दै फुलचोकी माइको विशेष पुजा गर्न थाले । पुजा पछि उनीहरू पुन बाजा बजाएर फुल्चोकीबाट ओर्लिए । फुल्चोकी पछि उनीहरूको यात्रा गोदावरीमा रहेको नाै धारातिर तेर्सियो ।
त्यहाँ पुजा गरेपछि बाजा बजाएर उनीहरू पानी माग्दै नाच्न थाले ।
यसरी पानी माग्दा माग्दै पानी पर्न थाल्यो । यस्तै गरि २०६६ सालमा पनि फुल्चोकी माइसमक्ष हरिसिद्विका बासिन्दाले पानी मागेका थिए। त्यसबेला पनि यसरी नै उनीहरूको माग पुरा भएको थियो ।




श्रोत : मनिगाल.कम
फोटो : बि.के. जल्मी


सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...