Thursday, December 28, 2017

जुम्ला : सिंजा उपत्यका


जुम्लाको सिंजा उपत्यका अहिले हैन आज भन्दा १००० बर्ष अगाडी देखि अर्थात ११ औं देखि १४ औं सताब्दीमा एकदम शक्तिशाली खस राज्यको रुपमा परिचित थियो । युनेस्कोले अहिले पनि सिंजा उपत्यकालाई विश्व सम्पदा सुचिमा राखेको छ । सन् १०९३ यता नागराज, छाप, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल, क्राचल्लले राज्य गरेको देखिन्छ भने सन् १२२३ यता अशोक चल्ल अशोक मल्ल हुँदै जितारी मल्ल, रिपू मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, सुर्य मल्ल, अभय मल्लले राज्य चलाएको देखिन्छ ।

सन् १२८८ र १२८९ मा जितारी मल्लले काठमाडौंमा आक्रमण गरेको थियो भने सन् १२५५ जुन ७ मा नेपालमा ७.८ रेक्टरको भुइचालो जाँदा काठमाडौं उपत्यकाको एक तिहाइ जनताको मृत्यु भएको थियो जसमा अभय मल्ल पनि परेका थिए

सन १३१२ - १२ मा रिपू मल्लले लुम्बिनी दर्शन गर्न पुगेका थिए । उनले अशोक पिलर संगै "ओम माने पद्मे हुँ, श्री रिपूमल्लस्चीरण जयतु शाके १२३४" लेख्न लगाएका थिए ।

सन १३९१ मा मलय बर्मा (जो अभय मल्लका कोर्टको मुख्य व्यक्ति थिए) ले सत्ता सम्हालेपछि उनका छोराहरुले
शक्तिशाली खस राज्यलाई सल्यान (सुमेरु बर्मा), जाजरकोट - जुक्तिपुर (मेदिनी बर्मा), रुकुम (पिताम्बर), डुल्लु (संसरी बर्मा) मा विभाजन गरेका थिए ।

यति शक्तिशाली राज्य भएर पनि आज २१ औ सताब्दीसम्म आइपुग्दा पनि जुम्ला एक बिकट जिल्लामै सिमित हुनु ....खसवादीहरुको निम्ति दुखद अवस्था हो । लुज़ा !!

Friday, December 22, 2017

भगवान शिवको अति प्रिय नशा : धतुरो



Datura Stramonium अर्थात धतुरोको फूल । संस्कृतमा शिवशेखर भनिन्छ l भगवान शिवको प्रिय प्रिय नशाको रुपमा लिइन्छ।

पुष महिनामा यो फूल पशुपतिमा महादेवलाई चढाई पुजा गरेमा उच्च पदमा पुगिन्छ भनेर पुजा गर्ने विधिमा लेख्या रहेछ ।

प्राचीन विष विज्ञान- 'अगदतन्त्र'मा धतुरोलाई उपविष भनिएको छ। विष जत्तिकै खतरनाक नभए पनि विष जस्तै काम गर्ने क्षमता भएकाले धतुरोलाई उपविष भनिएको हो। आयुर्वेदमा धतुरोलाई शुद्ध गरी गुणकारी औषधिमा परिणत गरिन्छ। सुतशेखर रस, धतुराक्षार, कनक आसव, त्रिभुक्नकीर्ति रस, प्रलापान्तक रस, कनकसुन्दर रस, उन्माद गजाङकुश रस र ग्रन्धिशोध निवारिका वर्तिकाजस्ता आयुर्वेदिक औषधि धतुरोबाटै तयार पारिन्छ।
प्राकृतिक रूपमा धतुरोको बीऊ विषालु हुन्छ। यसको बीऊ खाएको आधा घण्टापछि शरीरमा नकारात्मक लक्षण उत्पन्न हुनथाल्छ। जस्तो कि शरीर तात्ने अनि मानिस बोल्नै नसक्ने हुन्छ। आँखा, मुख सबै रातो हुनथाल्छ र एउटै सामानलाई पनि दुईवटा देख्दछ। बरबराउने, कपडा लुछ्ने, उफ्रने, दौड्नेसम्मका पागलपन सवार हुनथाल्छ। यदि चौबीस घण्टाभित्र उपचार गरिएन भने त यसले मान्छेलाई मृत्युको मुखमा नै पुर्‍याइदिन्छ। धतुरोको यस्तो दुष्प्रभाव तब उत्पन्न हुन्छ जब यसको सयभन्दा बढी बीऊ सेवन गरिएको होस्। अर्थात् सयभन्दा अधिक बीऊको सेवन धतुरोको घातक मात्रा हो।

ज्यानै लिने क्षमता भएको धतुरोको बीऊलाई जब एउटा पोकामा राखेर गाईको दूधमा चार घण्टासम्म ममः पकाएझैँ बफाइन्छ र तातोपानीले धोइन्छ तब त्यो शुद्ध हुन्छ। यसरी शुद्ध गरिएको बीऊले विष होइन अब औषधिको काम गर्न थाल्छ। शुद्ध भइसकेपछि धतुरोको बीऊलाई धूलो पारेर चूर्ण बनाइन्छ। पेट वा अन्य भित्री अङ्ग दुखेमा र छातीको रोगमा यसको सेवनले फाइदा गर्छ। ठूलो हुँदै गरेका बच्चाहरू यदि अझै ओछ्यानमै मुत्छन् भने तिनीहरूलाई पनि यो चूर्ण खुवाउन सकिन्छ। औषधिको रूपमा लाभ लिन यो चूर्ण पचासदेखि सय मिलिग्राम बिहान र बेलुका सेवन गर्नुपर्ने हुन्छ।

धतुरोको पात विषालु हुँदैन। कपालबाट जुम्रा र लिखा भगाउन धतुरोको पातबाट निकालिएको रस लगाउन सकिन्छ। छालाको रोग भएको ठाउँमा यसको लेप प्रयोग गर्न सकिन्छ। आयुर्वेदिक औषधि निर्माताहरू धतुरोको पातलाई विशेष तरिकाले धूलो पारेर चूर्ण बनाउँछन्। धतुरोको काँडेदार फलबाट निकालिएको रसले कपाल झर्ने र चायाँ पर्ने समस्या हटाउन मद्दत गर्छ। मानसिक स्वास्थ्य सन्तुलित राख्ने गुण धतुरोमा हुन्छ। त्यसैले वैद्य र कविराजहरू मस्तिष्कसम्बन्धी रोग निको पार्न धतुरोको प्रयोग गर्छन्।

सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछ। नजान्नेले अमृतलाई नै विष बनाइदिन्छ। धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ। मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको छ।

Monday, December 18, 2017

गोसाईकुण्ड अवस्थित त्रिशुल धारा


भगवान शिवले कालकूट बिष खाएर गोसाईकुण्ड पुगेर तपस्या गर्न बस्दा घाँटी पोलेर यहीं आफ्नो त्रिशूलले घोपी पानी निकालेको थियो l त्रिशुलले घोपेर पानी निकालेको हुनाले यो ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ ।

यहि त्रिशुलधाराबाट बग्दै गएको नदी नै त्रिशुली वा त्रिशुली गङ्गा भन्ने गरिएको छ
त्रिशुली नदी मध्य भागबाट बहने नदी हो जुन नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो ।

Thursday, December 14, 2017

मकवानपुरगढी : ३० जना मरेर १७०० दुश्मन मारेको ठाउँ


मकवानपुरगढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । मकवानपुरगढी नेपालका लागि सधै रणनितीक महत्वको स्थान हो । मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ , कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाएको थियो । केही समयपछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भएको थियो  नेपाली सेनामा ब्यबस्थित सेना यो नै पहिलो थियो । नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै संगठन रहेको पाइन्छ । साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पहिलो अवसर पनि यहि थियो ।

यस  युद्ध मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाह थिए । उनीसँग ४०० जति सेना, थोरै बन्दुक र अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रो थिए । त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए । जसले शत्रुलाई अचम्मित पारी रहेको थियो । नेपाली सेनाले राति आक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो ।

मिर कासिमका सेनाका सेनानायक गुरगिन खाँ थिए । उनीहरुसँग २५०० सेना र तोपहरू, बन्दुक, राम्रो रणनीतिक सहायता तथा ब्याकअप फोर्स थियो । उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो । तिनीहरू रात्री आक्रमण गर्ने योजनामा थिए । जब शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घरहरू पहिले नै खाली भै सकेका थियो । उनीहरूलाई खानाको अभाव हुन थाल्यो ।

मकवानपुरगढी त्यहाँबाट ९ किमी माथि पहाडको टुप्पामा रहेको अवस्थित थियो । नेपाली सेनाले सबै बाटाहरू थुनेका थिए । तैपनि शत्रु उनीहरूलाई मकवानपुरगढी धकेल्न सफल भइरहेको थियो । झन्डै ३०० शत्रुले नेपाली सेनाहरुअझ रक्षात्मक बनाउदै २० जनवरी १७६३ मा आक्रमण शुरू गरे ।  

तर तिनीहरू त्यतिखेर दंग परे जती खेर नेपाली सेनाहरु ताप्लाखारमा बिसाइ मारी रहेका थिए ।
काजी बंशराज पांडे तलबाट उनीहरू माथि जाइ लागे ।
काजी नरसिंह बस्नेतले माथिबाट गुरगिन खाँका सेनालाई हाने ।
नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडीबाट हाने । 

तीन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनि नेपाली सेना बहादुरी पूर्वक लडेर शत्रुहरुलाई नास गर्न  सफल रह्यो । मिर कासीमका १७०० सेना मारिए । ३० नेपाली सेनाका जवानहरुले शाहदत प्राप्त गरे । नेपाली सेनाले शत्रुका ५०० राइफल,  दुई तोप अन्य सैन्य सामाग्री प्राप्त गर्‍यो । यसै लडाईंबाट प्राप्त श्रोत साधनपछि  नेपाली सेनालाई संगठानिक  संरचनामा ढाल्ने काम शुरू भयो ।

हेटौडाको आफ्नै कथा !!

महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौंडा भएको हो । हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ ।



हेटौंडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोक्षेक्व मन्दिर,कुसमान्ड् सरोभर्, गुम्बा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन् ।

Saturday, December 9, 2017

श्रीघः चैत्य


रजनी शाक्य, बोधी टिभी

नेपालका अरु चैत्यहरुलाई छोडेर स्वयम्भू महाचैत्य जस्तै झल्को दिने काठमाडौंमा अर्को एउटा चैत्य छ जसलाई श्रीघः चैत्य, काश्यप चैत्य, काशी चैत्य, शान्तिघट बज्रधातु चैत्य आदि नामले चिन्ने गरिन्छ । आकारमा स्वयम्भू महाचैत्यभन्दा सानो भएपनि धार्मिक ऐतिहासिक दृष्टिकोणले बडो महत्वपूर्ण चैत्यको रुपमा रहेको छ । काठमाडौंको वडा नं २८ शान्तिघट महाविहारमा रहेको श्रीघः चैत्य स्थापना सम्बन्धमा रोचक इतिहास रहेको छ:-

राजा नरेन्द्रदेवको समयमा काठमाडौंको क्वाःबहाः मैत्रीपुर महाविहार थँहितिमा वाक्वज्र (वाग्वज्र) वज्राचार्य नामको एक तान्त्रिक आचार्य थियो । उनको मुखबाट निस्कने शब्दहरुमा सिद्धि हुने भएकोले उनलाई वाक्वज्र भनिएको हो । उनका दुई श्रीमती र दुई छोराहरु मञ्जुपाल र महीन्द्रपाल हुन् । करुणामयलाई कामारुकाक्षबाट नेपालमा ल्याउने प्रसिद्ध आचार्य बन्धुदत्त उनको गुरु थियो । धार्मिक स्वभावका तान्त्रिज्ञ वाक्वज्र दिनहुँ बनारसको मणिकर्निकाघाटमा गएर नुहाउने, मामकी देवीको आरधना गरेर घर फर्की पुजा पाठ गरी एक छाक भोजन मात्र गर्ने रहेछ ।

त्यसबेला काशीकी महारानीको एक बौद्ध स्तूप स्थापना गर्ने इच्छा भएकोले काशी नरेशले विभिन्न देश विदेशबाट कलाकारहरु निमन्त्रणा गरी चैत्य बनाउन लगाए । तर चैत्य प्रतिस्थापनका लागि काशीमा कुनै योग्य आचार्य पाएको थिएन । पछि नेपालबाट प्रतिदिन काशीको मणिकर्णिका घाटमा स्नान गर्ने श्री वाक्वज्र वज्राचार्यलाई बोलाएर प्रतिस्थापन गर्न लगाए ।
आचार्य वाक्रवज्रले मणिकर्णिका घाटमा आफुले साधना गरी स्थापना गरेको मामकी देवीको पूर्णकलशमा जल भरेर १०८ पटक मन्त्र जप गरी काशी चैत्यमाथि जल अर्पण गरे । त्यसपछि आखेजाकी (पाँच चामल) पाँचपटक फुकेर पुजा गरे र राजालाई चैत्य प्रतिस्था भएको सूचना दिए । तर चैत्य प्रतिस्थाका लागि राजाले जोरजाम गरेका ध्वजा, छत्र, पताका चढाएर पुजा नगरी, होम नगरी चैत्य प्रतिस्था गरेको कुरामा राजा सहित प्रजागणले उनलाई मूर्खको संज्ञा दिए । यस कुराले उनी दुःखी भए तापनि उनले आफ्नो मनलाई वज्रसमान दृढ बनाइ राखे र चाँडोभन्दा चाँडो आफ्नो निर्दोषताको बोध राजालाई कसरी गराउने भन्ने सोचमा लागिरहे ।
एकदिन चैत्य स्थापना गरेको स्थानमा प्रेतात्माहरु भएको र चैत्यलाई अन्यत्र सार्नुपर्ने कुरा राजालाई बताए । कुरा सत्य नै भए पनि प्रतिस्था गरिसकेको चैत्यलाई फेरि निकालेर अर्को ठाउँमा सार्न राजा मानेन । राजा नमानेपछि आचार्य वाक्वज्रले धर्मशास्त्र अनुसार घोडा हात्तीलाई तान्न लगाउँदा कुनै दोष नहुने कुरा बताएपछि त्यस्तै गरे । तर चैत्यलाई हात्ती घोडाले अलिकति पनि हल्लाउन सकेन । तब वाक्वज्रले राजासँग आफुले चैत्यलाई अन्यत्र सार्ने अनुमति मागे । राजाले पनि उनको परीक्षा गर्न यस चैत्यलाई तानेर जहाँ लान चाहेको हो लगेर पवित्र स्थानमा स्थापना गर्न सक्छौ भनेपछि आचार्यले चैत्यलाई मन्त्र सिद्ध भएको पसूका (पाँच रंगको धागो) ले बाँधेर उचाली आकाशमार्गबाट उडाएर नेपालमण्डलको शान्तिघट भन्ने स्थानमा पलिस्था गरे । यो देखेर राजा तथा प्रजागण सबैजना आश्चार्य चकित भए । त्यसपछि राजाले उनलाई साधारण मनुष्य नभई देवशक्ति भएका हुन् भनी उनलाई समन्तभद्र नामले सम्बोधन गरे ।

शान्तिघटमा आकाशमार्गबाट चैत्य ल्याउँदा उनको उमेर ५० वर्षको थियो र ने.सं.पु. ३३० मा उनले काशी चैत्यको स्थापना गरेको अनुमान गरिएको छ । काशी चैत्य स्थापना गरेपछि नित्यपुजा गर्न उनले श्रीघःमा नै आश्विन शुक्ल चतुर्दशीका दिन शान्तिघट महाविहारको स्थापना गरेका थिए । पछि क्वाथबहालको क्वापाद्यो (शाक्यमुनि बुद्ध) को दाहिने ध्यानागारमा प्रवेश गरेर त्यहीँ अन्तध्र्यान भएको कुरा उल्लेख छ ।

काशी नरेशको आज्ञा पवित्र स्थानमा चैत्य सार्नु थियो । आचार्य वाक्वज्रले शान्तिघट पवित्र स्थान भएको हुँदा त्यहीँ चैत्यको स्थापना गरे । शान्तिघटलाई श्रीघट र शिलाको घैंटो, घडा भएकोले शिलाघट पनि भन्ने गरिन्छ । शिलाघट यम्पु प्रदेश, सुवर्णप्रणाली काठमाडौं महानगर नःघः टोलको श्रीघः चैत्यको पश्चिमतिर अवस्थित शान्तिपुरमा पलिस्था गरिएको हुँदा शान्तिघट नाम प्रसिद्ध रहेको देखिन्छ । शान्तिपुरमा ठूला साना गरी जम्मा छ वटा शिलाका घडाहरु रहेका छन् । घटको मुन्तिरको शिलालेखबाट शािन्तघट श्रीघः चैत्यभन्दा पूर्व लिच्छविकालीन राजा अंशुवर्माको समयमा नै पलिस्था भइसकेको कुरा बुझिन्छ । शिलालेख टुटफट भएको हुँदा राजाको नाम, संवत् प्रष्ट नभए पनि अभिलेखमा उल्लेख भएका शब्दहरुबाट सो शिलालेख करीब १६०० वर्ष पुरानो हुनसक्ने अनुमान इतिहासकार धनवज्र वज्राचार्यजुको रहेको छ ।

यसरी काशीबाट ल्याइएको चैत्य हुँदा ‘काशी चैत्य’ पनि भन्ने गरेको छ भने अर्को जनश्रुति अनुसार मैत्रीपुर महाविहार (क्वाः बहाः) नजिक क्वाःपुखु भएको र सोही क्वाःपुखुसँगै रहेको विहार भएर क्वाःवहाः भनिएको हो । आचार्य वाक्वज्र सो क्वाःपुखुमा दिनहुँ नुहाउने र सोही पोखरीको जलले नित्य पुजा कर्म गर्ने गथ्र्यो । पोखरी नजिकै एक भव्य मणि र्चत्य रहेको र सो आचार्य वाक्वज्रले स्थापना गरको हुनुपर्छ । मणिकर्निका घाटमा स्थापना गर्न नसकि आकाशमार्गबाट नेपालमा ल्याएर स्थापना गरेको हुँदा ‘मणि चैत्य’ भन्ने नाम भएको कुरा पनि छ ।

फेरि श्रीघः चैत्यलाई काश्यप स्वयम्भू पनि भनिन्छ । इतिहासकार धनवज्र वज्राचार्यजुको लिच्छविकालीन अभिलेख संख्या ३८० मा काठे सिम्भू नाम उल्लेख भएबाट जंगलमा स्वयम्भू जस्तै चैत्य रहेको हुँदा काठे सिम्भू भनिएकोलाई पछि काश्यप स्वयम्भू भन्न थालिएको हो कि भन्ने भान पनि हुन्छ ।

शान्तिघट
श्रीघः चैत्यको शान्तिपुर भित्र स्थापना गरिएको घट (घैंटो, घडा) भएर शान्तिघट भन्ने नाम रहेको हो । घःलाई स्थानिय नेपालभाषामा क्वंचाः भनिने हुँदा क्वंचा भएको स्थान क्वःबहाः र त्यहाँ स्थापना गरिराखेको घटलाई क्वंचाघः भनिन्छ भने क्वःबहालाई कुम्भविहार पनि भनिन्छ ।
 शान्तिपुर
शान्तिघटलाई सिल घः (शील घट) पनि भनिन्छ । सिल घःको अर्थ नियमपूर्ण घैंटो, घडा हो । नेपालभाषामा पखाल्नुलाई सिलेगु भन्ने गरिन्छ । कुनै पनि चीज सफा शुद्ध बनाउन पखाल्नु पर्दछ । घडामा पानी राखिन्छ । अतः घडाको पानीले शुद्ध सफा गर्ने अर्थमा सिल घः भन्ने गरेको हुनसक्छ । किनकी त्यहाँ कुनै पनि पुजापाठ शान्ति – स्वस्ति गर्ने बेला शान्तिघटको पानी चाहिन्छ र क्वाथबहाका वज्राचार्यहरु ‘पिंवा वने’ भनेर शान्तिपुरमा प्रवेश गरी शान्तिघटको पानी ल्याएर महाबली पुजा गर्ने गरिन्छ तर हाल उक्त घटमा पानी नभएर सुख्खा भइसकेको सुन्नमा आउँछ । अर्को कुरा बुद्ध धर्ममा शीलको स्थान उच्च रहेको छ । शील चित्त शुद्ध गर्ने महत्वपूर्ण आधारशिला हो । शीललाई नियम तथा अनुशासन पनि भनिन्छ । पालि साहित्यमा पाँच शील, आठ उपोसथ शील, दश शीलका कुराहरु छन् । शुभ कार्यमा जलले शरीर शुद्ध गरिन्छ भने शीलले चित्त शुद्ध गरिन्छ । सिल घःले यही शुद्धता र पवित्रताको पनि संकेत गरेको देखिन्छ ।

शान्तिघटलाई नेपालको स्थानिय भाषामा सिगः भन्ने गरिएको छ । पहिला सो स्थान बाक्लो सिमा (रुख) भएको जङ्गल थियो । यसरी सिमा भएको स्थान हुनाले सिमागःबाट सिगः हुनगयो । सिगःमा रहेको धर्मकीर्ति विहार निर्माण गर्न जग्गा खरिद गर्दा त्यहाँ ककीचा स्वांमा (एक प्रकारको रुखहरु) भएको कुरा उल्लेख छ ।

वास्तवमा सिगः शुद्ध नाम भएको देखिन आउँछ । किनकी काठमाडौंमा सिगःसँग मिल्दोजुल्दो अन्य किलागः, त्यंग (तिंगः), वंगः आदि नामका स्थानहरु पनि छन् । किसि लहिगु थाय् – किलागः, तिं (बेत) विरुवाको झाङ्ग भएकोले तिंगः भयो । गःले बासस्थान जनाउँछ । किलागः हात्ती पाल्ने मानिसहरुको बासस्थान भयो । तिंगःको विषयमा पनि यस्तो जनश्रुति रहेको छ – तिं विरुवाको झाङ्गमा एक स्थानिय ज्यापुले गणेश भगवान नाचिरहेको देखेको थियो । उनले देखेपछि गणेश त्यहीँ नै सिद्ध भएर गएको थियो । पछि त्यहाँ गणेश भगवान स्थापना गरी गणेश भगवानको सेवार्थ मानिसहरु त्यहीँ बसोबास गर्न थाले । जहाँ बसोबास हुन्छ त्यहाँ पानीको आवश्यकता हुन थाल्यो । जङ्गल भएको हुँदा पानीको मुहान सजिलै पाउने भयो । धर्मसेवा गर्ने मनसाय भएकाले कुवा, इनार बनाउने जस्तै पानीको मुहान रहेको ठाउँमा शिलाका घटहरु बनाएका हुन सक्छन् । सिगःको शिलाघटमा पहिले पानी हुनु तर अहिले सुख्खा हुनु, सिगःमा बाहेक अन्य वंघः, नःघः, न्हुघः आदि स्थानमा पनि शिलाघट रहनुले यही संकेत गरेको अनुमान हुन्छ ।

हाल जनमानसमा श्रीघः नाम बढी प्रचलनमा रहेको देखिन्छ । शायद सिल घः उच्चारण गर्दागर्दै छोटकरी हुँदै श्रीघः हुन गएको हो कि जस्तो भान हुन्छ । तर श्रीघः नाम पनि सुहाउँदो नै भएको देखिन्छ । किनकी श्री शब्दले शीर्ष, उच्च, आदर, सम्मान, श्रेष्ठ भन्ने बुझाउँछ । पानी बिना संसारका कुनै पनि सजीव निर्जीवको अस्तित्व रहन्न । फेरि पृथ्वी पानीमाथि नै अवस्थित छ । अनि पृथ्वीमा हामी बाँचिरहेका छौं । अतः यस्तो जलपूर्ण घडालाई सम्मान गर्न योग्य, पुजा गर्न योग्य, शुद्ध, पवित्र, उच्च, शीर्ष भनी श्रीघः सम्बोधन गरिएको पनि एकदम उचित देखिन्छ ।

श्रीघः चैत्यको वर्तमान अवस्था
समयको परिवर्तनसँगै श्रीघः चैत्य पनि पटकपटकको जिर्णोद्धारपछि हालको स्वरुपमा परिवर्तन भएको देखिन्छ । चैत्य परिसर भित्र पस्ने पूर्वमा पञ्चबुद्ध स्थापित ठूलो ध्वाखा (ढोका) रहेको छ । ध्वाखाको दायाँबायाँ घरहरु रहेका छन् । मूल प्राङ्गण पुगेपछि दायाँ उत्तर दिशामा एक गुम्बा, बुद्धको ठूलो मूर्ति र धर्मकीर्ति विहार निर्माण गरिएको छ । पश्चिमतिर एक थेरवाद विहार र प्रभात स्कुल रहेको छ । दक्षिणतिर भजन गर्ने स्थान, क्वापाद्यः प्रमुख रहेको छ ।

प्राङ्गणको बीच भागमा पञ्चबुद्ध स्थापित करीब ६० फिट जति अग्लो श्रीघः चैत्य रहेको छ । चैत्यको वरिपरी स–साना विभिन्न शैलीमा निर्माण गरिएका उद्देश्यिक चैत्यहरु स्थापित छन् । स्वयम्भू महाचैत्यमा जस्तै पश्चिम उत्तर कुनामा अजिमाद्यः (हारती) को मन्दिर रहेको छ । यी बाहेक बुद्ध, लोकेश्वर, वज्रसत्व, महामञ्जुश्री, गणेश, महाँकाल, कुलेश्वर महाद्यः आदिका मूर्तिहरुले श्रीघः चैत्य परिसर शोभायमान छन् ।

ORIGINAL URL :http://bodhitv.tv/article/171208b/

Monday, December 4, 2017

दोलखा : भैरब र कुमारी (बालकुमारी) जात्रा

दोलखा शहरको पुरानो बस्ती दुंगल हालको भीनपा–४ दुंगलको नामले प्रख्यात छ । जुन ठाउंमा त्यसताका २ जना सिन्धु र बिन्दु आचार्य नाम गरेका २ जना तान्त्रिक दाजुभाइ थिए । ती दुई दाजुभाइ दिनदिनै तामकोशीको किनारमा गएर नुहाउने अनि चोखो पानी ल्याई नित्य पूजा गर्दा रहेछन् । यसरी तामकोशीमा जादा एकदिन अति राम्री ३ वटी कन्या देखेछन् यसरी देखेपछि तान्त्रिक शक्तिले ध्यान गरी हेर्दा देवीहरु भनी थाहा पाएपछि तान्त्रिक शक्तिबाटै ती तिनवटी कन्यालाई समाती दोलखा ल्याएछन् । साक्षात देवीका तीन दिदीबहिनीहरु त्रिपुरा सुन्दरी, बालकुमारी र कालिञ्चोक माई श्री भीमेश्वर मन्दिरको पछाडिपट्टि रानीवनसंगैको ओढारमा वासस्थान गरेका थिए । पछि त्यसको वरिपरि जनावर पशुपंछी मानिसहरु दिन–प्रतिदिन मर्दै गएकाले स्थानीय वासिन्दाहरु होहल्ला र आतंकित हुंदै गयो । यसरी दिन दिनै यही क्रम जारी रहेपछि तान्त्रिक विद्यामा निपूण गुरुको आत्मिक दृष्टिकोणबाट हेर्दा देवी माताहरु खुल्ला ओढारमा बस्नु परेकोले यस्तो दैवीप्रकोप हुन आएको होे भनी पत्ता लगाएपछि यी तीनै दिदीबहिनीहरुलाई एउटै ठाउंमा राख्न नहुने विचार माताहरुसित प्रकट गर्दा देवी माताहरु सहमतीको विन्दुमा पुगेकाले आचार्यले आ–आफ्नो वस्ने ठाउंको वारेमा विन्ती प्रकट गर्दा जेठी दिदी त्रिपुरा सुन्दरी खोला देख्ने ठाउं र जंगलको छेउमा वस्ने निधो भए वमोजिम हालसम्म त्यही रानीवनको नजिक अर्थात ओढार संगै अवस्थित छ (हाल जुन ठाउं भीनपा–४, दुंगलमा पर्दछ) । माहिली बहिनी बालकुमारी दिदीसंगै आसपासमा वस्ने सहमती कायम गरिन भने कान्छी वहिनीले हिमालको मधुर मुस्कान देख्ने र आफू बसेको ठाउंबाट दिदीको दैनिक दर्शन गर्न पाउने ठाउंमा विराजमान हुने सहमतीले हाल दोलखा देखि करीव ३ कोष टाढा उच्च पहाडमा सुमद्र सतहदेखि १३,६०२ फिटको उच्चाईमा अवस्थित छ । यसरी देवी माताहरुलाई आ–आफ्नो इच्छा अनुसार बसाईयो । यसरी बसाई सकेपछि देवी माताहरु मध्ये बालकुमारी अति चञ्चल स्वभावकी थिईन । जुन सुकै बेला रातो पहिरनमा शहर बजार घुमी रहने, यसरी सधै रातो पहिरनमा घुमी रहने भएकोले बालकुमारी देवी मातालाई रातो (हेगउ) कुमारी पनि भन्दछन् । यसरी आफुलाई मन लागेको बेला निस्कने हिडडुल गर्ने भएपछि केटाकेटी, ठुलो मानिस दिनदिनै मर्न थाले यसरी दिन प्रतिदिन मर्न थालेपछि दोलखा शहरमा हाहाकार मच्चियो । यो समस्या समाधानका लागि स्थानीय बासिन्दाहरु बीच छलफल एवं सल्लाह भयो र सबैको सल्लाह र सहमतीमा त्यसताका तान्त्रिक बिद्यामा निपुण दोलखावासी बिद्यानन्दले अन्तदृष्ट्रिबाट पत्ता लगाउंदा बालकुमारी देवी माताबाट यस्तो गराएको भन्ने थाहा पाएपछि क्षमा पूजा गरी देवी मातालाई जगाई नरसंहार भएको बेलिबिस्तार गर्दा माताबाट आज्ञा भएनुसार आफुलाई कसैले हेरबिचार नगरेकोले गर्दा यस्तो बिपत्ति हुन गएको भनी जवाफ पाएपछि तान्त्रिकको आफ्नो चलाखिपनबाट अवदेखि मानव जातिलाई दुःख नदिएमा सम्पूर्ण ब्यवस्था हुनेछ भनी तान्त्रिक र देवी माता बीच बाचा बन्धन भयो ।  यसपछि तान्त्रिकले आफ्नो तान्त्रिक शक्तिबाट मातालाई खाडलमा पुर्ने योजना बनाए त्यसपछि दीक्षितहरुलाई पूजाको सामानहरु तयार पार्न लगाई ७–८ फिटको खाडल (हालको मन्दिर अगाडि) खन्न लगाई नित्यकर्म अनुसार पूजाआजा गरी त्यस खाल्डोलाई छोप्ने ढुंगाको ढकनी बनाई राखि दुवैलाई सिक्रीले बाध्ने र जो अगाडि सिक्री चुडालेर बाहिर निस्कन सक्दैन त्यसलाई सदाको लागि पुर्ने शर्तमा बाचा भए । यसपछि देवी मातालाई फलामको साङ्लाले ढुंगामा अंकुसे लगाई बाँधे र आफुलाई चामलको पिठोको साङ्ला बनाई बाँधे । देवी माता फलामे साङ्लाको जालमा फसिन भने तान्त्रिक आफु पिठोको साङ्लाले बा“धेको कारणले सजिलै साङ्ला चुडालेर बाहिर निस्किए । देवी मातालाई यो कष्ट भएको असह्य भएर केही अनर्थ गरी हाल्ने हो कि भनी तान्त्रिकले जुन दिन तामाकोशीको ढुंगा आ“प हुन्छ, भंगेराले पाईला चाल्छ र भुटेको भटमास उम्रेला त्यस बेलामा मात्र बाहिर निस्कन पाउने बाचा गराई सदाको लागि ढकनी बन्द गरी दियो । यसै बेलादेखि दिक्षाकर्म, मन्त्रतन्त्र प्राप्त गरेका ब्यक्तिहरु बाहेक अन्य ब्यक्तिहरु जान नहुने भयो । जुन मान्यता हालसम्म पनि रहिरहेको छ । तर शिवभक्ति (घर्ती) परिवारका सदस्यहरु भने आफ्नो कुल देवता मानी जाने गर्दछन् ।


शिवभक्ति परिवारको कुलदेवता कसरी भयो र बालकुमारी देवी माताको जात्रा कसरी शुरुवात भयो भन्ने सम्बन्धमा छुट्टै किम्बदन्ति रहेको पाईन्छ । शिवभक्ति परिवारको पुर्खोली बजै (ब्वातिन) शिवलक्ष्मी दिनहु जसो देवी चढी काम्ने गर्दी रहिछिन् । दोलखा शहरमा कुनै न कुनै रोगको निहुले केटाकेटी, ठुलो मानिसहरु मर्न थाले । यसरी केटाकेटी, ठुलो मानिसहरु मर्न थालेपछि दिनदिनै देवी चढ्ने ब्वातिन शिवलक्ष्मीलाई गोरेबाबुका पुर्खाले चुल्ठो समाती दिसामा दाहिने खुट्टाले टेक्दै बुढीको मुखमा हान्न थाले । बालबच्चा, ठुलो मानिसलाई दुःख दिने तँ बोक्सी बुढीलाई भनी लात्तले हान्दै गरेको बेलामा देवी चढी बक्न थालेको ब्वातिनले म बोक्सी होईन र मैले कसैको बालबच्चा पनि मारेको होइन म निर्दोष छु म बालकुमारी देवी हुँ मलाई तान्त्रिकले छलले बाचा गराई म माथि विश्वासघात गरी फलामे साङ्लाले बादी जमिनमुनी खाल्डोमा पुरी ढुंगोले छोपी आफु भागे । यसरी म अपमानित भएको छु । तान्त्रिकले मेरो लागि केही गरेन यस माथि फोहर दिशा मेरो मुखमा कोची अर्को अपमान तिमीहरुले ग¥यौ । त्यसले गर्दा म तिमीहरुलाई सराप दिन्छु भन्दै तिमीहरुको सन्तान दरसन्तानको कुर्कुचा फुटेर जाओस् भनेर सराप दिए । यसपछि तान्त्रिकले अन्तदृष्ट्रिबाट हेर्दा बालकुमारी देवी माता रहिछिन् भनी थाहा पाई क्षमा मागे । यसपछि यदि मानव जातिलाई नोक्सान नगर्ने हो भने बर्षमा १ पटक ३ दिन गाईजात्राको भोलिपल्ट द्वितिया, तृतीया र चौथीसम्म जात्राका रुपमा शहर परिक्रमा गर्न पाउने र जात्रा मनाउने बाचा गरे । यसरी बर्षमा १ पटक ३ दिन जात्रा निकाल्ने चलन रही आएकोमा पछि पञ्चमी, षष्ठी २ दिन थप गरी ५ दिन जात्रा मनाउने चलन चलिआएको छ । जुन हालसम्म पनि यथावत भएको छ ।


जात्रा कसरी कहा“बाट संचालन गर्ने भन्ने सम्बन्धमा कुमारी देवीमाताबाट आज्ञा भए अनुसार माथिल्लो टोलको थात बिहार्छें जाने मुखको घरमा एक ब्वातिन (घर्तिनी परिवारको सदस्य) छ जुन ब्वातिनले बताए अनुसार १ जना कुमारी, १ जना कालो बर्ण, लुगा पहिरन भएको भैरब,  १ जना सेतो जामा लवेदा शुरुवाल लगाएको हातमा तरवार र ढाल लिएका राजा इन्द्र, १ जना घोडाचढी (सर गौ), १ जना नायिका (नकिन), १ जना नाक काट्ने (नास डेङुगु), १ जना जाल फाल्ने (जाल ङकु ) १ धागो मिलाउने (थाजि यङ्गु), २ जना कालो भैरबको साहन बाहन, २ जना रातो कुमारीको साहन बाहन २ जना ध्वजा पतका बोक्न १ जना भूत प्रेत पन्साई बाटो खुल्ला गराउने समेत गरी जम्मा १५ जनाको गण हुनु पर्ने जस्मा १४ जना शिवभक्ति परिवारको र १ जना बज्रचार्य गुभाजु परिवारको पुरुष सदस्य हुनु पर्ने, रातो कुमारी एवं उनको साहन बाहनहरुलाई रातो पहिरनको र कालो भैरब एवं उनको साहन बाहनलाई कालो पहिरनको लुगा हुनु पर्ने तथा मुकुन्डो, घर गहना हुनु पर्ने बताए । यसको साथै भैरब र कुमारीबाट पूजा लिदा जुन घरबाट पुजाआजा हुन्छ त्यस घरबाट जान आउने बाटोमा ४ वटा सिडि हुनु पर्ने र पहिलो सिडीमाथि बाया“ खुट्टा भैरब र कुमारीले राखेर पुजा लिने भनी बताए । अहिले पनि कुमारी जात्रा नाच्दै जादा भीमसेन डब्बली उत्तर तर्फ समाजसेवी स्वर्गिय खड्ग बहादुर श्रेष्ठको घरबाट यो पूजा थाप्ने चलन रहेको छ । तर अन्य घरबाट यस्तो पूजा थाप्ने चलन छैन ।


बालकुमारीको जात्रा त निकाल्ने तर कसरी कहिले निकाल्ने भन्ने बिषयमा स्थानिय बासिन्दाहरु बीच छलफल र सर–सल्लाह भयो । छलफल र सहमती अनुसार श्रावण सङ्क्रान्तीदेखि दक्षिणायन लाग्ने र यस महिनादउखि देवगण तल पर्ने र भूतप्रेत दानवगण माथि पर्ने भई दावगणले देवगण मानवहरुलाई खुःख दिने भएकोले दावगण भूतपे्रतलाई हटाउन भाद्र कृष्ण पक्ष द्धितियाको रात अर्थात रक्षाबन्धन पुर्णीमाको भोली पल्ट देखि भैरब कुमारीलाई निकाली जात्रा संचालन गर्ने सहमती भयो । यसको साथै जात्रा निकाल्ने घरहरु २ ठाउंमात्र भेटिन्छ । एक पिंगलटोल हाल (दोलखा बजार भीनपा–४) र टसिचाटोल (दोलखा बजार, भीनपा–२) बाट ३÷ ३ वर्षको आलो पालो गरी निकाल्ने चलन छ । यो हालसम्म पनि रहि रहेको छ ।  तर हाल आएर भीनपा–४ स्थित पिंगलटोलको भैरव कुमारी निकाल्ने घर जिर्णोवस्थाको स्थितीमा पुगेकोले भीनपा–२, टसिचाटोलबाटमात्र बर्षेनी भैरब कुमारी जात्रा निकाल्दै आएको छ । यस जात्रामा कसाई बाजा अर्थात कसाईबाट बजाईन बाजा, १२ जना कुसुलेले सहनाई फुक्ने प्रचलन रहेको छ ।


जात्रा निकाल्नु भन्दा पहिले जात्रामा भाग लिने भैरब, कुमारी र अन्य गण एवं साहन बाहनहरुलाई देवतादेवी अनुसार लुगा लगाउन लगाई पगडी बा“धी सगुन दिएर मात्र बाहिर निकाल्ने चलन रहेको छ । सगुन लिने बेलामा सगुन बाजा बजाईन्छ । यसपछि पूजाआजोको बिधि सिद्धिएपछि सबभन्दा पहिले राजा इन्द्र र नकिन हुने निस्कन्छ, त्यसपछि अन्तिममा भैरब कुमारी निस्कन्छ । यसपछि जाल फाल्नेले जाल फालेको अभिनय गर्ने, घोडा चढ्ने राजाको पछिपछि लाग्ने, नाक (नास) काट्नेले बुच्चे खुकरी र रगत थाप्ने ढुंग्रो लिनेले खुकुरी नचाउंदै नाच्ने गर्दछ । त्यसपछि भैरब बाजाको तालमा नाच्छ भने कुमारी भैरबको पछाडी पछाडी बसि नाच्छ । कुमारी जात्रामा भैरब कसरी भन्ने खुलदुली हुन सक्छ यस सन्दर्भमा बालकुमारी अति चञ्चल भएकोले कुनै बिध्वंश कार्य गर्न सक्छ भनी नियन्त्रणका लागि पतिका रुपमा भैरबलाई समावेश गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । त्यसैले भैरबले जहिले पनि बाल कुमारीलाई जहिले पनि आफ्नो पछाडी पछाडी मात्र राखेको हुन्छ कहिबाट अगाडि बढ्न लागे अगाडि बढ्न दिदैन आफ्नो पछाडी पछाडी मात्र लाने गर्दछ ।


जात्रा शुरु भएको पहिलो दिन भूत प्रेतहरुले जात्रा हेर्छ र मानव जातिले हेर्नु हुंदैन भन्ने मान्यता रहेको छ । जात्रा शुरु भई केही पर पुगेपछि भूत प्रेत, दानव राक्षसहरु आई भैरब कुमारीको बाटो छेक्ने, जात्राको नक्कल गर्ने र बाधा पार्ने गरी खिसी गरेकोले भैरब र कुमारीले जोगिन देउ हालको दोलखा बसपार्कसम्म भुत प्रेत, दानवराक्षसलाई लखेटरे लगेको थियो भन्ने मान्यता रहेको छ भने दोश्रो देखि पहिलो दिनको जात्रामा भुत प्रेत, दानव राक्षसले अवरोध गरेको कारण दोश्रो दिन गुभाजुले एउटा मानिसलार्य बारन अर्थात पुजा एवं खाद्य सामान बोक्ने खर्पन जस्तो बोकाइृ सबभन्दा अगाडि बसी बज्र लिई घण्टी बजाउंदै भुत प्रेत, दावन राक्षसहरुलाई पन्साउदै र जस्ले जे माग्छ त्यही वारनबाट चित्त बुझाउदै बाटो दाया“ बाया“ पन्छाउदै जान्छ भन्ने स्थानिय बुढापाकाहरुको भनाई रहेको पाउंछौं । यसरी भुत प्रेत, दानव राक्षसले दुःख दिन्छ भनी भैरबले नक्छें टोलको बुद्धस्तुपको छेउबाट र माथिल्लो टोलको सरचुका भन्ने ठाउंबाट सिठि फुकि सहरपा डांडा तिर हेरी बोलाई सर्तकता गराउंछ भन्ने भनाई रहेको छ जुन हालसम्म पनि प्रचलनमा रहेको छ । दोश्रो दिन देखि भैरबको जिउमा करिव डेढ मिटर लामो तामाको पाताको लिङ्ग बा“धिएको हुन्छ र एक जनाले समातेको हुन्छ । यसरी दोश्रो दिन देखि लिङ्ग भैरबले राख्नुमा पनि किम्बदन्ती रहेको पाउंछों । पहिलो दिन भैरब कुमारी जात्रामा कुमारीलाई मात्र पूजाआजा गर्ने र भैरबलाई वास्ता नगरेकोले भैरब रिसाई दोश्रो दिन देखि यहि लिङ्गमा पूजाआजा गर्नु भनी लिङ्ग फैलाई दिएको मानिन्छ ।


भैरब कुमारी जात्रा दोलखा शहर पिंगल टोलको घरबाट निकाल्दा पिंगल, राजकुलेश्वर, बहिर, श्यामसुन्दर, डोकलुङा, टसिचा, कोर्छे, गणेश टोल, पालचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल हुंदै पिंगल घरमा प्रवेश गर्छ भने टसिचाबाट निकाल्दा कोर्छे, गणेश टोल, पलाचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल, पिंगल, बहिर, श्यामसुन्दर, डोकलुंगा हुंदै टसिचामा प्रवेश गर्दछ । यो जात्रा रातीको समयमा हुने हुंदा स्थानिय एवं बाह्य भक्तजनहरुबाट ब्रत लिने, मईनटोल बाल्ने, गोकुल धुप, सिन्के धुप बाल्ने गर्दछन् । यस जात्रामा दिवङ्गत पितृहरुको आन्म शान्तीको लागि तथा आफन्तहरुको सुख शान्ति एवं दिर्घायूको कामना, नौ ग्रह शान्तीको कामनाका साथ महिलाहरु ब्रत बस्ने गर्दछन् । भैरब कुमारी मांसाहारी देवता देवी भएकोले चिउरा मासु लगायत सबै किसिमका तरकारीहरु समावेश गरिन्छ । यो जात्रा रातभरी नाच्ने जात्रा भएकोले जति जति पछि पछि दिन हुन्छ त्यति त्यति उज्यालो भएपछि मात्र भित्र जाने गरिन्छ ।


भैरब कुमारी जात्रा कहिले देखि शुरु भयो भन्ने प्रमाण त भेट्टिएको त छैन तरपनि स्थानिय बयोबृद्धहरुको भनाई अनुसार बि.सं. १७८२–८३ देखि शुरुवात भएको मानिन्छ । भैरब र कुमारी लगायत अन्य साहन बाहनहरुले लगाईने मुकुन्डो सुनको बनाउन लगाई जात्रा निकाल्न खोजे तर धातुबाट बनेको मुकुन्डो लगाई जात्रा निकाल्ने बेलासम्म पनि भैरब कुमारीलाई कम्पन छुट्ने अर्थात शरिरमा देवता पस्ने भएन त्यसपछि धातुको मुकुन्डो हटाई साविककैको मुकुण्डो प्रयोग गरेपछि जात्रा शुरु भयो । साविकको लाहाबाट निर्मित मुकुन्डोलाई ब्यक्तिगत तथा संघ–संस्थाहरुबाट बर्षेनी मर्मत सुधार भई आएको छ ।

श्रोत : http://awajonline.com

 

Thursday, November 30, 2017

सत्यपुर अर्थात सतुंगलको पंखा जात्रा


सात गाउँ जात्रा अनुसार माता विष्णुदेवीका ४ सन्तानहरु छन् । मच्छेगाउँकी ठुली छोरी, बोसीगाउँको जेठो छोरो भैरबनाथ, ल्होखाको माइलो छोरा भैरबनाथ र सतुंगलकी कान्छी छोरीलाई नवमीको रात बाजागाजा सहित भक्तजनहरुको लावालस्कर सहित दिपावली गर्दै चिरागका साथ माता विष्णुदेवीको चरणमा ल्याउने गर्दछन । 

जेठी दिदी भएकीले भाइहरु र बहिनीलाई बोलाई आमाको दर्शन गर्न जाने सल्लाह गरी विस्तारै माताको चरणमा आउँदा सतुंगलकी कान्छी बहिनी पहिले नै आई चलाखीपुर्वक काखमा बसेको देखेर रिसाई पिठ्यूँ फर्काएर पश्चिमतिर फर्की बस्छिन् । अपरान्हतिर सिन्दुर जात्रा गरी चोखो कपडा बिछ्याई गाउँ भित्राई धुमधामका साथ बलि दिएर जात्रा सम्पन्न गरिन्छ ।

सात गाउँ जात्रामा आधारित यो जात्रामा कान्छी छोरी धेरै नखरा पार्ने भएर पो हो कि, सत्यपुरको पंखा जात्रामा  (कान्छी छोरी) पनि पिठ्यु फर्काइ फर्काई जात्रा गर्ने गरिन्छ !!

भिडियो  श्रोत : फेसबुक सतुंगल.सत्यपुर

Tuesday, November 28, 2017

खोकना : एक परिचय एक कथा


खोकना, एक परम्परागत सानो नेवारी नगरी जुन काठमाडौबाट दक्षिण तर्फ ८ किमी दुरीमा पर्दछ  । खोकना प्राचिन समयदेखि तोरीको तेल उत्पादन गर्ने स्थानको रुपमा प्रख्यात छ । नेपालको इतिहाँसमा खोकना सबै भन्दा पहिलो सन् १९११ अर्थात चन्द्र शमशेरको पालामा  पहिलोपल्ट बिजुली बाल्ने नगरीको रुपमा परिचित छ  ।
 खोकनालाई मातृभाषा बोल्ने नेवारी गाउँ र  तोरीको तेल / बिउको प्रतिनिधिको रुपमा विश्व सम्पदा सुचिमा सुचिकृत गरिएको छ  । 

जनसमुदायमा प्रचलित कथा अनुसार यस नगरीको नाम खोकना कसरी नाम रहन गयो भन्ने बिषयमा एक रमाईलो कथा रहेछ  ।  खोकना नेवारीसब्दबाट आएको मानिन्छ जसको अर्थ खोना अर्थात "रुँदै रुँदै भन्नु" भन्ने अर्थ लाग्छ । किम्वदन्ती अनुसार, एकदिन काठमाडौं अवस्थित पचली भैरबको एक महर्जन पुजारी उच्च रुघाज्वरोको कारण बेहोस भएछ  ।  उक्त पुजारी मरेको ठानेर काजक्रिया गर्न गराउन बोकेर बागमती नदीको किनारमा पुर्याएछन् र उनको श्रीमतीलाई सति जानको लागि उनिसंगै चित्तामा बसाएछन्  ।

लासजलाउन चित्तामा आगो के लगाएको थियो, अचानक ठुलो आंधीवेरी आएछ र ठुलो बर्षा भएछ । मलामी आएका, लास जलाउन बसेका सबै आफन्तहरु भागाभाग मच्चिएछन्  । चित्तामा आगो लगाई सकेको हुनाले पुजारीको चेतना ब्युँझेछ र ज्यान जोगाएछ  ।  तर चित्तामा बसाली सकेका लास जीवित भएर आएकोले त्यहाँ जम्मा भएका आफन्तहरुले पुजारी र उनकी श्रीमतीलाई पछि नराम्रो दशा निम्त्याउने भन्दै समाज र टोलमा भित्राउन अस्वीकार गरेछन्   । अत्यन्त मर्माहत भएका पुजारी र उनकी श्रीमती त्यहाँबाट बाटोभरी रुँदै रुँदै भागे र त्यतिबेला भनिने बागमती नदीको किनारामा अवस्थित कुदेश भन्ने ठाउँमा गएर बसोबास गर्न थालेछ, जुन ठाउँ अहिले रहेको खोकनाको उत्तर पश्चिम दिशामा पर्दछ  ।

भनिन्छ, पछि सिकाली देवीले उनीहरुलाई आशिर्वाद दिईन् र उनीहरुको लागि नयाँ बासको ब्यबस्था मिलाइन् ।
त्यसको केहि समयपछि, नदीको पारी बस्ने मानिसहरुले दु:ख दिन थालेछन् र सुरक्षाको लागि उनीहरु पुन: कुदेशको पूर्वी दिशातर्फ उच्च भूभागमा बसाईं सरे जुन हालको खोकना नगरीले चिनिन्छ  । बसाईं सर्दा रुँदै रुँदै सरेको हुनाले नेपाल भाषामा आइमाई रोएकोलाई खोना भनिन्छ जुन अपभ्रंस भै खोकना रहन गएको भनाई पाइन्छ । अचेल कुदेशमा कोहि पनि बसोबास गर्दैन र पुरातात्विक हिसाबले महत्वपूर्ण स्थानको रुपमा चित्रण गरिएको पाइन्दैन  ।

यस कुदेश्मा राजा अमर मल्लको पालामा बि.सं. १५७० (सन् १५१३) मा निर्माण गरिएको ३ तल्ले श्री रुद्रायणीको मन्दिर रहेको पाइन्छ  ।  हरेक बर्ष दशैँताका ७ दिनसम्म रुद्रायणी जात्रा गर्ने गरिन्छ  । खोकना बासीहरु यसै रुद्रायणी जात्राको कारण दशैं मनाउने गरिंदैन ।

Monday, November 27, 2017

खोकना जात्रामा परिवर्तन

सामाजिक संजाल, सर्वसाधारण तथा बिदेशी सामाजिक संस्थाहरुको ब्यापक बिरोध र आलोचनाको कारण यस बर्ष खोकनामा पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मारेर रमिता देखाउने जात्रा यस बर्ष सुधार गर्दै फरक तरिकाले मनाइएको छ ।

यस बर्ष पाठीलाई पहिले जस्तै लुछाचुँडी नगरेर पाठीलाई पानीभित्र लगिए पनि भित्रभित्रैबाट निकाली जात्रा सम्पन्न गरेको थियो ।

बुढापाकाको भनाई अनुसार जमानामा उक्त पोखरीमा मान्छेहरु खसेर मर्ने गरेको तथा पोखरीमा पाठो फ्याँकेर उक्त  क्रम रोकिएको विश्वास अनुसार वर्षेनी पाठो फ्याँकेर लुछाचुँडी गर्दै मारेर जात्रा मनाउंदै आएको थियो ।







फोटो साभार : सेतोपाटी

Wednesday, November 22, 2017

हिरण्य बर्ण महाविहार

ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम क्षेत्र एवं उत्कृष्ट कलाकृतिले भरिएको नियम र बिनय पालाना गर्दै जीवित बौद्ध धर्मको रुपमा चली आएको विहारको रुपमा लिइन्छ हिरण्य बर्ण महाविहारलाई हर्ष बर्ण महाविहार, हेमबर्ण महाविहार, हिरण्यक महाविहार भनिए पनि धेरै जसोमाझ हिरण्य बर्ण महाविहार वा स्वर्ण मन्दिर (Golden Temple) को नामले प्रख्यात छ तर स्थानीय बासिन्दाहरु क्वा: बहाल वा यंबहालको नामले चिन्ने गर्दछन्
 
हिरण्य बर्ण महाविहार कसरी प्रतिस्थापन भयो भनेर ऐतिहासिक पृष्ठभुमि खोतल्दा सबै भन्दा पहिले अलोकिक रत्न चैत्य उत्पन्न भएको पोखरी अगाडी आउँछ यसै हिरण्य बर्ण महाविहारको अन्वेषक संयोजकज्यु लोकरत्न शाक्यको अनुसार करिब ५००० बर्ष अगाडी यस काठमाडौं उपत्यका पानीले भरिएको बेला "काली दह" रहेको बेला यस ठाउँमा पनि एक पोखरी रहेको थियो उक्त पोखरीमा एक रत्न चैत्य विराजमान रहेको र रत्न चैत्यलाई बरुणवती नाम गरेका दुइ नागनागिनीहरुले घेरेर सुरक्षित गरि बसेका थिए

त्यसपछि महामन्जुश्री नेपाल आई चोभारको डांडा काटेर पानी बाहिर पठाई बस्ती बसाली सकेपछि किराँती राजाहरुले राज्य गरिरहेको बेला सातौँ किराँती राजा जितेदस्तीको पालामा अर्थात भगवान बुद्धको अन्तिम समयमा कपिलबस्तुमा राजा प्रसन्नजितको छोरा विद्युदभाले आक्रमण गरेको बेला त्यहाँ रहेका शाक्यहरु भागेर काठमाडौं उपत्यकाका विभिन्न भागहरुमा बसोबास गर्न आए यिनै शाक्यहरु मध्ये भगवान बुद्धको अति प्रिय तथा मुख्य शिष्य आनन्द भन्तेको परिवार, आफन्तहरु यसै हिरण्यबर्ण महाविहार बन्नु अघिको अलौकिक पोखरीको चारैतिर बसोबास गरेको भनाई रहेको छ  
यस ठाउँमा बसोबास गर्ने सिलसिलामा भगवान बुद्धको महापरिनिर्वाण पछि २१८ बर्ष पछि सम्राट अशोकले बुद्ध धर्म प्रचार प्रसारको क्रममा उता भारत देखि नै बौद्ध चैत्य बनाउँदा बनाउंदै नेपाल आई बुद्धजन्म भुमि लुम्बिनी आई दर्शन एवं पुजा गरि अशोक स्तम्भ प्रतिस्थापन गरे त्यसपछि सम्राट अशोकले आफ्नी छोरी चारुमतिलाई बौद्ध धर्म प्रचार प्रसार काठमाडौं उपत्यका पठाए र ललितपुर अवस्थित ४ दिशामा अलग अलग ४ थुरहरु पुच्व: थुर (पुल्चोक), इबी थुर (इमाडोल), ग्वार्को थुर र लगं थुर (लगनखेल) बनाए यी ठुल्ठुला ४ थुरहरु बनाएको देख्दा यहाँ बसोबास गरिरहेका शाक्यहरुले भारतबाट आएका एक राजकुमारीले त ठुला ठुला चैत्यहरु बनाए भने हामीले पनि यहाँ अलौकिक पोखरी अवस्थित रत्न चैत्यलाई बिचमा राखी महाविहार किन नबनाउने भन्दै सरसल्लाह गरे र सोही अनुरुप स्वय्मभु रत्न चैत्य स्थापना गरि हालको हिरण्य बर्ण महाविहारको निर्माण गरे
यस स्वयम्भु रत्न चैत्यको स्थापना गरि सकेपछि यहाँको शाक्यहरुले आफ्नो सन्तानहरुको चुडाकर्म / ब्रतबन्ध गर्न यसै ठाउँमा ब्यबस्था गरे र अलौकिक पोखरी वरिपरि बस्दै आएका सबैभन्दा थकालीलाई यस स्वयम्भु रत्न चैत्यको पुजा गर्ने जिम्मेवारी दिएर बौद्ध परम्परा अनुसार आफ्नो धार्मिक कार्यहरु अगाडी बढाए र अहिलेसम्म ५ हजार भन्दा धेरैले यहाँ चुडाकर्म गरि सकेका छन् 
 
स्वयम्भु चैत्य बिराजमान गरि सकेपछि यसै ठाउँमा सुन जस्तै सुनौलो बर्णको र हिरा जस्तै चम्किने आँखा भएको हिरण्यीक मुसाले बास गरेको र सोहि ठाउँमा यस बिहारको निर्माण गरिएको हुनाले यसै मुसाको नामबाट बिहारको नाम हिरण्य बर्ण महाविहार रहन गएको संस्कृतविदहरु बताउँछन्
यस हिरण्य बर्ण महाविहार निर्माण पछि यहाँको शाक्यहरुले आफ्नो धार्मिक चर्या अगाडी बढाउँदै क्रममा किराँत काल हुँदै लिच्छवी कालको अन्ततिर राजा भाष्कर देवको पालामा यहाँको चक्रेश्वर आजु दिनहुँ एकाबिहानै काठमाडौं अवस्थित गुहेश्वरी देवीको सिद्ध प्राप्त गर्न गुहेश्वरी मन्दिर गई जप गर्न जाने गर्दथ्यो यसरी दिनहुँ जप गर्न जाने क्रममा एक दिन पुष - माघको जाडोमा हुस्सु लागेर गुहेश्वरी जाने भनेर गएको बाटो बिराएर भग्नावशेष अवस्थामा रहेको पिंगला बिहार पुगेछ भग्नावशेष एवं जंगलको अवस्थामा रहेको उक्त बिहारको बिचमा एक चैत्य देखेछ र अत्यन्तै खुसि भै सोहि दिनदेखि गुहेश्वरी जाँदा उक्त चैत्य घुमेर मात्र जान थालेछ  

एकदिन, चक्रेश्वर आजुको भक्तिभाव अनुरुप भग्नावशेष बुद्ध मुर्तिको आशा अनुरुप एक रात सपनामा “यहाँ एक ठुलो बिहार रहेको, यहाँ मन्दिरहरु बनाई बुद्ध मुर्ति स्थापना गरिएको र अहिले पुरिएको अवस्था रहेको, त्यसैले यसलाई यताबाट लगेर अन्त कतै पवित्र स्थलमा प्रतिस्थापन गरे तिमीलाई ठुलो पुण्य पाउनेछ” देखाएछ त्यसपछि चक्रेश्वर आजुले आफुले देखेको सपना सबै राजा भाष्कर देवलाई सुनाएछ राजा भाष्करदेब अत्यन्तै खुसि हुँदै उक्त स्थानबाट बुद्ध मुर्ति उत्खनन गरि ल्याउन आवश्यक जनशक्ति, ज्यामी, ज्यावल र आवश्यक श्रोत साधनहरु दिई पठाएछ र सोहि ठाउंबाट उत्खनन गरि बुद्ध मुर्ति फेला पारी बोकेर ललितपुर राज्यमा ल्याई शंखमूल पुगेर “महाराज, पिंगला बिहारबाट बुद्ध मुर्ति ललितपुर राज्यमा ल्याई सके देशभित्रका सबै बाजागाजा सहित जनताहरुबाट स्वागत गरि पाउँ” भन्ने इच्छा अनुसार संखमूलबाट टोलटोलबाट जनलस्कर निकालेर बुद्धमुर्तिलाई स्वागत गरेर देश भित्र्याए त्यसपछि बुद्ध मुर्तिलाई अब कहाँ राख्ने भन्ने प्रश्न अनुसार राजा भाष्कर देबले नयाँ बिहार बनाउन लगाउने र बिहार नबनुन्जेल तपाईहरुकै स्थान न्या: चुकमा राखेर यिनै चक्रेश्वर आजुमार्फत नित्य पुजा गर्ने ब्यबस्था गर्न लगाए  

पछि राजा भाष्कर देबले एक नयाँ बहाल “न्हू बहा:” स्थापना गरि उक्त बुद्ध मुर्तिलाई न्या: चुकबाट ल्याई प्रतिस्थापन गरे यसै क्रममा दिन बित्दै जाँदा एक दिन राजा भाष्कर देबलाई सपनामा बुद्ध भगवानले “महाराज ! मलाई यो ठाउँ भन्दा पनि उता रत्न चैत्य विराजमान गरिएको ठाउँ जहाँ हिरण्यीक मुसा बास बसेको ठाउँमा प्रतिस्थापन गरि दिनु भयो भने महाराजलाई ठुलो पुण्य लाग्नेछ” भन्ने देखेछ भोलिपल्टै राजा भाष्कर देबले सबै राज ज्योतिषहरुलाई बोलाएर सपनामा देखेको कुरा सुनाए राज ज्योतिषहरुले सपनामा देखाएको उक्त ठाउँको माटो एकचोटी हेर्न पाए हुन्छ भन्ने आसय देखाए सोही अनुरुप स्वयम्भु महाचैत्यको एक दिशामा हिरण्य बर्ण महाविहार रहेको तथा दक्षिण, पश्चिम र उत्तर दिशामा खाली बगैंचा मात्र रहेको हुँदा तिनै ठाउँको माटो लगेर देखाए राज ज्योतिषहरुले सुन जस्तै सुनौलो बर्ण भएको हिरा जस्तै टल्कने आँखा भएको मुसा स्वयम्भु रत्न चैत्यको पश्चिम दिशामा बास बसेको प्रमाणित गरे र सोहि अनुरुप हालको स्वर्ण मन्दिर बनाउन लगाई बुद्ध भगवानलाई प्रतिष्ठापन गरे नेपाल सम्बत १६५ देखि १६७ सम्म २ बर्ष लगाएर उक्त स्वर्ण मन्दिर बनाउन लगाएको थियो 

यस हिरण्य बर्ण महाविहारमा उहिले शिल पालना गर्ने तथा चिवर लगाउने भिक्षु भन्तेहरुबाट पुजा गरि आएको भए पनि पछि पंचशिल ग्रहण नगरेका बच्चाहरुलाई पुजा गराउनु पर्छ भन्ने मान्यता अनुसार १२ बर्ष मुनिका शिल ग्रहण नगरेका “बाहा पा:चा" पुजारी नियुक्त गर्ने गरेको पाइन्छ पंचशिल पालना नगरेको भए पनि १२ बर्ष मुनिका बच्चाहरु प्राणी हिँसा गर्न नजानेको, चोरी गर्न नजान्ने, झुठो बोल्न नजान्ने, व्यभिचार नजान्ने, मद्यपान गर्न नजानेको हुँदा पंचशील नबिग्रेको बच्चालाई पुजा गर्न लगाउनु पर्छ भन्ने मान्यता रही आएको छ एक महिनासम्म एक बरिष्ठ सहयोगीसाथ राखी नित्य पुजा गर्न सिकाउने गरिन्छ यस हिरण्य बर्ण महाविहार ललितपुर भरि सबै जसो बिहारहरुलाई नेतृत्व दिंदै संचालन गरि रहेको बिहारको रुपमा प्रख्यात छ
श्रोत : BODHITV, NEPAL

Sunday, October 29, 2017

फुसिंख्य अर्थात मनमैजुदेवी


एक दिन राजा गुणकामदेव नागार्जुन डाँडामा सिकारका क्रममा त्यहीँ बास बसेको र राती मनमैजु देवी (अजिमा; ईन्द्रायणी) प्रकट भई चैत्र शुक्ल पूर्णिमाका दिन पुजा अर्चना गरी जात्रा चलाएमा मनोआकाङक्षा पूरा हुने भनी सपना देखेछन्। भोलि बिहान अग्लो स्थानबाट चारैतिर हेर्दा पानीको दह भएको, काँडाहरुको झयाङैझयाङ वीच एउटा मन्दिर र स-साना वस्तीहरु देखेपछि गुणकामदेवले उक्त मन्दिरसम्म पुग्‍ने बाटो निर्माण गरि त्यहाँको स्थानीय वासीलाई जागृत गराई ईन्द्रायणीको नित्य पुजा अर्चना सहित चार दिनसम्म जात्रा गरि पाँचौँ दिनमा ईन्द्रायणी देवीको चिनो स्वरुप छोडिएको हिरामोतीले जडिएको भोटो देखाउँदा गुणकामदेव र स्थानीय वासीको मनको आकाङक्षा पुरा भएकोले त्यस समयदेखी नै मनमैंजुदेवी नामबाटै यस गाँउको नाम मनमैजु रहन गएको मानिन्छ ।

मनमैजुलाई नेपालभाषामा फुसिंख्य:, खुसिंख्य:, मदनपुर पनि भन्ने गर्छन् । नेपाल भाषामा "फुसे" भनेको फेदी र "ख्य:" भनेको चौर वा खेल्ने ठाँउ बुझिन्छ। यी दुबै शब्दको मेलबाट फुसिंख्य: बनेको हो, जसको अर्थ डाँडाको फेदीमा रहेको गाँउ हो । त्यसरी नै "खुसि" खोला र "ख्य:" खेल्ने ठाँउ मिलेर खुसिंख्य: बनेको हो। यसको अर्थ खोलानिरको खेल्ने ठाँउ हो । मनमैजुलाई पश्चिम र दक्षिणमा महादेव खोला र पूर्वमा साङ्गले खोलाले घेरेको हुनाले खुसिंख्य: भनिएको हुनुपर्छ भन्ने भनाइ छ

Wednesday, October 25, 2017

असनको दिब्य माछाको कथा

धेरै पहिले काठमाण्डौं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले ज्योतिषी हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको छोरो जन्म्यो । आफ्नो छोरो जन्मेको मिति , तिथी अनुसार उसले ज्योतिषी हेर्दा आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ । अनि के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरुलाई अह्राएर खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले आफ्नो गाउँमा लगेर हुर्काउन्छ ।
 
राजज्योतिषको ज्योतिषी विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्षवितिसकेको हुन्छ । 

एकदिन काठमाण्डौं उपत्यकामा अनिष्ट हुन लाग्यो भनेर हल्ला चल्छ । त्यो अनिष्ट के रहेछ भने एउटा ठूलो दिव्य माछा हुरी बतासले ल्याएको रहेछ त्यो काठमाण्डौं उपत्यकामा खस्न लागेको रहेछ । राजज्योतिषले ज्योतिषी हेरिसकेपछि त्यो माछालाई बचाउन सके पूरै विश्व अनिष्ट हुनबाट जोगिन्छ भन्ने ठहर गर्छ । राजज्योतिषले ग्रह , नक्षत्र सबै हेरेर राजालाई भनेर राजकोषको खर्चबाट हालको रानीपोखरी भएको पूरै क्षेत्र जुन पूरै सुख्खा क्षेत्र थियो त्यो पूरै क्षेत्रमा पोखरी बनाउन लगाउँछ र शनिवारको दिन बिहान उक्त पोखरीमा माछा खस्दछ भन्ने ठहर गर्दछ ।

उता दाउरेले हुर्काएका बीसवर्षो जवान युवक पनि आफ्नो पूर्खाको वंशाणुगतगुणको प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि ज्योतिषीमा रुचिराखी लागिपरेकाले गर्दा २० वर्षो उमेरसम्ममा ज्यातिषीको हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ । त्यत्तिबेला ऊ पनि काठमाण्डौं उपत्यका घुम्न आएको हुन्छ । राजज्योतिषले अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी पनि हेर्दछ । उसले पनि आफ्नो ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ । उसले भने त्यत्रो ठूलो खर्च गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको क्षेत्रभाग भए हुने भनेर अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब ३०० मीटर परको असन चोकनिर २ हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह लगाउँछ र माछा यहाँ खस्दछ भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा र ४ हात लम्बाइको अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर काठमाण्डौ उपत्यकाभरी हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो दरवारमा पुग्छ । उक्त २० वर्षो जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी गराइन्छ ।

राज ज्योतिष :- मैले अहिलेसम्म ज्योतिष हेरिसकेँ त्यो कहिल्यै मिथ्या भएको छैन ।
जवान युवक :- अब मिथ्या हुनेवाला छ ।

राज ज्योतिष :- यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ , के यो तिमी मञ्जूर गर्र्छौ ?
जवान युवक :- गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?
राजज्योतिषलाई आफ्नो ज्योतिषीमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले दरवारमा यही प्रक्रियाको लागि तत्कालै कानूनी प्रकृया मिलाउन लगाउँछ ।

जवान युवक :- हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।

राजज्योतिष :- म अरु कुरा सुन्न चाहन्न , तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।

शनिवारको दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन चोकमा जवान युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो पोखरीमा खस्छ ।

राजज्योतिषलाई फाँसी दिइन्छ । जवान युवकलाई राजज्योतिष बनाइन्छ । जवान युवकले राजज्योतिषको घमण्ड तोड्छ । जवान राजज्योतिषले पुरानो राजज्योतिषको सम्पूर्ण कागजातहरु अध्ययन गर्न थाल्छ र उसले आफ्नो २० वर्षअगाडिको कुण्डली फेला पार्छ । त्यसबाट ज्योतिषी हेर्दा पुरानो राजज्योतिष जवान राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको योग अनुसार आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।


Tuesday, October 17, 2017

अंगुलीमालाको कथा (Story of Angulimala)


Journeying in Kosala, the Buddha was warned not to pass through a certain forest, for here, in the deep recesses of the jungle, was the den of a famous robber chief, Angulimala. He was the terror of the whole country-side, for he lived by plundering unwary travelers and had committed many murders. He feared no one, and from the very palace of the king the cries of his victims had been heard many a time. All attempts to capture this desperate man had failed. So he continued his ravages unpunished. 

The people of Kosala now besought the Buddha not to expose himself to the dangers of the robber’s territory. But Gautama knew no fear and heedless of all warnings, he made his way straight to the den of the robber. Angulimala, enraged at this boldness, deter-mined to slay the intruder. 

But when he saw the Buddha, calm and self-possessed, and heard his words of kindness, the robber hesitated. His arm uplifted to kill, hung helpless by his side and his wrath cooled like the embers of a dying fire. 

As the Buddha reasoned with him, he changed his purpose and, before long, had confessed all his sins and declared his faith in the doctrine. When the people saw the new disciple following his master, they were amazed and could scarcely believe that this was the same man who had been the terror of their land for so many years. Angulimala became a monk and was renowned for his holiness.

Monday, October 16, 2017

तिहार : काग तिहार


कागलाई विशेष गरि अशुभ समाचार वाहकको रुपमा लिइन्छ । धर्मशास्त्र अनुसार नरक लोकको अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछ । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकास मार्गबाट छिटो संदेश ल्याउने लाने भएकोले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन् । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास रहेको पाइन्छ । 

कार्तिक कृष्ण त्रयोदशीको दिन घर आँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरुमात्र ल्याओस् भनेर बिहानै देखि विभिन्न खानेकुराहरु पात वा टपरीमा राखी काग पुजा गरिन्छ ।

मृत्युका देवता यम आफ्नो बहिनी यमुनासंग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसंग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरु मार्फत दाजुलाई भेट्न आउँन निम्तो पठाईन् । उनले यम समक्ष शुरुमा काग, अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसंग छ ।

दाजुलाई भेटेपछि उनले दाजुलाई टिका, फूलमालाले पुजा गरि रंगिन टिका निधारमा लगाएकी थिइन् । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाई दिई पुजा गर्दै भाइटिका लगाएकी थिइन् ।

आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाईन्छ ।

दुई भिक्षु र एक सुन्दर युवतिको कथा (A Story of Two Monks & Beautiful Girl)

A senior monk and a junior monk were traveling together. At one point, they came to a river with a strong current. As the monks were preparing to cross the river, they saw a very young and beautiful woman also attempting to cross. The young woman asked if they could help her cross to the other side.

The two monks glanced at one another because they had taken vows not to touch a woman.

Then, without a word, the older monk picked up the woman, carried her across the river, placed her gently on the other side, and carried on his journey.

The younger monk couldn’t believe what had just happened. After rejoining his companion, he was speechless, and an hour passed without a word between them.

Two more hours passed, then three, finally the younger monk could contain himself any longer, and blurted out As monks, we are not permitted a woman, how could you then carry that woman on your shoulders?

The older monk looked at him and replied,
 “Brother, I set her down on the other side of the river, why are you still carrying her?”

बुद्ध र रिसाहा ब्राम्हणको कथा (A Story of Buddha and Angry Bramhin)


One day Buddha walked through a village. A very angry and rude young man came up and began insulting him.

“You have no right teaching others” he shouted. “You are as stupid as everyone else. You are nothing but a fake.”

Buddha was not upset by these insults. Instead he asked the young man “Tell me, if you buy a gift for someone and that person does not take it, to whom does the gift belong?”

The man was surprised to be asked such a strange question and answered “It would belong to me because I bought the gift.”

The Buddha smiled and said “That is correct. And it is exactly the same with your anger. If you become angry with me and I do not get insulted, than the anger falls back on you. You are the only one who becomes unhappy, not me. All you have done is hurt yourself.”

The man looked all confused.

The Buddha continued “If you want to stop hurting yourself, you must get rid of your anger and become loving instead. When you hate others, you yourself become unhappy. But when you love others,” The Buddha smiled,“everyone is happy.”

नेवार गुफा संस्कारमा "बाधा:पिकाएगु" सूर्यदेवसंग विवाह होइन, सूर्य पूजा मात्र हो ।


अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको छ, अझ बाह्रा पिकाएगु वा गुफा निकाल्नुलाई समेत सुर्यदेव सँग विवाह भन्दै गलत प्रचार हुँदै गरेकोमा सजक रहन यो पोष्ट गर्दैछु । कृपया सजक रहौं । कृपया यो पोष्ट पढे पछी मात्र लाइक वा कमेण्ट गरिदिनु होला।

गलत अवधारणाको शिकार भएकाहरुले नेवार कन्याको बिवाह १) सुवर्णकुमार सँग २) श्रीफल सँग ३) सुर्य सँग ४) मान्छे सँग भन्दै पूर्णत: गलत बिचारको बिजारोपण गर्दै आइरहेका छन भने, आफ्नो बर्ग समुदायको साँस्कारीक ज्ञानको अभावले गर्दा अरुले जे भने पनि 'हो' भन्ने मानसिकताले ग्रस्त नयाँ पिढी यसैलाई आत्मसाथ गर्दै लैजादै छन, समयमा नै बिचार पुर्याउन अनुरोध गर्दछु।

नेवार कन्याहरुको विवाह जीवनमा एक पटक मात्र हुने गर्दछ, जुन विवाह वेदोक्त, तन्त्रोक्त, पुराणोक्त र धर्मशास्त्रीय दृष्‍टिकोणले पूर्ण र पारम्परिक हुने गर्दछ। यति मात्र नभै नेवार कन्याहरुको विवाह सामाजिक र स्वास्थ्य बिज्ञानका दृष्‍टिले समेत आधुनिक बिचारधाराले भरिपूर्ण भएको देखिन्छ, जुन कुराहरु सप्रशङ्ग व्याख्या गर्नु पर्दा थोरै समय र थोरै शास्त्रीय ज्ञान र थोरै लेखाइले पटक्कै पुग्दैन, कुनै अर्को पोष्टमा लेख्ने प्रयास गरौंला । यहाँ प्रसङ्ग अर्कै रहेको हुँदा, यत्ति सम्म भन्न सकिएला कि शास्त्रीय मान्यता अनुसार रजोवती हुनु पूर्व कन्याको कन्यादान र सिन्दुरारोहण भैसक्नु पर्ने र साथै बाल विवाहको दुस्परिणाम बाट पनि जोगिनु पर्ने चुनौतिलाई आत्मसाथ गरी आदीकालका नेवारका पुरोहितहरुले यस्तो बिधी प्रतिपादन गरे, जुन बिधीले धर्म शास्त्रीय मान्यता पनि नमेटिने, सामाजिक शास्त्रीय कुरालाई पनि बल पुग्ने गरी "इही" को संकल्पना लागु गरेका थिए हुन हाल सम्म पनि प्रचलन रहेको पाईन्छ, यसलाई 'बेलबिवाह', 'श्रीफलबिवाह', 'सुबर्णकुमार कन्यादान' आदी नामले पनि जनाउँने गर्दछ । अर्थात, विवाहको लागि 'वर' वा दुलाहाको अनुपस्थितिमा उनको प्रतीक मानी 'बेल'सँग विवाह गरिदिने र सोही बेल-स्वरूप वरलाई कन्याले आफु बयस्क भएपछी मात्र खोजेर, रोजेर आफु मनखुसी स्वयंबर गर्न पाउने नियम नेवार समाजमा रहेको छ। यसले के जनाउँदछ त भन्दा एउटै विवाहको बिधीलाई दुइ भागमा बिभाजन गरी, आधा बिधी रजोवती हुनु पूर्व बाल्यकालमा र बाँकी आधा बिधी रजोवती भईसकेपछी अर्थात बयस्क भयेपछी गरिने चलन नेवार समुदायमा रहेको पाईन्छ।

अचेल हिन्दी फिल्मी प्रभावका कारण, जन-मानसमा सिन्दुर हाल्दैमा विवाह पूर्ण हुने, अथवा कन्यादान गर्दैमा विवाह पूर्ण हुने भन्ने सोच धेरैमा रहेको पाईन्छ। तर सिन्दुरहाल्नुको अर्थ विवाह मात्र नभै आफ्नो कूलको ढुकुटीकी श्री-लक्ष्मी वा भनौ गृहलक्ष्मीको प्रसाद ग्रहण गर्न पाउने अधिकार भन्ने पनि बुझाउदछ, अर्को अर्थमा श्रिङ्गार गर्न पाउने नारी अधिकार, जुन अधिकार प्रयोग गरी श्रीमानको दिर्घायुको कामना गर्न मिल्ने भन्ने अर्थ लाग्दछ । त्यस्तै, कन्यादानको अर्थ पनि अभिभावकत्व हस्तान्तरण हो, इही गरिदा नारायण स्वरूप सुवर्णकुमारलाई अभिभावकत्व हस्तान्तरण गरिन्छ, जस्को अर्थ कन्याको जीवनमा आउने बाधा अड्चनलाई स्वयं इश्वरले अभिभावक रहेर रक्षा गरिदिनु भन्ने अर्थ लाग्दछ ।

अब प्रशङ्गमा प्रवेश गरौं ।
नेवार समुदायमा कन्याको जीवन संस्कारहरुमा प्रमुख त 'इहि' अनि 'बाह्रा' र त्यसपछी 'इहिपा' गरिने प्रचलन रहेको छ। इहि र इहिपा एउटै विवाह संस्कारलाई बाल्यकालमा आधा र बयस्क भएपछी आधा गरी पूर्ण विवाहमा रूपान्तरित गरिने संस्कार हुन । बिचमा आउने बाह्रालाई समेत अचेल विवाह हो भन्ने गलत प्रचार भईरहेको छ, अझ कोही कोही त शुभ उत्सव मानि भोज नै मनाउने समेत चलन देखिन थालेको पाउँछौ । बिगतमा बाह्रा भ्वय् धुमधामले मनाउने प्रचलन थिएन, अझ बाह्रा भ्वय् भनेको कन्याकी सखीहरु र अन्य महिलाहरुले बाहेक पुरुषहरुले खाँदैन थिए पनि । अचेल बाह्रा पिकाएगुलाई 'सुर्य दर्शन', 'गुफा-निकाल्ने' मात्र नभै सुर्य सँग विवाह हो भनेर समेत प्रचार गर्न थालेका छन । यो कता बाट यस्तो गलत प्रचार आयो खोजिनिती हुनु जरूरी पनि छ ।
गुफा निकाल्नु अथवा बाधा: पिकायेगु गरिदा पढिने संकल्प वाक्यमा "प्रथम रजोदर्शन दोष शान्तये श्रीसुर्य पूजानादी " भनी पढिन्छ, अर्थात प्रथम पटक रजोवती भएर १२ दिन सम्म सुर्यलाई नहेरेको दोष शान्त गर्न सुर्यको पूजा गरिने भनिएको हो। यो भनेको कन्याको बयस्क भएको सूचक संस्कार हो, जसमा उनलाई कूलकी थकालिनकिंले बयस्क महिलाहरुले गर्ने श्रिङ्गार समेत गरिदिन्छिन, जुन शास्त्र सम्मत बिधी हो। नेवार समुदायलाई खराब देखाउने नियतले नेवार कन्याको जतीपटक पनि विवाह हुन सक्छ, कुनै निश्चित श्रीमान भन्ने हुँदैन भन्ने मनसाय देखाउन यती-पल्ट र उतिपल्ट बिहे हुन्छ भनी जुन गलत व्याख्या भैरहेको छ, यसलाई समयमा नै नेवारहरुले बुझ्न जरूरी छ। बिज्ञ संग सर-सल्लाह नगर्ने, पण्डित पुरोहित सँग संस्कारको शास्त्रीय व्याख्या नसोध्ने, आँफै जानिफकार हुने, आँफै संस्कृतिबिद् भैदिनेहरु बाट गलत व्याख्या धेरै हुँदैछन, सजक रहौं। हाम्रा शताव्दियौ अगाडि देखिका पुर्खाले लेखेका थ्या-सफूहरुमा के भनिएको छ, बिचारै नगरि यस्ता गलत व्याख्या आफु मनखुसी हुँदैछन । पुराना थ्या-सफूहरुमा "बाधा:पिकाएगु" संस्कारलाई "गर्भाधान संस्कार" भनिएको छ, ‘सुर्य-दर्शन’ समेत कतै भनिएको छैन। "बाधा:भ्वय् नय् मत्य:, बाधा:भ्वय् वने मत्य:, बाधा:च्वम्ह मचाया पासापिं जक वनी " भन्ने परम्परा अझै धेरै घर बाँकी नै छन। समग्रमा बाधा:पिकाएगु संस्कार "सुर्य विवाह" पटक्कै होइन, सुर्य पूजा मात्र हो। उहिले उहिले वाल विवाह हुने समयमा कन्याको निश्चीत उमेर पुगेपछी जव रजोवती भएर बयस्क हुन्छिन, तव बार्हौ दिनमा कन्याकी श्रीमानले यज्ञ गरी धार्मिक तवरले गर्भस्थान पवित्र गर्ने कार्य नै अचेलको बाधा:पिकाएगु संस्कार हो। यसलाई अचेल राजोपाध्याय र बज्राचार्यहरुको विवाह पश्चात 'सँ प्याकेगु' संस्कार गरिये जस्तै नै संस्कार हो भन्न सकिन्छ, तर छुट्टै विवाह नभै मात्र सुर्य पूजन कार्य हो ।

नेवार कन्या बाह्रा बस्दाको समयमा केबल महिलाहरु मात्र बसि उनलाई उमेर अनुसार आउने शारीरिक र मानसिक परिवर्तनहरु, ब्यक्तिगत स्वास्थ्य शिक्षा, बयस्क नारीले सम्मानजनक ढङ्गले समाजमा आफ्नो प्रस्तुतिकरणको शिक्षा आदिका बिषयमा परीपक्व महिलाहरुले ज्ञान दिने गर्दछन । बाह्रा-कोठामा 'बाह्रा-ख्या:'ले कन्याको रक्षा गर्नेछ भन्ने मान्यता पनि रहेको छ। बाह्राकोठा वास्तुगत रूपले सुर्यको प्रकाश सिधै भित्र नआउने तर परावर्तित प्रकाश मात्र भित्र आउने, दोहोरो हावा चल्ने अर्थात प्रशस्त हावाको प्रवेश वा भनौ अक्सिजन प्रशस्त पुग्ने हुनु पर्ने पारम्परिक मान्यता रहेको छ।

आदिकालको गर्भाधान संस्कारबाट बिकसित हुँदै आजको युगमा 'बाह्रा च्वनेगु, बाह्रा तयेगु, बाह्रा पिकायेगु' सम्म आइपुग्दा यसलाई कहिले राख्ने हो भन्ने बिषयमा पनि धेरै नेवारहरु अलमल्लमा परेको देखिन्छ। यो उमेर अनुसार आउने प्राकृतिक परिवर्तन र त्यस सँग सम्बन्धित शिक्षा दिने बिषय भएकाले धेरै सानो उमेरमा बाह्रा राख्नु उपर्युक्त हुँदैन, किनकी निश्चित उमेर नपुगी बयस्क शिक्षा दिइदा बालिकाले नबुझिने पनि हुनसक्दछ । त्यस कारण महिला स्वास्थ्य सँग जानकार महिला बर्ग सँग नै परामर्श आवश्यक हुने गर्दछ। प्राकृतिक रूपले आँफै बाह्रा बसेको अवस्था भएमा महिला बर्गले उचित ब्यवस्था गरी चाजो-पाजो मिलाउनु पर्दछ। ज्योतिषीय दृष्‍टिकोणले, शुभ मुहुर्त देखाएर राख्नु पर्ने भएमा, बर्ष भरिमा यस्तो १२ दिन छनौट गर्ने गरिन्छ जुन भित्र २ पक्ष, २ शनिबार, २ आइतवार, २ फरक महिना नपर्ने गरी महिला बर्गले सगुन दिएर राख्ने प्रचलन रहेको छ।

उचित उमेरमा उचित जीवन शिक्षा पाएकी नेवार बालिकाले भविस्यमा आफु, आफ्नो परिवार र आफ्नो समाजलाई राम्रो बाटोमा डोर्याउन सकून, नराम्रो चाल चलन र अरुको छल-कपट बाट बच्न सकून, आफ्नो स्वास्थ्यको हेरबिचार आँफै गर्न सकुन, जीवनलाई रस दिन श्रिङ्गारिक ज्ञान प्राप्त गरून आदी कामना गरी गरिने बाह्रा संस्कार, जसमा श्रीसुर्यदेवलाई समेत १२ दिन सम्म बेवास्ता गरी लुकेर ज्ञान प्राप्त गर्ने बिधी हो भन्नु उपर्युक्त हुन्छ। १२ दिन सम्म लुकी-छिपी रहेर ज्ञान प्राप्त गरेकोमा सूर्यभगवानको नित्य दर्शन नगरेकोले सुर्य-दोष नलागोस भनी श्रीसूर्यदेवलाई पूजा गर्‍यो भन्दैमा सुर्य सँग विवाह हो भनिनु अज्ञानता नै मान्नु पर्दछ।

- बिजय शर्मा राजोपाध्याय (नेवा:पुरोहित)
Original Link : https://goo.gl/dj8pJx

- फोटो : Facebook : Newa People 

Wednesday, October 11, 2017

बसन्तपुर : कबिन्द्रपुर



प्रताप मल्ल (१६४१-७४) ले बनाउन लगाएको यो ३ तल्ले मन्दिरभित्रको तल्लो तल्लामा नाच्दै गरेको नाट्यश्वर महादेवको आकृति पाइन्छ  धेरैले यसलाई नास: द्य: पनि भन्ने गरेको पाइन्छ (मेरो बुझाईमा नाट्यश्वर महादेव र नास: द्य: अलग अलग हुन्) । प्रताप मल्ल आफैमा एक अमुर्तकलाको सौखिन, पारङ्गत र थुप्रै नृत्य तथा संगीतहरुमा निपुणता भएको राजा थियो । प्रतापमल्लले आफैले आफुलाई "कविन्द्र" उपाधी दिई एक कविन्द्र राजाको रुपमा चिनाएको थियो, यसैको नामबाट यो मन्दिरको नाम कबिन्द्रपुर रहन गएको थियो

प्रताप मल्लले यो मन्दिर बनाउनुको मुख्य उद्देश्य चाहिं प्रताप मल्लको नर्सिम्ह: देवतासंगको डर थियो । एक दैत्य नृत्यमा राजा प्रताप मल्लले नाचको नक्कल / अनुकरण गर्दा नर्सिम्ह: देउता प्रति एक आहत / चोट पुर्याउने खालको अभिव्यक्तिले गर्दा उनको मनमा डरले डेरा जमाएको थियो । कबिन्द्रपुर मन्दिर बनाउनुको मुख्य उद्देश्य यसैको प्रायश्चित थियो । मन्दिरको तल्लो तलामा मुख्य मुर्तिको साथसाथै प्रतापमल्लको अभिलेख पनि राखिएको पाइन्छ ।

सार श्रोत : An Introduction to Hanuman Dhoka, by Ludwig F. Stiller, S.J.

Monday, October 9, 2017

पारिजात फूलको कथा


पारिजातक एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन् । दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । 

पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन् ।

रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ । यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिसले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ । पारिजातको पूरा नाम ग्रीक भाषामा Nyctanthes Arbor-Tristis को अर्थ लगाउन थाल्यौँ भने 'रातमा फुल्ने दुःखित वृक्ष' भन्ने कुरा खुल्न आउँछ । यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।

आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ, दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ ,खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ / खाइन्छ ।

Friday, October 6, 2017

चोभार - आदिनाथ लोकेश्वर


चोभार - आदिनाथ लोकेश्वर
दानासुर र कच्छपासुरको बधपछि कालान्तरमा प्रभावतीय तिर्थमा पानी सुक्दै गएपछि चैत्र शुक्ल अष्टमीको दिन देवताको मूर्ति फेला परेछ । यसलाई बाजा गाजाका साथ चोभारमा लगी बहालको मन्दिरमा विराजमान गराइए । ग्रह, दसा, रोग, भयबाट मुक्त पार्ने धन धान्ने कार्यसिद्धि आदि वर दिने देवताको रुपमा मानिने यस देवतालाई आनन्ददायी लोकेश्वर, लोकनाथ, आदिनाथ, चोभाद्य: आदि नामले पुजिंदै आएको छन् ।

भक्तजनहरुले महिना महिनामा अष्टमीका दिन उपोसध व्रत बसी सप्त विद्यानोत्तर सत्तो पूजा गरी ध्वजा–पताका, भाँडा–कुँडा, गर–गहना, आदि चढाउने गरिआएका छन् । यो मन्दिरको विभिन्न भागमा हालसम्म पनि यस्ता सामानहरु रहेको देखिएको छ । 

चोभार - किम्बदन्त १
आदिनाथ लोकेश्वर सिद्धिपुरका देवता थिए ! अति असिना पानीको कारण सिद्धिपुरबासीहरुले यस देवतालाई गोदावरी खोलामा फ्याकी दिएको थियो ! पानी सुक्दै गएपछि भेटिएको यस देवतालाई नन्द ग्वाले चोभारमा खाली रहेको बसुन्धरा मन्दिरमा बस्न अनुरोध गरेकोले नख्खु खोलाको दोभानबाट माथि चोभार डाडाको गाउँतिर हेरी रहेकोले (च्वे भाय्) चोभाद्यः भन्ने गरेको भनाइ छ । माथि बहालमा रहेको देवता भएकोले नेवारीमा च्वे बहाले च्वम्ह द्यः भनी चोभाद्यः भन्ने गरेको पनि भनि आएका छन् । यसैको नामाकरणबाट अपभ्रम्स भई यस डाँडालाई चोभार भन्ने गरेको पाइएको छ ।

चोभार - किम्वदन्त २
स्वयम्भू पुराण अनुसार द्वापर युगको अन्त्यमा महामञ्जुश्रीले खड्ग प्रहार गरी कच्छपा पर्वतलाई दुई टुक्रा पारी पानी पठाएपछि यो डाँडाको नाम कपोतल पर्वत कच्छपा गिरी नामले मञ्जुश्रीका उपाशकहरुलाई बस्ती बसालेको चोभार हो भन्दछन् ।

बुङ्गमति : हयांग्रिव भैरव र भीमसेनको मितेरी कथा



कुनै बेला भिन्द्यो: अर्थात भीमसेन र हयांग्रिव भैरव मित थिए, एक दिन भैरवले आफ्नो मित भिन्द्यो:लाई एक चाडमा पाहुना बोलाउछन, जुन बुङ्गमतीमा "खिचाबु म्ये स्याइगु" को दिन हुन्छ, यो भनेको पाटनमा बुङ्ग:द्यो: रथमा राख्नु भन्दा ३ दिन अगाडी हो त्यो दिन भैरवले आफ्नो मितलाई भोज खुवाउन भनि हयांग्रिव भैरवको मन्दिर अगाडी राखेर सिंगो राँगो सत्कारपुर्वक खान दिन्छ, जुन राँगोलाई मारी छाला निकालेर त्यहि छालाले त्यो राँगोलाई छोपिराखेको हुन्छ तर हयंग्रिव भैरव स्वयम् भने मन्दिर पछाडिको चोकमा बसेर अर्कै राँगो मारेर खाइरहेको हुन्छ त्यसलाई देखेर भिन्द्यो: आफुलाई चाही मरेको राँगो खुवायर आफु चाहिँ जिउदो खाईराख्यो भनेर रिसाएर जान्छ खिचाबुम्ये स्याइगुको दिन दुइ ठाउमा बलि दिनुको कारण यहि हो पछि मोहनी जात्राको बेलामा उक्त भिन्द्यो: पुन आएर भैरवलाई बाहिर जानै दिन्न भनेर खुट्टा फैलाएर ईखा (मत्स्येन्द्र बहालको दक्षिण प्रवेश) मा बसिराखेको हुन्छ त्यो जात्राको पहिलो दिन थियो जसको कारणले गर्दा आजु-अजी जात्राको खटलाई मत्स्येन्द्र बहालभन्दा बाहिर लगिदैन मत्स्येन्द्र बहाल भन्दा बाहिर जात्रा गरिदैन

त्यसरी खुट्टा फैलाएर बसे पछि नागेर जान नमिल्ने भए पछि पहिलो दिन मत्स्येन्द्र बहाल भित्र मात्र जात्रा हुन्छ भोलि पल्ट दशमीको दिनमा हयंग्रिव भैरवले हनुमानलाई बुङ्गमतिमा जात्राका लागि निम्तो बोलाउछ, अनि हनुमान आएर किन भन्ने जिज्ञासा भैरव सामु राखे पछि भैरवले भएका सबै कुरा बेला बिस्तार लगाई, अब तिमीले उक्त भिन्द्यो:लाई बाँसको टुप्पोले यहाँबाट हटाइदिनु पर्यो भनि आग्रह पश्चात खुट्टा फैलाएर बसेका भिन्द्यो:लाई बाँस (धुसाँ पं) को टुप्पोले अंकुस लगाएर हुत्त्याईदिन्छ, जुन भिन्द्यो: हनुमानको त्यो हुत्त्याईले दोलखामा हाल रहेको दोलखा भीमसेन ठाउँ सम्म पुग्छ त्यसैले दोलखा भिमसेनको मन्दिरमा रहेको भीमसेन बुङ्गमतीबाट हुत्त्याइएको भीमसेन हो भानिन्छ

यसरि हुत्त्याइए पछि बाटो खुला भए पछि मात्र जात्रालाई मत्स्येन्द्र बहालभन्दा बाहिर लगेर दशमी र एकादसिको दिनमा पुरा बुङ्गमति घुमाएर जात्रा गरिन्छ

खोइचा, बुङ्गमति-९ मा पनि हनुमान रहेको छ, जुन हनुमान एक पहरा दिदै बसेको हुन्छ, कतै हुत्त्याइएको भिन्द्यो: फेरी फर्केर आयो भने भगाउन बसेको हुन्छ र बेला बेलामा जागेको हनुमान विभिन्न ठाउँमा बाँसमा चद्नुको अर्थ कतै भिन्द्यो: फर्केर आयो कि आएन भनेर हेरेको हो यसैकारण दशमीको दिनमा मत्स्येन्द्र बहालमा हनुमान बोलाउनु भन्दा पहिला खोइचामा गएर पुजाआजा गर्नु पर्ने हुन्छ त्यहाँ पुजा सकी सकेर फर्के पछि मात्र मत्स्येन्द्र बहालमा हनुमान जगाएर बोलाउने कार्य सुरु हुन्छ अरु ठाउँमा खड्ग जात्रा भए जस्तै बुङ्गमतीमा पनि खड्ग जात्रा हुन्छ तर यो कुरा धेरै कमलाई मात्र थाहा छ मध्यरातमा हुने यो जात्रा सिर्फ पानेजुहरुको उपस्थितिमा नवमीको रात बुङ्गमति देखि खोइचा सम्म निरन्तरता हुन्छ जुन खड्ग पद्मपानी लोकेश्वोर बुङ्ग:द्यो:को हो र बुङ्ग: द्यो:को मन्दिरमा रहेको छ

हयंग्रिब भैरवबाट आग्रह भए बमोजिम टुप्पोले हुत्त्यौनु पर्ने हुन्छ, जसको कारण जात्राको बेलामा हेर्न सक्नु हुन्छ अरु सबै ठाउँमा बाँसको फेदलाई अघि लान्छ तर ईखातिर लग्दाखेर बाँसको टुप्पोलाई अघि राखेर तान्छ

पहिला पहिला आजको दिनमा कार्य विनायक परिसरको पपुख्य:मा भैरव नाच्न आउथ्यो भैरवले लगाएको गर-गहना तथा अन्य बाजाहरुको ताल र नाचको आवाज प्रस्टै संग टाढा टाढा सम्म सुनिन्थ्यो पछिल्लो पटक बि.सं. २०२४ सालमा सुनिएको थियो जसको केहि समय पछी सुनको जलप लगाइएको पुरानो आजु-अजी (श्री मनकामना माई) को मुर्ति चोरी भयो र तट पश्चात आज सम्म पनि त्यस्तो नाचको आवाज सुनिएको छैन मुर्ति चोरी भएको बर्ष आजु-अजीको जात्रा फोटोलाई खटमा राखेर जात्रा गरिएको थियो पछि स्थापना गरिएको आजु-अजीको मुर्ति त्यहि फोटो पौभा:लाई आधार मानेर बनाईएको थियो

 श्रोत : बुङ्ग बुङ्गमति अमरापुर (फेसबुक)

बुङ्गमति : हयांग्रिव भैरव र मनकामना माईको कथा

पहिला पहिला बुङ्गमति रथमा राख्नु भन्दा ३ दिन अघिको दिनमा कार्यविनायक परिसरको पपुख्य:मा हयांग्रिव भैरव नाच्न आउने गर्थ्यो रे । भैरवले लगाएको गर-गहना तथा अन्य बाजाहरुको ताल र नाचको आवाज प्रष्टसंग टाढा टाढासम्म सुनिन्थ्यो रे । पछिल्लो पटक बि.सं. २०२४ सालमा सुनिएको थियो जसको केहि समयपछि सुनको जलप लगाइएको पुरानो आजु (श्री मनकामना माई) को मुर्ति चोरी भएपश्चात त्यस नाचको आवाज सुनिएको छैन रे
कथाअनुसार बुङ्गमतीमा आजु-अजी (मनकामना माई) को जात्रा हुँदा गोर्खामा अवस्थित मनकामना माइको मन्दिरको ढोका बन्द रहन्छ । नवमी, दशमी र एकादशी गरि तीन दिन हुने आजु-अजी जात्राको बेलामा तीन दिन नै उक्त मन्दिरको ढोका बन्द रहन्छ र कुनै किसिमको पुजाआजा गरिदैन । पुजाआजाका लागि आएका भक्तजनलाई पनि उक्त मन्दिरका पुजारीले उल्लेखित तीन दिन सम्म कुनै किसिमको पुजाआजा हुदैन, यदि पुजा गर्ने पर्ने भए बुङ्गमतीमा गएर पुजाआजा गर्न जानु भनि फर्काउने गर्दछ

एक किम्बदन्ती अनुसार बुङ्गमतीका आजु-अजी मध्ये आजु केहि दिन घर नफर्केको हुन्छ । घर नफर्केका आजुलाई खोज्न अजी घरबाट निस्किएर आजुको खोजीमा यताउता गर्दै जाँदा हालको गोर्खामा अवस्थित मनकामना माइकोमन्दिर रहेको स्थानमा पुगे पछी आराम गर्न भनि रोकिदाँ त्यहीं विराजमान हुन पुग्छिन । यसरि आजुको खोजीमा निस्किनु भएकी अजी उक्त ठाउँमा विराजमान हुँदा मनकामना माईको नामले चिनिन्छिन । यसै कारण मोहनिको तीन दिन नवमी, दशमी र एकादशी बुङ्गमतीमा आजु-अजीको जात्रा हुँदा गोर्खामा अवस्थित उक्त मन्दिर बन्द गरि कुनै किसिमको पुजाआजा सम्पन्न गरिदैन र आएका भक्तजनलाई पनि बुङ्गमतीमा गएर पुजा गर्न भनि फर्काउने गर्दछ

पछि आजुको खोजीमा निस्किनु भएकी अजीलाई हयांग्रिव भैरवले भेट्टाउनु हुन्छ र सम्झाई बुझाइ आफ्नो घरमा लानु हुन्छ र र घरमै राख्नु हुन्छ अनि थरि थरिका खानेकुरा दिएर फकाउनु हुन्छ । आजु घर फर्केपछि अजिलाई आफ्नो घरमा नपाए भएपछि वरिपरिकाबाट हयंग्रिव भैरवले आफ्नो घरमा राखी राख्नु भएको छ भन्ने खबर पाएपछि आजु हयंग्रिव भैरवको घरमा गइ अजिलाई लिन जानु जान्छु तर हयंग्रिव भैरवले आफ्नो घरमा छिर्न दिनु हुन्न । यसै कारण जात्राको एकदिन भए पनि आजु-अजीलाई हयंग्रिव भैरवको मन्दिरमा राखेको हामि देख्न सक्छौ भने अजीलाई हयंग्रिव भैरवसंगै राखिन्छ र आजुलाई बाहिर पट्टि राखिन्छ । जात्राको क्रममा एक शब्दको निकै प्रयोग भएको हामी सुन्न सक्छौ त्यो हो 'अवे अवे', वास्तवमा यो अवे अवे भन्ने शब्द अभय अभयको अपभ्रम्स भएर आएको हो जसको अर्थ 'भय' डर नभएको भन्ने जनाउछ
पहिला पहिला हयंग्रिव भैरव घुमघाममा निस्किदा लुभु पुगेपछि रात परेको हुन्छ । रात कटाउन निदाउंदा भोलिपल्ट बिहान भएको चाल नपाएर सम्पूर्ण लुभुबासी जम्मा भएर हयंग्रिव भैरव सुतेको हेरी रहन्छ । हयंग्रिव भैरव हो भन्ने थाहा पाएका लुभुबासीले हयंग्रिव भैरव निन्द्राबाट ब्युँझे पछि ठुलो भोजनको निम्ति आग्रह गर्छ जसमा पशुबली पनि रहेको हुन्छ । तर हयंग्रिव भैरबले त्यतिबेला लाजले भनेको हुन्छ कि 'म बली लिन्न अरु भोजन गर्छु तर यो पशुको बली म ग्रहण गर्दिन' । यसरी सम्पूर्ण लुभुबासीको अगाडी बली लिने नगरेको बताएर फर्केको हयंग्रिव भैरव आज सम्म पनि आफुले बली लिने गरे पनि यदि कोहि लुभुबासी आफ्नो नजिक या वरिपरी भयो भने बली दिन लागेको पशुलाई 'मु हायकेको' गर्दा 'मु हाईमखु' भन्ने किम्बदन्ती सर्वसाधारण राख्ने गर्दछन । 'मु हायकेको' भनेको बली दिन लागेको पशुको जिउमा जल छर्काएर उक्त पशुले आफ्नो जिउमा रहेको जललाई जिउबाट हटाउन आफ्नो जिउ हल्लाउने एक प्रक्रिया हो । जुन प्रक्रियालाई बली दिन लागेको पशुलाई, बली दिनु भन्दा पहिला त्यहि पशुबाट अनुमति लिनु सरह मानिन्छ
 


सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...