Tuesday, March 28, 2017

सिद्धिपोखरी : सपन तिर्थ मेला

सत्य युगको कुरो हो, एक राजपरिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरु थियो ! एवम् ढंगले छोरीहरु हुर्कदै आए । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरुसँग विवाह गरी दिए ! एक जना कान्छी छोरी सत्यकेशरीलाई चाहिं गरीब असहाय अपाङ्ग कुष्टरोगीसँग विवाह गरी दिए ।

६ जनाको हकमा दाइजो पनि अनिगिन्ती दिए 
तर सत्य केशरीको हकमा चाहिं केही पनि दिएन  कान्छी छोरी दयामाया बाहेक सहयोग केही पनि नपाएका स्वच्छ हृदय र दृढ विश्वास अनि आमावुवा प्रति अपार निष्ठा भएको कारणले वुवाआमाको वचनलाई स्वीकारे  आफ्नो कर्यमा लेखि आए अनुुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे बाँच्नको लागि आफ्नो घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सँगै सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न गए ।

त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाई वस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याउँदै खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फाल्दै र एक छिनमै ति किरा फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवंम् तरिकाले ति प्रकृयाहरु चलिरहयो । कुष्ठरोगी पतिले निकै वेर त्यो दृश्य हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरे ।

धेरै सोच विचार पछि त्यही रमाइरहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अनुनय विनय गरे ! तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन ! केही भयो भने के गर्ने ? हामीलाई दोष लाग्छ त्यस कारणले ति गोठालाहरुले मानेन ।

फलस्वरुप आफैले आफु बसेको पाटीवाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अचम्मित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा आई वस्त्र लगाइ त्यही पाटीमा वसे । त्यो दृष्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो ! सबै तिरवाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो ।

त्यसै समयमा माग्न गएका सत्यकेशरी पनि आइपुगे मान्छेको घुइचो वीचमा यताउता आफ्ना पतिलाई खोज्छन् भेटाउन सकेन ! त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे वसेका थिए । त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे म नै हु तिम्रै पति हु भनेर चिनाउन खोजे, तै पनि पत्याएन ! पत्याउनु पनि कसरी, राजकुमारीले मलाई छलछाम गर्न लागे, मेरो ईज्जत र अस्तित्व लुट्न लागे, मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ति सत्यकेशरीको पतिले आफुले भोगेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव–विस्तार सुनाए पछि वल्ल विश्वास गरे ।

सत्य केशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए र रमाए ! एक आपसमा भेलाभएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे
। 

श्रोत : न्युजअफटोखा.कम

Monday, March 27, 2017

पाटनको घोडाजात्रा : 'सिमसिमे राजा'को सम्झनामा


किंवदन्ती अनुसार सिमसिम राजाको एउटा घोडाको सुसारे पाटन ओल्खुटोलमा बस्ने ज्यापु थियो। एक दिन राजा सँधैजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापु थाकेर आराम गरिरहेको रहेछ। तर, राजाले त्यो सुतिरहेको ज्यापुसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देख्दा केही नभनी हिँडेरै राजदरबार फर्किए।

यता ज्यापु झसङ्ग भई निद्राबाट ब्युँझदा राजा आएर पनि फर्किसकेको थाहा पायो। डरले ज्यापु घोडा लिई राजदरबार गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्न लाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी भगवानको अवतारलाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए ।

त्यसपछि राजाले उसलाई त्यही घोडा चढाई फूलमाला पहिर्‍याई नगर परिक्रमा गराए। यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औँसीको दिन यो जात्रा मनाउने चलन रहेको हो ।

श्रोत : पहिलोपोष्टबाट http://www.pahilopost.com/content/-30004.html

Sunday, March 26, 2017

पाहाँ चर्हे : बिशेष कथाहरु


नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ । यसदिनलाई "पिसाच चतुर्दशी" पनि भन्ने गरिन्छ । पाँहा अर्थात पाहुना र चर्हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीबेटीहरुलाई वर्षको एक दिन भएपनि अनिवार्य रुपमा  निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चर्हे मनाइने गरिन्छ ।


घोडाजात्राको सन्दर्भ :

पाहाँ चर्हेको भोलिपल्ट अश्वयात्रा गर्नाले भबिष्य ज्ञान प्राप्त गर्न सकिन्छ अर्थात् घोडा जति बेगले दौडन सक्छ त्यतिनै देशमा दुःख कष्ट हराउने र शत्रुहरु नाश हुन्छ भन्ने मान्यता अनुसार घोडे जात्रा मनाउने परम्परा रहिआएको छ । 

किम्वदन्ती अनुसार प्राचीन कालमा गुरुमापा नाम गरेको एक राक्षसले सहरका बालबालिकालाई खाने गरेको र
पछि पीडित सहरवासीहरुले विविध उपाए अपनाई त्यसलाई शहर बाहिर टुंडीखेलमा बस्न लगाई नियन्त्रण गरिएको कथा पाइन्छ । उक्त गुरुमापाले फेरी पनि बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसलाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको भनाई पाइन्छ

नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्रा १५~१६औ शताव्दीदेखि मनाउन थालिएको हो भने पाटनको घोडेजात्रा १७ औं शताब्दिदेखि तत्कालिन राजा सिद्धिनरसिंह मल्लको पालादेखि मनाउन थालिएको हो । पाटन बालकुमारीमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको पाइन्छ


लुकु महाद्य: अर्थात लुकेको महादेवको सन्दर्भ :

लुकु महाद्य: अर्थात लुकेको महादेवलाई क्षेत्रपाल पनि भनिन्छ । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचर्‍हे मनाउने गर्दछन् ।यसदिन आ-आफ्नो घर अगाडि चोक, टोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझ विशेष पूजा गरी मनाइने चलन रहेको पाइन्छ ।

किम्वदन्ती अनुसार- सत्ययुगमा पार्वतीले महादेवलाई भन्नुहुन्छ : 

"हे इश्वर, तपाई देवको पनि देव महादेव, तपाइको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु । तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न , त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ ।"|

त्यसपछि श्री महादेवले "त्यसो होइन" भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो ।

महाकाल तन्त्रे शिव बचन “शास्त्र अनुसार यस दिन महदेव (लुकु महाद्य:) लाई मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्तिबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । लुकुमहाद्य:लाई दिइएको बत्तिबाट गाजल थापी आँखामा लगाउने चलन रहेको छ । यसरी गाजल लगाउनाले आँखा तेजिलो हुने जनविश्वास रही आएको छ । नेपालभाषामा "धुँया मिखा काँ काँ छुँ या मिखा त्यला" भन्ने उखान चलनमा रहेको पाइन्छ ।


मल:जा खुवाउने सन्दर्भ :

पाहाँचर्हेको भोलिपल्ट काठमाडौँका विभिन्न टोलहरूमा सानासाना नानीहरूलाई मल:जा खुवाउने चलन रहेको छ काठमाडौँका विभिन्न टोलहरूमा सानासाना केटाकेटीहरूलाई लाईनमा राखी र परीमा भात, गेडागुडी, तरकारी, हरियो सागपात मिठाइ, फलफूल, दही मसला राखी भोज जस्तो गरी खुवाउने मल: जा खुवाउने गरिन्छ  मल: जा खुवाउने स्थानमा पान, मसला, चकलेट, पैसा, दुध आदि दिन थुप्रै मानिसहरू आउने गर्दछन् । मल: जा खुवाउनको लागि आ-आफ्नो टोलमा क्षेत्रमा गुठीहरू हुन्छन् र यिनै गुठीहरूले आ-आफ्नो टोलमा मल जा खुवाउने व्यवस्था गरेको हुन्छ ।

पाहाँचर्हे प्राय फागुन - चैत्रतिर पर्दछ । यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरू हुने भएकोले यस समयमा मानिसमा खास गरी सा-सानी केटा केटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून् भनेर मल:जा खुवाउने चलन रहेको पाइन्छ । मल: जा खुवाउनाले सा-साना नानीहरूलाई झाडापखालाजस्ता विभिन्न खाले महामारी रोगहरू लाग्दैन भन्ने जनविश्वास रहेको छ ।




पाहाँ चर्हे जात्रा - असनमा द्य: ल्वाकेगु अर्थात रथ जुधाउने जात्राको सन्दर्भ :

काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व बोकेको जात्रा हो , पाहाँचर्‍हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ । किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी, अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आजसम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग अजिमा) को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा ( स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने म्हेपी अजिमा (ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ । 
असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु (भुवनेश्वरी)" ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा (इन्द्रायणी )लाई झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन । सबै जना निम्तोको दिन भोजमा पुग्छन र रमाइलो गर्छन, तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो । 
भोलि पल्ट इन्द्रायणी आफ्ना लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन । बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन । टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका स्वाँछपु गणेश, भुँडि गणेश, ज्वालामाइ, शोभा भगवती , आदि छरिएर रहेका छन । उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले -" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे । त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्‍हे बेला हुने गर्दछ भने अरु अजिमाको जात्रा पहाँचर्‍हे बेला हुने गर्दछ ।

यद्यपि अहिले पनि पाहाँचर्‍हेको ८ दिन अगाडि "दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ। त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्‍हे जात्रा हुने गर्दछ ।


Thursday, March 23, 2017

टुडालमा यौन वास्तुकला : बौद्धमार्गी जीवनशैली (कथा ४)


प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनशंख्या घट्न थालेपछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो

टुडालमा यौन वास्तुकला : राजाविहीन राज्यको कथा (कथा ३)


तेर्हौं सताब्दीपछि तिरको कुरो हो, एकजना मल्लकालिन राजा एकाएक दरबारबाट गायव भए । उनको खोजीमा राज्यभर हाहाकार मच्चियो । तर, राजा भेष बदलेर भ्रमणमा निस्केका रहेछन् । राजा लामो समयसम्म नफर्किंदा दरबारभित्र अनेकौ प्रकारका विकृतिहरु बढ्न थालेछन् । राज्यका भारदार देखि तल्लो तहका मानिसहरुमा पनि यौनक्रिडाको क्रम चल्न शुरु भएछ । दरबारभित्र दिनप्रतिदिन यौन वातावरण भयाबह बन्दै गएपछी रानीहरु, दासीहरु, भारदार र सेनाहरुकाबीच पनि यौनजन्य क्रियाकालाप बढ्न थालेछ ।

सामान्य यौन आसनले नपुगेर अनेकौं आसनहरुमा यौन सम्बन्ध हुन थालेछ । यसरी राजदरवारमा सिकेका कुराहरु त्यहाभित्रका भारदार, सिपाहीहरुले बाहिर समेत सिकाउन थालेछन् । यौनका अनेक नयाँ–नयाँ आसनहरुमा यौनक्रिडा बढ्न थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । यो क्रममा रानीको ओछ्यानमा समेत जनताको प्रवेश हुन थालेछ । यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ ।

छलफलपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन, यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बितृष्णा उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निकालिएछ । त्यसै अनुरुप काठ, माटो, धातु जे–जेमा हुन्छ यौनबद्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ । त्यसपछि कलाकारहरुले मानिसहरुको बढी उपस्थिति हुने स्थानहरुमा समेत यसरी कला कुद्न सुरु गरेछन् ।

त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति धेरै हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास रहेको पाइन्छ ।

- कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट ।

टुडालमा यौन वास्तुकला : नरबली प्रथा (कथा २)



धेरै वर्ष अघि राजा शिवदेवले नरबलि दिने चलन चलाएछन् । प्रत्येक वर्ष चैत्र १२ गतेका दिन वत्सलादेवीलाई 
मानिस को बलि चढाउन थाले । यो मानवबलीको परम्पराले समाजमा ठुलै हाहाकार भएछ ।

हरेक वर्ष चैत्र १२ गते एउटा मान्छे काटिने कुरा निश्चित थियो । अब अर्को वर्ष को काटिने होला भनेर मानिसहरु थरथर हुन थाले । शरीरमा कुनै खोट नभएको, चोट नभएको, हट्टाकट्टा युवकलाई ल्याएर बलि दिने गरिएछ ।
बलि आतङकका कारण शरीरमा चोट पार्नका लागि जानीजानी एक टोल र अर्को टोल बिच ढुङगा हानाहान गर्ने र एक अर्काका टाउको फुटाउने गर्न थालेछन् । पछि बलि दिनकालागि देशैभरि चोट नलागेको, खत नभएको एउटैपनि युवक नभेटिएपछि राजाले ‘खते’ बलिको प्रारम्भ गरेछन । जसको शरीरमा धेरै खत छ त्यसैलाई बली दिने परम्परा थालिएपछि ढुङगा हान्ने परम्परा बन्द भएछन ।

तर चैत लाग्दैदेखि राज्यमा पुरुषहरु घट्न थाले । नरबलीको डरले पुरुषहरु भाग्न थालेपछि राजाका सेनाहरुले बलि खोज्ने क्रममाः घरघरमा जाने र महिलाहरुलाई हातपात गर्न थालेछन । बलीमा परिने डरले घर छोडेर हिडेका कैयौं पुरुषहरु नफर्केपछि राज्यमा महिलाहरुको संख्या बढ्न थालेछ भने पुरुष झन् झन् घट्न थालेछ ।
पुरुषको कमीलाई पूर्ती गर्न बचेखुचेका बुढा र राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न थालेछन् । परम्परा जस्तै रुप लिन थालेपछि त्यहि संभोगशैली बिस्तारै टुडालहरुमा देखिन थालेको भनिन्छ ।

- कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट ।

टुंडालमा यौन वास्तुकला : बाल बिबाह प्रथा (कथा १)


राजा गुणकामदेवाका पालामा लडाईमा जानुअघि सेनाहरुले तोपलाई कन्या कुमारीको बलि दिन थालेछन । एक कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाई जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलियो ।

कुमारी रहनु अत्योनी हुनु भनेको ज्यान जानु सरह भएपछि बलिमा पर्ने डरले सानै उमेरमा बिहे गरि दिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा
संलग्न गराउन थालिएछ ।

अभिभावकहरुले नै छोरीको कुमारीत्व च्युत गराउने वातावरण बनाइदिन थालेपछि औपचारिक रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्व च्युत गराउन छुट गरिएको यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्व च्युत गराउन छुट गरिएको यौनप्रथा बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरु समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन ।

समाजमा फैलिएको त्यो नाङगोपनलाई कलाकारहरुले चित्र र मूर्तीहरुमा कप्न थालेछन र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुडालहरुमा सजाउन थाले ।

- कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट ।

Wednesday, March 22, 2017

भक्तपुर : सदाशिव चोक


महिन्द्र मल्ल भन्ने बितिक्कै जनताले खाए / खाएन, जनताको घरको धुरीबाट धुँवा आयो आएन भन्दै चिन्ता लिने राजाको रुपमा चिनिन्छ । यिनै महिन्द्र मल्लका दुई श्रीमतीबाट दुइ छोराहरु सदाशिव मल्ल र शिव सिंग मल्ल जन्मे ! महिन्द्र मल्लको मृत्युपछि सदाशिव मल्ल राजगद्दीममा बसे ।

जनताका प्रिय राजा महिन्द्र मल्लका छोरा भएर के गर्नु, सदाशिव मल्ल नैतिक रुपमा एकदम भ्रष्ट र अभिजात बर्गको राजा थिए । उनि आफ्ना घोडाहरुलाई सर्वसाधारण जनताको खेतबारीमा छोड्न लगाएर बालीहरु नष्ट गर्ने गराउने गर्दथे । जवान केटीहरुलाई जवर्जस्ती यौन शोषण गर्ने र नैतिकता भंग गराउने गर्दथे । सर्वसाधारण जनताहरु उनको अन्याय बिरुद्ध १ सब्द पनि बोल्न सक्दैनथ्यो ! आम जनताहरु यिनको क्रुरताको बदला लिन पर्खी रहेका थिए ।

एकदिन, जब सदाशिव मल्ल मनोहरा खोलाको किनारमा एक्लै हिडिरहेका थिए, उसलाई सर्वसाधारण जनताले समाते र नराम्ररी चुट्नु चुटे । अन्तत: उनलाई राजाबाट हटाइए र शहरभन्दा धेरै पर लुकाइए । उनलाई भक्तपुरमा एक कैदी बनाई थुनेर राखिए ! पछि, उनि भक्तपुरबाट अत्तोपत्तो नहुने गरि भागे । भक्तपुरमा यिनलाई थुनेर राखेको त्यो जेल / ठाउँलाई अहिले पनि "सदाशिव चोक" भनेर चिनिन्छ ।

यो फोटो यिनै सदाशिव चोकभित्र छिर्ने गेटमाथि कुँदिएको कलात्मक मुर्ति हो ।

- History of Nepal, Daniel Wright बाट साभार ।

भक्तपुरमा यौन पर्वको रुपमा मनाइने होली

भीमसेन देया लज खङ्गलो वानला ल्यासे ?
बिस्युं वाने म्वायेक स्व: झायाला ?


 अर्थात

भीमसेनको लिङ्गले मन लोभियो कि ?
भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि ?


भक्तपुरको यौन पर्वको रुपमा मनाइने होलीको नेवारी गीत !!


भक्तपुरको दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लगलाई टोल-टोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिन्छ । टोल-टोलमा रहेका पसलै पिच्छे घुमाएर पूजा गरी पाटीमा झुन्ड्याइन्छ । काठबाट बनेको दुई हात लामो लिंगको करिब ३० इन्च मोटाइलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको सांकेतिक रूपमा लिने गरिन्छ ।

भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीक काष्ठकलालाई झुन्ड्याएर यौन समागमका रुपमा एक सातासम्म प्रदर्शनमा राखेर यस दिन खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रुपमा विसर्जन भएको मानिन्छ ।

काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याउने गरिन्छ जसलाई "चीर स्वायगू" भनिन्छ । चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा छ । घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गर्दा व्यापार फस्टाउने विश्वास रहेको पाइन्छ । बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा समेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ । यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको पाइन्छ ।

दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व  भक्तपुरमा चाहिं भीमसेनसँग सम्बन्धित रहेको पाइन्छ । चीर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ । फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने गर्दछ । छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्दछ ।


भक्तपुरको बिस्केट जात्रा : भैरब - भद्रकाली "द्य: ल्वाकेगु" जात्रा


भक्तपुरमा बैसाख १ गते बिस्केट जात्राको समयमा भैरब - भद्रकाली "द्य: ल्वाकेगु" अर्थात रथ - रथ जुढाई कार्यक्रम सम्पन्न गरिन्छ । 
 
भैरव रथमा आकाश भैरवको शिर–मूर्ति प्रतिष्ठापन गरिएको हुन्छ। भद्रकाली-रथमा भद्र स्वभावलाई आचरण बनाइएकी कालीमाईको मूर्ति राखिएको हुन्छ। काली उजन्ड स्वभावकी मातृ लिङ्गी हुन्। जरङ्ग जङ्गिने स्वभावलाई प्रतिबिम्वित गर्ने नारीतत्वलाई कालीमाईले प्रतिनिधित्व गर्छन् । त्यस्तो जरङ्गिने आचरणलाई साम्य, शालीन पार्न भद्रताको चाहना हुन्छ । भैरवसित उग्रचण्डी बनेर भद्रकाली कसरी बन्न सकिएला है ?

यिनै उग्र भद्रकालीलाई नियन्त्रण गर्न भैरब - भद्रकालीको "द्य: ल्वागेकु" जात्रा यौन समागमनको प्रतिक स्वरूपमा मनाइन्छ ।

झ्याल्चा : पाटनको च्यासलमा देखाइने एक यौनलिला

इन्द्रजात्राको अघिल्लो दिन

कथा अनुसार एकदिन राजा योगनरेन्द्र मल्ल च्यासलबाट जाँदै गर्दा इनार नजिकै एक व्यञ्जनकार युवती नुहाउँदै गरेको देख्छन् । औधी सुन्दरी युवती देखेर राजा मुग्ध हुन्छन् ! राजाले बिहे गरेर दोस्रो रानी बनाउँछन् । जेठी रानीलाई असैह्य हुन्छ । अनि जेठी रानीले च्यासलका अवालहरु (कुम्हाले)लाई लगाएर व्यञ्जनकार रानीको बेइज्जत गर्न सेतो पर्दामा विभिन्न यौन आसनहरु देखाई झ्याल्चा देखाउन लगाउँछिन् । पाटन दरबारमा योगनरेन्द्र मल्ल र उनकी दुई रानीको शालिक अझै छ ।

मणि लोहनीको कथा अनुसार चाहिं सिद्धिनरसिंह मल्ल ललितपुरका राजा भएका बेला पाटन दरबारको वरिपरि धेरै कृषक थिए । वर्षाको काम सकिएपछि स्थानीय बासिन्दा चोकचोकमा बत्ती काटेर बस्थे । चोकमा बसेकी सुन्दर युवती देख्दा घुम्दै आएका राजा मोहित भए । उनको सुन्दरतामा लठ्ठिए । युवती व्यञ्जनकार समुदायकी थिइन् । युवतीबाट लोभिएका राजा नियमितजसो उनकै घर जान थाले । दरबारमा रानी छँदाछँदै अर्की रानी ल्याउने कुरै भएन। हरेक दिन युवतीकै घर गएर मिठामिठा कुरा गरेर फकाउन थाले । बिस्तारै मायाजालमा फसाएर यौन क्रियाकलाप गर्न थाले ।

राजा हरेक दिन युवती भेट्न जान्छन् भन्ने हल्ला जताततै फैलियो । जनतालाई एक किसिमको त्रास पनि भयो । राम्री केटी देखेपछि राजाले नछोडने रै’छन् भन्ने भयो। जनताले चेलीबेटी असुरक्षित भएको महसुस गरे ! कि बिहे गरेर दरबारमा भित्राउनु, नभए युवतीलाई भेट्न जनताको घरमा नआउनू’ भन्ने आवाज उठ्यो । त्यतिबेला राजाको प्रत्यक्ष विरोध गर्ने अवस्था थिएन । अप्रत्यक्ष रूपमा राजाको सो अनैतिक गतिविधिको विरोध जनाउन उनका क्रियाकलापलाई पर्दामा अभिनयमार्फत यौनलिला देखाउन सुरु गरियो !

देखाइने दृश्यहरु क्रमस:
पहिलो दृश्यमा दुई पात्र मिलेर पूजा गर्छन्, योमरी खान्छन् ।
दोस्रो चरणमा युवतीले बत्ती काटेको दृश्य हुन्छ। युवतीले झुल्दै बत्ती कात्दा युवकले झस्काइरहन्छ ।
तेस्रोमा युवकले युवतीलाई सम्भोगका लागि आग्रह गर्छ। युवती सहमत नहुँदा नहुँदै पनि पछि यौन क्रियाकलाप हुन्छ।
चौथो चरणमा युवतीले नै आग्रह गर्छे । युवक मान्दैन । पछि यौन लीला हुन्छ। पाँचौमा युवकले आग्रह गर्छ । युवती मन्जुरी जनाउँछे ।
अन्तिममा फेरि पूजा गरेपछि झ्याल्चा सकिन्छ।

(माइसंसार.कम बाट साभार)

Tuesday, March 21, 2017

पाहांचर्हे जात्रा

 
काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व बोकेको जात्रा हो , पाहाँचर्‍हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ । किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी, अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आजसम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग अजिमा) को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा ( स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने म्हेपी अजिमा (ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ । 

असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु (भुवनेश्वरी)" ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा (इन्द्रायणी )लाई झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन । सबै जना निम्तोको दिन भोजमा पुग्छन र रमाइलो गर्छन, तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो । 

भोलि पल्ट इन्द्रायणी आफ्ना लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन । बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन । टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका स्वाँछपु गणेश, भुँडि गणेश, ज्वालामाइ, शोभा भगवती , आदि छरिएर रहेका छन । उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले -" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे । त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्‍हे बेला हुने गर्दछ भने अरु अजिमाको जात्रा पहाँचर्‍हे बेला हुने गर्दछ ।

यद्यपि अहिले पनि पाहाँचर्‍हेको ८ दिन अगाडि "दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ। त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्‍हे जात्रा हुने गर्दछ । 


- सन्दिप महर्जन

भक्तपुर : बिस्केट जात्रा


किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पुर्याउने मलामी गुठी नै स्थापना गरेका थिए ।


अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नाग नागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भनेर अनुरोध गरे ।


यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीमा यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ ।


नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बिःसित (नाग मर्यो) , बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा भई अपभ्रंश हुँदै बिस्केट जात्रा हुन गएको स्थानीय बूढापाका बताउँछन् ।


९ दिन ८ रातसम्म चल्ने (हरेक बर्ष चैत्र २७ देखि नयाँ बर्षको  बैसाख ५ सम्म) चल्ने यो जात्रा नेपाल सम्वत् २६८मा राजा जगतज्योति मल्लले विशेषरूपमा मनाउने व्यवस्था गरेको थियो भने नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्लले अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको थियो ।

पोखरा : भद्रकाली मन्दिर




भद्रकाली मन्दिर, पोखरा

१९०१ मा गणेश मन्दिर स्थापना भएको थियो । गणेश मन्दिरको पूजाआजामा सक्रिय स्थानीय ढेवाजु परिवारका सदस्यलाई सपनामा भद्रकाली आएर मन्दिर स्थापनाको आदेश दिएको थिए ।

'म पनि यहीँ छु, गणेशको मात्रै पूजा हुन्छ, मेरो हुँदैन भनेर देवीले सपनामा भन्नुभएछ,' रे ! 
जंगलमा खोज्दा कालो ढुंगा भेटियो र उहाँलाई नै देवी मानियो । 
पछि काठमाडौंबाट अष्ठभुजा भएको प्रतिमा ल्याएर पूजा हुन थाल्यो रे !

श्री महाबिद्या बगलामुखी माँ

सत्ययुगमा विश्व ब्रह्माण्ड नष्ट गर्न आएको महाप्रलयबाट बचाउन 
विष्णुले बगलाको तपस्या गर्दा 
माता बगलामुखी उत्पन्न भई विश्वलाई बचाएको बताइन्छ । 

समुद्र मन्थनपछि हलाहल विष पिएका शिवले पनि बगला माँको आराधना गरेको विश्वास गरिन्छ ।


फोटो : उदय चरण श्रेष्ठज्युको फेसबुकबाट

हिन्दु संस्कारहरुका बैज्ञानिक आधारहरु

 
नेपाली समाजमा गरिने विभिन्न संस्कारहरु आ-आफ्नो आस्था अनुसार धर्मसंग जोडिएका हुन्छन् । ति संस्कारहरु कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् । पुर्खादेखि चली आएका यी विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदा कथित कारणहरु हस्तान्तरण नहुनु, तिब्र बसाइ सराईको कारण अन्य जाति तथा धर्महरुको समिश्रण हुँदै जानु तथा नयाँ पुस्ताहरुमा पश्चिमेली संस्कारको हावी बढ्दै जानुले गर्दा बाजे बराजुहरुले गर्दै आएका कतिपय संस्कारहरुलाई रुढिवादी परम्पराको रुपमा चित्रण गरिनु स्वाभाविक पनि हो । हाम्रा बराजुहरुले पालना गर्दै आएका धेरै संस्कारहरु रुढिवादी हैन, समयसापेक्ष बैज्ञानिक आधारहरु थिए भन्ने कुराहरु तल उल्लेखित संस्कारहरुको मूल्य मान्यताहरुले दर्शाउँछ ।
 
खाना खानु अघि थाल वरिपरि पानीको घेरा छरेर भात चढाउनु (अप्सनी)
धेरै जसो ग्रामिण नेपाली समाजमा घर आँगनमा गाईबस्तु, खुकुरा, हाँस पालेका हुन्छन् । धेरै जसोको जीवनशैली हिलोमाटो, खेतीपाती, गाईबस्तु जस्ता परिबेशमा हुर्केका हुन्छन् ! आफ्नो वरपर आँखाले नदेखिने साना साना किटाणुहरु रहेका हुन्छन् । यिनै किटाणुहरुबाट बच्न हाम्रो समाजमा खाना खाँदा थाल वरिपरि पानीको घेरा बनाइ भात छर्केर चढाउने गरिन्छ, ताकी ति किटाणुहरु पानीको घेरा तोडेर खाना सम्म आइ नपुगोस र खाना खाउन्जेल ती किटाणुहरु तिनै छर्केको भातमै अलमलिएर बसोस् ।
 
घर तोरणले सजाउनु
घर तथा कार्यालय वरपर शुद्ध हरियो पातहरुले बनाइएको तोरण लगाउनाले यसले हावा / बायु शुद्ध पार्ने काम गर्दछ र वरपरको बायु प्रदुषण कम गर्न गर्दछ । नयाँ घरमा बसाइ सर्दा, बिबाह जस्ता अवसरहरुमा विशुद्ध हावा चाहिने हुँदा यस्ता अवसरहरुमा घर वरिपरि तोरणले सजाएर मात्र सामाजिक अवसरहरु सम्पन्न गर्ने गरिन्छ । आँपको पात सबैभन्दा राम्रो तथा गुणस्तरीय पातको रुपमा चिनिने हुनाले तोरण बनाउँदा आँपको पात धेरै जसो प्रयोगमा ल्याइन्छ ।
 
सुर्यदर्शन (गुफा)
नेवारी समाजमा सुर्यदर्शनलाई महिलाको सुर्यदेवसंग दोस्रो बिबाह मानिन्छ । नेवारी समाजमा पहिलो बिबाह बेलसंग, दोस्रो बिबाह सुर्यसंग गरिने भएकोले लोग्ने मरे पनि विधवा हुनु पर्दैन भन्ने परम्परा रही आएको छ । सुर्यदर्शन महिलाको पहिलोपटक महिनावारी चक्र सुरु हुनु अगावै सम्पन्न गरिन्छ । सुर्य दर्शन पुजाको दौरान महिलालाई आफ्नो दुवै हातका औंलाहरू क्रस गराई सानो प्वालबाट सुर्यको दर्शन गराइन्छ । बैज्ञानिक तथ्य अनुसार १५ मिनेट सुर्य दर्शन गर्नाले मानसिक तनावहरु कम भइ आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाई, अनुभूतिहरुलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ । यसले मानिसभित्र रहेको दिक्क लाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सुर्य दर्शन गर्नाले मानिसको दिमागलाई उर्जावान, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक उर्जाहरु थपेर स्वस्थ रहन सहयोग गर्दछ ।
 
भोजनमा मसालेदारबाट परिकारबाट सुरु गरि मिठाइबाट अन्त्य गर्नु
प्राय: हाम्रा परम्परागत भोज भतेरहरुमा मसालेदार खानाको परिकारहरु खुवाई भोजन सुरु गरिन्छ र अन्तत: मिठाइ हरु खुवाई समापन गरिन्छ । बाजे बराजुहरुको पाला देखि चली आएको यो परम्परा अनुसार मसालेदार खानाले पाचनदार रस तथा एसिडहरु उत्पादन गर्दछ जसले खाएको खानाहरु आरामले पचाउन सहयोग पुर्याउँछ । भोजनको अन्त्यमा दिइने गुलियो मिठाइ तथा कार्बोहाइड्रेटले पाचन प्रकिया सुचारु गर्न गराउन उत्प्रेरित गर्दछ । त्यसैले मिठाइ जहिले पनि खानाको अन्त्यमा दिनु उचित हुन्छ ।
 
दुवै हात जोडेर गरिने अभिवादन : नमस्कार
हिन्दु संस्कारमा दुवै हात जोडेर नमस्कार गर्नुलाई सामान्यतया एकले अर्कोलाई सम्मान तथा अभिवादनको रुपमा बुझिन्छ । तर बैज्ञानिक अर्थमा दुवै हात जोडेर नमस्कार गर्दा हत्केलाका औंलाहरू एक आपसमा जोडी आँखा, कान र दिमागको चाप बिन्दुहरुमा सिधा असर पर्दछ र अभिवादित व्यक्तिलाई लामो समयसम्म सम्झिन सहयोग गर्छ ।
 
खुट्टाको औंलामा रिंग लगाउनु (Toe Ring)
सामान्यत: खुट्टाको दोस्रो औंलामा रिंग लगाउनुलाई विवाहित महिलाको अर्थमा बुझिन्छ । बैज्ञानिक अर्थमा खुट्टाको दोस्रो औंलाको नशा पाठेघर भै मुटुसम्म जोडेको हुन्छ । खुट्टाको औंलामा यसरी रिंग लगाउँदा पाठेघरमा दवाव सृजना गर्दछ जसले गर्दा नियमित रक्त प्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउंन सहयोग गर्दछ ।
 
नदि / खोलामा सिक्का फाल्नु
सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्यवृद्धिको रुपमा बुझिए पनि वास्तविक रुपमा बैज्ञानिक तथ्यहरु छन् । प्राचिन समयमा सिक्काहरु प्राय: तामाबाट बनेका हुन्थे । खाने पानीको मुख्य श्रोत भनेकै खोलानाला हुन्थ्यो । तामा हाम्रो शरिरको लागि चाहिने एक अभिन्न धातुको रुपमा लिइन्छ । हामीले खाने पानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले हाम्रा बराजुहरुले नदि नालाहरुमा तामाबाट बनेका सिक्काहरु फाल्ने गरिन्थ्यो ।
 
निधारमा टिका / तिलक / कुमकुम लगाउनु
निधारमा आँखी भौ बिचको भागलाई शरीरको मुख्य स्नायु विन्दुको रुपमा लिइन्छ । तिलकलाई शक्ति नाशक प्रतिरोधकको रुपमा लिइन्छ । आँखीभौ बिचा लगाइने रातो कुमकुमलाई शरीरको शक्तिलाई संचय गर्ने र विभिन्न तहको एकाग्रतालाई सन्तुलन राख्ने प्रतीकको रुपमा लिइन्छ । कुमकुम लगाउँदा निधारको मध्य भाग र आद्न्य चक्र स्वत: चापमा पर्छन् । साथै यसले अनुहारमा रक्त प्रवाह गर्न पनि सहयोग गर्छ ।
 
मन्दिरहरुमा घन्टी बजाउनु
आगम शास्त्र अनुसार खराब तथा शैतानिक शक्तिहरु भगाई सुखद र आनन्दित वातावरण बनाउनको लागि मन्दिरको प्रांगणमा घन्टी बजाइन्छ । बैज्ञानिक कथन अनुसार घन्टीले हाम्रो दिमागलाई शान्त बनाउँछ र भक्तिभावको लागि एकाग्र बनाउन सहयोग गर्दछ । मन्दिरमा राख्ने घन्टी यसरी बनाइएको हुन्छ कि जब यसले ध्वनि र तरंग उत्पन्न गर्दछ, यसले दिमागको दायाँ र बायाँ दुवै भागलाई एकतामा ल्याई एकाग्रता हुन सहयोग गर्दछ । मन्दिरमा यस्ता घन्टीहरु बजाउँदा सामान्यता तिखो तथा गुन्जायमान ध्वनी उत्पादन गर्दछ जसको प्रतिध्वनी ७ सेकेन्डसम्म गुन्जिने गर्दछ । यसरी गुन्जिने प्रतिध्वनी हाम्रो शरीरको ७ उपचारक विन्दुहरू (Healing Points) लाई उत्तेजित बनाउनको लागि धेरै असल मानिन्छ । यसले सरिरको नकारात्मक उर्जाहरुलाई उन्मुलन गर्न सहयोग गर्दछ ।
 
हात खुट्टामा मेहन्दी लगाउनु
विशेष गरि भारतीय तथा नेपाली महिलाहरु मेहन्दीले हात खुट्टामा रंग्याउन मेहन्दी लगाएको देखिन्छ । मेहन्दीलाई एक विशेष हर्बल औषधीको रुपमा लिइन्छ । मानिसको जीवनमा विवाह एक एकदम उत्साहित तथा तनावको अवसरमा लिइने गर्दछ । जब बिबाहको दिन नजिकिन थाल्दछ, नव दुलाहा तथा दुलहीहरुलाई नौलो उत्साह तथा उमङ्गहरु शरीरको स्नायु प्रणालीमा तरंगित हुन थाल्दछ जसले गर्दा तनाब उत्पन्न भइ टाउको दुख्ने, ज्वरो आउने पनि हुन सक्दछ । तसर्थ विवाहको अवसरहरुमा महिलाहरुको हात खुट्टामा मेहन्दी लगाउने गरिन्छ जसले गर्दा तनावबाट उत्पन्न हुने नकारात्मक उर्जाहरुलाई नियन्त्रण गर्न एवं दिमागलाई शान्त पार्न सहयोग गर्दछ । हात र खुट्टा स्नायु प्रणालीको अन्तिम बिन्दुको रुपमा लिइन्छ ।
 
भुइँमा बसेर भोजन गर्नु
भुइँमा बसेर खाना खानु भनेको सुखासन आसनमा बसेर खाना खानु हो । सुखासन अर्थात अर्ध पद्मासनमा बस्दा खुट्टाहरु एक आपसमा क्रस हुने गर्दछ, जसले चेतनामा शान्ती छाएको अनुभूति हुन्छ र पाचन प्रक्रियालाई सहयोग पुर्याउंछ । तसर्थ भुइमा बसेर भोजन गर्दा दिमागमा सिधा संदेश पुर्याई खाएको खानाहरुलाई सजिलै पचाउन सहयोग गर्दछ भन्ने विस्वास गरिन्छ ।
 
चरण स्पर्श ढोग गर्नु
चरण स्पर्श तथा ढोग प्राय: धर्मगुरु वा आफु भन्दा ठुलालाई आदर स्वरूप गरिन्छ । जब आदरणीय गुरु तथा सदस्यहरुले श्रद्धाले दिएको अहंकारबिहिन चरण स्पर्श तथा ढोगलाई स्वीकार गरिन्छ, तिनीहरुको मनबाट सकारात्मक बिचार एवं उर्जा (जसलाई करुणा भनिन्छ) उत्पादन हुन्छ जुन हात तथा पाउ मार्फत चरण स्पर्शकर्तातर्फ प्रसारण हुन्छ । यसरी चरण ढोग गर्दा दुई अन्तर आत्माहरु एक आपस जोडिन्छ र अध्यात्मिक तथा कस्मिक उर्जाहरु धर्मगुरु वा आदरणीय सदश्यबाट प्रसारित हुन्छ । स्नायु प्रणाली अनुसार दिमागबाट निस्केका नसाहरु शरीरको विभिन्न भागहरुमा पुगेका हुन्छन् । शरिरको हात र खुट्टाहरु स्नायु प्रणालीको अन्तिम विन्दुहरू मानिन्छन् । हात मिलाउँदा र अंगालो मार्दा पनि उस्तै खालको उर्जाहरु एक आपसमा प्रसारण हुने गर्दछ । जब हात वा खुट्टाका औंलाहरू अर्को शरीरको हात वा खुट्टामा छुन्छ, एक किसिमको सर्किट बन्छ र दुई शरीरको अन्तरआत्माहरु जोडिन्छ । चरण स्पर्श गर्दा ढोग्नेको हात तथा औंलाहरू उर्जा प्राप्तकर्ता व्यक्ति हुन्छ भने अर्कोको पाउ उर्जा प्रदान गर्ने व्यक्तिको रुपमा चित्रित हुन्छन् ।
 
विवाहित महिलाहरुले सिन्दुर लगाउनु
सिन्दुर बेसार (Turmeric Lime) र पारो (Mercury) को समिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्तर्निहित गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहना उत्प्रेरण गर्ने गर्दछ । यसै कारणले गर्दा बिधुवा तथा अविवाहित महिलाहरुलाई सिन्दुर लगाउन बर्जित गरिएका हुन् । सिन्दुरलाई शरिरको यस्तो भागमा लगाइन्छ (Pituitary Gland को माथिल्लो भाग), जहाँ महिलाहरुको अनुभूतिहरु केन्द्रित हुन्छन् । पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ ।
 
किन उत्तर दिशामा टाउको पारेर सुत्नु हुँदैन ?
उत्तर दिशामा टाउको राखेर सुत्दा भुत तथा मरेका मानिसहरुलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । बैज्ञानिक कथन अनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्वकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्वकीय क्षेत्र पनि भनिन्छ । पृथ्वीको आफ्नै घना चुम्वकीय क्षेत्र छन् । जव हामी टाउको उत्तर दिशा तर्फ फर्काएर सुत्ने गर्दछौ, शरीरको चुम्वकीय क्षेत्र र पृथ्वीको चुम्वकीय क्षेत्र बीच अमिल्दो प्रतिक्रिया हुन्छ जसले गर्दा शरीरको रक्तचापमा समस्या आउँछ, मानिसको मुटुले पृथ्वीको चुम्वकीय उर्जाको अनुपातमा आउन सामान्य भन्दा कडा परिश्रम गर्नु पर्ने हुन्छ । अर्को कुरा, हाम्रो रगतमा यथेष्ट मात्रामा फलामको अणुहरु रहेको हुन्छ, उत्तर तर्फ टाउको राखेर सुत्दा शरिरमा रहेका सम्पूर्ण फलामका कणहरु दिमागमा जम्मा हुन जान्छ, फलस्वरूप टाउको दुख्ने लगायत थुप्रै दिमागी रोगहरु निम्तिने हुन्छ ।
 
कान छेड्नु
हिन्दु परम्परामा कान छेड्नुलाई एक विशेष क्रियाको रुपमा लिइन्छ । थुप्रै थिकित्सक तथा मनोबैज्ञानिकहरुको विश्वास अनुसार कान छेड्नाले मानिसको सोचाइ शक्तिमा बृद्धी हुने, निर्णय गर्न सक्ने र बौद्धिक क्षमता बढ्ने गर्दछ । वाक क्षमताले मानवीय उर्जालाई नष्ट हुनबाट बचाउँछ । यसर्थ कान छेड्नाले वाक क्षमता सन्तुलन कायम राख्न सहयोग गर्दछ । यसले कानको भित्री भागहरुमा आउने बिकारहरुलाई रोक्न पनि सहयोग गर्दछ । हिजोआज पश्चिमेली सभ्यतामा पनि कान छेड्ने चलन फेशनको रुपमा फैलिंदै गएको देख्न पाइन्छ ।
 
सुर्य नमस्कार
बिहानीको पारिलो घाममा सूर्यलाई पानी चढाएर गरिने सुर्य नमस्कार गर्नु हिन्दु संस्कार आफैमा बैज्ञानिक रहेको पाइन्छ । बिहानको पारिलो घाममा सफा पानी सूर्यलाई चढाउँदा प्रकासका किरणहरु पानी मार्फत आवर्तन हुँदा ति किरणहरु रातो, सुन्तला, पहेलो, हरियो, निलो तथा बैजनी रंगमा छुटिन्छन् । यसरी छुट्टीएका रंगहरु मध्ये हरियो रंग हाम्रो आँखाको लागि एकदम लाभदायी मानिन्छन् ! हरेक बिहान सुर्य नमस्कार गर्दा स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायी हुने गर्दछ ।
 
पुरुषहरुले टुप्पी पाल्नु
सुश्रुत ऋषिलाई आयुर्वेदको मुख्य सर्जक मानिन्छन् । उनको ब्याख्या अनुसार टाउकोको टुप्पोको भाग जहाँ चेतनाको मुख्य भाग मानिन्छ, सरिर भरिको सबै नशाहरु यहीं जोडिएको हुन्छ, यसलाई अधिपति मर्म भनिन्छ । यसै भागमा रहेको टुप्पीको गाँठो पारिएको शिखाले यस ठाउँलाई रक्षा गर्ने गर्दछ । यसको ठिक तल ब्रह्मरन्ध्र रहेको हुन्छ शरीरको तल्लो भागको नशाहरु यहा आएर जोडिएको हुन्छ । योगमा ब्रह्मरन्ध्र उच्च स्थानमा रहेको ७ औ चक्रको रुपमा लिइन्छ । यसलाई बुद्धिको केन्द्र बिन्दु मानिन्छ । गाँठो पारिएको सिखाले यस केन्द्र भागलाई छोपेर सुक्ष्म उर्जाहरुलाई संरक्षण गर्न बढावा दिन्छ ।
 
ब्रत बस्नु
ब्रत बस्नुको औचित्य तथा सिद्धान्तहरु आयुर्बेदमा पाइन्छ । सामान्यत: विभिन्न खाले बिरामीहरुको मूल कारण खाएको खाना पाचन प्रक्रियामा शरीरभित्र थुप्रिएको विषाक्त पदार्थहरु हुन् । नियमित रुपमा शरीर भित्र थुप्रिएका विषाक्त पदार्थहरुको सरसफाई गर्न सके स्वस्थ रहन सकिन्छ । यसर्थ, ब्रत बस्दा पाचन प्रक्रियामा भाग लिने अंगहरुले आराम पाउँछ र थुप्रिएका विषाक्त पदार्थहरु पचाउन सहयोग गर्दछ । आयुर्बेद अनुसार शरीरमा ८०% तरल पदार्थ रहेको हुन्छ भने २०% मात्र ठोस पदार्थ रहेको हुन्छ । पृथ्वी, चन्द्रमाको गुरुत्वआकर्षण शक्ति जस्तै मानिसको शरीरमा पनि यस्ता गुरुत्वआकर्षण शक्तिले प्रभाव पारेको हुन्छ, जस अनुरुप शरीरमा भावनात्मक असन्तुलन, तनाव हुने, चिढिने, उग्र तथा हिंसात्मक स्वभाव हुने गर्दछ । ब्रत बस्नाले यस्ता विषम परिस्थितिहरुको रोकथाम हुने, शरिरमा एसिडको मात्र कम गर्ने गर्दछ फलस्वरूप मानिसहरुमा यस्ता मानसिक सन्तुलन कायम गर्न सहयोग गर्दछ । थुप्रै अनुसन्धानको नतिजा अनुसार क्यालोरी खपत कम गर्न तथा क्यान्सर, मधुमेह, स्नायु रोगहरु, प्रतिरोधक क्षमता ह्रास जस्ता रोगहरुबाट मुक्ति पाउन नियमित ब्रत बस्नु फाइदाजनक छन् ।
 
पिपलको रुखलाई पुजा गर्नु
पिपलले फल दिंदैन । पिपलको काठ फर्निचर बनाउनको लागि कडा पनि हुँदैन । त्यसैले सामान्य मानिसहरुको लागि पिपल एक छायाँ र शितलता प्रदान गर्नु बाहेक अरु उद्देश्य देखिंदैन । तर पनि हामी पिपललाई पुजा गरेको देखिन्छ । तर बैज्ञानिक अर्थमा पिपल मात्र एक यस्तो रुख हो जसले दिउँसो मात्र हैन, राति पनि अक्सिजन दिने गर्दछ । पिपलको यहि गुण भएको कारणले गरेर हाम्रा पुर्खाहरुले पिपलको रुखलाई देवता र धर्मसंग जोडेर पुजा गर्ने गर्दथ्यो ।
 
तुलसीको बोटलाई पुजा गर्नु
तुलसीलाई हिन्दु धर्म अनुसार विविध कथाहरु पाइन्छन् । बैज्ञानिक तथ्य अनुसार तुलसी मानवीय जीवनको लागि एक अत्यावश्यक संजीवनी हो । तुलसीमा ओखती उपचारको लागि चाहिने यथेष्ट गुणहरु पाइन्छ । तुलसी एक प्रभावकारी एन्टीबायोटिकको रुपमा लिइन्छ । हरेक दिन तुलसीलाई चियासंग खाँदा यसले सरिरको प्रतिरक्षा शक्ति बढाउँछ, रोगहरु लाग्नबाट बचाउँछ, स्वास्थ्यलाई सन्तुलित र शरिरलाई सबल राख्दै दिर्घायु राख्न सहयोग गर्दछ । घर आँगनमा तुलसीको बोट रोप्दा लामखुट्टे, किराहरुले घरमा प्रवेश पाउनबाट रोकथाम गर्दछ । तुलसीको अगाडी सर्पहरु सामान्यत: आउंदैन् । यस्तै यस्तै विविध कारणहरुले गर्दा हाम्रा पुर्खाहरुले घर अगाडी तुलसी रोपेर पुजा गर्ने बानी बसालेको देखिन्छ ।
 
मुर्ति पुजा गर्नु
मनोबैज्ञानिक कथन अनुसार मानिसहरु आफुले जे देख्छन्, त्यहि अनुसार उसका बिचार तथा सोचाइहरुले आकार लिन्छन् । आफ्नो सामु अलग अलग ३ बस्तुहरु भएता पनि आफुले जे हेरी रहेको हो, त्यहि अनुसार उसका सोचाइहरु परिवर्तित हुन्छन् । सोहि अनुरुप मानिसहरु आफ्नो धार्मिक आस्थाहरुप्रति एकत्रित गर्न गराउन आफ्नो धर्म अनुरुप मुर्तिहरु स्थापना गरेको हुन्छन् । मुर्तिहरुलाई एकचित्तले शान्त भएर पुजा गर्दा मनलाई एकाग्रतामा ल्याई मानसिक बिचलित नभई आ-आफ्नो धार्मिक आस्था अनुसार आध्यात्मिक उर्जा प्राप्त गर्न सकिन्छ ।
 
महिलाहरुले चुरा लगाउनु
नाडी नियमति उत्तेजित भइ रहने शरीरको भाग हो । डाक्टरहरुले प्राय: मुटुको धड्कन जाँच्नु परयो भने नाडी नै छाम्छन् । महिलाहरुले नाडीमा लगाउने चुराले नियमित घर्षण गराई रहन्छ र रक्त संचार प्रक्रिया प्रवाह बढाउन सहयोग गर्दछ । प्राय: गृहणी महिलाहरु बिहान बेलुका बाहेक अन्य समयमा निष्क्रिय रहने हुनाले चुरा लगाउनाले रक्त प्रवाह नियमित गर्न गराउन चुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छन् । साथै, चुरा गोलाकार भएको हुनाले शरीरमा उत्पन्न हुने विद्युतीय उर्जालाई खेर जानबाट रोक्न र शरिरमै फर्काउन पनि चुरा लगाउंनाले सहयोग पुर्याउँछ ।
 
मन्दिर घुम्न जानु
प्राय: प्राचिन मन्दिरहरु उत्तर - दक्षिण ध्रुबबाट सृजित चुम्वकीय र विद्युतीय तरङ्गहरु यथेष्ट मात्रामा प्रवाहित हुने गरि बनाइएको हुन्छ । मन्दिरभित्र मुर्ति राखिएको मुख्य केन्द्र जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । सामान्यत: मुर्ति राखी सकेपछि मात्र मन्दिर स्थापना गरिन्छ । मुर्ति प्रतिस्थापन गर्दा मुर्तिको गर्भगृहमा बैदिक श्लोक सहित तामाका पाताहरु राखिएको हुन्छ जसले पृथ्वीको चुम्वकीय तरङ्गहरु एकत्रित संकलन गरी मन्दिर वरपर चुम्वकीय तरंगहरु प्रसारण गर्दछ । जसको कारण आम मानिसहरु मन्दिरलाई घडीको सुइ घुम्ने सुल्टो दिशाबाट घुम्दा ती चुम्वकीय तरङ्गहरु मानिसको शरीरले ग्रहण गर्छ । यो एक अदृश्य र ढिला प्रवाह हुने प्रक्रिया हो । यसर्थ नियमित रुपमा मन्दिरहरुमा सुल्टो दिशाबाट घुम्दा शरीरले यथेष्ट सकारात्मक उर्जा प्राप्त हुन्छ । बैज्ञानिक कथन अनुसार स्वस्थ जीवनको लागि सकारात्मक उर्जाहरु अत्यावश्यक हुन्छन् ।
 
अनुहारमा बेसार लगाउनु (हल्दी)
बेसार एक प्राकृतिक एवं आयुर्वेदिक जडिबुटी हो ! बेसारलाई एक सबैभन्दा राम्रो एन्टीसेप्टिक ओखतीको रुपमा लिइन्छ ! अनुहारमा बेसार लगउनाले अनुहारमा टाँसिएर बसेका सबैखाले किटाणुहरुलाई नष्ट गर्ने गर्दछ ! साथै, 
बेसार लगाउनाले अनुहारमा रहेका सबैखाले फोहोरहरु सोसेर लिने गर्दछ र छालालाई चम्काउने गर्दछ !
 
विवाह उत्सब / पुजाहरुमा आगो बाल्नु
धेरै जस्तो उत्सबहरुमा होम गर्ने, सुकुन्दा बाल्ने, इता बाल्ने (नेवारी समाजमा) चलन रहेको पाइन्छ । आगोले उत्सब वरपर रहेका नकारात्मक उर्जाहरुलाई नष्ट गर्ने र सकारात्मक उर्जाहरु थप्ने कार्य गर्दछ । यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरु काठ, घ्यु, तेल, अन्न, जडिबुटीहरु प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको किटाणुहरुलाई नष्ट गर्दै बायु प्रदुषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरुमा सहभागी हुने मानिसहरु, दुलाहा दुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ ।
 
ओम मात्र जप्नु
ओम मन्त्र जप्नाले रक्तचाप कम गर्ने र मुटुको धडकन नियन्त्रण गर्ने गर्दछ ! लामो सास तानेर ओम मन्त्र जप्दा यसले चेतनामा सतर्कता धेरै सुधार आउँछ र मनलाई एकत्रित गर्न सहयोग गर्दछ । प्राथना गर्दा गायत्री मन्त्र जप्नु गायत्री मन्त्र जप्दा प्रति सेकेन्ड करिब ११०,००० विभिन्न खाले तरङ्गहरु पैदा गर्दछ । अनुसन्धानकर्ताहरुको निर्क्यौल अनुसार गायत्री मन्त्रबाट सिर्जित तरङ्गहरु शरीर तथा स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । सुर्योदय भन्दा अगावै दैनिक ९० मिनेट गायत्री मन्त्र जप्ने हो भने यसले स्वास्थ्यलाई अत्यन्तै फाइदा गर्दछ ।
 
- प्रथम पटक प्रकाशित : हाम्राकुरा.कम

महादेव र पार्वतीको यौनलिलामा आधारित एक पनौतीको जात्रा



द्वापर युगमा कृष्णको अवतार पछि एकदिन महादेव कृष्णलाई भेट्न पुगेछ । महादेवले कृष्णको चरित्र बुझ्न भनेछ “हे कृष्ण, हजुरसंग १६०० गोपिनीहरु छन्, त्यस मध्येबाट मलाई पनि एक दुइ जना दिनुहोस् ।” महादेवको यस्तो कुरा सुनेर कृष्णले मुसुमुस हाँस्दै भनेछ “म नभएको कोठामा बस्ने मेरो श्रीमतीलाई लैजानुस्” । कृष्णले यसो भनेपछि महादेव कृष्ण नभएको कोठाहरु खोज्दै हिड्न थाले । आश्यर्च, जुनसुकै कोठामा छिरे पनि कृष्णलाई देखेर लज्जित हुँदै महादेव पार्वतीकोमा गई सबै बेलिबिस्तार लगाए ।

महादेवको कुरा सुनेर पार्वतीले पनि महादेवको चरित्र थाहा पाउन ६४ योगिनीहरुको रुप धारण गरे । सबै योगिनीहरु अत्ति कामातुर हुँदै एकै आवाजमा महादेवसंग यौन समागमन गर्न लालसा ब्यक्त गरे । यो देखेर महादेव त्यहाँबाट भागे । महादेव जता गए पनि योगिनिहरु आफ्नो पछि पछि आइरहेको देखेर महादेव पनौतीको त्रिबेणीको गुप्त ठाउँमा लुकेर बसे ।

यता यो सबै कुराहरु विष्णु भगवानले हेरिरहेको थियो । बिष्णु महादेवको कानमा गएर हजुर किन लुकेर बस्नु भएको, उन्मुक्त रुप लिएर बाहिर आउन सक्नु हुन्न ? भनेर कान फुके ! नभन्दै महादेवले भयानक उन्मुक्त भैरबको रुप लिएर बाहिर निस्के । यसरी उन्मुक्त भैरबको भयानक रुप देखेर ६४ योगिनीहरु मध्य १ जना भद्रकाली भएर त्यताबाट भागे । उन्मुक्त भैरब पनि भद्रकालीलाई पछ्याउंदै गए । यसरी आफुलाई लखेट्दै आएको देखेर भद्रकाली रोशी खोलाको छेउ छेउ हुँदै नगर पसे । भाग्दै जाने क्रममा भद्रकाली त्रिवेणीको कोलाछे टोल, दुमाग: टोल, वलाछे टोल हुँदै लम्पसार पर्दै सुति दिए, फेरी फर्केर लायकुको गणेशको अगाडी लम्पसार परि सुति दिए । यता त्रिपुरा सुन्दरी मन्दिर अगाडी पुग्दा नपुग्दै उन्मुक्त भैरबले समाते र भद्रकालीसंग सहबास गरे ! दुबैको सहमतिमा ३ पटक पुन: सहबास गरे । सहबास पछि भद्रकाली अत्ति खुसि हुँदै “हे प्रभु, हजुरको उन्मुक्त रुप हेरी सकें, अब हजुरको साक्षात शिव रुप लिएर सहबास गर्नु पर्यो भनेपछि महादेवले पुन ४ पटक सम्म सहबास गरे र दुवै सन्तुष्ट भए ।

महादेव त्रिवेणीमा लुकेर बसेको बेला भद्रकाली मात्र भागेकोले बाँकी सबै योगिनीहरु एकै ब्रम्हायानी स्वरुपमा सिद्ध भए । जेष्ठ पुर्णिमाको मध्यरातमा घटेको यस घटनाको मुख्य साक्षी यिनै ब्रम्हायनी थियो ।

यसै घटनामा आधारित यस पनौती जात्रामा जेष्ठ पुर्णिमाको दिन महादेव, भैरब, भद्रकाली, गणेश र ब्रम्हायानीको प्रतिमा खतमा राखी जात्रा चलाउने चलन रही आएको छ ।

भक्तपुरको नवदुर्गा नाच “ङालाकेगु नाच”

पौराणिक किम्बदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर शहरलाई नवदुर्गा भवानीमार्फत राजधानी शहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैबीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि प्रदान गर्ने बनामाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीहरूका साथ नवदुर्गा गणको “ङालाकेगु नाच” प्रचलनमा ल्याएका थिए । १६ औँ शताब्दीदेखि प्रचलनमा आएको यो नाच माघे संक्रान्तिको रात तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवताहरूलाई आव्हान गरी श्वेत भैरवले सूर्यमढीको वाकुपति नारायणको मन्दिरमा विधिवत् पूजा अर्चना गरेपछि यो जात्रा प्रारम्भ हुन्छ र भोलिपल्टदेखि सूर्यमढी टोलबाट पहिलो सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ र क्रमशः भक्तपुरका २१ ठाउँहरूका साथसाथै भक्तपुर बाहिर देउपाटन, ठिमी, नगदेश, बोडे, तुप्चा, मुलाकेचा, ग्रेखा, जयबागेश्वरी, साँखु, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पु, ढुर्खक, बुढानीलकण्ठ, दोलखा, गोकर्णमा पनि प्रदर्शन गर्ने गरिन्छ ।

विभिन्न कालखण्डमा विविध कारणले यो नाच रोकिने र फेरी सञ्चालन हुने गरेको पाइन्छ ! राजा भुवन मल्लको पालामा नेपाल सम्वत् ६३३ मा देशमा अनिकाल पर्दा सहकाल ल्याउन यो नाचलाई प्रारम्भ गरेको बंशावलीमा उल्लेख छ ! विभिन्न कारणहरूले गर्दा यो नाच केही समयदेखि केही ठाउँहरूमा बन्द भए पनि गणका नकिं र सदस्यहरू मुक्तिमाया र गणेश देवगण भई नाच्ने गरिएका पनि छन् ! नाच प्रदर्शन गर्न गराउन ८ दिन अघि निम्तोका रूपमा “दिं छु वनेगु” भनेर देवगणहरूलाई निमन्त्रणा गर्दै आगमनको लागि दिन निर्धारण गर्ने प्रचलन रहेको छ ।

धार्मिक कथनअनुसार महिषासुरसँगको संग्राममा नवदुर्गाले विभिन्न ९ प्रकारका रूपहरू धारण गरेका छन् ! नवदुर्गा देवगणमा सिफोद्यः, भैरब, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, बैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरब,  सिम्ह (सिम्बः), दुम्ह (दुम्बः), खिँबाजा, तः बाजा, कामँ बाजा, महापात्र, नकिँ सम्मिलित हुन्छन् । यस नवदुर्गा ‘ङालाकेगु नाच’मा विशेषतः दुम्बः र स्वेत भैरबको विशेष भूमिका रहेको पाइन्छ ।

नवदुर्गा नाचको लागि ब्रम्हकुण्डलस्थित खोलाको किनारमा पाइने कालो माटोबाट मुकुण्डो बनाउने परम्परा रहेको छ ! कालो माटो धुलो बनाएर कालो मास एवं मैदाको माड कपाससहित विभिन्न शुद्ध सामाग्रीहरू मुछेर मुकुण्डो तयार गरिन्छ । नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको मुकुण्डो बनाएर नाच नाच्ने गरिन्छ ।

जात्रा अवधिभर विभिन्न हाउभाउ प्रस्तुत गर्दै थरिथरीका रसरंगहरूसहित विविध नाचहरू प्रदर्शन गर्ने गरिन्छ । विशेषतः मुख्य नाचहरू यसप्रकार छन् :

प्रारम्भिक नाच :
प्रारम्भिक नाच भैरबनाथ देवताबाट सुरु हुन्छ र क्रमशः दुई घण्टाको समयमा सम्पूर्ण देवगणहरूको नाच प्रदर्शन गरिन्छ । गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, शाकाहारी, मांसाहारी जस्ता विषयवस्तुहरूमा नाच प्रदर्शन गरिन्छ । भैरब नाच देवताको मूल नाइकेको रूपमा देखिन्छ । भैररूको बाहुलीबाट पूजा गर्ने, बलि दिने देवगणहरूलाई प्रसाद बाँडेर दिने देखाइन्छ । बलिको रूपमा गुठी संस्थानबाट उपलब्ध गराइएका समयबजिका साथ पूजा गरी मू बाहाँ (मूल बहान) लखेट्ने परम्परा रहेको छ । बाहिर चौरमा मू बाहाँलाई छोडेर ‘लियो लियो पायो पायो’ भन्दै मू बाहाँ लखेट्ने गरिन्छ । त्यसपछि मूल देवता (सिफोद्यः) अगाडि पूजा गर्दै मू बाहाँ बली दिने गरिन्छ । मध्यरातमा क्रमशः भैरब, काली, गणेशको नाच हुन्छ ।

धान रोपाइँ नाच :
ब्रम्हाायणी, महेश्वरी, कुमारी र भद्रकाली (बिष्णुदेवी) देवी देवताहरूको धान रोपाइँ नाच देखाइन्छ ।
ब्रम्हायणीलाई नवदुर्गाको श्रृष्टिकर्ताको रूपमा लिइन्छ । पूजाआजामा सर्वप्रथम जन्मदाता ब्रम्हायणी माताको नाचबाट सुरु हुन्छ । दशैँको जात्रा पनि ब्रम्हायणी पीठबाट सुरु हुन्छ । किम्बदन्तीअनुसार प्राचीनकालमा सुडालको ठूलो जङ्गलको ब्रम्हायणी टोलबाट यस नवदुर्गा श्रृष्टि भएको भनाई छ ।
कुमारीले नवदुर्गा गणभित्र चेलीबेटीको भूमिका निर्वाह गरेको देखिन्छ । परिवारजनमा चेलीले गरिरहेको व्यावहार यस नाचमा प्रदर्शित हुन्छ । परिवारमा खाना बाँडेर दिने, सरसफाई गर्ने, श्रृंगारहरू गर्ने जस्ता सम्पूर्ण कार्य कुमारी देवीलाई जिम्मेवारी सुम्पेको देखिन्छ । अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरबले कुनै बेला खाली भएको पात्र दिँदा चित्त दुखाई विलाप गरी कुमारी तुलेगु (कुमारी विलाप) समेत यस नाचमा प्रदर्शन हुन्छ । साथै कुमारीलाई विद्याकी देवी वा सरस्वतीको रूपमा पनि लिइन्छ ।
भद्रकाली (बिष्णुदेवी) कृषि कार्यमा प्रतिकको रूपमा देखाइन्छ । कुनै पनि प्राणी बाँच्नको निम्ति खानपानको आवश्यक पर्छ भन्ने भावार्थ यो नाचमा प्रस्तुत गरिन्छ ।
नवदुर्गा गणमा महेश्वरी देवीलाई मात्र शाकाहारी देवीको रूपमा प्रस्तुत गरिएका छन् । सेतो रंग शान्तिको प्रतिक स्वरूप यिनलाई गङ्गाजस्तो पवित्र भएर छुट्टै पहिचान भएकी देवीको रूपमा मानिएको छन् ।

बाराही नाच :
बाराही देवता घरको महिला भूमिका विशेषबारे नाच प्रदर्शन गरिन्छ ! सानैदेखिको बेल विवाह, गुफा राख्ने, सूर्यदर्शन (बार्‍हा पिकायेगु), बुहारीमा हुनुपर्ने व्यावहारिक ज्ञान आदि गतिविधिहरू प्रदर्शन गरिन्छ । बुहारीले सासुलाई गर्नुपर्ने आदर, सम्मान र शिष्टता आदि बाराही नाचमा प्रदर्शन गरिन्छ । साथै घरपरिवार नारीबाट नेतृत्व निभाउनुपर्ने व्यावहार पनि यसै नाचमा प्रदर्शन गरिन्छ ।

माछा मार्ने जात्रा :
सिम्ह दुम्हको माछा मार्ने नाच देखाइन्छ ! सिम्ह दुम्हको प्रतिकको रूपमा भीमसेन र द्रौपतिको रूपमा बाराही र कुमारी जोडीको रूपमा रहेका हुन्छन् । यस नाचमा दुम्ह पात्रले बालबालिकाहरूका गतिविधिहरू देखाइन्छ । दुम्हले भीमसेनको रूपमा भूमिका निभाउँछ । सिम्ह देवीले बालबालिकाहरूका क्रियाकलाप प्रदर्शन गर्ने गर्छ ! जात्रा हुँदा बाटोमा पैसा मागिरहने सिम्ह द्रौपदी देवीको भूमिका निभाउने गरिन्छ ! श्रीमान् श्रीमतीबीच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार सिम्ह–दुम्ह ‘ङा’ लाकेगु जात्राबाट प्रदर्शन गरिन्छ ।

महाकाली नाच :
महिषासुर दानव, नारीको क्रोध र सन्दर्भमा युद्धको भूमिका, तरवार नाच, पातालको नाच र तीन नेत्रको क्रोध नाच देखाइन्छ । महाकालीलाई यस देवगणमा सबैभन्दा क्रोधी देवीको रूपमा प्रस्तुत गरिन्छ । यस नाचमा नारीहरूको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको नाच प्रदर्शन गरिन्छ । कुनै पनि जात्रामा आफूले कुनै बली नपाउँदा रिसाई फर्कने देवीको रूपमा देखाइन्छ । भैरबको अनुपस्थितिमा महाकाली देवीबाट पनि कार्य सञ्चालन हुन्छ भन्ने देखाइन्छ ।

श्वेत भैरबको खास्टो लुट्ने नाच :
मानव जीवनमा सरसफाई, महिलाहरूको श्रृङ्गार गर्ने विषयमा आधारित नाच देखाइन्छ ! महाकालीले महिषासुरको बध गरी सकेपछि रगताम्य महाकाली देवी आफ्नो वस्त्र सफा गरी रहेको बेला स्वेत भैरब भने सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको थिए ! आफूलाई लुकी छिपी हेरेर जिस्काएपछि महाकाली स्वेत भैरबसँग क्रोधित हुन्छ र स्वेत भैरबको खास्टो लुटेर लिन्छ ! भैरबले जति फकाए पनि महाकाली खास्टो फर्काउन मान्दै मान्दैन ! यस नाचमा श्वेत भैरबको खास्टो लुट्ने (गा त्वःकेगु) नाच प्रदर्शन देखाइन्छ ।

खास्तो फिर्ता लिने नाच :
महाकालीलाई मनाउन भैरब बाटो–बाटोमा पैसा उठाउन थाल्छ र पैसा चढाएर मनाउन खोज्छ । क्रोधित महाकाली मान्दैन र भाले कुखुरा खाने इच्छा प्रकट गर्छ ! भैरबले त्यही पैसाले भाले कुखुरा किनेर महाकालीलाई चढाउँछ ! महाकालीले मुखबाट भालेको टाउको छुट्याई बली लिन्छ र भैरबले आफ्नो खास्टो फिर्ता पाउँछ ! यस कथालाई जीवन्त दिँदै नाच प्रदर्शन गरिन्छ । सिम्ह दुम्ह बालकुमारी स्वेत भैरब र महाकालीबीच विशेष पूजा गरी श्वेत भैरबको नाच देखाइन्छ ।

माछा मार्न शिक्षा दिने नाच :
सिम्ह दुम्ह आफ्नो मित छोरालाई शिक्षा दिई माछा मार्ने जात्रा सुरु गर्न पानी फाल्ने नाच देखाइन्छ । सिम्ह दुम्हको स–साना केटाकेटीपनको चकचके नाच जिद्दिपन ठूलाबडासँग जिस्किने नाच प्रदर्शन गरिन्छ । पछि श्वेत भैरबबाट माछा मार्ने जात्रा सुरु गर्न माछा राखेको बाँसको ढक्की बोक्दै माछा मार्ने जात्रा गरिन्छ । माछा मारेर मित छोराहरूलाई अगाडि बोलाई आफू एक्लैले मात्र माछा खान्छ र माछा खाने भाषाको बोलमा सिम्हले सराप दिने गर्छ ।

श्वेत भैरबको पेट दुख्ने नाच :
श्वेत भैरबको पेट दुखेको नाच देखाइन्छ । छट्पटिरहेको बेला मित छोराहरू सिम्ह दुम्हकै सहयोगबाट क्षमा मागी आफ्नी श्रीमती बालकुमारी (इन्द्रायणी) बोलाई अक्षता (जाकि ह्वयेकेगु) गर्ने गराइन्छ र निको हुने नाच देखाइन्छ ! यसपछि श्वेत भैरब र इन्द्रायणीको मतिना (प्रेम) नाच प्रदर्शन गरिन्छ । आफ्नो लुगा धुन सिम्ह दुम्हको सहयोग मागिन्छ ।  लुगा धोइदिन्छु भनेर लिन्छन् र फालिदिन्छन् ! लुगा फाल्ने, जिस्क्याउने बानीबाट दिक्क भई मित छोराछोरीलाई गाली गरी आफैँले लुगा धुने नाच प्रदर्शन गरिन्छ ।

समापन नाच :
श्वेत भैरबको छोटो नाच देखाइन्छ र माछा मार्ने जात्रा सम्पन्न गरिन्छ ।
त्यसलगत्तै पूर्ण सम्पूर्ण देवगणहरू अन्तिम देवगण नाच प्रदर्शन गरी स्थानीयबासीका हर्ष उल्लासका साथ बाजागाजा अगाडि राखेर जय काली ! जय बाराही ! लगायत नाराका साथै धुप, अगरबत्ति बाली देवगण मन्दिरसम्म पुर्‍याउने चलन छ ।

श्रोत : नाचको सार माननीय श्री नारायणमान बिजुक्छेको लेखबाट ।

Monday, March 20, 2017

ऐतिहासिक नगरी पनौतीको कथा


धर्मग्रन्थहरूको पौराणिक कथाअनुसार गौतम ऋषि र उनकी श्रीमती अहिल्या पनौतीको त्रिवेणीघाटनजिकै बस्थे । अहिल्याको रूप, सौन्दर्य र यौवनबाट मोहित भएका स्वर्गका राजा इन्द्र एक समय गौतम ऋषिकै भेष धारण गरेर पृथ्वीमा ओर्लिए । समयभन्दा अगावै इन्द्रले भाले बासेको नक्कल गरेपछि सक्कली गौतम ऋषि स्नान गर्न त्रिवेणीघाट गए ।

यही मौकामा छद्मभेषी इन्द्र आश्रममा छिरी ऋषिपत्नी अहिल्यासँग शारीरिक सम्बन्ध बनाए । नदी तटनजिकै पुगेपछि मात्रै आफूले फेर्ने धोती नल्याएको थाहा पाएर सक्कली गौतम ऋषि आश्रम फर्किए । आश्रमको ढोकामा आफ्नै भेषधारी इन्द्रलाई देखेपछि क्रोधित भएका गौतम ऋषिले दुबैलाई श्राप दिए । श्रापको प्रभावका कारण अहिल्या ढुङ्गामा परिणत भइन् । उक्त ढुङ्गा अहिले पनि इन्द्रेश्वर मन्दिरको उत्तरपूर्वी कुनामा अवस्थित छ । श्रापकै कारण राजा इन्द्रको शरीरभर हजारौँ योनी निस्किए ।

कथाअनुसार श्रापपछि लज्जित भएका राजा इन्द्र श्रापमुक्त हुने उपाय खोज्दै आफ्ना गुरु बृहस्पतिको शरणमा पुगे । गुरुको सल्लाहअनुसार राजा इन्द्र मुक्तेश्वर महादेवको १२ वर्षे तपस्यामा बसे । तपस्यापछि प्रसन्न भएका मुक्तेश्वर महादेवले इन्द्रलाई एउटा सुकेको बाँस दिएर भने, “यसलाई टेक्दै यात्रा गर्नु, बाँसमा पालुवा निस्केर जरा हाल्न थालेपछि तिमी योनी मुक्त हुनेछौ ।”

मुक्तेश्वर महादेवको आज्ञाअनुसार पृथ्वीको यात्रामा निस्किएका इन्द्र त्रिवेणीकोनजिक पुगेपछि उनले ढुङ्गामा टेकेको बाँसमा पालुवा आयो र त्यति नै खेर उनको निधारबाहेक शरीरभरी आएका योनी लुप्त भए ।
इन्द्रले ढुङ्गामा बाँस बिसाएकै हुनाले उक्त ठाउँको नाम पनौती रहन गएको विश्वास छ । किनभने, नेपालभाषामा ‘पँ’ भनेको बाँस र ‘ल्होँ’ भनेको ढुङ्गा भन्ने बुझिन्छ । ढुङ्गामा बाँस बिसाउँदा पालुवा आएको हुनाले उक्त ठाउँ ‘पँल्होँ’ हुँदै कालान्तरमा पनौती नामाकरण भएको मानिन्छ ।

निधारको योनी नहटेपछि राजा इन्द्र पनौतीनजिकै रहेको भालेश्वर महादेवको १२ वर्षे तपस्यामा बसेको धार्मिक मान्यता छ । यस तपस्यापछि भालेश्वर महादेवले इन्द्रको निधारमा रहेको योनीलाई आँखामा प्रमाणित गरिदिए । भालेश्वर महादेवलाई अहिले पनि पनौतीमा देख्न सकिन्छ । त्यही बेलादेखि संसारका सबै हिन्दू धर्मावलम्बीहरूका निम्ति तेश्रो आँखा भएका इन्द्रको पूजा महत्वको विषय रहँदै आएको छ । जसको ऐतिहासिकता पनौतीसँग जोडिएको छ ।

इन्द्रले जुन ढुङ्गामा बाँस टेकाउँदा पालुवा पलायो, त्यही स्थानमा महादेवको मूर्ति पनि स्थापना गरेका थिए । इन्द्रले स्थापना गरेको उक्त महादेवको मूर्ति इन्द्रेश्वर महादेवका नामले अहिलेसम्म परिचित छ । उक्त स्थानमा अहिले रहेको मन्दिर भने ईश्वीको १३ औं शताब्दीमा राजा जयसिंहराम मल्लले बनाएका हुन् । यही इन्द्रेश्वर महादेवको मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मान्न सकिन्छ । अहिले पनि उक्त मन्दिर १३ औं शताब्दीकै स्वरूपमा छ । समयका हिसाबले चाँगुनारायण र पशुपति सबैभन्दा पुराना धार्मिक स्थल हुन् । तर, ती दुबै स्थानमा मन्दिरको अहिलेको स्वरूप भने क्रमशः १४औं र १५ औं शताब्दीमा बनेका हुन् ।

श्रोत : विकिपिडिया

योमरीको कथा


ऐतिहासिक कथा अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे उनकी पत्नी भगवान् विष्णुका परम भक्त थिए ! उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो

एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको भक्तालु रहेछन् भनि बुझ्न मन लागेछ ! कुबेरले एक दरिद्र रुप धारण गरि उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरि पकाएर राखेको यमरी सहित मिठा मिठा खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर अत्ति प्रशन्न भै आफ्नो सक्कली रुप देखाएछन् र ति महाजन दम्पतिलाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि दीक्षा प्रदान गरि अन्तर्ध्यान भएछन् । त्यो दिन मंशिर शुल्क पुर्णिमा अर्थात थिंलाथ्व पुर्णिमाको दिन थियो ।

कुवेरले दिएको दीक्षा अनुसार महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी / योमरी बनाई अन्न राख्ने भकारीमा राखेछन् ! साथै कुवेरले दिएर गएको बिमिरोलाई पनि त्यहि विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पुजा गरेछन् ! अनि अन्न, धान र योमरी दान पनि गरेछन् ! भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर यमरी खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ, धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ ।

विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् । यसरी कुबेरले भने अनुसार धन धान्य भएको हुनाले त्यहि बेलादेखि मंशिर पुर्णिमाको दिन भर्खरै भित्राएको धानबाट योमरी बनाएर खाने र पर्व मनाउने चलन चली आएको भनाई छ ।

- "रत्नाबदान बुद्ध वचन" पुस्तकमा उल्लेखित कथाको सारांस !
 

 नोट : नमोबुद्धको कथामा प्रस्तुत विश्वन्तर राजकुमार यिनै पांचाल देशका राजकुमार थिए !

गुरुमापाको कथा

गुरुमापालाई टुंडीखेलमा टन्न मासु भात खुवाउँदै !!

केशचन्द्र, काठमाडौको इतुंबहाल निवासी, जुवामा आफ्नो सबै सम्पति हारेपछि, आफ्नै बहिनीसंग बस्न थाले ! बहिनीको घरमा खाना खान दिएको प्लेट समेत जुवा खेल्दै हार्न थालेपछि बहिनीले केशचन्द्रलाई भुइमा खाना राखेर खुवाउन थालिन !

बहिनीको यो ब्यबहारले चित्त दुखेर भुइको खाना सबै रुमालमा पोको पार्दै काठमाडौ शहर बाट टाढा हिडे ! भोकाएका केशचन्द्र खाना खानको लागि रुमालको पोको फुकाले, सबै खाना बासी भएर बिग्री सकेको थियो !
भोकाएका केशचन्द्र खानालाई फिजाएर घाममा सुकाउन थाले र आफु एकछिन आराम गर्न थाले ! जब बिउझियो, घाममा सुकाएका सबै खानाहरु परेवाले खाँदै थिए ! भोकाएका केशचन्द्र सारै दु:खि र उदास भए र आँशु झार्न थाले ! उसको दु:ख देखेर परेवाहरुले खाएका खानेहरु ओकल्न थाले जुन भकाभक सुनमा परिवर्तन भए ! यति धेरै सुन थुप्रिए कि उसले उचाल्न पनि सकेन ! सुनको थुप्रोलाई के गर्ने कसो गर्ने सोचि रहेको बेला एक्कासि जंगलमा बस्ने मान्छे खाने गुरुमापा गन्ध सुघ्दै आफुतिर आइरहेको देखे !

केशचन्द्रले मायायापुर्वक गुरुमापालाई मामा सम्बोधन गर्दै बोलाए र थुप्रेको सुन घरसम्म बोकेर पुरयाई दिन अनुरोध गरे ! बदलामा घर पुगेपछि टन्न भोजन गराउने र शहरका बाबुआमाले आफ्ना छोरा छोरीहरुलाई गाली गर्दै बोलाए ति बच्चाहरुलाई गुरुमापाले लैजान सक्ने अधिकार दिने बचन दिए !

यसरी केशचन्द्रले गुरुमापालाई आफ्नो घर इतुंबहालमा लगे र आफ्नो काम सिद्ध गरे ! टन्न सुन पाएका केश चन्द्रले गुरुमापालाई मायापुर्वक आफैसंग राखे ! अन्तत: जब जब बाबुआमाले आफ्ना छोरा छोरीहरुलाई ..गुरुमापा आउँछ, तिमीलाई लगेर खान्छ भनेर तर्साउन थाले, शहरबाट बच्चाहरु हराउन थाले !
पछि स्थानीय बासीहरुले यो कुरो थाहा पाए ! गुरुमापालाई आफ्नो टोलमा यसरी राख्न नहुने निर्णय गरे ! बार्षिक रुपमा मासु भात खुवाउने प्रतिबद्धता सहित टुँडिखेलमा बस्न बाध्य गराए र गुरुमापालाई शहरबाट निकाले !

 फोटो : राजु महर्जन

स्वयम्भु अवस्थित हारती अजिमाको कथा


स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर्भभित्रको रत्ननिधिहरू सुरक्षित रेखदेख गर्ने हुनाले यस मन्दिरलाई रत्नपुर पनि भनिन्छ । यिनलाई ५०० छोरा, ५०० छोरी र ५०० ज्वाईहरूको समूहद्वारा सुसज्जित अजिमा पनि भनिन्छ । यिनलाई यक्ष र राक्षसहरूमा सबैभन्दा धेरै ऋद्धि र बल भएकी र देशदेशान्तरमा आफ्नो आधिपत्य जमाएकी यक्षणीको रूपमा मानिन्छ ।

यिनका यति धेरै परिवारगण भए पनि प्रतिनिधिको रूपमा धनभाजु, धनमयजु, वासिंभाजु, वासिंमयजु, जिलंभाजु गरि पाँच जनाको नाम उल्लेख भएको पाइन्छ । हारती महायक्षणीको जहाँ सुकै मन्दिर तथा मूर्तिहरूसँग यी पाँच जना प्रतिनिधिहरू पनि सँग रहेको देखिन्छ ।

हारिति महायक्षणीलाई हारती माजु, अजिमा द्य:, मयजुदेव, हारती बज्रयोगिनी, शितला माजु, स्वयम्भु संरक्षिका धर्मपाली, धाक्वसिक्वमा मचाप्यासी आदि नामले पनि चिनिन्छ ।

स्वयम्भू पुराणअनुसार हारती महायक्षणी पाञ्चिक महायक्षको पत्नी थिइन् । उनी मानव बस्तीहरू तथा राजदरबारहरूमा गई दिनहुँ ५०० बच्चाहरूको हरण गर्दै मासभक्षण गर्दै मानिसहरूलाई दु:ख दिईरहन्थे, हाहाकार मचाई रहन्थे, आमाबुबा तथा परिवारजनहरूलाई रुवाई रहन्थे । कसैले यिनको दमन गर्ने खोजे उपद्रो र अशान्त मचाई रहन्थे । यिनको यो अत्चायार सहन नसकेर ब्रम्हालगायत देवीदेवताहरू पनि दिक्क हुन्थे र प्रार्थना गरी रहन्थे ।

एकदिन, शाक्यमुनि सिद्धार्थ बुद्धले देवी देवताहरूको प्रार्थना सुनेर, हारती महायक्षणीको प्राण प्यारी छोरी आनन्दालाई पिण्डपात्रले छोपेर लुकाई दिए । आफ्नी प्राणप्यारी छोरी आनन्दा हराएपछि हारती महायक्षणी बिरह हुँदै भौतारिन्दै यताउता खोज्दै हिँडे । समुन्द्र नै धमिलो पार्दै तिनै भुवनमा भौतारिन्दै खोज्दै हिँडे । यिनी यसरी दु:खि हुँदै भौतारिन्दै हिँडे कि आफ्नो अगाडि सुमेरु पर्वत भन्दा नि गह्रौ पिण्डपात्र उचालेर हेर्न सामर्त्थता पनि रहेन र रोइ कराई बसे । यिनको यो अवस्था हेरिरहेको बुद्धले अन्तत: पिण्ड पात्र उचालेर उनको छोरीलाई अगाडि राखी दिए । जेतवन बिहारमा भएको यस घटनाले हारती महायक्षणीको आँखा खोले र उनले हिँसा गर्दै मासभक्षण गर्ने प्रवृद्धि त्याग्ने निर्णय गरे ।


शाक्यमुनि बुद्ध गोपुच्छ पर्वत (हालको स्वयम्भु) मा बस्दै स्वयम्भु महाचैत्य महात्म्य बिषयमा व्याख्यान गर्दै थिए । हारती महायक्षणी टुप्लुक्क अगाडी आइ पुगे र बुद्धको चरणकमलमा ढोग गर्दै आफु पनि स्वयम्भु महाचैत्यको दर्शन र सेवा गर्न आएको, यसै सुन्दर उपबनमा बसी स्वयम्भु महाचैत्य, सदगुरु मन्जुश्री एवं शान्तिकर आचार्यको सेवा गर्दै बुद्ध शासनको रक्षाको निम्ति समर्पित गर्दै आफु सधैको लागि बस्न पाउँ भनि अभिलाषा गरे ।
यिनको यस प्राथना प्रति बुद्ध अत्यन्तै प्रसन्न हुँदै यस महान एवं उत्तम क्षेत्र साह्वंगु बिहारमा बसी बुद्ध शासनको संरक्षिका भै बालबालिकाहरुको रक्षा र दयामाया गर्दै बस्न अनुमति दिए । पहिले जस्तै यताउता भौतारिन्दै बहुला झैँ बनेर मानिसहरुलाई भय त्रास नदिई आफ्नो प्राण प्यारी छोरीलाई जस्तै समस्त बालबालिकाहरुलाई उत्तिकै दयामाया गर्दै लालन पोषण गर्दै रक्षा गरि बस्न अनुमति दिए । आफ्नो बुद्ध शासनकालमा कुनै द्वेष,रिस तथा कलंक नगरी स्वयम्भुलाई चढाएको पिण्डपात्रको भोजन गर्दै पंचदशशत परिवार बीच महोत्सव तथा स्वयम्भुको भजन गर्दै बस्न लगाउंदै बुद्ध शासन अनुसार भिक्षुहरुलाई झैँ हारिति महायक्षणीलाई पनि पिण्डपात्र भोजन प्रदान गर्न विनय प्रस्तुत गरे ।

स्वयम्भु पुराणमा उल्लेख अनुसार शान्तिकर गुरुले ज्योतिर्मय स्वयम्भुलाई छोप्न विधिपुर्वक प्रतिष्ठान गर्न सबै देवीदेवताहरुलाई आह्वान गरे । स्वयम्भु महाचैत्यको निर्माण गर्न ब्रम्हा, बिष्णु, महेश्वर, इन्द्र, यम, बरुण, कुबेर, अग्नि, नैऋत्य, वायु, इशान, चन्द्र, सुर्य एवं यामा, तुषिता, निर्माणरति, परनिर्मित वशवर्ति, ब्रम्हपार्षद्य:, ब्रम्हकायिका, ब्रम्हपुरोहित, परिताभा, अप्रमाणाभा, आभाश्वारा, सुदर्शना आदि देवभुवनबाट आइ आ-आफ्नो अधिकार बिशेषले सहयोग गरे । साथै, सुखावती भुवनबाट अपरिमिता तथागत आइ चढाएर गएको उष्नीष चुडामणि सुबर्ण छत्र भने जति मिलाए पनि बाङ्गोको बांगै रहे । सबै देवदेवताहरु चुडामणि सुबर्ण छत्र बाङ्गो भएको देखेर चकित परे ।

पछि शान्तिकर आचार्यले शाक्यमुनि बुद्धलाई यसो हुनुको कारण प्रश्न गरेपछि धेरै पहिले देखि हारिति महायक्षणीले आफु यस पवित्र भूमिमा बस्न पाउँ भनि गरेको आशिकाको कारणले नै यसो भन्ने शाक्यमुनि बुद्धको दिब्यसंदेश पछि शान्तिकर आचार्यसामु हारिति महायक्षणीने निम्न उल्लेखित जिम्मेवारीहरु बाचा गरे / गराएका थिए ।
  • जहाँ जहाँ बुद्ध भगवानहरुको मुर्ति र चित्रहरु प्रतिस्थापित हुन्छ, दैनिक ३ प्रहर रेखदेख गर्ने
  • आफ्ना बच्चाहरुलाई जति माया गर्ने हो, १२ बर्ष मुनिका बच्चाहरुलाई सुदृष्टि पुर्वक हेरबिचार गर्ने
  • स्वयम्भु धर्म धातु बागीश्वरको सेवा भक्ति गर्दै यस क्षेत्रको हेरविचार र संचालन गरि रहने
  • जहाँ जहाँ बुद्ध धर्मको उत्सब हुन्छ, भक्तिभावले सेवा गर्दै गगनबिहार गर्दै हेरविचार गर्ने

स्वयम्भु महाचैत्य नजिकको हालको मुर्ति तथा मन्दिर भने १९ औं शताब्दीमा राखिएको थियो । आफ्नी रानी बिफरले मरेपछि रणबहादुर शाह बहुलाउँदै हारतीको पुरानो मूर्ति तोडिदिएका थिए । त्यसपछि यस स्थानमा अर्को हारती अजिमाको मूर्ति राखिएको थियो ।

श्रोत : स्वयम्भु महाचैत्यबाट अनुवादित 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...