Showing posts with label ललितपुर. Show all posts
Showing posts with label ललितपुर. Show all posts

Friday, March 13, 2020

चिडियाखानाको पोखरी


राजा सिद्धि नरसिंह मल्लले नेपाल सम्बत ७७९ मा रानी लालमोतीको नाममा पोखरी प्रतिस्था गरे तर पानी आएन । पछि गुरु विश्वनाथ उपाध्यायले एक यन्त्र राखी जलयज्ञ गर्दा पोखरीमा पानी भरेर आए र ज्यावल खेल (जा ह्वला ख्य:)"पोखरी नाम रहन गए ।

पछि राणा प्रधानमन्त्री वीर शम्शेरले पोखरीमा के छ भनी खोलेर हेर्नु पर्‍यो भनी इन्जिन मगाई २ दिनसम्म पानी झिकेर फाल्दा पनि पानी सुकाउन सकेन र त्यतिकै छाडी दिए, पानी पुन: भरेर आए ।

पछि अर्का प्रधानमन्त्री जुद्ध शम्शेरले यस्तो बलवान् पोखरीलाई संरक्षण गर्नु पर्छ भनी चारैतिर पर्खाल बनाउन लगाई चारैतिर जिवजन्तु पशुपंछी राखी चिडियाघर निर्माण गरे । चन्द्रशम्शेरले जंगबहादुर राणाको जेठी महारानीको शालिक प्रतिस्थापन गरि अझ सोभायमान बनाइ दिए । देव शम्शेरले भिम शम्शेरको शालिक प्रतिस्थापन गरि दिए ।

Tuesday, February 12, 2019

ललितपुरको शनि देवता र भक्तपुरको #लँपँ द्य:को कुरो

ललितपुरको #शनि देवता र भक्तपुरको #लँपँ #द्य:को कुरो !

 लिच्छवी र मल्ल काललाई नेपालको स्वर्ण युग मानिन्छ l
राजा सिद्धिनरसिंह मल्लको पालाको कुरो थियो l काठमाडौं, ललितपुर र भक्तपुर बीच बिकासको प्रतिस्पर्धा नै चल्ने गर्दथ्यो l आफ्नो राज्यलाई कसरी सुन्दर र बिकसित बनाउने भनेर सोची रहन्थे l विभिन्न मठ-मन्दिरहरु बनाउन लगाउँथे । पाटनको विकास र सुन्दरता देखेर भक्तपुरको राजालाई भने औधी ईर्ष्या र डाह भएछ l तान्त्रिक र गुरुजुहरुलाई दरबारमा बोलाएर आफ्नो कुरा बताए l उनिहरुले शनि देवको मुर्ति स्थापना गरि दिएमा शनिको प्रभावले विकास सुस्त र न्यून हुने कुरा राजा समक्ष राखे ।
लँपँ द्य: रहेको ठाउँ

भक्तपुरका राजाले तान्त्रिकहरुको मद्दतद्वारा पाटनमा शनिदेवको मुर्ति स्थापना गरि दिए । पाटनका राजाले आफ्नो राज्यमा शनि देवताको मुर्ति स्थापना गरेको चालै पाएन किनकी त्यो मुर्तिलाई जमिन मुनि गाडिदिएको थियो । बिस्तारै पाटनमा अन्न कम मात्रामा फल्न थाल्यो । पाटनवासीहरु पनि अकालमै मर्न थाले । शनिको प्रभावले गर्दा विकास पनि सुस्त र अति न्यून हुन थाल्यो l जात्राहरुमा पनि अपसगुन देखिन थाले । ढुंगेधाराहरुबाट पनि पानी आउन छाडे l अत्ति नै भए पछि त्यस बेलाका पाटनका प्रख्यात तान्त्रिक (अज्या बाज्याहरु) लाई राजाले दरबारमा बोलाएछन र के भएको हेर्न लगाएछन l


तान्त्रिक दृष्टिले अध्धयन गर्दा पाटनमा शनिको मुर्ति गाडिएको हुनाले देशमा प्रतिकुल अवस्था भैरहेको र त्यो मुर्ति भक्तपुरको राजाले राख्न लगाएको पत्ता लगाएछन । यो कुरा सुनेर रिसले क्रुर भएका सिद्धिनरसिंह मल्लले शनिको मुर्ति जमिनबाट उखेल्न लगाएछन l त्यस मुर्तिलाई निर्मुल र शक्तिहिन पारेर दरबारको भण्डारमा फाल्न लगाए l शान्ती पुजा र होम पुजा गरे ।

"लँ पँ द्य:" हरिशंकरको मन्दिर
रिसले क्रुर भएका पाटनका राजाले बदलाको भाव स्वरूप तान्त्रिक विधिको सहयोगमा रातारात भक्तपुरमा दरबार जाने बाटोको बिचमा मन्दिर र खोल्न नमिल्ने ढोका राख्न लगाए l कसैले भत्काउन नसक्ने गरि तोरण बाँधी दिए । भोलिपल्ट , भक्तपुरका राजाले बाटोको बिचमा मन्दिर देखेर आश्चर्य चकित !! उनले कामदारहरुलाई भत्काउन अह्राए , तर कसैले सकेनन् । तान्त्रिकहरुलाइ बोलाइयो l गुरुजुहरुलाई बोलाइयो l तर कसैले हल्लाउन पनि सकेनन l मन्दिर जस्ताको त्यस्तै रह्यो l बाटोनै छेकिने गरि बनाइदिएको हुनाले मन्दिरको नाम नै " लँ पँ द्य:" अर्थात "बाटो छेकेर बसेको देवता" रहन गयो l

त्यो मन्दिरको ढोका खोल्न नमिल्ने कारण के थियो भनेर कसैलाई थाहा भएन l भक्तपुरबासीहरुले त्यस मन्दिरलाई "लँ पङ/पं द्य:" भन्न थाले l अन्तत: त्यस मन्दिरको नाम नै लँपँ द्य: रहन गयो ! पछि तान्त्रिकहरुलाई बोलाई के भएको हो हेर्न लगाउँदा त्यो पाटनको राजाले राखेको थाहा पाए l भक्तपुरको राजाले आफ्नो गल्ती महसुस गरे l

पाटनको दरबार सफा गरि पुनर्निर्माण गर्दा शनि देवको मुर्ति भेटिएको थियो रे ! दुर्भाग्यवस, भक्तपुरको त्यो लँपँ द्यको मन्दिर चाहिं अहिले अस्तित्वमा छैन l तर भक्तपुरको दरबार छिर्ने बीच बाटोमा दायाँ बायाँ २ जना सिंह र भर्याङ भएको मुर्ति बिहिन स्थान देख्न सकिन्छ । सायद १८९० वा १९९० को महाभुकम्पमा भत्केको र पुनर्निर्माण नगरिएको हुन सक्छ l यता ललितपुरमा रहेको लँ पँ द्य:लाई हरिशंकर भन्ने गरिएको छ ।

श्रोत : Newa People / Frannkey Franz र अन्य l भाषा मिलाउन इडिट गरिएको l

Thursday, February 7, 2019

टेबहालको श्री संकटा


कलिगत संवत् ३६०६, बि.सं. ५६२, इ. सं. ५०५ तिर तत्कालिन लिच्छवि राजा नरेन्द्रदेवको पालामा नेपाल्मण्डलमा अनावृष्टी दुर्भिक्ष भएर हाहाकार भयो । खडेरी पर्यो ।, त्यसैको निवारणको लागि रातो मत्स्येन्द्रनाथ (बुङ्ग द्य:)लाई नेपालमण्डल ल्याउनलाई नरेन्द्रदेवले शान्तिकराचार्यलाई आहवान गरे । राजाको आहवानलाई सहर्ष स्विकार गरेर उन्ले आफ्नो शिष्य बन्धुदत्त आचार्यलाइ पठाए। यसरी भक्तपुरका नरेन्द्रदेव राजा, कान्तिपुरका बन्धुदत्त आचार्य र ललितपुरका ललित चक्र / रथ चक्र ज्यापू मिलेर कामारुकामाक्षबाट करुणामयलाई लिएर आउँदा करुणामय सँग-सँगै संकटा पनि आउनु भयो । 

त्यसरी आउँदा आउँदै कटुवाल दहमा आइपुग्दा संकटाले आफ्नो दाहिने हात देखाउनु भयो । त्यस हातको आकारको शिला / ढुङ्गा अहिले पनि त्यहाँ देख्न पाइन्छ । उहाँले देखाउनु भएको हात एकदमै भिमकाय, डरलाग्दो र ठूलो थियो । यसरी भिमकाय ठूलो आफ्नो दाहिने हातको दर्शन दिनु भएको हुनाले उहाँलाई तपा :ल्हा द्य: भनेर बन्धुदत्तले नामाकरण गरिदिनु भयो । त्यही नामलाइ पछि उनी आफैले पा : ल्हा द्य भनेर फेरि नामाकरण गरिदिनु भयो । यसरी संकटालाई  राजाले केही दिन कटुवाल दहमै राखी केही समयपछि आर्यावलोकितेश्वरलाई पाटनमै थापना गरि सकेपछि पाटनमा लोकेश्वरलाई  त: बहालमा जति ठुलो जग्गामा राखियो, तबहालकै क्षेत्रफलमा काठमाडौंको टेबहाल (राजकिर्ति महाविहार) मा संकटालाई स्थापना गरिदिए । त्यसैले संकटाको मुनि मन्दिर तल श्री रातो मत्स्येन्द्रनाथको मुर्ती रहेको छ । त्यस्तै वीर पुस्तकालयमा रहेको राजमाला बंशबलीमा श्री संकटा थापना बारे २ ओटा बंशवाली रहेको छ । त्यस्तै शाक्यसिंह तथागतले पनि बन्धुदत्त आचार्यले पद्मान्तक दश्क्रोधादी देवताको स्थापना गर्ने छ भनेर भबिस्यबाणी गर्नु भएको कुरा स्वयम्भू पुराणमा उल्लेख छ ।

किम्बदन्ती अनुसार भने टेबहाल भनेर संकटा स्थापना गर्नु भन्दा अघि यश ठाउँमा रहेको विहारलाई तिर्थ विहार भन्ने गरिन्थ्यो । उत्तर मोहडा भएको मन्दिरको पहिलो तल्लामा श्री संकटाको कृष्णवर्णको सुन्दर मुर्ती रहेको छ । उनले दाहिने हातले खड्ग समातेका छन भने देब्रे हातले पद्म समातेका छन । उनले शिरमाभने चन्द्रकलायुक्त रत्नमुकुट लगाएका छन । श्री संकटा, दश्क्रोध योग योगिनी र अष्टमातृका सहित उज्ज्वल , शान्त भै प्रशन्न मुद्रामा उत्तर दिशा हेरेर बिराजमान छन । सबैको संकट हर्ने भएकोले संकटा भनिएको भन्ने भनाइ छ । संकटालाइ शैव र वैष्णव धर्मावलम्बी हरुले भगवतीको रुपमा र शनि संकटाको रुपमा पुज्ने गर्दछन । बज्रयानीहरुले भने तान्त्रिक देवता पद्मान्तक भनेर पुज्नेगर्दछन । यसै गरि बौद्ध र हिन्दु हरुले भने संकट हरण गर्ने देवताको रुपमा मान्ने गरेका छन ।

जेष्ठ कृष्ण अष्टमीका दिन बन्धुदत्त आचार्यले राजा नरेन्द्रदेवको आज्ञा अनुसार आफ्नो मन्त्रसिद्धिले एउटा कलशमा श्री संकटा र अर्को कलशमा श्री वरुण (योगिनी) लाई कलशमा बिराजमान गराइ पुजा र तान्त्रिक साधना गरेकाले त्यसै अनुरुप आज सम्म पनि हरेक १२ वर्षको एक पटक संकटाका पुजारीहरु कटुवाल दह गै आराधना गरि संकटालाइ लिएर आउने गर्दछन । त्यसरी कलशमा साधना गरेर ल्याएपछि जात्रा गरि सानेपा देखि पङ्खाले हम्काएर संकटा ल्याउने चलन यद्यपि अहिले सम्म चलिरहेकै छ । यसरी जात्रा गरि ल्याइएको कलशलाई ७५ जना थकाली बज्राचार्यहरु द्वारा भित्राएर खटबाट ती २ वटा कलश निकाली मुल ढोकामा आठ वटा पत्र भएको कमलको फुलको प्रतिनिधी स्वरुप मण्डल बनाएर त्यहाँ राख्ने परम्परा छ । यसरी जात्रा गरेर ल्याउने क्रममा मखंबहालका बज्राचार्यहरुले पन्चताल / इन्द्रबाजा , टेबहालका सिख्राकारहरुले धाँ (स्वयम्भू मेला बेला बजाइने बाजा) बाजा , र पुखु द्याँ ( खिचापोखरी) का डङ्गोलहरुले धिमे बाजा बजाएर ल्याउने प्रचलन रहेको छ।  यस टेबहाल भित्र आज सम्म पनि संकटा ल्याउनु पुर्वको र ल्याइसकेपछिको गरेर २ वटा महाविहार रहेको छ । यहाँका पुजारिले चुडाकर्म गर्ने बेला पहिले पश्चिम दिशा फर्केका अक्षोभ्य बुद्धलाई पुजा गरि विधि पुर्याए पछि मात्र पुर्वतर्फ फर्केका अक्षोभ्य बुद्धलाइ पुज्ने गर्दछन । यस संकटाको मन्दिर रहेको परिसर टेबहाल भित्र सरस्वती , स सानाचैत्यहरु , बज्रधातु चैत्य , नमोबुद्धको प्रतिक मुर्तिहरु थुप्रै छन । साथै भद्रकालीदेवीको घर पनि रहेको छ भने यहाँ नास द्य ( नाट्येश्वर) को मन्दिर पनि छ ।

Tuesday, June 5, 2018

लगनखेल : सप्तपाताल पोखरी



धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ललितपुर, लगनखेल अवस्थित १४ रोपनीमा फैलिएको सप्त पाताल पोखरीको हालत यस्तो छ l

रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकिए पछि जात्रा सकियो भनेर स्वर्गलोकमा इन्द्र देवतालाई सन्देश पठाउने गरिन्छ ।

त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउने गरिन्छ ।
बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को दिन साइत परेको छ, साइतको दिन आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजाने गरिन्छ भन्ने बिस्वास गरिन्छ ।

नाग देउता कहाँ पो कसरी पुर्याउने ?

पहिले लगनखेलमा सप्तपाताल पोखरी थियो । एकजोडी हिलेमाछा पोखरीमा छाडिन्थ्यो। त्यही माछा सन्देश लिएर सुलुल्ल बग्दै पाताल पुग्ने गर्दथ्यो ।

Monday, September 4, 2017

पाटन : भीमसेन रथ यात्रा


 किम्वदन्ती अनुसार मल्ल कालमा पाटनको कृष्ण मन्दिरको निर्माण पछि राज्यमा एक यस्तो युवक देखा परे, जसले राज्यका हरेक काम एक्लै गरि दिन्थे । ठुलठुला रुख उचाल्ने, दर्जनौ मान्छे लगाएर गर्नु पर्ने काम उनि एक्लैले गरि दिन्थे । राज्यमा उनको बारे हल्ला चलेपपछि तान्त्रिकहरुले तन्त्र विद्या लगाएर हेर्दा उनि महाभारतका कुन्ती पुत्र भिम नै मानिसको रुप धारण गरेर कृष्ण मन्दिर दर्शन गर्न आएको पत्ता लगाए ।

"वल वल भिन्द्य: वल, भीमसेन महाराजकि जय" नारा लगाउंदै हरेक बर्ष भाद्र कृष्ण दशमीको दिन पाटनमा रथ यात्रा गर्दै भब्य मनाउने एक भिमसेन जात्रा

नेपाल : केहि झलकहरु

घान्द्रुक


भक्तपुर, जगातीबाट देखिने दृश्य

सौराहा, चितवन

चिसापानी

Thursday, August 31, 2017

लगनखेल : बटुक भैरब



बटुक भैरवलाई मीननाथका कुलदेवता मानिन्छ । लिच्छवि राजा अंशुवर्माले प्रयाग भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका थिए रे । वि.सं. १९९१ सालमा जुद्धशमशेरले यस मन्दिरलाई जीर्णोद्धार गराएका थिए । महादेवको उग्र रुप मानिने वटुक भैरब काठमाडौ उपत्यकामा पुजिने अष्ट भैरबहरु मध्य एक हुन् ।

कथा अनुसार एक पटक ब्रह्मा, विष्णु र महेश्वरबीच को ठूलो भन्ने विवाद हुँदा सबैले आ-आफ्नो महानता दर्शाएकाले शिवजीले पनि आफुलाई ठूलो देखाउन भैरवको रूप लिएको मानिन्छ । ब्रह्माले आफु सृष्टिकर्ता भएको भन्दै आफू नै ठूलो हुने दावा गर्दा महादेवले ब्रह्माका पाँच वटा टाउकामध्येको एउटा टाउको काटिदिएको धार्मिक कथन रहेको छ । भैरवहरू तान्त्रिक देवता मानिन्छन् । उनीहरू भैरवीसँगै पुजिने हुनाले शक्तिपीठहरूमा भैरवको पनि स्थापना गरिएको हुन्छ । लगनखेलको बटुक भैरवको स्थापना पनि तान्त्रिक विधिबाटै गरिएको मानिन्छ । यिनको पूजा भैरवीसाथ हुने गरेको छ ।
 
श्रोत : राजुनेपाल.कम

Tuesday, August 29, 2017

ललितपुर अवस्थित छिन्नमस्ता देवी अर्थात म्वमदु द्यः



ललितपुरको मंगलबजार अवस्थित छिन्नमस्ता देवी (म्वमदु द्यः) को मन्दिरमा राखिएको एक चित्र : बोक्सी बिद्या सिक्नको लागि एक महिलाले आफ्नो श्रीमानलाई बोका बनाएर बली चढाउन लग्दै

गठेमंगलको दिन भूत प्रेत पिशाचहरु सबैलाई नगर बाहिर धपाई पठाउने भएकोले कुबिद्या अर्थात बोक्सी बिद्या सिक्न चाहनेहरु / तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथसाथै आफ्नो तन्त्र शक्तिलाई अझै शशक्त पार्ने गर्दथे । भनिन्छ बोक्सी विद्या तबमात्र पूर्ण पारङ्गत भएको मानिन्छ रे जब कोहि बोक्सी सानो भई करुवाको माथीको मुखवाट छिरेर टुटीवाट सकुशल वाहिर आउन सक्दछ त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखि उल्ट्याउन सक्दछ ।

यस्तो अलौकिक क्षमता हाँसिल गर्न तान्त्रिक तथा बोक्सीहरु यसदिन आफ्नो बोक्सी बिद्यालाई अझै तिखार्न मशानमा रहेको शक्तिपीठहरुमा पुग्ने गर्दछन्। त्यसैले गथांमुगः चह्रेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बर्ढाई अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्ने गर्दथ्यो । उनीहरुले कुनै ब्यक्तिको बली भोग दिन सो ब्यक्तिको हंस-आत्मा) तानी कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै लघारी दोरीले बाँधेर मशानको शक्तिपिठमा घिच्याउँदै लगी गोलको मासु, बालुवाको चिउरा बनाई खुवाई बली दिंदा रहेछ । भनिन्छ कि यस्तो बलि आफ्नै लोग्नेको दिन सके देखि त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन रे ।

यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जीउँदो रहन पनि सकिंदैन भन्ने समाजमा बिश्वास रहि आएको छ । यस् प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको म्वमदु द्यः (छिन्नमस्ता)को भित्तामा देख्न सकिन्छ । यस दिन उनीहरु यस ठाउँमा मध्य रातमा आउँदा र जाँदा आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली वाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केही माथि हावामा टेकी आउने गर्दछन् र जसले जति वटा औंला बालेर आउँदछ उनीहरु त्यत्तिकै जान्ने रहेछ भन्ने पनि यसबाट जान्न सकिन्छ ।

कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक् गर्नु पर्दछ भन्दै मशान जाने बाटोमा ढुकेर बसि यस्ता आउनेहरुलाई सास्ती गर्नेहरु पनि छन् । यसरी ढुकेर बस्नेहरुमा तान्त्रिकहरु पनि हुन्छन् जस्ले यस्ताहरुलाई तारण राखि सास्ती गर्दछन् तर सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भएमा उल्टो उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्‍याई दिन्छन् जस्ले गर्दा ति व्यक्ति रात रात भर घर र्फकने बाटो खोज्दै ठिक्क हुन्छन् रे । यसरी अल्मलिने अनुभव पाएका बुढापाकाहरु आज पनि भेट्न सकिन्छ ।

सार श्रोत : न्युज अफ टोखा (newsoftokha.com)

Sunday, April 2, 2017

रातो मछिन्द्रनाथको भोटो जात्रा


पाटनमा वरदेव राजाको शासनकालमा कर्कोटक नागराजाको श्रीमतीको आँखा दुखेछ । अनेक उपाय गर्दा पनि निको नभएपछि, भक्तपुरको नामी बुढा बैद्यलाई भेट्न भक्तपुर गएछ । मानवरुपी नागराजले बाटोमा बुढा बैद्यलाई भेटेछ । मानवरुपी नागराजले बुढा बैद्यलाई लिएर टौदहमा पुगेपछि नाग रुप लिएर बुढोलाई लिई टौदह भित्र पसेछ । भित्र सुवर्णमय ठुलो दरबार रहेछ । बुढाले चारपाँच दिनसम्म औषधी गरी निको बनाईदिएपछि, नागराजले खुसी हँदै औषधी गरेबापत के चाहिन्छ माग भन्दा, बुढा बैद्यले त्यसबेला नागराजले लगाएको मणीजडित भोटो मागेछ । नागराजले मुसुमुसु हाँसी भोटो फुकाली दिएछ र अन्य धन सम्पत्ति दिई बिदा गरेछ ।

बुढाले घर फर्केपछि, त्यहि भोटो लगाएर खेतमा काम गर्न गएछ । दिउँसो गर्मी भएपछि, भोटो फुकाली खेतको आलीमा राखि काम गर्न थालेछ । एकजना भुतले भोटो देखेर भोटो लिई भागेछ अनि बुढोले भेटाउन नसक्ने गरी गायब भएछ ।

समय बित्दै जाँदा श्री रातो मच्छिन्द्रनाथको रथ जात्रा हुँदा श्री मच्छिन्द्रनाथको रथ जावलाखेलमा रहेको बेला, त्यो भोटो चोर भुत मच्छिन्द्रनाथको जात्रा हेर्न अन्य भुतहरुसँग आएछ । उनीहरु अदृष्य भएर त्यहाँ जात्रा हेर्न आएका भक्तजनहरुको सरसामानहरु चोरी गरीरहेका थिए । नागराजा पनि मानवरुप लिएर जात्रा हेरिरहेका थिए । बुढो बैद्य पनि जात्रा हेर्न आएछ । 

भक्तजनहरुको सामान हराएकोले ललितपुरको एकजना बज्राचार्यले मन्त्रगरी दिग्बन्धन गरेपछि, अदृष्य चोर भुतहरु कहीँ जान नसकेर देखिन थाले । यही मौकामा भोटो लाएको भुतलाई बुढाले देखेर समात्न खोज्दा दुबै बीच झगडा भएछ । मणीमय भोटोको प्रभावले भुत बलियो भई बुढालाई कस्त दिएछ । बुढाले गुहार मागेछ । मानवरुपी नागराजले त्यो देखेर रिसले भुतलाई टाउकोमा एक मुड्की बजाएछ, अनी भुत भुईँमा ढलेछ र उठेर क्षमा मागेछ । नागराजले मैले स्वईच्छाले दिएको भोटो बुढोलाई फिर्ता गर भनेछ । भुतले त्यो भोटो बुढालाई लायक नभएको अनि आफ्नो पनि लायक नभएकोले मच्छिन्द्रनाथलाई चढाउन अनुरोध गरेछ । यो कुरामा सबैको चित्तबुझेकोले श्री मच्छिन्द्रनाथलाई चढाएछ । 

यो समाचार सुनेर तत्कालिन राजा वरदेवपनि त्यहाँ आएछन् । नागराजले नागलोकको उक्त भोटो बर्षेनि जावलाखेलको जात्रामा चारै दिशाबाट तिन पल्ट देखाउन आदेश दिएछ । प्रथम पल्ट देव, मनुष्य, नागलोकलाई; दोष्रो पल्ट काठमाडौँ, ललितपुर, भक्तपुर, टौदह अनि बन्धुदत्त गुरु नरेन्द्रदेव राजा रथंचक्र भरिया र कर्कोटक नागराजा,  तेश्रो पल्टको भुत बुढा बैद्य मन्त्र गर्ने बज्राचार्य सहित यक्ष लोकलाई देखाउनु भनेछ । यो कुरामा सबैलाई राजी गराइ साक्षी राखी नागराज अलप भएछ त्यसबेला देखि भोटो देखाउने जात्रा प्रचलनमा रहिआएको हो भन्ने किंम्बदन्ती छ ।

मानिसहरुमा यो भोटो कस्को हो भनि भोटो देखाएको भन्ने गलत धारणा रहिआएको छ । भोटो कस्को हो भनि देखाएको नभई कर्कोटक नागराजाको आदेश अनुसार नागलोकको बस्त्र सबैलाई देखाउन उक्त भोटो जात्रा प्रचलनमा आएको हो । उक्त भोटो दर्शन गर्नाले अष्ट महाभयबाट मुक्त हुन्छ भन्ने किंम्बदन्ती पाइन्छ ।


श्रोत : किरण गाइजु

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...