Tuesday, August 29, 2017

ललितपुर अवस्थित छिन्नमस्ता देवी अर्थात म्वमदु द्यः



ललितपुरको मंगलबजार अवस्थित छिन्नमस्ता देवी (म्वमदु द्यः) को मन्दिरमा राखिएको एक चित्र : बोक्सी बिद्या सिक्नको लागि एक महिलाले आफ्नो श्रीमानलाई बोका बनाएर बली चढाउन लग्दै

गठेमंगलको दिन भूत प्रेत पिशाचहरु सबैलाई नगर बाहिर धपाई पठाउने भएकोले कुबिद्या अर्थात बोक्सी बिद्या सिक्न चाहनेहरु / तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथसाथै आफ्नो तन्त्र शक्तिलाई अझै शशक्त पार्ने गर्दथे । भनिन्छ बोक्सी विद्या तबमात्र पूर्ण पारङ्गत भएको मानिन्छ रे जब कोहि बोक्सी सानो भई करुवाको माथीको मुखवाट छिरेर टुटीवाट सकुशल वाहिर आउन सक्दछ त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखि उल्ट्याउन सक्दछ ।

यस्तो अलौकिक क्षमता हाँसिल गर्न तान्त्रिक तथा बोक्सीहरु यसदिन आफ्नो बोक्सी बिद्यालाई अझै तिखार्न मशानमा रहेको शक्तिपीठहरुमा पुग्ने गर्दछन्। त्यसैले गथांमुगः चह्रेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बर्ढाई अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्ने गर्दथ्यो । उनीहरुले कुनै ब्यक्तिको बली भोग दिन सो ब्यक्तिको हंस-आत्मा) तानी कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै लघारी दोरीले बाँधेर मशानको शक्तिपिठमा घिच्याउँदै लगी गोलको मासु, बालुवाको चिउरा बनाई खुवाई बली दिंदा रहेछ । भनिन्छ कि यस्तो बलि आफ्नै लोग्नेको दिन सके देखि त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन रे ।

यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जीउँदो रहन पनि सकिंदैन भन्ने समाजमा बिश्वास रहि आएको छ । यस् प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको म्वमदु द्यः (छिन्नमस्ता)को भित्तामा देख्न सकिन्छ । यस दिन उनीहरु यस ठाउँमा मध्य रातमा आउँदा र जाँदा आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली वाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केही माथि हावामा टेकी आउने गर्दछन् र जसले जति वटा औंला बालेर आउँदछ उनीहरु त्यत्तिकै जान्ने रहेछ भन्ने पनि यसबाट जान्न सकिन्छ ।

कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक् गर्नु पर्दछ भन्दै मशान जाने बाटोमा ढुकेर बसि यस्ता आउनेहरुलाई सास्ती गर्नेहरु पनि छन् । यसरी ढुकेर बस्नेहरुमा तान्त्रिकहरु पनि हुन्छन् जस्ले यस्ताहरुलाई तारण राखि सास्ती गर्दछन् तर सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भएमा उल्टो उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्‍याई दिन्छन् जस्ले गर्दा ति व्यक्ति रात रात भर घर र्फकने बाटो खोज्दै ठिक्क हुन्छन् रे । यसरी अल्मलिने अनुभव पाएका बुढापाकाहरु आज पनि भेट्न सकिन्छ ।

सार श्रोत : न्युज अफ टोखा (newsoftokha.com)

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...