Tuesday, August 29, 2017

पंचमुखी महादेव



पचली भैरवको पूरा नाम पञ्चली भैरव हो यसलाई स्वच्छन्द भैरब पनि भनिन्छ   विष्णुमती, बागमती र भद्रमती नदिको संगम स्थलमा महानागको स्थान रहेको पाइन्छ यस दोभानमा पन्चलिंगको मुर्ति पाइन्छ, त्यसैले यो दोभानलाई पंचलिंग तिर्थ पनि भनिन्छ
 
राजतिर्थको किनारमा अवस्थित पञ्चली भैरवको कथा बेग्लै छ नेवारहरुले पञ्चमुखी महादेवलाइ रुद्रको रुपमा लिने गरेको पाइन्छ बौद्धमार्गीले स्वच्छन्द भैरव भनेर मानेता पनि हिन्दु धर्ममा र बौद्ध धर्ममा देव अलग अलग रुपले व्याख्या गरेको पाइन्छ । यसै महादेवलाइ रुद्र भनिएता पनि भारतको रुद्रसँग रुप र कथाहरु मेल खाँदैन यस महादेवलाई नेवारहरुले प्रयोग गर्ने गुप्त तन्त्र वा गुप्त विद्यामा शिर्ष देवको रुपमा पनि मानिन्छ

- भाई सन्दिप महर्जनसंग अन्तरक्रियामा आधारित

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...