
गरिबीको समयमा भीमसेनले त्यसरी लगाएको गुण नेवार समाजले अहिले पनि बिर्सेको छैन र ब्यापारका पथ प्रदर्शक भीमसेनलाई आफ्नो पसल, ब्यबसायमा उनको शक्ति र सामर्थको प्रतिक तस्वीर राखेर उनको कृपा सधै पाई रहुँ भन्दै अहिले पनि पुजा गरेको देख्न पाइन्छ । नेवारहरु भीमसेनलाई भिन्द्य: वा भिन्द्य: आजुको रुपमा पुर्खा देवता मान्दछन् ।
अर्को किम्वदन्ती अनुसार एकपटक शनिश्चरको दृष्टिले आफ्नो भक्तजनहरुलाई खराब होला भनि भीमसेनले उनलाई पछाडीबाट गर्दन समातेर "म तँलाई छोड्दिन, यो स्थानमा कहिले न आउनु" भन्दा शनिश्चरले "म आउनु र मेरो दृष्टि पार्नु मेरो धर्म हो, मलाई छोडी देउ, बरु जो व्यक्तिले तिम्रो आराधना गर्छ, म उनलाई रक्षा गर्नेछु" भनि बचन दिएकोले पनि भीमसेन मान्नु पर्ने मान्यता यस नेपालमण्डलमा रही आएको जनविश्वास रहेको छ ।
श्रोत : बिजय शर्मा राजोपाध्याय
.
.
No comments:
Post a Comment