Wednesday, September 20, 2017

अछाम : बैजनाथ मन्दिर


परापूर्वकालमा अछामतिर रोगव्याधी तथा महामारी फैलिएको बेला महादेवले वैद्य रुपधारण गरी आफ्ना भक्तजनहरुको औषधोपचार गरी उद्धार गरेको रहेछ ।  स्थानीयबासीहरुले सो कुरा थाह पाई उक्त स्थानमा बैजनाथ ज्योर्तिलिङ्गको स्थापना गरी नित्य पूजाआराधना गर्दै आएको कुरा जनश्रुतीहरुमा पाइन्छ । हरेक वर्ष शिवरात्रीका अवसरमा ठूलो मेला लाग्ने यो मन्दिर वैजनाथ गाविस अर्न्तर्गत पवित्र बुढीगंगा नदीको किनारामा अवस्थित रहेको छ । 

गणेश र अप्सरा अर्थात दुबो घाँसको कथा

एक कथा अनुसार, एक अत्ति सुन्दरी अप्सरा गणेशजीको प्रेममा परिन् गणेशजीलाई पनि अप्सरा सार्है मन परेछ र दुवै एक अर्का संग बिहे गर्न चाहन्थे । 

तर माता पार्वतीलाई यो कुरा पटक्कै मन परेनछ र अप्सरालाई एक साधारण दुबो घाँस (DURVA) मा परिणत हुन सराप दिइन्
यसर्थ गणेशजी र अप्सराको बिहे हुन त पाएनन् तर अप्सरालाई गणेशजी बाट अलग राख्न पनि सकेनन् गणेशजी जता गए पनि दुबो घाँस भने जताततै गणेशजी कै वरिपरि रहन थाले गणेशजीको पुजामा दुबो घाँसको बेग्लै महत्व रहन गए

Tuesday, September 19, 2017

काठमाडौं : महादेवको रिसाहा रुप कालभैरब मुसुमुसु किन हाँसे ?

 
फोटो : कालाभैरब,  सन् १९९०, अमेरिकी राजदुतावास


हनुमान ढोकामा अवस्थित कालभैरबको अगाडी उहिले उहिले कसम खान लगाउने प्रचलन थियो । धेरै जस्तो भैरवको रुप रौद्र वा रिसाहा हुन्छन, कालभैरबको मुर्ति चाहिं हाँसीरहेका छन् । यसको सन्दर्भमा एउटा कथा रहेछ ।

एक विवाहित लोग्नेस्वास्नी जोडी थियो । स्वास्नी चाहिं जहिले पनि दिउँसो बाहिर हिंडीरहने गर्दथ्यो । लोग्नेलाई संका लागेछ । 

एक दिन लोग्नेले स्वास्नीलाई भनेछ,
"मलाई तिम्रो चालामाला प्रति शंका लागेको छ,
कालभैरब अगाडी गएर कसम खाउ,जाम ।
"

स्वास्नीले एक छिन सोच्दै जवाफ फर्काएछ,
"हुन्छ, कसम खान्छु ! तर आज हैन, पर्सि है ।"

स्वास्नीको यस्तो जवाफ सुनेर अचम्म मान्दै  पर्सि कसम खुवाउने लगाउने पक्का गरेछन् ।
यता स्वास्नी माइती पुगेछिन । आमालाई अनुरोध गर्दै दुध चुस्न कर गर्न थालीन् । छोरीको ढिपीको अगाडी के लाग्थ्यो र । आमाले विवाह भै सकेकी छोरीलाई आफ्नो दुध चुस्न लगाईन् ।

पर्सिपल्ट,
लोग्नेको शंका निवारण गर्न लोग्ने स्वास्नी  कालभैरब अगाडी पुगे र स्वास्नीले कसम खाइन्
"सत्ते ! धरोधर्म !! जब देखि मैले आमाको दुध चुस्न छोडें,
त्यो बेला देखि म कसै संग हिंडेकी छैन ।
"

यता, कालभैरबलाई स्वास्नीको चर्तिकला सबै थाहा थियो,  र मुसुमुसु हाँस्न थाले ।

भक्तपुर : होली एक यौन शिक्षा दिने पर्व


भक्तपुर दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लगलाई टोल-टोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिन्छ । टोल-टोलमा रहेका पसलै पिच्छे घुमाएर पूजा गरी पाटीमा झुन्ड्याइन्छ । काठबाट बनेको दुई हात लामो लिंगको करिब ३० इन्च मोटाइलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको सांकेतिक रूपमा लिने गरिन्छ ।

पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएपछि भक्तपुरमा होली पर्व शुरू हुन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चार माध्यम नभएको त्यति बेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ । शारीरिक सम्बन्ध राख्ने तरीका सबै मानिसले बुझून् अनि यसलाई अश्लील र छाडा सिकाइको भान नपरोस् भनेर भीमसेन र द्रोपदीको समागमको रूपमा यौन शिक्षा दिइएको बुझ्न सकिन्छ ।
कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने होली पर्व भक्तपुरमा भने भीमसेन र द्रोपदीसँग सम्बन्धित छ ।  हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पर्व शुरू हुन्छ । फागुन शुक्ल अष्टमीका दिन लिङ्ग र योनीको समागम गर्नुलाई स्थानीय भाषामा ‘चीर स्वायगु’ भनिन्छ । यसले गहिरो सम्बन्ध गाँस्ने भन्ने अर्थ बुझाउँछ । लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको हुन्छ । लिङ्ग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन् । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिन सकिन्छ । कपास खसाल्न सके घरमा झगडा नहुने मान्यता छ । होलीको १ हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ । 

भीमसेन गुठीका गाइजुहरू विगतमा गाइने थिए । उनीहरू ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने 

मायक स्व वया ला’ अर्थात् "भीमसेनको लिङ्गदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि" भनेर भजन–कीर्तन गर्छन् ।
भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी दयेक बी’ अर्थात् ‘अबिरको होलीले रिसायौ कि युवती, अबिरले तिम्रो मुहार राम्रो बनाउनेछ’ भनेर भाका हाल्ने गर्छन् । पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई यही भाका हाल्छन् र गीतमार्फत प्रेम प्रस्ताव राख्छन् । त्यसरी राखेको प्रेम प्रस्ताव केटीले स्वीकार गरेमा अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाटै अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् ।

पूर्णिमाका दिन भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास पनि छ । यही विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै हुने गर्छ । यसले समागमपछि यौनाङ्ग धुनुपर्छ भने सन्देश दिएको छ । पूर्णिमाको साँझ लिङ्ग धोएपछि भक्तपुरमा होलीको विधिवत् अन्त्य हुन्छ । विशेषगरी वसन्त पञ्चमीदेखि होलीसम्म विवाहको लगन हुन्छ । यस अवधिमा नवविवाहितहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमङ्ग जगाउने र यौनाङ्ग सफा राख्नुपर्छ भन्ने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ । 

श्रोत : पूर्णभक्त दुलाल
http://www.abhiyan.com.np/new/articles/view/94453

शृष्टिको प्रारम्भ : पुरुष रजस्वला


एक समय यस्तो थियो, जुन बेला महिला हैन, पुरुषलाई रजस्वला हुने गर्दथ्यो र पुरुषले नै सन्तान जन्माउने गर्दथ्यो ।  पत्यार लागेन है ?


पुराणमा वर्णित कथा अनुसार सृष्टिको आरम्भमा सबै भन्दा पहिले त्रिदेव प्रकट भए - ब्रम्हा, बिष्णु र महेश्वर ।  भगवान बिष्णुले आफ्नो नाभी / नाइटोबाट ब्रम्हाजीलाई जन्माए, आफ्नो बुढी औंलाबाट देवी गङ्गाजीलाई उत्पति गराए ।  भगवान विष्णुले ब्रम्हाजीलाई सृष्टिको बिकासको काम सुम्पे र सोहि अनुरुप ब्रम्हाजीले आफ्नो योगबलद्वारा ७ ऋषिहरु (सप्तऋषि) र आठौ सन्तानको रुपमा नारदलाई जन्माए



ब्रम्हाजीले जुन हिसाबले सन्तान उत्पन्न गर्दै थियो, धेरै समय लागि रहेको थियो ! यसै सन्दर्भमा ब्रम्हाजीले भगवान बिष्णु र शिवजीलाई अरु कुनै बिधि अपनाउन सुझाउँदै थियो ताकी धेरै सन्तानहरु जन्माउन सकियोस ब्रम्हाजीको यो चिन्ता देखेर भगवान शिब अर्धनारिश्वरको रुपमा प्रकट भए र संसारमा नारी स्वरूपको आगमन भए ।  भगवान शिवले ब्रम्हाजीलाई अब देखि स्त्री पुरुषको समागमनबाट सन्तानहरु थप हुँदै शृष्टिको बिकास हुने बताए ।  तर यसको लागि स्त्री रजस्वलाको आवश्यक भयो जबकी त्यतिबेलासम्म भगवान आफैलाई मात्र रजस्वला हुने गर्दथ्यो


एक दिन पार्वतीले भगवान शिवलाई पुरुषको कपडामा रातो रातो दागहरु सार्है मन परेको बताएछ र आफुलाई पनि त्यस्तै वस्त्र ल्याई दिन जिद्दी गर्न थालेछ ।  भगवान शिवले पार्वतीलाई सम्झाउनु सम्झाए तर पार्वती मान्दै मानेन पार्वतीको जिद्दीले दिक्क भएका भगवान शिवले पार्वतीलाई अब देखि पुरुष हैन, महिलालाई रजस्वला हुनेछ भनेर बरदान दिएछ र आजसम्म पनि सन्तान र सृष्टि निरन्तरताको अहम जिम्मेवारी महिलालाई मात्र प्राप्त भएका छन्


 

चीबहा: द्य:

चीबहा: द्य:मा प्रतिस्थापन गरिएका बुद्धहरु पन्चध्यानी बुद्धहरु हुन् :
  • अक्ष्योभ्य
  • रत्नसंभव
  • अभिताभ
  • अमोघसिद्धी
यी ४ बुद्धहरुले ४ दिशा, ४ ऋतु, ४ तत्व (बायु, अग्नी, पृथ्वी, जल), ४ रंग (हरियो, रातो, पहेलो, निलो) प्रतिनिधित्व गर्छन् पन्चध्यानी बुद्ध मध्य बैरोचनलाई भित्री रुपमा मात्र त्रयोदशी भुवन माथि सुन्य तत्वको रुपमा मानिन्छ । 




इन्द्रजात्रा : सव: भक्कु



 
भैरबलाई तत्कालिन उपत्यकाभित्रको राज्यको संरक्षकको रुपमा लिइन्छ ! हल्चोक स्थित सव भक्कु (हल्चोक - आकास भैरब) लाई पश्चिम दिशाबाट धेरै नै बिघ्नहरु तथा राक्षसहरुले दुख दिन थाले पछि बिघ्नहरुबाट संरक्षण गर्न स्थापना गरिएको थियो ।


निलो अनुहार / मास्क लगाएको भैरब र सुन्तला - रातो रंगको अनुहार भएका २ सहयोगीहरुमा बाघको अनुहार भएकालाई सिम्बा द्य: र सिहंको अनुहार भएकालाई धुम्बा द्य: भनिन्छ । इन्द्रजात्राको बेला हल्चोक भैरब र अन्य २ सहयोगीहरु सिम्बा द्य: र धुम्बा द्य: नाच्दै निस्कने गर्दछ । सिम्बा द्य: र धुम्बा द्य:लाई चण्डी र कुमार पनि भनिन्छ


पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका हमला गर्दा उनि एकचोटी बेहोस भएका थिए त्यतिबेला यिनै हल्चोक आकास भैरबले सहयोग गरेर गोर्खा सम्म फर्काएका थिए l यसैको सम्झनामा नेवार मध्यकै एक जाति पुटुवारहरु आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य:को रुपमा सजिएर नाच देखाउने गरिन्छ शहरका बिभिन्न समुदायहरुले आमन्त्रण गर्छन र पुजा गर्ने गर्दछ आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य:नाच्दा रोगब्याधी र नकारात्मक शक्तिहरु निर्मुल हुने जनविश्वास रही आएको छ कसैले पनि आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य:बाटो काट्दा नराम्रो हुने विश्वास रही आएको छ l इन्द्रजात्रा समन्वयकर्ता सुरेन्द्र श्रेष्ठका अनुसार आकाश भैरब, सिम्बा द्य: र धुम्बा द्य: भएर नाच देखाउन अबिबाहित हुनु पर्ने र सुद्ध हुनु पर्ने भनाई रहेको छ

Monday, September 18, 2017

नाला अर्थात नगिरीपुर, नालङ्गग्राम, नालादेश, उत्ररापुर


उग्रचण्डी नाला नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नाला, काठमाण्डौंको पूर्वतिरको रहेको प्राचीन ऐतिहासिक सहर हो । यो काठमाण्डौसंगै जोडिएर रहेको भक्तपुरबाट झण्डै दुई कोष टाढा पूर्वतिर अवस्थित छ। यो काभ्रेपलाञ्चोक जिल्लाको सात प्राचीन नेवार बस्तीहरू मध्ये प्रमुख बस्ती भएको कुरा यहाँ रहेका ऐतिहासिक प्रमाणहरूले देखाउँछ। नाला समुद्र सतहबाट करीब १४०० मीटर उचाईमा अवस्थित छ। 

नालाको दायाँबायाँ नण्यमातापुण्यमाता खोलाहरू रहेका छन्। यहाँको हावापानी समशीतोष्ण रहेको छ। यस क्षेत्रलाई चारैतिर हरिया पहाडहरूले घेरिएको छ। यस स्थानमा नेपालका प्रमुख प्रख्यात चार भगवती मध्ये एक उग्रचण्डी भगवती तथा नेपालमा प्रमुख प्रख्यात चार करुणामय मध्ये श्रृष्टीकान्त लोकेश्वर करुणामय पनि यसै स्थानमा रहेका छन्। 

यहाँ २–३ दशक पहिले “दूध, दही र खुवा”को लागि साह्रै प्रसिद्ध थियो भने हाल आलुको लागि प्रसिद्ध छ । लिच्छवीकालमा हस्त निर्मित बाँसको ढक्की तथा कँलालीको लागि प्रसिद्ध रहेको कुरा इतिहास प्रमाण छन् । 

मञ्जुश्री उपत्यका प्रवेश गर्दा नालाको बाटोबाटै आएको कुरा इतिहासले देखाउँदछ । नालाको लागन टोल ढुङ्गे धाराको भित्तामा रहेको लिच्छवीकालको ऊँ सम्बत् ११८ (वि.सं.७१५)को शिलापत्रले यहाँको ऐतिहासिक गरिमालाई प्रकाश पार्न मद्दत पु¥याएको छ । 

नाला विभिन्न समयमा विभिन्न नामाकरण भएको देखिन्छ । लिच्छवीकाल पूर्व सत्ययुगको राजा दीर्घरथको समयमा “नगिरीपुर”, लिच्छवीकालीन राजा शिवदेव द्धितीयको समयमा “नालङ्गग्राम”, मल्लकालीन यक्ष मल्लको समयमा “नालादेश”, आधुनिककालीन समयमा “नाला शहर” नामाकरण भएको पाइन्छ। यहाँको उग्रचण्डीको भजन गीतमा “उत्ररापुर” नाम रहेको पाइन्छ ।

नालामा हालसम्म गढ, पर्खाल, ढुङ्गाको मूल ढोकाहरू, प्रशस्तमात्रामा ढुङ्गेधाराहरू, इनारहरू, मनोरञ्जनको लागि डबलीहरू, सडक चोकमा पाको इँटाले विछ्याएको बाटो, ढलको व्यवस्था भएको, लायकू (दरबार) रहेको अवशेषहरू पाइन्छ। यी प्रमाणहरूले आधुनिककाल भन्दा पनि परापूर्वकालको (किराँती, लिच्छवी, मल्लकालीन) नाला एक ऐतिहासिक र सुन्दर नगरीको रूपमा विकसित भएको देखिन्छ। अझ यहाँ मनाउने चाडपर्व, अन्य साँस्कृतिक क्रियाकलापहरू अन्य ठाउँको भन्दा पृथक रहेको ती सम्पूर्ण क्रियाकलापहरू बैज्ञानिकतामा सामीप्य रहेको देखिन्छ। मल्लकालमा गो झ्या, पासुका झ्या, सँ झ्या, टिकी झ्या, न्यापाः झ्या, कुँ झ्या, मयूर झ्या आदि झ्यालहरू मन्दिर बाहेक नै सर्वसाधारणका घरहरूमा पाइन्छ।

इतिहासमा उल्लेख भए अनुसार लिच्छवीहरू वैशालीबाट मकवानपुर हुँदै पनौतिबाट नाला हुँदै उपत्यका छिरेका हुन् ।

- विकिपिडियाबाट 



बनेपा अर्थात वणिर्पुर "भोंदे"


भौगोलिक स्थिति 


काठमाडौँबाट २६ किमिको दुरीमा रहेको बनेपा नेपालबाट चीन जाने अरनिको राजमार्ग तथा पनौती जाने साहायक मार्गको संगम स्थल हो। यहाँबाट पनौती, धुलिखेल लगायतका स्थानहरूमा जानको लागि सहज यातायात साधनहरू उपलब्ध छन्। यस नगरपालिकाको उत्तरी भागमा प्रसिद्ध चण्डेश्वरी मन्दिर र दक्षिणी भागमा धनेश्वर मन्दिर रहेको छ ।

बनेपुर वा धर्षपुर नामको यस बनेपा शहर धनुषाकार आकृतिमा काठमाडौं देखि पूर्व अरनिको राजमार्गको २६ कि.मि. उत्तर-दक्षिण फैलिएको जिल्ला सदरमुकाम धुलिखेलदेखि चार कि.मि पश्चिममा चण्डेश्वरी र धनेश्वरी डाँडाको बीचमा ८५०३२" पूर्व देशान्तर र २७०३८" उत्तरी अक्षांशमा रहेको छ। बनेपा समुद्र सतहबाट करीब १४३८ मिटर (४७१६ फिट) उचाइमा अवस्थित छ । यो शहर पुण्यमाता खोलाको किनारमा रहरको प्राचीन एवं ऐतिहासि शहर हो जसले नेपाल अधिराज्यको इतिहासमा बेग्लै अस्तित्व राख्दछ । 


बनेपा शब्दको व्युत्पति र यसको इतिहास

 बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । 'ङ ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।

इतिहास

बनेपामा पहिले 'भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष ४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेव मल्लले बनेपा वरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे । यस ठाउका मानिसहरू बिहान-बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू विहान-विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे र बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन् ।

बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।

इतिहासका वर्द्धनहरू

'गोपाल राजवंशावली' मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे ।

जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।

सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपति मन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।

- विकिपिडिया

Sunday, September 17, 2017

फर्पिङको हरिशङ्कर जात्रा


- विजयकुमार महर्जन
 
काठमाडौँमा प्राचीनकालमा फनपिङ्ग, फनपिं, फलपिंग फर्पिङ हुँदै शिखरनारायणको नामबाट शिखरापुर नगर हाल दक्षिणकाली नगरपालिकाअन्तर्गत छ ।  यहाँ नेपालकै उल्लेखनीय जात्रामध्येको एक हरिशङ्कर जात्रा मनाइन्छ ।  यो जात्रामा शिखरनारायण अर्थात् चार नारायणमध्येको एक शेषनारायणलाई हरि र फर्पिङकै सबैभन्दा प्राचीन गोपालेश्वरलाई शङ्करको रूपमा मानिन्छ ।  श्रीकृष्ण भगवान् नेपाल आएका बखत पशुपतिनाथ, चाँगुनारायण र गोपालेश्वरमा जानु भएको कुरा नेपाल महात्म्यमा उल्लेख पाइन्छ ।  मानिसको मृत्युपश्चात् यमराजले फर्पिङको हरिशङ्कर जात्रा र भक्तपुरको विस्केट जात्रा हेरेका छौ कि छैनौ भनेर प्रश्न गर्छन् भन्ने विश्वास पाइन्छ ।  यो यात्रा प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको रातदेखि गणना गरी बाह्रौँ रातमा सम्पन्न गरिन्छ तर यात्राका लागि गर्नु पर्ने विधिविधान भने भाद्र शुक्ल तृतीयाको दिनदेखि नै सुरु गरिन्छ ।

पौराणिक कथनअनुसार श्रीकृष्णका नाति अनिरुद्रले वाणासुरकी सुपुत्री उषालाई हरण गरेकोले वाणासुर र श्रीकृष्णको युद्ध भएको र वाणासुरलाई युद्धमा शिवजीले सहयोग गरे ।  श्रीकृष्णले सुदर्शन चक्र भेदन गरी वाणासुरलाई मार्ने कुरा ज्ञात भई शिवजीले वाणासुरलाई श्रीकृष्णको शरणमा पठाए ।  त्यसपछि श्रीकृष्ण एवम् शिव एकआपसमा लीन भएको र यसै समयदेखि नै हरिशङ्कर जात्राको सुरुवात भएकोे मानिन्छ ।

फर्पिङमा रहेको गोरखनाथको गुफादेखि उत्तर पश्चिममा प्राचीन खण्डहर भएको एउटा ठाउँ छ । जसलाई फर्पिङका स्थानीय मानिसले वाणासुरको दरबारको अवशेष मान्छन् ।  स्थानीय पाका मानिसहरू हरिशङ्कर जात्राको सुरुवात वाणासुरको पालादेखि भएको विश्वास गर्छन् ।  हाल उक्त स्थान असुरा केभ अर्थात् असुर गुफाका नामले चर्चित छ ।  पहिले पहिले हरिशङ्कर जात्रामा स्थानीयले गोरखनाथ गुफा भन्ने उक्त स्थानमा गएर ३६० पटक भाँटी (एक प्रकारको बाजा) बजाएपछि ९०० जना राक्षस (असुर) हरू आएर खट बोकी दिन्थे भन्ने अनुश्रुति छ ।  उक्त गुफामा तिब्बती बौद्ध धर्मावलम्बीहरू बढी आउँछन् र उनीहरूले यसलाई फर्पिङको असुरा केभ भनेर नै चिन्छन् ।  यसको माथिल्लो डाँडालाई दक्षिणकाली माईको उत्पति स्थलको रूपमा पनि चिनिन्छ ।  पहिलापहिला उक्त स्थानमा मानिसहरू एक्लै जानसमेत डर मान्थे भने हाल यो ठाउँ प्राचीन दक्षिणकाली नामले परिचित छ ।

फर्पिङ नगरमा रहेका सात टोलहरू
(कोटालटोल, कोछुटोल, टिपिटोल, थल्कुटोल, यल्खुटोल, ठठेपटोल, कोठेपटोल) मा क्रमशः गोपालेश्वर, तिलविक्रमेश्वर (कुमारी), कनकेश्वर (दक्षिणकाली), अघोरेश्वर (नीलबाराही), नन्दिकेश्वर (इन्द्रायणी), शिखरेश्वर (शेषनारायण) र सिद्धिगणेश्वर (महालक्ष्मी) को काठको रथ निर्माण गरिन्छ ।

अभिलेखीय प्रमाणहरूअनुसार फर्पिङको हरिशङ्कर यात्रा नेपालको हरिशङ्कर यात्रामा सबैभन्दा जेठो देखिन्छ ।  किनभने वि.सं. १२९७ (ने.सं. ३६०) मा फर्पिङ टिपिटोलका दगो भारोले कनकेश्वरको खट (दक्षिणकालीको खट)का ढोकाहरू फेरेर मुकुट चढाएको कुरा कनकेश्वरको मुकुटमा अङ्कित अभिलेख उद्धव आचार्यबाट लिखित फर्पिङको ऐतिहासिक परिचय, प्राचीन नेपाल, सङ्ख्या ९८–९९, फागुन २०४३ जेठ पृष्ठ १४ मा उल्लेख भएबाट स्पष्ट हुन्छ ।  यसैगरी नेपालभरकै बोकेर जात्रा गरिने रथमध्ये सबैभन्दा ठूलो रथको जात्रा यहाँ हुन्छ ।

हरिशङ्कर जात्रामध्ये पनि आश्विन कृष्ण नवमी, दशमी र एकादशीको जात्रालाई विशेषरूपमा लिइन्छ ।  आश्विन कृष्ण नवमीको रातमा गरिने कनकेश्वर (दक्षिणकाली), अघोरेश्वर र नन्दिकेश्वरको रथयात्रालाई  स्थानीय नेवारी भाषामा छोयला बु भन्ने गरिन्छ । 

यसैगरी त्यसको भोलिपल्ट आश्विन कृष्ण दशमीको दिन बिहान मनाइने प्रचण्ड भैरव र स्वच्छन्द रक्त भैरवको जात्रा (घ्याम्पो जात्रा) जुन वि.सं. १८८८ मा हनुमान ढोका राजदरबारमा समेत पु¥याएको र राजा राजेन्द्र वीर विक्रम शाहले दर्शन गरेको कुरा त्रिरत्न सौन्दर्य गाथामा उल्लेख छ ।  जुन दिनलाई स्थानीय नेवारी भाषामा जाःबु भन्ने गरिन्छ ।  यसै रातमा कोठेपटोलमा रहेको सिद्धिगणेश्वर (महालक्ष्मी) को रथ र शिखरेश्वर (शेषनारायण) को रथयात्रा गरी झम्केश्वरी परिक्रमा गराई यथास्थानमा लगेर राखिन्छ ।


हरिशङ्कर जात्राअन्तर्गत आश्विन कृष्ण एकादशीको दिनलाई मूलजात्रा भनिन्छ । यो दिन कोछुटोलमा बनाइएको तिलविक्रमेश्वर(कुमारी) को रथ अगाडि चक्र पूजा गर्ने गरिन्छ जसलाई जात्राको विशेषरूपमा लिन सकिन्छ । यस रातको जात्रामा भूत, प्रेत, पिशाच आदिले यात्रामा विघ्न बाधा नगरुन् भनी पशुपति मृगस्थली गोरक्ष पीठका पीर महन्तद्वारा सो मन्दिर अगाडि चक्र पूजा गरिन्छ । अवीर, केशरी र चामलको पीठोको रेखी हाली त्रिशूल र चक्रको आकार बनाइन्छ र जाँडले भरिएको नौवटा घ्याम्पा राखेर भैरवको आराधना गरी राँगो र कुखुरा बलि दिएर तन्त्रोक्त विधिपूर्वक चक्र पूजा गरिन्छ । डिल्लीरमण रेग्मीद्वारा लिखित मिडियभल नेपाल, भाग–२ को पृष्ठ ५६७ मा काठमाडौँ तथा पाटनको मत्स्येन्द्रनाथको रथ यात्रा, भक्तपुरको विस्केट जात्रा आदि महìवपूर्ण जात्राहरूमा पनि यस प्रकारको चक्र पूजा गर्ने प्रचलन छ भनी उल्लेख छ । चक्रपूजा सकिनासाथ तिलविक्रमेश्वर (कुमारी) को रथ बोकी झम्केश्वरी परिक्रमा गराएर यथास्थानमा राख्ने प्रचलन छ । यसपछि कोटालटोलमा रहेको गोपालेश्वरको रथलाई झम्केश्वरी मन्दिरको बायाँतर्फ लगेर राखिन्छ । गोपालेश्वरको रथ बिसाएपछि कोठेपटोलमा रहेको सिद्धिगणेश्वर(महालक्ष्मी)को रथलाई बोकेर ल्याई ठठेपटोल, भिमसेनस्थान हुँदै झम्केश्वरी घुमाएर कोछुटोलको सुनको हाथा भैरव मन्दिर अगाडि अर्थात् टिपिटोलमा रहेको कङ्केश्वर(दक्षिणकाली) को रथको पूर्वपट्टि लगेर राखिन्छ । त्यसपश्चात् ठठेपटोल(नारायणडबली)मा रहेको शिखरेश्वर (शेषनारायण)को रथलाई बोकेर ल्याई भिमसेनस्थान, झम्केश्वरी परिक्रमा गराएर यात्रा साँङ्गे गर्ने ठूलो ढुङ्गा जसलाई स्थानीय नेवारी भाषामा यान्या ल्वँ भनिन्छ, उक्त लामो ढुङ्गा नघाएर राखिन्छ । यो समयमा हरि अर्थात् शेषनारायणको रथ माथि र त्यसको लगत्तै उक्त लामो ढुङ्गाको ठीक तलपट्टि गोपालेश्वरको रथ रहेको हुन्छ अर्थात् हरिशङ्करको रथसँगै हुने गर्छ ।
यसको भोलिपल्ट द्वादशीका दिन बिहान भएपछि राति बोकिएका चारै रथ र बाँकी तीनवटा रथ परिक्रमा गरी सिन्दुरजात्रा गरिन्छ ।  दिउसो करिब २–३ बजेतिर गोपालेश्वरको रथबाहेक अन्य ६ वटा रथ बोकिन्छ ।  नन्दिकेश्वर (इन्द्रायणी) को रथदेखि शिखरेश्वर(शेषनारायण) को रथसम्म क्रमशः बोकी ल्याएर झम्केश्वरी मन्दिर बायाँतर्फ राखिएको गोपालेश्वरको रथको पछाडि लस्करै राखिन्छ ।  अन्तिममा बोकिने शेषनारायणको रथ कोटालटोलको दथुलाछीमा बाटोमा रहेको महादेवको लिङ्गको माथि राखेपछि हरिशङ्कर हुने र जात्रा सुसम्पन्न हुन्छ भन्ने प्रचलन छ ।  त्यसको भोलिपल्ट त्रयोदशीका दिन लाइन लगाएर राखिएका रथमध्ये सबैभन्दा माथि रहेको गोपालेश्वरको रथ बोकी सातटोल घुमाएर कोटालटोलस्थित हालको नित्यनाथ वस्ती नजिकको सडकमा राखी योमरीले खन्याएर पूजाआजा गरी आफ्नो मन्दिर भएको स्थानमा फर्काइने गरिन्छ ।

जात्राको समाप्ति भने आश्विन शुक्ल प्रतिपदाका दिन गोपालेश्वर महादेवको रथमा राखिने चतुर्मूर्तिलाई आँगछें अर्थात् देवता घरमा ल्याएर राखेपछि मात्र हुन्छ ।  सुरक्षाको दृष्टिकोणले गर्दा हाल देवताको आँगछेंमा चतुर्मूर्तिलाई नराखी सम्बन्धित बिसेटहरूको घरमा नै राख्ने गरिन्छ । 

हरिशङ्कर जात्रामा बोकिने खटहरूः

१. गोपालेश्वर
गोपालेश्वर महादेवको मन्दिर दक्षिणकाली नगरपालिका वडा नं. ९ मा पर्छ ।  गोपालेश्वर महादेवको रथ दक्षिणकाली न.पा. वडा नं. ८ स्थित कोटालटोलमा बनाइन्छ ।  यो रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा गोपालेश्वर, पश्चिममा महेश्वरी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित गरिएको छ ।

२. श्री तिलविक्रमेश्वर
तिलविक्रमेश्वर रथलाई कुमारी र अजिमाको रथ पनि भन्ने गरिन्छ ।  तिलविक्रमेश्वर मन्दिर दक्षिणकाली नगरपालिका वडा नं. ८, कोछुटोलमा रहेको छ रहीं रथ बनाइन्छ ।  तिलविक्रमेश्वरको रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा तिलविक्रमेश्वर, पश्चिममा कुमारी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित छ ।

३. कनकेश्वर
कनकेश्वरको रथलाई दक्षिणकालीको रथ पनि भन्ने गरिन्छ ।  कनकेश्वर मन्दिर दक्षिणकाली न.पा. वडा नं. १० सरस्वती डोलमा छ भनिन्थ्यो ।  टिपिटोलमा बनाइने यो रथमा पूर्वमा कनकेश्वर, पश्चिममा दक्षिणकाली, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरव अङ्कित मूर्ति हुन्छ ।

४. अघोरेश्वर
अघोरेश्वर रथलाई नीलबाराहीको रथ पनि भन्ने गरिन्छ ।  अघोरेश्वरको मन्दिर थल्कुटोलमा छ ।  श्री अघोरेश्वरमा राखिने चतुर्मुर्तिमा पूर्वमा अघोरेश्वर, पश्चिममा नीलबाराही, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित गरिएको  छ ।

५. नन्दिकेश्वर
नन्दिकेश्वरको रथलाई इन्द्रायणी पनि भन्ने गरिन्छ ।  नन्दिकेश्वर मन्दिर यल्खुटोलमा अवस्थित छ ।  यो रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा नन्दिकेश्वर, पश्चिममा इन्द्रायणी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित हुन्छ ।

६. शिखरेश्वर अर्थात् शिखरनारायण
(शेषानारायण) मन्दिर दक्षिणकाली न.पा. वडा नं. ६ मा पर्छ ।  हरिशङ्कर जात्रामा श्री शिखरनारायण रथ फर्पिङ बजारको नारायणडबलीमा बनाइन्छ ।  शिखरनारायणको रथमा राखिने चतुर्मूर्तिमा पूर्वमा बैकुण्ठनारायण, पश्चिममा हरिशङ्कर, उत्तरमा नृसिंहनारायण र दक्षिणमा बराह राखिन्छ ।

७.सिद्धिगणेश्वर
सिद्धिगणेश्वरको रथलाई महालक्ष्मीको रथ पनि भनिन्छ ।  सिद्धिगणेश्वरको मन्दिर दक्षिणकाली न.पा. वडा नं. ६ मा रहेको छ ।  यो रथ फर्पिङ बजार पूर्व कोठेपटोलमा बनाइन्छ ।  यसमा राखिने चतुर्मूर्तिमा पूर्वमा सिद्धिगणेश्वर, पश्चिममा महालक्ष्मी, उत्तरमा हरिशङ्कर र दक्षिणमा भैरवको मूर्ति अङ्कित हुन्छ ।   

श्रोत : गोरखापत्र http://gorkhapatraonline.com/news/31450
 





Tuesday, September 5, 2017

इन्द्रजात्रा : दागींको सन्दर्भ


देवताका राजा इन्द्रले आफ्नी आमाले वसुन्धराको पूजा गरी व्रत बस्न ‘पारिजातको फूल खोजेर ल्याऊ’ भने अनुसार फूल खोज्दै जाँदा काठमाडौंको मरु ख्यः क्यबः भगवतीबारीमा आइपुगे । त्यहाँ उनले पारिजातको फूल टिपिरहँदा खेतका मालिक ज्यापूले ‘फूल चोर चोर’ भन्दै डोरीले बाँधी सबैलाई देखाउन इन्द्रलाई ८ दिनसम्म मरुको सिंहसत्तल अगाडि दोबाटोमा सार्वजनिक रूपमा प्रदर्शन गरी राखे । 

पछि इन्द्रको आमा आई आफ्नो र इन्द्रको परिचय दिँदै ज्यापूसँग माफी मागिन् । इन्द्रको आमाले खेती गर्ने किसान ज्यापूहरूलाई धान पकाउन कुइरो दिने र मृतकलाई सुगतिमा पारी दिने वचन दिई छोरा इन्द्रलाई मुक्त गरी स्वर्गमा लगिन् । त्यही बेलादेखि इन्द्रजात्राको समयमा नेवारहरूले त्यस वर्ष दिवंगत भएका घर परिवारकाले दिवंगत भएका आफन्त सुगतिमा परोस् भन्ने कामना गर्दै दागीं जाने चलन चलेको हो । यसरी दागीं जाँदा मृतकका परिवारजनले सत्बिज छरेजस्तै गेडागुडी र अन्न छर्दै नगर परिक्रमा गर्दछन् । यसको नेतृत्व दागीं भनिने व्यक्तिले सेतो जामा र मुकुट लगाएका हुन्छन् । दागीं हुने इन्द्रकी आमा हुन् भनिन्छ । सुरुमा इन्द्रको आमा आफैं आएर यहाँका मृतकहरूलाई सुगतिमा पार्न मृतकका परिवारको नेतृत्व गर्दै दागीं जाने चलन चलाएका हुन् । त्यसैको प्रतीक स्वरुप हालसम्म दागीं बनेका व्यक्तिको नेतृत्वमा मृतकका परिवारहरूले नगर परिक्रमा गर्दै आइरहेका छन् ।

श्रोत : कल्याण मित्र, राजधानी दैनिक

स्वयम्भुका अनेक रुपरंगहरु

Swoyambhu from Basantapur Durbar Square at 1978, Photo by : Ed Van Der Kooy
TripAdvisor.com : Swoyambhu Stupa & Gauri Shankar Himal

 
Source : Suzax's Photography

Source : Suzax's Photography
Source : Blazing Splendor, 1960
Source : Brian Cooke 1965-66 / Nepal Photo Project provided by Doug Hall
Source : KTM Photography

Ancient Swayambhu Stupa

तामाकोशी नदी


थुप्रै हिमनदी र हिमशिखरहरू पग्लेर तिब्बतबाट बग्न सुरु हुने तामाकोशी नदि दोलखा, रामेछाप र सिन्धुली हुँदै बग्दछ । धेरै नै उच्च बहाब भएको यो नदि ७५ किमी लामो छ ।

तामाकोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ ।  राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरुको कठिन यात्रा र दुःख वर्णन गर्दछ । 

गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो । यस नदीको पानीको गति असाध्यै उच्च छ । यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ । तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो ।

इन्द्रजात्रा : कुमारी रथयात्रा


- कल्याण मित्र, राजधानी दैनिक

नेवारहरूको आफ्नै भाषा, धर्म, संस्कृति र परम्परा छ । जुन उनीहरूको मौलिक पहिचान हो । नेवारहरूको मौलिक संस्कृति नै नेपालको राष्ट्रिय संस्कृतिका रूपमा विश्व प्रसिद्ध छ । नेवारी चाडबाड, विभिन्न देवीदेवताका जात्रा र पर्वले गर्दा नेवारहरू संस्कृतिमा सम्पन्न भएका हुन् । नेवार समुदायको आफ्नै नेपाल भाषा र आफ्नै नेपाल सम्वत् सरकारी र गैरसरकारी कामकाजमा प्रयोग हुँदै आएको थियो । यसरी पूर्ण रूपमा नेवारको मात्र देश भइरहेको बेलादेखि नै नेपालमण्डप नेवारी संस्कृतिका रुपमा यँयाः अर्थात् इन्द्रजात्रा मनाइँदै आइरहेको छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थी ८ दिनसम्म इन्द्रजात्रा मनाइन्छ ।

देवताका राजा इन्द्रले आफ्नी आमाले वसुन्धराको पूजा गरी व्रत बस्न ‘पारिजातको फूल खोजेर ल्याऊ’ भनेकाले फूल खोज्दै जाँदा काठमाडौंको मरु ख्यः क्यबः भगवतीबारीमा आइपुगे । त्यहाँ उनले पारिजातको फूल टिपिरहँदा खेतका मालिक ज्यापूले ‘फूल चोर चोर’ भन्दै डोरीले बाँधी सबैलाई देखाउन इन्द्रलाई ८ दिनसम्म मरुको सिंहसत्तल अगाडि दोबाटोमा सार्वजनिक रूपमा प्रदर्शन गरी राखे । पछि इन्द्रको आमा आई आफ्नो र इन्द्रको परिचय दिँदै ज्यापूसँग माफी मागिन् । इन्द्रको आमाले खेती गर्ने किसान ज्यापूहरूलाई धान पकाउन कुइरो दिने र मृतकलाई सुगतिमा पारी दिने वचन दिई छोरा इन्द्रलाई मुक्त गरी स्वर्गमा लगिन् । त्यही बेलादेखि इन्द्रजात्राको समयमा नेवारहरूले त्यस वर्ष दिवंगत भएका घर परिवारकाले दिवंगत भएका आफन्त सुगतिमा परोस् भन्ने कामना गर्दै दागीं जाने चलन चलेको हो । यसरी दागीं जाँदा मृतकका परिवारजनले सत्बिज छरेजस्तै गेडागुडी र अन्न छर्दै नगर परिक्रमा गर्दछन् । यसको नेतृत्व दागीं भनिने व्यक्तिले सेतो जामा र मुकुट लगाएका हुन्छन् । दागीं हुने इन्द्रकी आमा हुन् भनिन्छ । सुरुमा इन्द्रको आमा आफैं आएर यहाँका मृतकहरूलाई सुगतिमा पार्न मृतकका परिवारको नेतृत्व गर्दै दागीं जाने चलन चलाएका हुन् । त्यसैको प्रतीक स्वरुप हालसम्म दागीं बनेका व्यक्तिको नेतृत्वमा मृतकका परिवारहरूले नगर परिक्रमा गर्दै आइरहेका छन् ।

इन्द्रलाई चोर भन्दै सजाय दिएको सम्झना स्वरूप नेवारहरूले काठको इन्द्र बनाएर दुवै हात फैलाएर डोरीले बाँधी इन्द्रजात्रा मनाउने गरेको हो । आखिर जेजस्तो भने तापनि इन्द्र र आमा दागीं मत्र्यलोकमा आई काठमाडौंका मानिसको उद्धार गरेकाले इन्द्रजात्राका दिन दागीं जाने चलन चलेको हो । यो चलन लिच्छविकालीन राजा गुण कामदेवले चिंकमुगलको अट्कोनारायण स्थान अगाडि इन्द्रध्वज ठड्याएर येंमाः द्यः अर्थात इन्द्र देवता प्रदर्शन गरेर इन्द्रजात्रा मनाउने चलन चलाएको हो । पछि राजा प्रतापसिंह शाहले नेसं ८९५ मा तिब्बतलाई हराएको खुसीयालीमा हनुमानढोका दरबारको कालभैरव अगाडि इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा मनाउन थालिएको हो भनिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन यःसिं इन्द्रध्वज ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ । यःसिं ठड्याउन चाहिने ३२ हात लामो, घेरा भएको सिंगो रूख ल्याउन काठमाडौंका मानन्धर र ठिमीका गुठियारहरू संयुक्त रुपमा यःसिं वनमा गई बोका बलि दिएर यःसिं रुख काटेर ल्याउनुपर्छ । ‘कुनचाहिँ रुख काट्ने’ भनी वनमा बलिको बोको छोडिन्छ, बोकोले जुन रुखलाई हान्छ, त्यही रुखमा त्यही बोको बलि दिई रुख काटिन्छ । त्यहीबाट रुख तानेर ल्याई इन्द्रको नाममा इन्द्रध्वजोत्थान भनी यःसिं ठड्याउँदा गुरुजुको पल्टनले तोप पड्काउँछन्, बैण्ड बाजा बजाउँछन्, मालश्री धुन पनि बजाउँछन् । इन्द्रको प्रतीकको रूपमा काठको इन्द्रलाई इन्द्रचोक, मरु, नरदेवी, किलागल ज्यावहाल, ब्रम्हटोलका साथै विभिन्न टोलमा प्रदर्शित गरिन्छ । यःसिं ठड्याउने दिनदेखि काठमाडौं, ललितपुर र भक्तपुरका नेवारहरूले विभिन्न स्थानमा हाथु द्यः भैरवका साथै विभिन्न देवताहरू प्रदर्शन गरेर दलुमत बाल्छन् । दिवंगतहरूका नाममा यो दिन उपत्यकाका बाटोमा भएका विभिन्न देवीदेवता र चैत्यहरूमा पाल्चा मत बत्ती दिई धूप बालेर उपाकु जाने भनी परिक्रमा गर्छन् । मध्यरातमा इन्द्रचोकका आजु द्यः आकाश भैरवलाई मन्दिर अगाडि मञ्च बनाई प्रदर्शनको लागि राखिन्छ । यो दिनदेखि हल्चोकका सवः भकु, किलागलको पुलुकिसी र देवीनाच, मजियारको मजियाः लाखे, कुम्हा ननिको नाच, भक्तपुरको महालक्ष्मी नाच र बाँदर नाचका साथै त्रिपुरेश्वरको १० अवतार नाच पनि हनुमानढोका वसन्तपुरमा ल्याई प्रदर्शन गरिन्छ ।

यही दिन रात्रिमा इन्द्रचोकमा प्रदर्शनको लागि राखिने आजु द्यः आकाश भैरव किराती राजा यलम्बर हुन् । ५ हजार वर्षअघि हिन्दूस्तानको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न राजा यलम्बर गएका रहेछन् । यलम्बर यति शक्तिशाली थिए कि उनले ‘युद्धमा कौरव र पाण्डवमध्ये जुन पक्षले हार्छ, उसैको पक्षमा युद्ध लड्छु’ भन्न थालेछन् । युद्ध भने सुरु भइसकेको थिएन । यस्तो भयो भने त महाभारत युद्ध कहिल्यै पनि नसकिने भयो भन्ने ठानेर श्रीकृष्णले छल गरी सुदर्शन चक्रले यलम्बरको टाउको काटी दिएछन् । महादेवको अंश भएका राजा यलम्बर आफैं तान्त्रिक पनि भएकाले तन्त्रको शक्तिले आफ्नो टाउको आकाश भई राखी महाभारतको युद्ध पूरै हेरेर आफ्नो देशमा फर्केर आई सिद्ध भएका रहेछन् । यसरी आकाश मार्गबाट उडेर आएकाले आकाश भैरव भनिएको हो । काठमाडौंका प्रजाहरूले आफ्ना राजाको सम्मानमा मन्दिर बनाई इन्द्रचोकमा राजा यलम्बरको सिद्ध भएको टाउकोको स्थापना गरी आजु द्यःको रूपमा मान्दै आएको हो भनिन्छ । यही दिनको स्मरणमा हरेक वर्ष आजु द्यः आकाश भैरवको टाउको र अर्कोतर्फ वाकाः द्यः भनी आजु द्यः काभित्रको टाउकोलाई पनि तान्त्रिक विधिबाट पूजा गरी सार्वजनिक रूपमा प्रदर्शन गरिँदै आएको हो ।

वर्षा ऋतु सकिएर शरद ऋतु लाग्ने र दशैं चाड पनि तीन हप्ता मात्र बाँकी रहेको समयमा पर्ने यो जात्रा निकै रमाइलो हुन्छ । भाद्र शुक्ल अनन्त चतुर्दशी जीवित कुमारी रथयात्राको पहिलो दिन वसन्तपुर गद्दी बैठकमा राष्ट्र प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि एवं विशिष्ट व्यक्तिहरूको उपस्थितिमा कुमारी रथयात्रा चलाइन्छ । साथै गणेश र भैरवको रथयात्रा पनि गरिन्छ । यही समयमा मजियाः लाखे, सवः भकु र दशावतार, महालक्ष्मी र पुलुककिसीको नाच पनि नचाइन्छ ।
यो दिन क्वः ने या भन्दै कुमारी, गणेश र भैरवको रथ वसन्तपुरबाट अट्कोनारायण, चिंकमुगल, लगन, गोफल, बम्हटोल, बन्दे, हिउमत, जैसीदेवल, क्वःहिटी, भीमसेन टोल, मरु, इलाछें, तहविल हुँदै कुमारी घर फर्काइएपछि पहिलो दिनको रथयात्रा सकिन्छ । यो क्वःनेयाको समयमा जैसीदेवलको डबलीमा दि प्याखँ देवी नाच नचाइन्छ । यही दिन कुमारीको थयात्रा सकिएपछि दागींलाई थःने क्वःने अर्थात माथिल्लो टोल र तल्लो टोल घुमाइन्छ । इन्द्रकी आमाको प्रतीकको रूपमा मरुटोलबाट सेतो मुकुट र सेतै जामा लगाएकी दागींलाई, धिमे, भुस्या बाजा बजाई नगर परिक्रमा गराइन्छ । दागींको पछिपछि लाग्दै काठमाडौंका नेवारहरूले सोही वर्षमा दिवंगत भएका आपनतहरूको नाममा नौथरी गेडागुडी बाटोभरि छर्दै हिँड्छन् । यो दिन स्वर्ग जाने बाटो मानिएको थानकोटको इन्द्रदहमा ठूलो मेला लाग्छ ।

भाद्र शुक्ल पूर्णिमाका दिन यँयाः पुन्ही भनेको समय पुन्ही हो । यो दिन नेवारहरूले घरैपिच्छे छ्वयला, लसुन, अदुवा, कालो भटमास राखेर समयबजी खाने र बाँड्ने चलन छ । घरैपिच्छे केटाकेटीहरूले ‘ला छकू वयेक समयबजी, वल वल पुलुकिसी’ भन्दै समयबजी माग्न जाने चलन छ । समयबजी माग्ने क्रममा पुलुकिसी पनि टोल टोलमा जाने गर्दछ । सन्ध्या समयमा इन्द्र, हाथु द्यः भैरव र दलुमत पूजा गरेर हाथु हायकेगु भन्दै आजु द्यः आकाश भैरवको मुखमा पाइप जोडेर जाँड झारेर प्रसादको रूपमा जाँड र समयबजी बाँडेर खान्छन् । यसै दिन कुमारी रथयात्राको दोस्रो दिन थःने या मनाइन्छ । थःनेया गरिँदा पनि कुमारीका साथै गणेश र भैरवको रथ तानेर वसन्तपुरबाट प्याफुल, यट्का, नरदेवी, टेंगल, न्ह्यौखाः बांगेमुढा, न्हयैकन्तला, असन, केलटोल, इन्द्रचोक, मखन हुँदै वसन्तुपुरमा पु¥याएर रथयात्रा सकिन्छ । यसरी थनेःया माथिल्लो टोलमा रथ यात्रा गरिरहँदा बांगेमुढा र इन्द्रचोकमा दि प्याखँ देवी नाच नचाइरहेको हुन्छ । यही पूर्णिमाका दिन भक्तपुरको सिद्ध पोखरीमा मेला लाग्छ ।

आश्विन कृष्ण चौथीका दिन नानीचाःया भन्दै कुमारीको रथयात्रा गरिन्छ । नानीचाः याः लाई दथुयाः अर्थात बीच टोलको यात्रा भनिन्छ । यो इन्द्रजात्राको अन्तिम दिन हो । यो दिन कुमारी, गणेश र भैरवको रथलाई वसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक, मखन र हनुमानढोका दरबार हुँदै वसन्तपुर पुगेपछि नानीचायाःको समापन गरिन्छ । राजा जयप्रकाश मल्लले भित्रिनी रानीलाई देखाउन कुमारी रथयात्रा यहाँ चलाएका हुन् भनिन्छ । यही दिन इन्द्रध्वज विसर्जन गर्ने भन्दै इन्द्रध्वज ढालेर टेकु दोभानमा लगी फाल्ने बित्तिकै इन्द्रजात्रा सकिन्छ ।

जीवित कुमारी देवीलाई यसरी मान्नुपर्ने सन्दर्भमा एउ
टा ऐतिहासिक तथ्य लुकेको पाइन्छ । राजा त्रैलोक्य मल्लले तलेलु भवानीसँग पासा खेल्दा रहेछन् । कालो पर्दाभित्र तलेजु भवानी र बाहिर राजा तैलोक्य मल्ल बसी पासा खेल्दा राजकाजसम्बन्धी कुराकानी गरिँदो रहेछ । यसरी दिनहुँ पासा खेल्ने क्रममा एक दिन पासा खेल्दै गर्दा राजा त्रैलोक्यले पासा हान्दै गरेकी तलेजु भवानीको हात राम्ररी देखेछन् । भवानीको हात त यति राम्रो छ भने मुख कति राम्रो होला भनी उत्सुकतावस पर्दा उघारेर हेर्ने प्रयास गर्दा तलेजु भवानीले ‘आइन्दा म आउँदिन । शाक्य जातकी बालिकाको शरीरमा म आउने छु’ भनी त्यही कुमारी कन्यासँग सरसल्लाह गर्ने गर्नु भन्दै तलेजुी भवानी लप भइछिन् । त्यही बेलादेखि शाक्य जातकी जीवित देवी कुमारीको हातबाट राजाले इन्द्रजात्राको समयमा टीका ग्रहण गर्ने चलन चलेको हो भनिन्छ ।

मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्ललाई श्रीकुमारीले ‘अब तिम्रो राज्य गर्ने शक्ति क्षीण भइसक्यो, राज्य बचाइ राख्ने हो भने मेरो रथयात्रा गरी देश परिक्रमा गराउनु’ भनेकीले राजा जयप्रकाशले ने.सं ८७६ देखि कुमारीको रथयात्रा चलाएका हुन् । तर, राजा जयप्रकाशले सुख सयलमा भुलेर देश र जनताको चिन्ता नलिई चाडबाड र जात्रामा मात्र भुलिरहे ।

स्मरणरहोस्, नेवारहरूले आफ्नो धर्म, संस्कृति र परम्परा चलाउँदै आएको राज्यमा गोरखाका राजा पृथ्वीनारायण शाहले ने.सं ८८८ मा काठमाडौंमा इन्द्रजात्रा मान्दै कुमारीको रथयात्रा गरी रमाइलो सँग जाँडरक्सी खाई चाड मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपाल मण्डल जितेका हुन् । पृथ्वीनारायण शाहले नेवारी संस्कृतिलाई नमानी यहाँ शासन गर्न अप्ठेरो पर्ने कुरा बुझेर नेवारी संस्कृति, चाडवाड र जात्रा सबै जस्तो छ, त्यस्तै मान्ने वचन दिएकाले आजसम्म पनि कुमारीको रथयात्रा चल्दै आएको हो ।

Monday, September 4, 2017

टोखा : बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने एक जात्रा



एकदिन महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् । उक्त अपमानबाट मुक्ति पाउन पार्वती पृथ्वीको भ्रमणमा निस्केछन् । टोखाका गाउँलेहरूले पार्वतीलाई देखेर ललाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा गाउँलेहरूले पार्वतीको वास्तविक रूप थाहा पाएछन् र पार्वतीको शरणमा गएछन् ।

यसै बेलादेखि टोखामा भाद्र कृष्ण एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मनाइने इन्द्रजात्राको पाँचौं दिन पूर्णिमाको दिन (येँयाः पुन्हि) मान्छेहरू गीत गाउँदै समूह समूह बनाएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास रहेको छ । लोककथामा आधारित यस जात्रामा घुमाईसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले टोखाबासीहरू सके ३–४ पटक नसके एक पटक मात्रै भए पनि सिँगै गाउँको परिक्रमा गर्ने गरिन्छ । यस जात्राको रमाईलो पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिँड्ने गरिन्छ, कथंनकदाचित सिसा, काँडा आदिले बिझे पनि ऐय्या भन्नु हुँदैन भन्ने जनविश्वास रहेको छ । घुम्ने क्रममा मध्यरातको १२ बजे देखि १ बजेसम्मको समयलाई टोखाबासीहरू ‘वाल्ख म्हुलेगु’ भन्ने गरिन्छ । यो पर्वमा यसरी नाङ्गो खुट्टाले अँध्यारो ठाउँमा फोहरहरू कुल्चिदै घुमेपछि मृत्युपछि यमराजले काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने जनविश्वास रही आएको छ ।

साथै, सामान्यतया नेवार समाजमा छोरी मान्छेहरूलाई राति–राति हिँड्डुल गरेको मन पराउँदैन । तर यस सामाजिक पर्वका पाँच दिन घरबाट राति बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । मान्छेहरूको समूह–समूहमा बाजा बजाउँदै बत्ती दिँदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिँडेका युवतीमध्ये आफूलाई मनपर्ने युवतीलाई बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै रहेको छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि रही आएको छ । यस जात्रामा केटीको भेषमा आएका केटाहरू पनि सामेल हुने गर्दछ ।

सुनकोशी नदीको कथा


पर्वतराजकी छोरी पार्वती यहीं नेपालकै हिमचुलीहरूमा टेक्थिन् र खेल्थिन् । हिमवत्खण्डमा जनाइए अनुसार उनी एक समय हिरण्य शेखर नामको पर्वतमा गइन् र त्यहाँ उनले सनातन नाम गरेका ऋषिलाई पूजा गरिन् अनि दान दिइन्। त्यसबखत पार्वतीको ओठको छेउबाट पसिना खस्यो; अनि तुरुन्तै पहेंलो रङ्गको भई नदी बनेर पहाडमा बग्यो - त्यही नदी सुनकोशी नदीको नामले प्रख्यात भए  ।

सिन्धुपाल्चोक : पाँच पोखरी र तातोपानी


ऋषि विश्वामित्रको तपोवन पाँचपोखरीमा थियो । श्रृङ्ग ऋषि पनि हिमालका छेउमा तपस्या गरी बसेका थिए । एकपटक नारद उनलाई भेट्न गएछन् । ठण्डीले गर्दा नारदले चिसो पानीमा नुहाउन सकेनन् र श्रृङ्ग ऋषिले तातोपानीको धारा खोलिदिए ।

अविरल बग्दछ इन्द्रावतीको कथा


कुनै बेला राजा इन्द्र स्वर्गको राजकाज सबै छोडेर यस नदीका तीरमा आई तपस्या गर्न लागे । उनी नहुँदा स्वर्गमा बाधा पर्‍यो र इन्द्रायणी आई विलाप गर्न लागिन् । उनको विलाप सुनेर इन्द्रको मति फिरेछ र उनी फेरि स्वर्गमा गएर राजकाज सम्हाल्न थाले । इन्द्रको मति फिरेको हुनाले त्यस नदीको नाम इन्द्रावती रहन गए ।

सिन्धुपाल्चोक : हरलङ्ग बरलङ्गमा भैरवी देवी

परापूर्वकाल देखिनै दिनरात यस देवीको मुर्तिलाई जङ्गलको विचमा रहेको टापुमा बाघ र बाघका बच्चा डमरुले घेरेर राख्ने गर्दथे । सत्ययुग देखिनै सिन्धुपाल्चोकको यस क्षेत्र अवस्थित ३ टापु मध्य अन्तिम टापुमा भैरवी देवीले आफ्नो बसोबासको लागि रोजेको जनविश्वास पाइन्छ । भैरवीको मन्दिर अगाडी इन्द्रेश्वर महादेवको उत्पती भएपछि लोकप्रियता निकै बढेको भनाइ छ ।

तीनवटा टापु भएकोले यस क्षेत्रलाई परापूर्व कालदेखि नै त्रिपुराको नामले चिनिँदै आएको छ । हरलङ्ग बरलङ्गमा धनधान्य पूर्णिमा अर्थात मंसिर पूर्णिमाका दिन देखि पञ्चमीको दिन सम्म ५ दिन मेला लाग्ने गर्दछ ।
हरलङ्ग बरलङ्गभैरबी देबी / इन्द्रेश्वर महादेव प्रांगण

काठमाडौं, नुवाकोट, रसुवा काठमाडौं, भक्तपुर दोलखा काभ्रे, धादिङ नुवाकोट, रामेछाप, सिन्धुलीसम्मका भक्तजनहरु हरलङ्ग बरलङ्ग देवीको दर्शन गर्न आउने गरेको छन् । यो देवीको दर्शन गर्नाले मनोकाँक्षा पुरा हुने, दुःख दरिद्रबाट मुक्त हुने जन विश्वास पाइन्छ ।

वि.सं. २०६९ साल चैत ८ गते उत्पती भएको महादेवको स्फटिक लिंग आकारको शिला उत्पती हुँदा विभिन्न धार्मिक महत्वका वस्तु उत्खनन् गर्न मन्दिर परिशरमा चलाइएको डोजर अचानक नचलेको र दिउँसै घामलागिरहेको अवस्थामा अन्धकार छाएको स्थानियहरु बताउँछन् । हावा हुरी र असिना पानी परी बज्रपात भएको दिउँसै बत्ती बाल्नु पर्नै अवस्था सृजना भएपछि उत्पती भएको शिलालाई ज्योतिषी ल्याई इन्द्रेश्वर महादेवको रुपमा विभिन्न पुजा आजा गरेर स्थापना गरेपछि वज्रपात तरेको इन्द्रेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ बताउँछन् । 

 
धुलिखेलबाट ३२ किमी  । 

जाम्पालिंग पर्व (Jampaling Festival)





JAMPALING FESTIVAL : तिब्बतमा मनाइने एउटा पर्व जुन नेवार बौद्धमार्गीहरुसंग सम्बन्धित छ सिंहसार्थबाहु अर्थात चकंद्य: संग सम्बन्धित पर्व
 
हर्षमणि शाक्यज्युको अनुसार,
Jampaling Festival was one of the greatest festival of Tibet. It was a sort of modern Trade fair people from different parts of Tibet and also from border areas come to participate in this festival. people such as Si-ling-ba (Amdo province), Si-Chu-Ang ba, soko Khambas, Amdo, Tsang-ba, To-Yeba, Go-La-Kha (Southern Chinese), Abuha Kong-ba, Newars (Tib, Bal-Po) and different tribes of Tibetan people participate in the fair. They bring goods belonging to their respective regions. To cite some illustrations Kong-ba trades men (in the border of Indian Assam) bring "Fo-Ba" wooden tea cup for sale. Lhasa resident Newars bring gold, silver and copper ink. These inks are used in different monasteries of China and Tibet. Especially Chinese artist were very much fond of these Newar Tradesmen's products as the inks used to be the best for Thanka paintings. The art of making gold ink, silver ink and copper ink being unknown to them Newar traders had monopoly and had a great demand for these inks. There are three important village around Jampaling. They are: Ci-Ti-So, Ta-Nang, andGya-Li. These villages are famous for weaving special Tibetan dress called "Na-Bu". These "Na-Bu'sare used also by Han chinese and Mongolians. A set of Na-Bu dress is durable for one's life time. Some of its threads are sometimes can be seen only by powerful lenses. As its threads are fine it is expensive too. The colours dyed by Newar Ranjikars were however durable and of excellent quality. Ranjitkars are Newars who are expert in dyeing of colours. Most of the businessmen who dealt with this Nabu dress were Newars.

Every year this festival is observed by the Tibetans and Newars on the sixth month of Tibetan calendar i.e. Shravana pratipada to Astami (July/August) for straight eight days. This tradition was  founded by Nepalese Sarthavaha. During festivals Newars used to exercise full power in  that place and ceremony. The story of Nepalese Simhasarthgavaha ;is related in detail in Mani bka'-'bum and Guna Karanda vyuha Sutra. None were to start their business in the fair unless and until
 Newar Buddhists offer their long scarf (pa-ta) to the great Stupa. It was a time honored tradition.

In the first day of ceremony all Newar Buddhists assemble together and after performing ritualistic ceremony of offering scarf (pa-ta) to the great stupa accompanied by A Newar Buddhists musical instruments they then circummabulated the great caitya three times. After this ceremony Newar Buddhists used to announce that the fair participants can start their business. The length of scarf when hanged from the top of caitya to the bottom is about 360 ku measures in Newar tradition i.e.360 x 1.5 ft =540 ft. These cloths are used for wicks of butter lamps in the monastery for a year. 
 
This festival used to continue for a week. People used to make a heap of dump in the surrounding areas. It is strange that after the festival a heavy rain used to wash away all the dump clearing the land as before. These events were continuing till recently.

Unfortunately this gigantic stupa is no more now. It was completely destroyed by Red Chinese Army during the Cultural Revolution. After Jampaling festival Newar Buddhists used to stay at Ci-Ti-So village where they had constructed a Gonpa dedicated to Vajravira Mahakala. They used to perform special puja ceremony and used to invite all the Tibeto-Newars and other for feasting. After this residents of Lhasa Newars used to go back to their respective regions.

This photograph was taken by the author in 1956 AD. Like this many monasteries, shrines, temples and gompas were ransacked and bulldozed by Red Chinese Army in the name of "liberation Tibet" during Cultural Revolution. It was a great blow to Nepalese Buddhists sentiment as well as China-Nepal relations. How sad! Nepalese government is silent in this aspect too.
 
 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...