Tuesday, September 19, 2017

काठमाडौं : महादेवको रिसाहा रुप कालभैरब मुसुमुसु किन हाँसे ?

 
फोटो : कालाभैरब,  सन् १९९०, अमेरिकी राजदुतावास


हनुमान ढोकामा अवस्थित कालभैरबको अगाडी उहिले उहिले कसम खान लगाउने प्रचलन थियो । धेरै जस्तो भैरवको रुप रौद्र वा रिसाहा हुन्छन, कालभैरबको मुर्ति चाहिं हाँसीरहेका छन् । यसको सन्दर्भमा एउटा कथा रहेछ ।

एक विवाहित लोग्नेस्वास्नी जोडी थियो । स्वास्नी चाहिं जहिले पनि दिउँसो बाहिर हिंडीरहने गर्दथ्यो । लोग्नेलाई संका लागेछ । 

एक दिन लोग्नेले स्वास्नीलाई भनेछ,
"मलाई तिम्रो चालामाला प्रति शंका लागेको छ,
कालभैरब अगाडी गएर कसम खाउ,जाम ।
"

स्वास्नीले एक छिन सोच्दै जवाफ फर्काएछ,
"हुन्छ, कसम खान्छु ! तर आज हैन, पर्सि है ।"

स्वास्नीको यस्तो जवाफ सुनेर अचम्म मान्दै  पर्सि कसम खुवाउने लगाउने पक्का गरेछन् ।
यता स्वास्नी माइती पुगेछिन । आमालाई अनुरोध गर्दै दुध चुस्न कर गर्न थालीन् । छोरीको ढिपीको अगाडी के लाग्थ्यो र । आमाले विवाह भै सकेकी छोरीलाई आफ्नो दुध चुस्न लगाईन् ।

पर्सिपल्ट,
लोग्नेको शंका निवारण गर्न लोग्ने स्वास्नी  कालभैरब अगाडी पुगे र स्वास्नीले कसम खाइन्
"सत्ते ! धरोधर्म !! जब देखि मैले आमाको दुध चुस्न छोडें,
त्यो बेला देखि म कसै संग हिंडेकी छैन ।
"

यता, कालभैरबलाई स्वास्नीको चर्तिकला सबै थाहा थियो,  र मुसुमुसु हाँस्न थाले ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...