Showing posts with label तुसाहिटी. Show all posts
Showing posts with label तुसाहिटी. Show all posts

Tuesday, August 20, 2019

पाटन दरवारको सुन्दरी चोक अवस्थित टुसाहिटी


यसलाई कहिले कसले बनाएको भन्ने बारे बिबाद नै छन् l राजा सिद्धिनरसिंह मल्ल वा श्रीनिवास मल्ल ? ने.स. ७४७ मा हो कि ७६७ मा बनाएको हो, अलग अलग तथ्य भेटिएका छन् l

यस हिटीको नामाकरण बारे पनि अनुसन्धानकर्ताहरुको आ-आफनै भनाई छ, जुन एक अर्को संग फरक मत राख्दछ l

१. स्व. अनुसन्धानकर्ता धनबज्र बज्राचार्यको अनुसार यस हिटीको पानी उखुको जुस जस्तै गुलियो रहेको छ l नेवारीमा उखुलाई "टु" भनिन्छ, "सा" भन्नाले स्वादलाई जनाउँछ l उखुको जुस जस्तै मिठो स्वाद भएकोले यस हिटीको नाम टुसाहिटी नाम रहन गएको हो भन्ने तर्क राख्नु हुन्छ l

२. अर्का अनुसन्धानकर्ता तीर्थलाल नघभनीको तर्क अनुसार यस हिटीको पानीको श्रोत "टुं " अर्थात इनार हो l इनार दरवारकै परिसर भित्र छोपेर राखेको हुन् सक्छ l टुंबाट "साला:" अर्थात तानेर ल्याएको हिटी भएकोले यसलाई टुसाहिटी भनिएको हो भन्ने तर्क राख्नु हुन्छ l

३. हरिराम जोशीको कथन अनुसार यस हिटीको मुखाकृति गोरुको जस्तो देखिएको छ l गोरुलाई नेवारीमा थुंसा भनिन्छ l यहि थुंसाहिटी नै अपभ्रंस भएर टुसाहिटी नाम रहन गएको हो भन्ने तर्क राख्नु हुन्छ l

४. स्व. मंगलानन्द राजोपाध्यायको अनुसार प्राय गा: हितीहरुको निर्माण गर्दा जमिन मुनिको गहिराइको पानीको श्रोत प्रयोग गरिएको हुन्छ l जब गहिराइमा पानीको श्रोत भेटिन्छ, पानीको फोहोरा निस्कने गरि हिटीको संरचना निर्माण गरिएको हुन्छ l टुसाहिटीको सन्दर्भमा संरचना यस्तो प्रकृतिको छैन l यसैले नेवारीमा "तुसालेगु" अर्थात टुंको पानी तान्ने प्रविधिबाट पानी निकालिएको हुनाले टुसाहिटी नाम रहन गएको भन्ने फरक तर्क राख्नु हुन्छ l

जमिन मुनिको पानीको श्रोत एवं प्रवाहलाई Re-canalization गर्ने क्रममा Urban Development through Local Effort (UDLF) ले गरेको एक अनुसन्धान अनुसार यस तुसाहिटीको पानीको श्रोत नारिचा भन्ने तथ्य फेला परेको थियो l नारिचा भन्नाले पानीको श्रोत पूर्ति गर्ने परम्पागत तरिका भन्ने बुझ्नु पर्दछ l

राजदरवारका शाही सदस्यहरुलाई नुहाउनको लागि भनिएता पनि यस तुसाहिटीमा ७८ देव देवताहरुको मुर्ति स्थापना गरिएको अनुसार यो नुहाउनको लागि भन्दा नि देव देवताहरुलाई पानी चढाउने उद्देश्यले बनाईएको भन्ने तार्किक देखिएको छ l

किम्वदंती अनुसार, धार्मिक स्वभावका राजा सिद्धिनरसिह मल्ल दिनहुँ बिहान सवेरै उठेर यस थारामा नुहाउने गर्दथे l नुहाई आफुलाई पवित्र बनाई सकेपछि एक ढुंगामाथि बसेर घन्टौसम्म ध्यानमा मग्न हुने गर्दथे रे ! यसैले यसलाई "Royal Bath" भन्ने गरिएको थियो रे !

अर्को एक रमाइलो कथा अनुसार, एक रात राजा सिद्धिनरसिंह मल्ललाई निन्द्रा लागेनछ l अनेक प्रयास गर्दा पनि निन्द्राले छोपेनछ l अन्तत: आफुलाई किन यस्तो बेचैनी भनेर पत्ता लगाउन खोज्दा आफु सुत्ने ओछ्यानमा आफ्नो टाउकोको कपालमा एक सानो पराल भेटाएछ, जसले गर्दा आफुलाई सुत्नलाई गाह्रो भैरहेको थियो l सुखसयलले भरिपूर्ण राजदरवारको त्यस्तो ओछ्यानमा पनि सुत्न सक्दिन भने मेरा ती जनताहरु जोसंग गतिला ओछ्यान पनि छैन, तिनीहरु झन् के सुत्न सक्ला भन्ने मनमा लिएर त्यस दिनदेखि आफु नि त्यस ओछ्यानमा कहिले नसुत्ने र ढुंगामा नै सुत्ने निर्णयमा पुगेछन l त्यसपछिका दिनमा जाडोको थुरथुर काप्ने रातहरुमा पनि राजाले चिसो ढुंगाको सिलेतोमा नै सुत्ने अनेक अभ्यास गर्न थालेछन् रे ! भनिन्छ, राजा सुत्ने गरेको ढुंगा तुसाहिटीको त्यहि ढुंगा थियो जहाँ घन्टौसम्म ध्यानमा बस्ने गर्दथे !

तुसाहिटीमा निर्माण गरिएका ७८ देव देवताहरु निम्नानुसारको छन् :

१. बंगलामुखी
२. कल्की
३. पहिचान नभएको
४. अनन्त नाग
५. बासुकी नाग
६. तक्षक नाग
७. चन्द्र
८. कर्कोटक नाग
९. उमा महेश्वभरा
१०. कृष्ण हरी
११. अग्नी
१२. पहिचान नभएको
१३. पहिचान नभएको
१४. लक्ष्मी नरसिंह
१५. उन्मत्त भैरव
१६. पहिचान नभएको
१७. पद्मनाग
१८. सुर्य
१९. महापद्म नाग
२०. संखपाल नाग
२१. कुलिका नाग
२२. रत्न पन्च कुमारी
२३. चन्द्र भैरव
२४. भीमसेन
२५. द्वार देव
२६. त्रिजता नाग
२७. लक्ष्मी नारायण
२८. उमा महेश्वर
२९. पहिचान नभएको
३०. पवन देव
३१. यक्ष भैरव र कुमारी
३२. चन्द्र
३३. दुर्गागणपरिभेषिता चण्डी
३४.उन्मत्त भैरव र शक्ती बाराही
३५. काल भैरव र शक्ती इन्द्रायणी
३६. भिसाना भैरव र शक्ती चामुण्डा
३७. सम्हारा भैरव र शक्ती महालक्ष्मी
३८. पंचभक्ती रामपति
३९. पंचमुखा ह्याग्रिवभतारा
४०. युगमर्देश्वरा शशक्ति गन्धरा हरी
४१. वैष्णवी देवी
४२ .शिव
४३. सर्वमंगलादेवी
४४. अर्ध नारिश्वरा अष्टमुर्ति शिव
४५. भैरवोर्ध्रभक्त सप्तास्वभरा ऋद्धिविनायक
४६. अशितंगा भैरव र शक्ती ब्रम्हायनी
४७. रुरु भैरव र शक्ती महेश्वरी
४८. चन्द भैरव र शक्ती कौमार्य
४९. क्रोध भैरव र शक्ती वैष्णवी
५०. तान्डवेश्वरी
५१. शंखमुख बराह
५२. बिरभद्र
५३. नृत्यस्वरा संगितेस्वरा
५४. बिरभद्र
५५. महाकाली
५६. मात्रिकागण परिभेषिता महिश्मारधिनी
५७. वटुक भैरव
५८. क्षत्रपाला
५९. त्रिमात्रिका (चण्डिका देवी, चामुण्डा, शिभदुती)
६०. कार्तिकेय तान्त्रिक भेषमा
६१. समाश्नेस्वरी
६२. सुर्य
६३. लक्ष्मी नारायण (मुख्य हिटीमाथि)
६४. गणेश (चोरी भै सकेको अवस्था)
६५. भुतेश्वरी
६६. हरिसिद्धि
६७. स्मसना भैरव
६८. भत्सलायुक्त पंचमुखारा
६९. सिद्धि विनायक
७०. सदभक्त भैरव
७१. पंचमुख गणेश
७२. शक्तियुक्त एकादशाय समास्ना भैरव
७३. दशभक्त्रा भैरव
७४. एकास्य भैरव
७५. गौरी लक्ष्मी
७६. शक्ती चण्डिकादेवी (चामुण्डा र शिवदुतीले पछ्याई रहेको )
७७. श्रीकण्ठयुक्त सदाभक्त्र नरसिंह भैरव
७८. भगिरथ !

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...