Wednesday, July 31, 2019

पैसा : समस्या र समाधान



एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे ।

पर्यटकले १००० रुपैयाँ होटलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।
पैसा पाउना साथ होटल मालिक दौडेर ध्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर ध्यूको हिसाव चुक्ता गरिदियो ।

ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।

दुधवाला दौडेर गाईवाला कहाँ पुग्यो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।
गाईवाला दौडेर दानावाला कहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा १००० रुपैयाँ घटाएर आयो ।

अन्त्यमा, दानाबाला सोही होटलमा पुग्यो, जहाँ उसले कहिले काँही उधारोमा खाना खाने गर्दथ्यो। उसले हजार रुपैयाँ दिएर होटलको हिसाव चुक्ता गरि दियो ।

त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति भनेर उसले पहिले जम्मा गरेको हजार रुपैयाँ फिर्ता लगेर गयो ।

यत्रो दौड धुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो । यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ मेरो हो । हामी सबै खाली हात आएका हौं र खाली हात नै जानु छ तर मेरो मेरोमा अल्झिएका छौं !

Sunday, July 28, 2019

संसारकै सबैभन्दा अग्लो उचाईमा रहेको काजिन सारा ताल



मनाङ जिल्ला, लमजुङ हिमालको बेसक्याम्प नजिकै रहेको #५००२ मिटर उचाईमा अवस्थित #काजिन सारा ताल संसारकै सबैभन्दा अग्लो उचाईमा रहेको ताल हो । १.५ किमी लम्बाई र ६०० मिटर चौडाई रहेको यस तालको स्थानिय नाम सिंगार रहेको छ । स्थानिय भाषामा #सिंगार भन्नाले "याक र भेडाहरु चर्ने घाँसको मैदान" अर्थ लाग्छ । ४ दशक अघि जापानीज पर्वतारोहण टोलीले लमजुङ हिमाल आरोहण गरेका थिए । यिनै जापानीजहरुले काजिन सारा नामांकरण गरेको अनुमान छ ।
मनाङमै रहेको #तिलिचो ताल ४९१९ मिटर उचाईमा छ । तिलिचोको क्षेत्रफल चाहिं ४.८ बर्ग
किमी छ ।

Sunday, July 14, 2019

चाबहिल : चारुमती बिहार


बंशावली अनुसार सम्राट अशोकले आफ्नी छोरी चारुमतिको बिबाह देवपत्तनको देवापालसंग गरि दिएको र उनै चारुमती पछि भिक्षु बनि चारुमती बिहार बनाएको र उनी चारुमती बिहारबाट चाबहिल नाम रहन गएको बौद्धमार्गीहरुको भनाई रहेको छ l

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...