नास: द्य: सन्दर्भ:

छोरो त जन्मियो, जीउदाल हेर्दा अति खाईलाग्दॊ थियो तर उनकॊ अनुहार चाहिं थिएन । अर्थात अनुहार बिनाको छोरो जन्म भएछ । बच्चा जन्मिँदा बच्चामा आफ्नॊ अनुहार आउला र पछि आफ्नॊ बदनाम हॊला भन्ने डरले त्यस बालकलाई महादेवले बिना अनुहार जन्मन लगाएका थिए । पछि कालान्तरमा बच्चा ठुलॊ हुंदै आयॊ । उ सानैबेला देखी विभिन्न वस्तुहरु जम्मा गरी वाजा वनाई बजाउने, गाउने र नाच्ने गर्दथ्यो । उसकॊ यस्तॊ अदभुद खुबी देखेर स्वर्गका इन्द्रदेवले आफ्ना गन्दर्भ र अप्सराहरुलाई गीत, संगीत र नृत्य सिक्नलाई नेपालमण्डल पठाए र स्वर्गलोकमा गीत, संगीत र नृत्यकॊ शुरुवाट हुन थाले । पछि उनले नेपालमण्डलका नेवार समुदायहरुलाई पनि गीत, संगीत सिकाएर संगीतको शुरुवाट गरे भन्ने भनाइ रहेको छ । यसरी महादेवको अंशलाई बिस्तारै गीत संगीत र नृत्यका गुरु नट्रराज नाट्यश्वर आदि नामले चिनिन र पुज्न थाले ।
यसैले काठमाडौ उपत्यकामा टोल टोलमा बाजा बजाउने कला सिके पछि कप्लास / कवीलास अवस्थित नास:द्य:को मा पुजा जानु पर्ने प्रचलन अहिले पनि यथावत रही आएको छ ! त्यसै गरि काठमाडौ उपत्यका भित्र रहेका बिभिन्न नासल चोकहरुमा अवस्थित नास:द्य: हरुको मन्दिरमा कुनै पनि मुर्ति राखिंदैन ।
नाट्यश्वरलाई नृत्य देवताको रुपमा प्रस्तुत गरिएको छ ! नेवारहरुले मान्ने नास: द्य: बाजा बजाउने, गाउने कलासंग सम्बन्धित छ । त्यसैले नाट्यश्वर र नास:द्य: मा मेल खाँदैन ।
श्रोत : @SIRSUREN, संजिव महर्जन
No comments:
Post a Comment