Monday, January 7, 2019

अकलादेवी मन्दिर

 
पोखराको लामाचौरमा अवस्थित ३ तलाको छानायुक्त अकलादेवी मन्दिर चाहिँ नयाँ हो । यस मन्दिरको पुनर्निर्माण गर्दा भक्तपुरको कालिगड, इट्टा प्रयोग गरिएको थियो । पुरातत्व बिभागको अनुसार हालको मन्दिर नयाँ भएपनि यस भित्र रहेको शिला चाहिँ ८०० बर्ष पुरानो रहेको भनिएको छ । यस अकला देवीलाई पोखराकै एक शक्तिपिठको रुपमा मानिन्छ । दशैंको बेला बिशेष भिड रहने यस मन्दिरमा तिजको बेला र शनिवारको दिन भिड हुने गर्दछ ।


बूढापाका र लोककथा अनुसार सत्य युगमा अलकादेवी यात्राको क्रममा प्रशव वेदना (सुत्केरी बदना) ले ग्रस्त भएपछि रातको समयमा त्यही सुनसान एकान्त जंगलमा बास भएको र रात भर प्रशव वेदनाले छटपटाई रहेको बेला सबै ठाउँबाट देवीहरु अकलादेवीको सुत्केरी भएको हेर्न र सहयोगको लागि आई रहेको समयमा विहानी उज्यालो संकेत स्वरुप कुखुराको भाले बासेपछि मानिसहरु र जिव जन्तुहरु आवत जावत गर्न थालेपछि अनिष्ठ भै अकला देवी र सहयोगका लागि आएका देवीदेवताहरु शिला ढुङ्गामा परिणत भएको मानिन्छ ।


अकलादेवीको मन्दिरहरु देशको विभिन्न भागमा पाइन्छ । स्याङ्जाको सिर्सेकोटमा रहेको अकलादेवीको सन्दर्भमा

अकलादेवीको शिलामा तीन वटा शिलाढुङ्गा प्रशव वेदनाले छटपटाएको र बच्चा जन्माउन लागेको तर नसकेको आकृति बच्चा योनीमा नै अड्केको जस्तो देखिने मुर्तिको स्वरुप देख्न सकिन्छ । यसरी देवीको अवस्था अकालमा परेको अवस्था रहेकोले नै यस देवीको नाम अकलादेवी रहन गएको भनाई रहेको छ ।


मन्दिरभित्र सबै भन्दा माथि ३ वटा देवताका आकृतिहरु छुट्टाछुट्टै अवस्थामा रहेको पाइन्छ । त्यसै कारणले त्यस स्याङ्जाको सिर्सेकोट अवस्थित मन्दिरलाई तीन कन्या अकलादेवी भन्ने गरिएको पाइन्छ । नजिकै देवीको प्रशव वेदनामा सहयोग गर्ने सुडेनी ढुङ्गाहरु पनि देखिन्छ ।


बूढापाकाहरुको भनाई अनुसार करिव ३०० वर्ष पहिले यस ठाउँमा घ्याव्री श्री मनराज गुरुङ्गलाई राती तीन कन्याहरुले बोलाएर लगेको र हाल अकलादेवी मन्दिर रहेको स्थानमा पुग्दा ती तीन कन्याहरु अलप भएकोले त्यस ठाउँमा आफ्नो साथमा भएको हतियार हँसीया गाडेर छोडेका थिए । विहान हेर्न जाँदा ती देवीका आकृति भएको ढुङ्गाको मुर्तीहरु देखा परेको थियो । त्यसै समय देखी देवीको सेवा सुश्रुसा पुजापाठ गर्न सुरु गरेको भनाई रहेको छ । पछि नेपाल राज्यले देशमा मुखिया जिम्मुवालको व्यवस्था सुरुवात भएपछि अकलादेवीको रेखदेख पुजापाठ उनिहरु बाटै हुन थालेको थियो ।


यस अकलादेवीलाई भक्तजनहरुले अकाल विकालमा मर्न नपरोस्, सन्तान प्राप्ती होस्, सुत्केरी राम्रोसँग होस्, रोग व्याधी नलागोस्, पशुपालनमा राम्रो होस् भनी अकलादेवीसँग भाकल गर्ने गरेको पाइन्छ ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...