Wednesday, March 7, 2018

मान्छेको स्वभाव


कुनै एक शहरमा एकजना मुर्तिकार बस्थे । उसले एक सुन्दर मुर्ति बनाएर एउटा चोकमा राख्यो र मुनि लेख्यो, "यो मुर्तिमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लाइदिनोस् !!"
जब उसले साँझ उक्त मुर्ति हेर्यो, पूरै मुर्ति भरी सबै ठाउँमा चिनो लागेर एकदम खराब भैसकेको थियो ।

यो देखेर उ अत्यन्त धेरै दुखी भयो । के गर्ने सोच्न सकेन र दिक्क मनेर बसिराख्याथ्यो, त्यत्तिकैमा एक स्वामी त्यही बाटो भएर कतै जाँदै थियो, मुर्तिकारलाई त्यस्तो हालतमा देखेर स्वामीजीले कारण सोधे र उसले पूरै घटनाको बेलिबिस्तार लगायो ।

यो सुनेर स्वामीजीले भने, "तिमी एउटा काम गर, भोली अर्को मुर्ति बनाएर यहीं राख तर मुनि यो लेख की - यस मुर्तिमा जसलाई जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानुहोला !"

मुर्तिकारले भोलिपल्ट त्यसै गर्यो र साँझ हेर्दा मुर्ति जस्ताको तस्तै थियो, कसैले छुनसम्म पनि छोएनन् । उ संसारको प्रवृति र नियति बुझ्न समर्थ भयो ।

शिक्षा :

"खोट निकाल्नु, निंदा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु, सम्भव छैन भन्नु, आदि एकदमै सजिलो छ, दुनियाको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या बुझेर समाधान गर्नु चाहिँ सबैको वशको कुरा हैन ।"

श्रोत : फेसबुक




No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...