Monday, June 17, 2019

राहु : एक दैत्य (असुर)

 
समुन्द्र मन्थनको बेला राहु नामक एक दैत्य (असुर) ले धोखा दिएर केहि थोपा दिब्य अमृत खाइ दिएछ ! चन्द्र र सुर्यले यो कुरा थाहा पाई हाले र भगवान बिष्णुलाई चाप्लुसी लगाई दिएछ ! दिब्य अमृत दैत्यको घांटीबाट निल्नु अगावै विष्णुले सुदर्शन चक्र हानेर दैत्यको गला काटी दिएछ ! दैत्यको शिर अमर भएछ र राहु ग्रह बनेछ !

राहु यसै कारणले गर्दा सुर्य र चन्द्रमा प्रति सधै द्वेषभाव राख्दै आएको छ र बेला बेलामा सुर्य र चन्द्रमाको ग्रहण गर्ने प्रयास गरिरहन्छ ! ग्रहण भै सकेपछि सूर्य वा चन्द्र यसै राहुको काटेको गलाबाट निक्लिन्छ र मुक्त हुने गर्दछ !

वैदिक ज्योतिष अनुसार राहुलाई ९ ग्रहमा एक स्थान दिइएको छ । दिनमा राहुकाल नामक मुहूर्त २४ मिनेटको अवधि हुन्छ, जुन अशुभ मानिन्छ रे ! राहु कुनै खगोलीय पिण्ड चाहिं होइन, तर छायाँ ग्रहको रुपमा मानिन्छ !

राहुलाई अधार्मिक व्यक्ति, निर्वासित, कठोर भाषणकर्त्ता, झुठो बोल्ने मान्छे, निराशावादीहरुको देवता पनि भनिन्छ । बौद्ध धर्म अनुसार राहु क्रोध देवताहरु मध्ये एक हो !

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...