Saturday, June 22, 2019

किसान / मोहीलाई अन्याय भएको भनिएको स्वर्गद्वारी : केहि जान्नै पर्ने तथ्यहरु

#स्वर्गद्वारीको हजारौ रोपनी जग्गामा गिद्धे नजर लगाउदै #गुथी #विधयेक ल्याउन खोजिएको थियो l किसान / मोहीलाई अन्याय भएको भनिएको स्वर्गद्वारीको बारेमा केहि जान्नै पर्ने #तथ्यहरु :

- स्वर्गद्वारी आश्रम बि.सं. १९१६ मा रोल्पाको रुंगतिमा जन्मेका स्वर्गद्वारी महाप्रभुले बि.सं. १९५२ सालमा विश्व कल्याणको निम्ति बैदिक परम्परा अनुसार अखण्ड महायज्ञ गर्न स्थापना गरेका थिए l 

- त्यतिबेला नेपालको शैक्षिक अवस्था एकदम नाजुक रहेको हुँदा यसै स्वर्गद्वारीमा गुरुकुल स्थापना गरेको थियो l त्यतिबेला नेपाल लगायत भारतका विभिन्न ठाउँहरुबाट आएका विद्याथीहरु पढ्ने गर्दथे l 

- स्वर्गद्वारी आश्रम र गुरुकुल संचालन गर्न आफ्ग्नै शिष्यहरुको नाममा दांगका विभिन्न ठाउँहरुमा आफ्नै झोली / श्रोतसाधनबाट जग्गा किने l

- स्वर्गद्वारी महाप्रभु सिद्ध पुरुष थिए l त्यतिबेला समाजमा दुख पाएका / समस्यामा परेकाहरुको लागि उनि आफ्नो सिद्धि द्वारा समाधान गरि दिने गर्दथे l 

- २०५८ / ५९ सालतिर गुठी संस्थानले स्वर्गद्वारीको जग्गालाई राजगुथीको रुपमा ब्याख्या गरी दांगको घोराहीमा कार्यालय नै स्थापना गरि चलखेल गरिएको थियो l २०६२ सालमा सर्बोच्चा अदालतले स्वर्गद्वारीलाई निजी गुठीको रुपमा फैसला गरि पुन: सुरक्षित गरि दिएका थिए l दांगमा स्थापना गरिएको कार्यालय बन्द भए l सर्बोच्चको निर्णयमा त्यस जग्गालाई खण्डित गर्न नपाउने, बेच्न नपाउने भनि निर्देशन गरिएको थियो l 

- अहिले स्वर्गद्वारी आश्रमको नाममा १०५० बिघा जग्गा रहेको छ जसमध्ये ७०० बिघा जग्गा किसानहरुले मोहीको रुपमा भोगचलन गर्दै आएका छन् l करिब ३०० बिघा जग्गामा विभिन्न पहुँचवालाहरुद्वारा कब्जा गरिएका छन् l ५० बिघा जग्गा आश्रम आफैले भाँडामा, लिजमा दिंदै ब्यबसायिक प्रयोजनको लागि दिंदै आएका छन् l १०५० बिघाहा जग्गा आश्रममै नाममा लालपुर्जा रहेको छ l 

- भुमि सुधार कार्यालयले दिएको निर्देशन अनुसार स्वर्गद्वारी आश्रमले जग्गाको अवस्था / प्रकृति हेरेर बर्षको १ चोटी प्रति बिघाहा ३० क्विन्टल सम्म धान फल्ने जग्गामा करिब २.७ क्विन्टल कुत, ४५ क्विन्टल सम्म धान फल्ने जग्गामा बढीमा ५ क्विन्टल कुत आश्रमलाई बुझाउने ब्यबस्था गरिएको छ l बर्षमा १ चोटी धान र अर्को चोटी तोरी बाहेक आश्रमले कुनै पनि कुत, नगद वा अन्य लिने गरिएको छैन l 

-द्वन्द कालमा धेरै गुनासो आएको, किसानहरुले आन्दोलन गरेको कारण २०६५ सालमा एक समिति बनाई त्यस वर्षसम्म बाँकी रहेको सबै बक्यौता मिनाहा ग
रिएको थियो l २०६६ साल पछि धेरैले १-२ बर्ष कुत तिरिएको त्यसपछि नतिरेको तथ्याक रहेको पाइएको छ l

- स्वर्गद्वारी आश्रमद्वारा ७०० गाईहरु पालिएका छन् l गुरुकुलमा १५० बिद्यार्थीहरुलाई नि:शुल्क पढ्ने ब्यबस्था मिलाएको छ, खान, बस्न र शिक्षकहरुको ब्यबस्था गरिएको छ l ३०० कर्मचारी ब्यबस्थापनार्थ खटाइएको छन् l २४ जना ब्राम्हणहरु बिहान ३ बजे देखि दिउसो २ बजे सम्म यज्ञशालामा काम गर्ने र साँझ ४ बजे देखि राति ११:३० सम्म पाठपुजा गर्न ब्यबस्था गरिएको छ l 

- १०६० बिघाको मालिक भए पनि स्वर्गद्वारीमा पालिएका ७०० गाईहरुलाई खुवाउन स्थानीय रेडियो एफ एम. हरुमा परालको लागि बिज्ञापन बजाउनु परेको अवस्था छ l 

- नेपाल लगायत भारतका विभिन्न ठाउँबाट आएका तिर्थयात्रीहरुले चढाएको चामल, दानपात्रबाट आश्रम चलेको छ l आश्रम परिसरभित्र रहेका सेना, प्रहरी र सरकारी निकायका प्रतिनिधीहरुको रोहबरमा दानपात्र खोल्ने र बैंक दाखिला गर्ने ब्यबस्था गरिएको छन् l 

- आश्रममा रहेका कर्मचारीहरुलाई बढीमा मासिक १३००० तलब दिइएको छ l 

- अखण्ड यज्ञ गर्न चाहिने धान, गहुँ जौ, तोरीको उत्पादन गर्नको लागि दांगमा जग्गा किनिएको थियो l स्वर्गद्वारी प्युठानमा पर्दछ l 

- डा. ध्रुब श्री, सदस्य - स्वर्गद्वारी आश्रम

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...