Sunday, June 16, 2019

केतु




केतु अर्थात एक खगोलिय पिण्ड नभै छाँया ग्रह । स्वरभानु नामक एक असुर । समुन्द्र मन्थनको बेला मोहिनी रुपी बिष्णुले यिनको पनि शिर काटी दिएका थिए । खगोल शाश्त्र अनुसार मानव जीवनमा यसको पुरै प्रभाव रहन्छ । यसको आध्यात्मिक एवं प्राकृतिक प्रभाव असल र खराब प्रभाव दुबै रहन्छ । केही मानिसहरुको लागि ख्याति प्राप्त गर्न यसले ठुलै भुमिका खेल्दछ । केतुको शिरमा प्राय रत्न या ताराले सुसज्जित रहेको हुन्छ जसबाट एक रहस्यमय प्रकाश निस्कने गर्दछ ।
केतुको स्थान प्राय सुर्य र चन्द्रको पथमा एक आपसमा काटिने गरि उल्टो दिशामा १८० डिग्रीमा रहेको हुन्छ । ब्रह्माण्डमा सुर्य र चन्द्रको पथ चलायमान संगै यसको पथ पनि बदलीरहन्छ । पुर्णिमाको दिन सुर्य र चन्द्र एक आपसमा उल्टो दिशामा रहन्छ र केतु वा राहुको पथमा पृथ्वी पर्नाले पृथ्वीको छायाँ चन्द्रमामा परि चन्द्र ग्रहण लाग्ने गर्दछ ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...