Tuesday, August 20, 2019

थँहिति - धाराको अस्तित्व बाँकी नरहेको ठाउँ



थ"को अर्थ माथिल्लो र "हिती"को अर्थ धारा हुन्छ । थहिटीको अर्थ माथिल्लो टोलको धारा भन्ने हुन्छ । झण्डै सय वर्ष अघिसम्म थहिटीको ढुङ्गेधारा ठमेल, ज्याथा, त्यौड र क्षेत्रपाटीका बासिन्दाको खानेपानीको स्रोत थियो । बिस्तारै धाराबाट पानी आउन छोड्यो। यहाँको हिती जमिनमुनि पुरिए l त्यसपछि धारा भएको ठाउँमा चैत्य बनाइए l

फेसबुकमा भेटिएको बिपिन कपाली चिकंमुको पोष्ट अनुसार थँहिति सुवर्ण प्रणाली क्षेत्रभित्र पर्ने हिति हो । थँहिति पार गर्यो भने देशको सिमाना सकिन्छ र थँबहि सुरू हुन्छ । यसैले पनि यस हितिलाई थँहिति भनिएको हो । यस सुवर्ण प्रणाली भित्र सुन बगेर आउने गर्दथ्यो भन्ने भनाई रहेको छ । साथै हितिलाई पुरेको भन्ने गरिएको छ, जसलाई पुरै सत्य मान्न सकिंदैन। इतिहास खोतल्ने हो भने नराम्रो कुरो कसैलाई मन पर्दैन, त्यसैले लुकाउने गरिन्छ । यहाँ पनि यस्तै भएको किंवदन्ती पाइन्छ ।

मल्ल कालको कुरो हो, लिच्छवि राजा अर्थात थकु राजालाई बिष खुवाई मारिएको थियो । यो सबैलाई थाहा नै भएको कुरो हो । थकु राजालाई बिष खुवाई मारेपछि यता थँहितिका थकुहरुले बिद्रोह गर्ने अवस्था आयो । यहि बिद्रोहलाई शान्त पार्न यहाँको सवै थकुहरुलाई मारी दिए । रातको घटना थियो । वरपरका कसैले थाहा पाएन । बिहान हुँदा रगतको भेल थँहिति हुँदै बग्दै आए र यहाँको हिति परिसरमा फैलिए । रगतको भेलले हिति अशुद्ध भए । हितिलाई पुरेर हालको चैत्य निर्माण गरिए ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...