Thursday, March 15, 2018

पाहाँचर्हे अर्थात पिसाच चतुर्दशी : लुकु महाद्य: - लुकेको महादेवको कथा


पिसाच चतुर्दशीको दिन नेवारहरुको बाहुल्यता रहेको चोक, बहाल, ननीहरुमा लुकु महाद्य: (लुकेको महादेव)लाई जमिनमुनि खनेर खोतलिंन्छ र महादेव पार्वतीलाई मासु, लसुन,रक्सी,जाँड, बारा, आदि चढाई पुजा गरिन्छ l

महाकाल तन्त्रे शिव बचन शास्त्र अनुसार सत्ययुगको समयमा एकदिन पार्वतीले महादेवलाई भन्नु हुन्छ
"हे इश्वर, तपाइँ देवताको पनि देव महादेव !
तपाइंको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु l

 तर म अनेक रुप धारण गरि मद्यपान, मास ग्रहण गर्ने गर्छु,
तपाइँ चाहिं यस्तो खानेकुरा खानु हुन्न l
त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ l"

पार्वतीको यस्तो कुरो सुनेर महादेवले त्यस्तो होइन भन्दै सुटुक्क कसैले नदेख्ने गरि पिसाच रुप धारण गरि मास, मदिरा तथा लावाजन्य खानेकुरा खाएर पार्वतीलाई देखाएछन् l

Wednesday, March 7, 2018

बिहे पछि बुढीले कसरी पागल बनाउछ, एक सानो उदाहरण


बुढी :- डार्लिंग म कपाल काटौ?
बुढा :- काट
बुढी :- कति मुस्किलले लामो बनाको थिएँ
बुढा :- तेसाे भए नकाट
बुढी :- आजकाल छोटाे कपाल पनि फेसनमा छ
बुढा:- तेसो भए काट
बुढी :- तर छोटाे कपाल को जुरो बनाउन मिल्दैन
बुढा :- तेसो भए नकाट
बुढी :- सोच्दैछु कि एक्पल्ट Experiment गरेर हेरौं
बुढा :- तेसो भए काट
बुढी :- फेरि पूरै बिग्रन्छ कि ?
बुढा :- तेसो भए नकाट
बुढी :- ह्या जे सुकै होस, एकपल्ट काटी हेर्छु मेरो साथीले पनि मेरो अनुहारलाई छोटाे कपाल सुहाउछ भनेकी छ
बुढा :- तेसो भए काट
बुढी :- यदि राम्रो देखिएन भने हजुर Responsible हुनु पर्छ नि
बुढा :- तेसो भए नकाट
बुढी :- त्यसै पनि घरको काम गर्दा छोटाे कपाल समाल्न सजिलो हुन्छ
बुढा :- तेसो भए काट
बुढी :- भो भो अहिले नै काट्दिन अब जाडाे नि सुरु हुन लाग्यो अलि पछि काटनु पर्ला जाडाे सकेर

बुढा :- तेसो भए नकाट
बुढी :- हामी कति बेला जाने ।
बुढा :- तेसो भए काट
बुढी :- मैले त बजार जाने कुरा गरेको
बुढा :- तेसो भए नकाट
बुढी :- होइन तपाई के भन्दै हुनुहुन्छ ? तपाईं लाई सन्चो छैन क्या हो ?
बुढा:- तेसो भए काट

 त्यो बुढा अहिले पागलखानामा छ, जति बेला पनि यहि भन्छ
तेसो भए काट
तेसो भए नकाट !!

श्रोत : फेसबुक

मान्छेको स्वभाव


कुनै एक शहरमा एकजना मुर्तिकार बस्थे । उसले एक सुन्दर मुर्ति बनाएर एउटा चोकमा राख्यो र मुनि लेख्यो, "यो मुर्तिमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लाइदिनोस् !!"
जब उसले साँझ उक्त मुर्ति हेर्यो, पूरै मुर्ति भरी सबै ठाउँमा चिनो लागेर एकदम खराब भैसकेको थियो ।

यो देखेर उ अत्यन्त धेरै दुखी भयो । के गर्ने सोच्न सकेन र दिक्क मनेर बसिराख्याथ्यो, त्यत्तिकैमा एक स्वामी त्यही बाटो भएर कतै जाँदै थियो, मुर्तिकारलाई त्यस्तो हालतमा देखेर स्वामीजीले कारण सोधे र उसले पूरै घटनाको बेलिबिस्तार लगायो ।

यो सुनेर स्वामीजीले भने, "तिमी एउटा काम गर, भोली अर्को मुर्ति बनाएर यहीं राख तर मुनि यो लेख की - यस मुर्तिमा जसलाई जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानुहोला !"

मुर्तिकारले भोलिपल्ट त्यसै गर्यो र साँझ हेर्दा मुर्ति जस्ताको तस्तै थियो, कसैले छुनसम्म पनि छोएनन् । उ संसारको प्रवृति र नियति बुझ्न समर्थ भयो ।

शिक्षा :

"खोट निकाल्नु, निंदा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु, सम्भव छैन भन्नु, आदि एकदमै सजिलो छ, दुनियाको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या बुझेर समाधान गर्नु चाहिँ सबैको वशको कुरा हैन ।"

श्रोत : फेसबुक




Tuesday, February 27, 2018

बसन्तपुर : महादेव पार्वती जोडी


किम्वदन्ती अनुसार, हिमालय पर्वतमा ध्यानमा बस्दा बस्दा थाकेका महादेव काठमाडौं उपत्यकामा नचाइने विभिन्न दैत्य नाचहरु हेर्न काठमाडौं उपत्यका झरेछ l बसन्तपुर दरवार प्रांगणमा नचाइने नाचहरु देखेर सारै रमाएछ र उनि आफै पनि नाच्न गर्दथे रे l पछि महादेव आफु मात्र हैन, पार्वती सहित धेरै चोटी बसन्तपुरतिर आई नाचहरु हेर्न बस्दथे रे l 

यिनै किंवदन्तीलाई आधार मानेर माजु देवलको बाँया तर्फ राजा रणबहादुर साहले कलात्मक झ्यालमा अडेस लिएर बसेको महादेव - पार्वतीको यो वास्तुकलामा आधारित युगल मुर्ति / मन्दिर बनाउन लगाएका थिए l


श्रोत : हनुमान ढोका दरवार स्क्वायर (Culture Portrait Handbook) पुस्तकबाट साभार

हनुमान ढोका : पंचामुखी हनुमान


हनुमान ढोका दरवार परिसरभित्र मोहन चोक अवस्थित गोलाकार यो ५ तल्ले मन्दिरलाई पन्चमुखी हनुमान मन्दिर भनिन्छ । सर्वसाधारणलाई प्रवेश निषेध गरिएको यस मन्दिरमा पुजारीहरुले पुजा गर्दा मात्र खोल्ने गरिन्छ ।

कथाअनुसार, रामायणमा जब राम र रावणको युद्ध भै रहेको थियो, रावणले पथालाको अहिरावणसंग सहयोग मागे । राम र लक्ष्मणलाई बचाउन हनुमानले यहि बेला पन्चमुखी हनुमानको रुप धारण गरेका थिए । यिनको पन्चमुखी अवतारमा हनुमान, ह्याग्रीब भैरब, नरसिंह, गरुड र बराहको स्वरुप पाइन्छ ।

अहिरावणले रावणकै भाइ बिभिषणको रुप धारण गरे र राम लक्ष्मणलाई मायाजालमा पारेर पथाला लोकमा लगे । हनुमान राम लक्ष्मणको खोजीमा पथाला लोकमा पसे । हनुमानले अहिरावण पाँच दिपहरुमा चारै दिशामा लुकेर बसेको चाल पाए । दिपहरुबाट निस्केको धुवाँले निस्सासेर मर्न सक्ने अवस्था थियो । यसैबेला हनुमानले पांच मुख भएका पन्चमुखी हनुमानको रुप धारण गरे र चारै दिशामा फुकेर दिपहरुलाई निभाए र अहिरावणलाई मारे ।

अप्सरा तिलोत्तमा र महादेवको ३ मुखहरु




"तिलोत्तमा" उर्फ एक सार्है राम्री अप्सरा । यिनको सुन्दरताले महादेवकै ध्यान भङ्ग भए र तिलोत्तमा जता जता गए हेरि रहनको लागि ३ मुहारहरु रचना गरे । यता देवराज इन्द्र त यति मोहित भए, हजार आँखाहरु रचना गरे ।
हिरण्यकश्यपुका छोराहरु सुन्द र उपसुन्द अति मिलनसार, एक अर्काले सार्है माया गर्ने र एकै खाले दिमाग भएका दाजुभाई थिए । यिनिहरुको पराक्रमीले तिनै लोक जितेका थिए । ब्रम्हाजीबाट कसैले मार्न नसक्ने तर दाजुभाई आफै एक अर्कालाई मात्र मार्न सक्ने बरदान पाएपछि त झन देवी देवताहरु भागाभाग भएका थिए । ब्रम्हाजीले यिनै मिलनसार एवं पराक्रमी दाजुभाइहरु बिच फाटो ल्याउन बिश्वकर्मालाई विशेष आग्रह गरि तिलोत्तमा अप्सराको शृजना गरेका थिए । 

जब तिलोत्तमा सुन्द उपसुन्दको सामु पुगे, यिनको मोहनीले दुई दाजुभाईहरुले तिलोत्तमालाई आफ्नो बनाउन अन्तत: युद्ध नै गर्नु परे र सकिए । 

तिलोत्तमा अप्सराको कथाको सारबाट के शिक्षा पाउनु भो हँ ?

अप्सरा मेनका

प्राचीन भारतमा ऋषि विश्वामित्रलाई अत्यन्त आदरणीय ऋषिको रुपमा मानिन्छ । यिनले एकचोटी अर्को स्वर्ग रचना गर्ने भनेर घनघोर तपस्या गरे । यिनको तपस्याले स्वर्गका राजा इन्द्रदेवको निन्द्राहराम हुन पुगे । अत्यन्त डराएका देवराज इन्द्रले असुर र देवताको संयोजनबाट एक असाध्यै सुन्दरी, पारिवारिक मोह, बुद्धी र विशेष प्रतिभा भएकी आकासिय अप्सरा मेनकाको रचना गरे र ऋषि विश्वामित्रको ध्यान भंग गर्न पठाए ।

मेनकाले आफ्नो रुप सुन्दरताले ऋषिको कामबासना र आवेगलाई उत्तेजित बनाउन सफल भइन् । ऋषि विश्वामित्रको ध्यान भंग भए । अप्सरा मेनकाले पनि साँचो माया दिन थालिन् र आश्रममै एक बालिकाको जन्म दिइन् र तिनी शकुन्तलाको नामले प्रख्यात भइन् । पछि शकुन्तलाले राजा दुश्यन्तसंग बिहे गरिन् र भरत नामक बालकको जन्म दिइन् । यिनै बालकको नामबाट हालको भारत नाम रहन गएको भनिन्छ ।

धेरै समयपछि ऋषि विश्वामित्रले आफू इन्द्रद्वारा छलकपटमा पारिएको अनुभूति गरे र असन्तुष्टि जाहेर गरे । ऋषि विश्वामित्रले अप्सरा मेनकालाई केवल श्राप मात्र दिए सधैको लागि छुट्टीए ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...