
बालाजु पुर्णिमाको दिन यस देवीको जात्रा हुने गर्दछ । अघिलो दिन कमलाछीको तँलाछी टोलमा अवस्थित देवघरबाट देवीको देवमुर्तिलाइ लागि म्हयपी मन्दिरमा तान्त्रिक विधि पुर्वक स्थापना गर्ने गरिन्छ र पुर्णिमाको दिन साँझ बाजागाजाका साथ मन्दिरमा स्थापित मुर्तिलाइ दुई तल्ले खटमा राखी जात्रा गर्दै तँलाछीस्थित देवघर अगाडी राख्न ल्याइन्छ, त्यसको भोलिपल्ट धुमधामका साथ खटलाइ नगर परिक्रमा (काठमाडौँको पुरानो वस्ती) गराइन्छ । म्हयपी मन्दिर अवस्थित डाँडोको माटो धेरै नै पवित्र मानिन्छ, यसै कारणले सेतो मछिन्द्रनाथ, पाटनको रातो मछिन्द्रनाथ, नाला करुणामय, किर्तिपुरको बाघ भैरब , चोभारको करुणामय र बिजेश्वरीको मुर्ति बनाउन अथवा जिर्णोदार गर्नका लागि यहाँको माटो लैजाने गरिन्छ ।
yo yek jana guruju ko baccha bhaneko Shantipur ka sansthapak shantikaracharya hun .unko chhora ko bali du=iyeko bhaninchha.
ReplyDelete