Tuesday, February 12, 2019

ओलाछी त्वा: - स्थान परिचय

#न्हस्कापुर / ओलाछी त्वा: / प्यँगःथाँ / बांगेमुढाको पुरानो नाम !

मन्जुश्रीले उपत्यकाको पानी बाहिर निकालेर बस्ती बसाउने क्रममा कागती गाउँबाट एक समुह (ज्यापु र फुबरे) यहाँ आई बसेको र घर बनाउन जग खन्ने क्रममा नरसिंह आजुको मुर्ति फेला परेको ठाउँ l यसै कारणले गर्दा यस टोलका नेवार समुदायहरु नरसिंह आजुलाई मुख्य देवताको रुपमा पुज्दै हरेक बर्ष पाहाँ चर्हेको दिन जात्रा पर्व मनाउंदै आएका छन् l त्यतीबेला ठाउँ ठाँउमा पानी जमेका पोखरी नै पोखरी भएकोले हाँस पालेर जिविका चलाउन थाले । त्यसैले ठाउँका बासिन्दाहरुलाई हेंपू पनि भनिन्छ । पछि बिस्तारै अन्यत्रतिर खेतिपाती गर्दै जिविका चलाउन थाले ।


ओलाछि प्यँगःथाँका ज्यापुहरूको हाँस पाल्ने पेशामा थिए, ती हाँसहरू चराउन गल्कोपाखा ओरालो पछिको जमीन (जहाँ पहिले पानीको मात्रा धेरै हुने खासै बाली लगाउन मिल्ने थिएन ।) मा जान्थे । बाटो त्यहीँ थँबही (ठमेल) भएर आऊजाऊ हुन्थ्यो । त्यही उहाँहरूको साथी सिंहसार्थबाहु भए । सिंह सार्थबाहु पढे लेखेका अनि ब्यापारी थिए । एक समय, त्यसै हाँस चराइ रहेको ठाउँमा ती मेरा बाजेहरूले दुइटा सन्दुक भेटेछन् । जुन सुन चाँदीले लेखिएको प्रज्ञापारमिताको किताब थियो । हाम्राबाजेहरू अक्षर नचिनेका भएकोले त्यही सन्दुक र प्रज्ञापारमिताको पुस्तक साथी सिंहसार्थबाहुलाई पढ्न दिए । त्यही किताब पढेर बिद्वान र पारंगत भए सिद्धी पाए । त्यो तिमिहरूको पुस्तक संरक्षित नै छ है भनेर वर्षको एकचोटी होलिपुर्णिमाको भोलि हामीलाई भोज खुवाएर साँझ उक्त पुस्तक सहितको सन्दुक बोकाएर नगर परिक्रमा गरि जात्रा चलाइन्छ । उक्त शुद्ध भात(भोज)को लागि तीन पल्ट बोलाहट आउने चलन थियो र त्यसपछि खान गइन्थ्यो । हाल आएर झण्डै २५–३० वर्ष देखि हामी ओलाछि बासीहरूलाई बोलाउन पनि छोड्यो र हाल उक्त सन्दुक र किताब कस्तो अवस्थामा छ थाहा पनि छैन ।


ओलाछी त्वा: / प्यंग:थांको ऐतिहासिक, पुरातात्विक र पबित्र धार्मिक सम्बन्ध रहेको पाइएको छ l
नरसिंह आजुले सबैको कल्याण गरुन !

श्रोत : अग्रज / काका अष्टलाल महर्जन

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...