Tuesday, February 12, 2019

तान्त्रिक देवी चामुण्डा






तान्त्रिक देवी चामुण्डा । बासस्थान : मसान वा अंजिरको रुख । युद्ध तथा महामारीको देवी । बाहन : लास वा लाटोकोसेरो ।

अश्त्र : त्रिशुल वा तरवार । ७ मातृकाहरु मध्य १ । यिनलाई चामुण्डी, चामुण्डेश्वरी, चर्चिका, रक्तकाली पनि भनिन्छ । दुई शक्तिशाली असुरहरु चण्ड र मुण्डको बध गरिएकोले यी दुबै असुरहरुको नामको संयोजनबाट चामुण्डा नाम रहन गएको छ ।

ॐ ऐम ह्रिम क्लिम चामुण्डाय विच्चे ।
किंवदन्ती अनुसार प्रताप मल्लले यी देवीलाई सपनामा देखेकाले सल्लाहकार लम्बकर्ण भट्टको सुझाव अनुसार यिनै देवी चामुण्डालाई दक्षिणकालीमा दक्षिणकालीको रुपमा मूर्ति स्थापना गरेका थिए । उपत्यकाको दक्षिणतिर रहेकाले यी देवीलाई दक्षिणकाली भनिएको हो । आकाश नै छानो हो भन्ने मान्यता अनुरूप दक्षिणकाली मन्दिरमा छानो छैन । आफ्ना उपासकहरूलाई आपदविपदबाट जोगाउँदै भक्तहरूको मनोकांक्षा पूरा गर्ने देवीका रूपमा दक्षिणकाली प्रख्यात छिन् ।

यो मुर्ति चाहिँ कामारुकामाक्षमा भेटिन्छ ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...