यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Thursday, October 25, 2018
किर्तिपुर : मौलिक नाम जोगाउँदै
फय् खा - किर्तिपुर नगरको दक्षिण तर्फ अवस्थित भूभाग
अर्थ न बर्थ नामाकरण भएका केहि स्थानहtरु :
१. च्व: बहा: - चोभार
२. काेँयना गनेद्यः - जलबिनायक
३. धिलाच्व: / धिलाचो - चन्द्रागिरी
४. थक्वा: - थानकोट
५. फम्पी - फर्पिंग
६. ठंबही - ठमेल
७. तिचा नाः दुं - नगरकोट
८. न्वखु सिच्व: - नदि तुलानाताम्क रुपमा उचाईमा रहेको भाग / थापा थरको प्रधानमन्त्रीबाट थापाथली
९. न्हू लँ - गुर्जुहिती वरीपरी किपुल्चा, बलम्बु र सतुंगलभित्रको राजमार्ग क्षेत्र
१०. जा व्ह्वला ख्य: - जावलाखेल
११. खुन्थू - बानेश्वर (हाल संसद भवन रहेको ठाउँ)
१२. यन्ता बुँ - बागमती र बानेश्वर बिचको क्षेत्र (यन्ता बुँको अर्थ ललितपुरको उत्तर क्षेत्रको भाग, राजा महेन्द्रले नेपाल १४ अंचल ७५ जिल्लामा विभाजन गर्नु अघि बानेश्वर ललितपुर जिल्लामा पर्दथ्यो रे)
१३. फिब्व: ख्य: - माइतीघर (बालुवाको थुप्रो रहेको ठाउँ) / यसैको नामबाट परिचित फिब्व: अजिमा हाल नेपाल आर्मीले कब्जा गरेका छन् रे ! माइतीघर चलचित्र बनाउँदा यहीं केन्द्र स्थापना गरेका थिए ..पछि नाम परिवर्तन गरि दिए l
१४. कल्खु अजिमा - कलंकी / कलंक हरण गर्ने भएकोले कल्खुबाट कलङ्की अजिमा भए l
१५. लांख्य: - गठ्ठाघर
१६. क:सुली - कौशलतार
१७.ल्होंकि / ल्होंकिथु - लोकन्थली
१८. द्वक्व: - नमुना बस्ती
१९. देक्व: / भा: फल्चा - शंखधर चोक वरपर क्षेत्र
२०. कुनचा - कुन्डोल
२१. पाछै बुँ - सागवारी टोल
२२. थामाथु - गठ्ठाघर ब्यारेक
२३. थिमृङ- थिदेस- थिदेय् - थिमि
२४. पिथुगा / गांत्वा: - तक्षु टोल
२५. बारच्व / तर्चा : कमेरोटार
२६. ख्वसि - पाटन क्याम्पस र पुल्चोक इन्जिनियरिंग क्याम्पसको बीचको भाग
२७. ल्हुती - बालाजु
२८. सुकुबहा: - लाजिम्पाट
२९. साकुना - बालुवाटार
३०. भुइँजसी - बुढानिलकण्ठ
३१. पोर्पा - रानीवारी
३२. उचत्वा:, नखिंपुखु - महाराजगंज
३३. न्हूघ: जैसीदेवल
३४. जोशी देग: - जैसीदेवल
३५. स्यंगुँ - स्वयम्भु
३६. किपू - किर्तिपुर
३७. न:क्वा: - नुवाकोट
३८. भ्वंत - बनेपा
३९. नमुरा - नमोबुद्ध
४०. क्वपुंद्वं - कोपुण्डोल
४१. दल्लु द्वं - डल्लु
४२.फुसिंख्य: - मनमैजु
४३. सक्व - साँखु
४४. इखालाछी / मण्डप - क्षेत्रपाटी
४५. ग्वल - देवपत्तन
४६. सिनामुग: - सिनामंगल
४७. पंब्व: - बाँसबारी
४८. जामागुं - रानीवन
४९. न्यत: - नरदेवी
५०. वंघ - इन्द्रचोक
५१. पासिक्व: - कमलादी (पासिको अर्थ नासपाती, कमलादी ?)
५२. धुँस्व: - बागबजार (धुँ भनेको बाघ, बाग होइन)
५३.'पँ' को अर्थ बाँस, 'ल्हों' अर्थ ढुंगा, टी' को अर्थ टुसाबाट पन्ती - पनौती
५४. वादेय् - चापागाउँ (देय् भनेको देश, गाउँ हैन)
#RevivingNativeNewariNames
Wednesday, September 19, 2018
किलाग: दि प्याखं / देवी नाच
संस्कृतविद सत्यमोहन जोशीको कथन अनुसार परापुर्वकालमा एक दानवराजले महादेवको भयङ्कर तपस्या गरेको रहेछ l उसको तपस्याबाट खुसि भएर महादेवले उक्त दानवराजलाई बरदान दिन पार्वतीलाई पठाएको रहेछ l पार्वतीले दानवराजलाई महादेवको आज्ञा अनुसार बरदान माग्न भनेछ l दानवराजले आफुले यति ठुलो तपस्या गर्दा पनि महादेव स्वयं नआई पार्वती मार्फत बरदान माग्न भन्दा दानवराजले आफुले एक स्त्रीसंग बरदान माग्न असमर्थ रहेको भन्दै पार्वतीको उपेक्षा गरेको रहेछ l
पार्वतीले आफुलाई ठुलो अपमान भएको अनुभव भएछ l यसर्थ अर्को जन्ममा आफुले भैरव र चण्डीको छोरी भएर जन्म लिई यस अहंकारी दानवराजको बध गर्ने अठोट लिएछ l यसै घटनाको प्रतिक स्वरूप इन्द्रजात्राको अवसरमा कुमारीको रथलाई एक छिन रोकेर यस कथाको नाच देखाउने गरि आएको पाइन्छ l
यस नाचमा मुलत: ७ जना पात्र क्रमस: भैरव, चण्डी (भैरवको श्रीमती), कुमारी (भैरव र चण्डीको छोरी), दैत्य, बेता: (भैरबको बाहन), कवंचा (कुमारीको बाहन) र ख्या:क (चण्डीको बाहन) रहेको पाइन्छ l नाचमा बेता:, कवंचा र ख्या:कले हाँस्यरस थपेर रमाइलो र रोमान्चकारी दिने गर्दछ l
श्रोत : झिगु.कम (रेखा शाक्यज्युको लेखबाट सानो अंश साभार गरिएको)
नाला : एक ऐतिहासिक चिनारी
सत्ययुगमा राजा दिर्घरथको समयमा यो नगरको नाम #नगिरीपुर थियो ।
लिच्छविकालमा राजा शिवदेव द्वितीयको पालामा नाम #नालाङ्ग्राम थियो ।
लिच्छविकालमा राजा शिवदेव द्वितीयको पालामा नाम #नालाङ्ग्राम थियो ।
यहाँको एक प्रसिद्ध भगवतिको भजनमा यो नगरीको बखान #उत्ररापुर भनेर बर्णन गरिएको छ ।
महामन्जुश्री यहिं नगरी भएर काठमाडौ उपत्यका प्रवेश गरेका थिए ।
बुंगमतिमा सेतो मछिन्द्रनाथको मुर्ति पनि थियो । केहि तामांगहरुले उक्त मुर्ति चोरी गरेर ल्हासा लाने क्रममा यहाँ आईपुगे पछि ठुलो आँधीहुरी आएकाले तामाङहरु मुर्ति यहिं छाडेर भागेका थिए र पछि यहिं प्रतिस्थापन गरिएका थिए ।
यहाँको लगन टोल अवस्थित एक ढुंगे धारामा लिच्छविकालिन ॐ सम्बत उल्लेख रहेको शिलापत्र अझै छ । लिच्छविहरु बैशालीबाट मकवानपुर हुँदै यहि नगरीबाट काठमाडौ छिरेका थिए रे !
पांन्चाल देशका विश्वन्तर राजकुमारको कथा अनुसार गौतम बुद्ध यहाँ ४ महिना ध्यान बसेका थिए र आफ्नै मासु काटेर बघिनीलाई खुवाए पछि त्यागको कदर गर्दै गौतम बुद्धले यहिंबाट नमोबुद्ध भनेर बन्दना गरेका थिए ।
महामन्जुश्री यहिं नगरी भएर काठमाडौ उपत्यका प्रवेश गरेका थिए ।
बुंगमतिमा सेतो मछिन्द्रनाथको मुर्ति पनि थियो । केहि तामांगहरुले उक्त मुर्ति चोरी गरेर ल्हासा लाने क्रममा यहाँ आईपुगे पछि ठुलो आँधीहुरी आएकाले तामाङहरु मुर्ति यहिं छाडेर भागेका थिए र पछि यहिं प्रतिस्थापन गरिएका थिए ।
यहाँको लगन टोल अवस्थित एक ढुंगे धारामा लिच्छविकालिन ॐ सम्बत उल्लेख रहेको शिलापत्र अझै छ । लिच्छविहरु बैशालीबाट मकवानपुर हुँदै यहि नगरीबाट काठमाडौ छिरेका थिए रे !
पांन्चाल देशका विश्वन्तर राजकुमारको कथा अनुसार गौतम बुद्ध यहाँ ४ महिना ध्यान बसेका थिए र आफ्नै मासु काटेर बघिनीलाई खुवाए पछि त्यागको कदर गर्दै गौतम बुद्धले यहिंबाट नमोबुद्ध भनेर बन्दना गरेका थिए ।
कल्खु अजिमा / कलङ्की अजिमाको सन्दर्भ
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र
बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास गर्ने
देवीको रुपमा चित्रण गरिएको छ l नेपालभाषामा कलह + खु (खुसि ~ खोला) बाट
कल्खु बनेको र कलंक हरणी साक्षात देवी भएकोले कल्खु बालकुमारीबाट कलङ्की
अजिमा र त्यस ठाउँको नाम समेत कलङ्की रहन गएको भनाई पाइन्छ l
कल्खु
अजिमा परिसरमा एक मन्दिरकै गहनाको रुपमा बर पिपलको रुख छ l परापुर्वकालमा
बालकुमारी अजिमा लामो यात्राको दौरान यसै बर पिपल रुख मुनि थकाई मारेको भन्ने किम्वदन्ती पाइन्छ l
यस कल्खु अजिमा र असन केलटोलको बालकुमारी अजिमा र मध्यपूर थिमीको
बालकुमारी अजिमासँग परम्परागत सम्बन्ध रहेको पाइन्छ l परापूर्वकालमा
नेपालमण्डल कान्तिपूरको पूर्व भेग मध्यपूर थिमिका केही मानिसहरू बालकुमारी
अजिमा र गणहरूलाई तन्त्र साधना गरी स्थानान्तर गरेर थिमि लाने क्रममा असन
केलटोलमा एकरात बास बसेको र बालकुमारी अजिमाको एक प्रतिविम्ब त्यही बास
बसेको ठाउँमा नै सिद्ध भएको भनिन्छ l भोलिपल्ट बालकुमारी अजिमा एवं अन्य
देवदेवीहरू थिमिमा प्रतिस्थापन गराइएको भन्ने किम्वदन्तीहरु पाइन्छ l
यस कल्खु अजिमालाई केलटोल अवस्थित बालकुमारी अजिमाको आमा भनेर पनि चिनिन्छ l यस मन्दिर परिसरमा पहिले पहिले बिचित्रको दृश्यहरु देखिने गर्दथ्यो रे ! मन्दिर भित्र बालिका खेली रहेको, सेतो घोडा मन्दिर घुम्दै रहेको, सेतो खरायो देखिने गर्दथ्यो रे !
श्रोत : मन्दिर पुजारी प्रकाश मान शिल्पकारज्युको ब्लगबाट साभार !
यस कल्खु अजिमालाई केलटोल अवस्थित बालकुमारी अजिमाको आमा भनेर पनि चिनिन्छ l यस मन्दिर परिसरमा पहिले पहिले बिचित्रको दृश्यहरु देखिने गर्दथ्यो रे ! मन्दिर भित्र बालिका खेली रहेको, सेतो घोडा मन्दिर घुम्दै रहेको, सेतो खरायो देखिने गर्दथ्यो रे !
श्रोत : मन्दिर पुजारी प्रकाश मान शिल्पकारज्युको ब्लगबाट साभार !
ओम बहाल अवस्थित जोर गणेशको सन्दर्भ
किम्वदन्ती अनुसार ॐ वहाल टोलमा गणेशको जन्म भएको थियो रे ! यो टोलमा
कोही १ जना मानिसको मृत्यु भयो भने अर्कोको पनि मृत्यु हुन्छ । यो प्रमाण
अहिले पनि टोलमा भेटिन्छ । टोलमा कसैको मृत्यु भयो भने त्यसको केही समयमै
अर्कोको पनि मृत्यु हुने गर्दछ ।
प्राय: अरु गणेश मन्दिरहरुमा एकजना
मात्र गणेशको मुर्ति हुने गर्दछ l तर यहाँ मन्दिरको भित्र जोर गणेशको
मुर्ती छ । एउटा मुर्ति उभिएको छ भने अर्को बसेको अवस्थामा छ l यसैले
यहाँको गणेशलाई जोर गणेश भनिन्छ l
मन्दिरका पुजारी लक्ष्मी नारायण महर्जनको
अनुसार यहाँको पुजा गर्ने विधि पनि अन्त्यत्र भन्दा फरक तरिकाले गरिन्छ l
यहाँ ६/६ महिनामा गणेशको पुजा गर्ने गरिन्छ l मन्दिरमा आएर पुजा गरेपछि
मनोकाक्षा पनि पूरा हुन्छ भन्ने मान्यता छ।
ॐ बहाल क्षेत्र ॐ आकारमा रहेकोले ॐ बहाल भनिएको पाइन्छ l अर्को किम्वदन्ती
अनुसार धेरै पहिले सुनको ॐ आकारको ढुंगा बिछ्याई राखेकोले पनि ॐ बहाल नाम
रहन गएको हो भन्ने कथंन पाइन्छ l
गणेश चौथी, चथा र हलिमाली खाने परम्परा
गणेश चौथी अर्थात गणेशको जन्म दिन । अरुको सहारामा रुपवान देखिने
चन्द्रमाले गणेश भगवानलाई खिसी उदाएकोले गणेश भगवानको श्राप अनुसार आजको
दिन चन्द्रमा दर्शन गर्नेलाई चोरको आरोप लाग्ने दिन ।
यस दिन
देवराज इन्द्र आमा बसुन्धराको पुजाको लागि पारिजात फुल चोर्न काठमाडौ
उपत्यका पसेको र बिष्णुमति - भद्रमति नदीको संगममा रहेको निर्मल तिर्थमा
दर्शन गरी बिष्णुमति खोला किनारमा अवस्थित एक मालीको बगैंचामा पारिजात
चोर्दै गर्दा स्थानिय बासीले देखेर चोरको आरोप लगाईएको र त्यही अनुरुप
येँया जात्रामा बाँधेर राखेको कथा छँदै छ । चौरासी ब्यंजनमा रमाएका देवराज
इन्द्रलाई चथा: को दिन बाँधेर राखी चपाउनै नसक्ने हलिमलि अर्थात बकुला,
भतमास, मकै खान दिएका थिए रे ।
यसर्थ यस दिन देवताका राजा देवराज
इन्द्रलाई नेवारहरु खुं द्य अर्थात चोर देवताको रुपमा मानेर हलिमली
खुवाउने र खाने गर्दछन् ।
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...