Wednesday, September 19, 2018

ओम बहाल अवस्थित जोर गणेशको सन्दर्भ


किम्वदन्ती अनुसार ॐ वहाल टोलमा गणेशको जन्म भएको थियो रे ! यो टोलमा कोही १ जना मानिसको मृत्यु भयो भने अर्कोको पनि मृत्यु हुन्छ । यो प्रमाण अहिले पनि टोलमा भेटिन्छ । टोलमा कसैको मृत्यु भयो भने त्यसको केही समयमै अर्कोको पनि मृत्यु हुने गर्दछ ।

प्राय: अरु गणेश मन्दिरहरुमा एकजना मात्र गणेशको मुर्ति हुने गर्दछ l तर यहाँ मन्दिरको भित्र जोर गणेशको मुर्ती छ । एउटा मुर्ति उभिएको छ भने अर्को बसेको अवस्थामा छ l यसैले यहाँको गणेशलाई जोर गणेश भनिन्छ l
मन्दिरका पुजारी लक्ष्मी नारायण महर्जनको अनुसार यहाँको पुजा गर्ने विधि पनि अन्त्यत्र भन्दा फरक तरिकाले गरिन्छ l यहाँ ६/६ महिनामा गणेशको पुजा गर्ने गरिन्छ l मन्दिरमा आएर पुजा गरेपछि मनोकाक्षा पनि पूरा हुन्छ भन्ने मान्यता छ।

ॐ बहाल क्षेत्र ॐ आकारमा रहेकोले ॐ बहाल भनिएको पाइन्छ l अर्को किम्वदन्ती अनुसार धेरै पहिले सुनको ॐ आकारको ढुंगा बिछ्याई राखेकोले पनि ॐ बहाल नाम रहन गएको हो भन्ने कथंन पाइन्छ l

2 comments:

  1. ॐ बहाल र जोर गणेश
    स्थान परिचय
    ~~~ ००० ~~
    संघिय गणतान्त्रीक नेपालको ३ नं प्रदेश काठमाण्डौ जिल्ला काठमाण्डौ माझानगर २३ नं वडा अन्तर्गत पर्ने ॐ बहाल तथा जोरगणेश काठमाण्डको प्रसिध्द स्थानहरु मध्य एक हुन् । महामञ्जुश्रीले स्थापना गरिएलो प्राचीन नेपाल नेपालमण्डलको पहिलो बस्ती मञ्जुपतन शहर सगै जोडिएको यो क्षेत्र बज्रयानी बुध्दिस्तहरुको बाहुल्यता रहेको अनि वहा: नै वहा:ले भरिएको एउटा सानो बस्ती हो ॐ बहाल र जोरगणेश क्षेत्र ।
    ॐ भन्नाले प्रतक्ष वैदिक सनातना धर्म संग जोडियको गहण पवित्र अक्षेर अनि पवित्र शब्द हो । वैदिक सनातन धर्ममा मन्त्र उचारण, स्वस्तीक पाठ वा अन्य कुनै पवित्र कार्य गर्दा उचारण हुने पहिलो अक्षेर नै ॐ हो ।
    बा: वा बहा: भनेको बज्रयान बौध्द सम्प्रदाय भित्रका नेवा: समुदायको आगन घर रहेको चोक हो जहाँ चारै तर्फ बज्रयानी बौध्द सम्प्रदाय नेवा:हरुको मात्र घर आवास हुन्छ । जसलाई नेवा: भाषामा बहा: भनिन्छन् । जहाँ बज्रयानी बुध्दिस्तहरुको चैत्य, तारा तथा बुध्दका मूर्तिहरु रहेका देखिन्छन् बहा: लाई नेवा: भाषामा बहि पनि भनिन्छन् ।
    ॐ बहाल ॐ र बहा:( बहाल) संयुक्त हुन गई बन्न गएको छ । वैदिक सनातन धर्मका मूल स्रोत ॐ र बज्रयानी बुध्दिस्त धर्म सम्प्रदायहरुको मूल थलो वहा:( बहाल) समिश्रण भई स्थापित हुन गएको ॐ बहाल वैदिक सनातन धर्म र बज्रयानी बुध्दिस्त धर्मको प्रतक्ष सद्भाव स्थलको रुपमा प्रतिनिधित्व गरिर्हेको प्रस्त देखिन्छ ।
    ॐ बहालका बारेमा केही व्यक्तिहरुको भनाईमा यो ॐ बहाल क्षेत्रको भूभाग नै ॐ आकार रहेको छ त्यसैले नै यस क्षेत्रलाई ॐ बहाल भन्ने गरेको हो भन्ने भनाई पनि यहाँ रहेको पाईन्छन् । त्यस्तै अर्को एउटा कथन अनुसार बिकमा बहालमा धेरै अघि एउटा सुनको ॐ आकारको ढुङ्गा बिछ्याई राखेको थियोरे त्यसैले त्यस बिकमा वहा: नै वास्तविक ॐ वहा: हुनु पर्ने हो र ॐ आकारको सुनको ढुङ्गा बिछ्याई राखे बहाल भएर नै यश क्षेत्रका समग्र बहालरहेको भूभगको नाम नै ॐ बहाल रहन गएको हो भन्ने कथन समेत एदाकादा सुन्नमा पाईन्छन् ।।

    वैदिक सनातन धर्म र बुध्द धर्म ॐ उचारण गर्ने समुदाय भित्रकै दुई परिवार हो भन्दा सम्भब त: फरक नपर्लान् । त्यसो त: बुध्द धर्मका प्रमूख प्रवर्तक गौत्तम बुध्द विष्णु भगवानको दश अवतार मध्यका नवौ अवतार हो भनेर वैदिक सनातन धर्म शास्त्र्हरुमा उल्लेखित गरिएको छ तर पनि बुध्दिस्तहरु यसलाई स्विकारन भने संकोच गरेको पाईन्छन् । ओमकार परिवार भित्रका संप्रदाय भनेर मान्दै आएको बुध्दिस्तहरुले सृष्टिका मुहानका रुपमा परिभाषित भैई सनातनिहरुले अति सम्मानका साथ पुज्दै आएको शिवलिङ्गलाई समेत पुज्ने गरेका बज्रयानी बुध्दिस्तहरुको चैत्यमा शिवलिङ्ग आकार समेत रहेको र पुज्दै आएको धर्म संस्कार रहि आएको भएतापनी बज्रयानि बुध्दिस्तहरुको बाहुल्यताभित्र रहेको वहा: ( बहाल ) भित्र छुट्टै शिवलिङ्ग रहेको भने काठमाण्डौ महानगर भित्रको २३ न वडा अन्तर्गतमा रहेको ॐ वहा: /ओमबहाल सम्भब त: एक मात्र हुन सक्छ । ॐ शक्तिपुंजका केन्द्र शिवलिङ रहेको बहा: ( बहाल ) भएकै कारण यस क्षेत्र ओमबहा: वा ओम बाहाल
    नामले प्रख्यात रहि आएका प्रबल कारण हुन सक्नै देखिन् छन् ।
    जोरगणेशको पश्चिम, चिकंमूगलको पूर्व, यङ्गाल मन्जुश्रीको उत्तर बशन्तपुर कुमारी छें को दक्षिण क्षेत्रमा अवस्थित मिममिम वहा: भित्रको मध्य भागमा रहेको ॐ शक्ति पुँञ्जको केन्द्र शिवलिङ रहेको छ ।
    लपुमा पनि ॐ बा: र जोर गणेश छ।

    ReplyDelete

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...