नेपालको इतिहासमा जयस्थिति मल्लको ठूलो भुमिका छ । नेपालको संस्कार,
संस्कृति, परम्परा, जातिय बिभाजन, कार्य बिभाजन बसाल्ने श्रेय यिनैलाई
जान्छ । यिनैको पाला देखि मल्ल कालिन इतिहासमा स्थिरता आएको देखिन्छ ।
वास्तवमा जयस्थिति मल्लको उदय कसरी भए त ? कतै यिनी पनि #भारतीय त हैन ?
नेपालको मल्लकालिन इतिहासमा सन १२०० देखि १३८२ को समयलाई चरम संक्रमण र
जटिल काल मानिन्छ । लिच्छवि कालको पतनसंगै सुरु भएको यो समय अवधिमा
परम्परागत व्यबहारहरु करिब सुन्य नै थियो । देशको पुरै प्रसासनमा महत्था,
जोथापाटी, भटनायक जस्ता नयाँ ब्यबस्था लाडिएको थियो । यो समय अवधिमा कुनै
एक बंशले निरन्तरता पाउने वातावरण नै थिएन, अनेक बर्गहरु बिचको शक्तिले
सासनमा उथलपुथल कायम रहे ।
एक शक्तिशाली समूह भादगाउँलाई राजधानी
बनाई आफुले आफुलाई मल्ल उपमा दिएर सत्तासिन थिए । अर्का एक समूह बनेपा
पनौती पलान्चोक क्षेत्र ओगटेर #भोटराज्य
बनाई स्थापित थिए । काठमाडौ, पाटन र फर्पिङ राज्यको तुलनामा भोटराज्य
निक्कै शक्तिशाली थिए र भोटराज्यले मात्र भादगाउँलाई सामान्य निष्ठाको
भावले हेर्ने गर्दथ्यो ।
पहिलो मल्ल राजा अरिमल्लले सन १२०० देखि
१२१६ सम्म शासन गरे । यिनी लिच्छवि कालका अन्तिम राजाका कान्छा भाइ थिए जो
एक शक्तिशाली कुस्तिवाज थिए । केही सेनालाई साथ लिएर सत्ता कु गरे र आफ्नो
नामको पछाडी मल्ल उपमा झुण्ड्याए । अरि मल्ल पछि नेपालको इतिहासमा अनेक
उतारचढावहरु आए । अनन्तमल्लले १२७४ देखि १३०७ शासन गरे र आफनै धोकापुर्ण
राज्य संचालनको कारण तनावमा बिते र मरे । उनका उत्तराधिकारी आनन्ददेव
द्वितीयले १३०८ देखि १३२० सम्म सम्म शासन गरे ।
सन १३१७ मा रुद्र
मल्ल उदय भए । भक्तपुर मुलका उनी जवान थिए र शक्तिलाई नियन्त्रणमा लिए ।
राजाको रुपमा नभै अरुलाई राजा पद दिई आफू शक्तिशाली भएर निस्के । उनी
मछिन्द्रनाथको जात्रामा सहभागी भए । मन्दिर मुर्तिहरु जिर्णोद्वार गर्न
लगाए र राजनितिमा एक नयाँ उचाई थपे । आनन्ददेव सतामा हुँदा नै यिनको रहरले
अरिमल्ल द्वितीयलाई राजा बनाए र देवपाटनमा बसाले । यसरी अरिमल्ल द्वितीयलाई
कठपुतली राजा बनाई रुद्रमल्लले सन १३४४ सम्म सत्ता हासिल गरे ।
रुद्रमल्लको इच्छा पछिसम्म शासन जमाउनु थियो । सन्तानको नाममा यिनको एक
मात्र छोरी थियो - नायका देवी । रुद्रमल्लले आफ्नो मृत्यु पर्यान्त आफ्नो
छोरी नायकादेवीलाई कानुनी उत्तराधिकारी घोषणा गरेका थिए । पद्मुला अर्थात
पदमुलादेवी जो रुद्रमल्लको चतुर आमा थिए । यिनै पदमुलादेवीले देवलादेवीको
सहयोगमा नायकादेवीलाई उतराधिकारीको पदमा आसिन गराई ३ दशकसम्म राज्य सम्हाले
। देवलादेवी रुद्रमल्लको श्रीमतीको रुपमा रहेको धेरै पछि मात्र थाहा पाए ।
वास्तवमा देवलादेवी मिथिला अर्थात तिर्हुत राज्यको अन्तिम राजा हरिसिंहका
महारानी थिई । त्यतिबेला मिथिला भारतीय भुभागमा पर्दथ्यो । मुस्लिमहरुले
आक्रमण गरेर हरिसिंहलाई मारेपछि देवलादेवी आफ्ना छोरा जगतसिंह साथमा लिइ
नेपालमा शरणार्थीको रुपमा आएका थिए । यिनलाई रुद्रमल्लको देहावसान हुनु
केही महिना अघि भक्तपुर अवस्थित आफ्नै युथिनिहम दरवार मा शरण दिएका थिए ।
रुद्रमल्लले देवलादेवीलाई नायकादेवीको हेरचाह गर्न पुरै अधिकार दिइएको थियो
।
नायकादेवीको पहिलो बिबाह बनारसको एक राजकुमार हरिशचन्द्रसंग गरि
दिएका थिए तर सन १३३५ मा राजकुमारलाई बिष खुवाइ मारिएकोले बिबाह बिच्छेद भए
। पछि यिनको बिबाह देवलादेवीकै छोरो जगतसिंह संग दोस्रो बिबाह गरि दिए ।
सन १३४७ मा तिनिहरुको कोखबाट एक छोरी रजलादेवी जन्मे र केहि दिनपछि
नायकादेवीको निधन भए । शंकाको घेरामा रहेका जगतसिंह जेल पुगे र उनि
इतिहासबाट बिलाए । यसै बेला पदमालादेवीको निधन भए र देवलादेवी उपत्यकाको झन
शक्तिशाली भए । यसरी एक अन्जान विधुवा जो एक बिदेशी थिइ, नेपालमण्डलको एक
शक्तिशाली उत्तराधिकारी जमाएर बसे ।
यसैबिच अनेकामबर्धन नाम गरेका
जो छिमेकी राज्य बनेपाको गुरु थिए, महत्थाको समर्थन पाई भक्तपुरका दुई राजा
अरिमल्ल द्वितीय र उनका उत्तराधिकारी राजदेवको प्रधानमन्त्रीको भुमिका
खेले । यिनको समर्थन पाए पछि देवलादेवी झन शक्तिशाली भए । सन १३५४ मा
अनेकामबर्धनको मृत्यु भए ।
एक्लो शक्तिशाली रहेका देवलादेवीले धेरै
सोचविचार गर्दै चलाखिपुर्वक सन १३६६ मा देवलादेवीले नाती रजलादेवीको लागि
आफ्नै मैथिली राजवंशबाट वर छानेर बिबाह गरि दिए । दुलाहाको नाम स्थिति
अर्थात स्थितिराज मल्ल थियो । उनी त्यही जयस्थिती मल्ल राजा थिए जसले
नेपालको मल्लकालिन इतिहासलाई एक नयाँ धार दिए । नेपालमण्डलमा छिन्न भिन्न
शक्तिहिन राज्यहरु अस्तित्वमा रहँदै गर्दा यसरी निरन्तर रुपमा बिनासको
बाटोमा लागि रहे र मिथिला राज्यबाट शरणमा आएका एक महारानीले सत्ताको
उत्तराधिकारी आफ्नो कब्जामा पारे ।
ज्वाई राजा जयस्थिति मल्लले सन्
१३७० मा ललितपुरलाई नियन्त्रणमा लिए l १३७४ मा भोटराज्य र फर्पिंगलाई
नियन्त्रणमा लिए l भक्तपुरलाई शाशन केन्द्र बनाएर यिनले सन् १३८२ देखि १३९५
सम्म पूर्ण नियन्त्रणमा राखे l काठमाडौं उपत्यका र वरपरका राज्यहरुलाई
एकीकरण गरि एक शक्तिशाली बनाउन बनाउन सफल रहे l
क्रमश:
No comments:
Post a Comment