यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Monday, May 28, 2018
श्री न्यत:मरु अजिमा अर्थात नरदेवी अजिमा
एक समय, बनेपाका राजा काठमाडौँको किसी घ: जंगल (हालको किलागल) मा हात्ती सिकार गर्न आएका थिए l आफ्नो सिकार गर्न आएको देखि हात्ती रिसाई राजालाइ मार्न लखेटेकोमा राजा भाग्दै चस्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुगेको र हात्तीदेखि डराएका राजाले त्यहाँ आफुलाइ बचाउन गुहार मागेको बेला त्यहाँ एक ठुलो ज्योति उत्पति भै हात्तीले राजालाई केहि गर्न नसकी फर्केको र सो देखेपछि राजा प्रसन्न भई आफुलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवी शक्तियुक्त भएको बुझी थरि थरि प्रकारको स्तुति गर्दा सो रुखको फेदबाट स्वेतवर्णकी स्वेतकाली देवी उत्पन्न भइ दर्शन दिएको भन्ने किम्बदन्ती रहेको छ l
स्वेतकालीलाई नरदेवी वा ङ्तमरु अजिमा पनि भन्ने चलन रहेको छ l येही स्थानबाट मध्यरातबाट स्वेतकाली सहित अष्ट मात्रिका बाहिर निस्की नृत्य प्रस्तुत गर्ने गरेको कुरा महान तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता लगाएको भनिन्छ l यसै तथ्यलाई मध्यनजर गरि हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा हुने गणनाचले प्रतिबिम्बित गरेको छ l
नरदेवीलाइ नरबली लिने देवीको रुपमा पनि लिइन्छ, तर जानकारहरुका अनुसार नरबली भनेर मानिसको बली नभई मानिसको मनभित्रको अहंकार, इर्श्या, क्रुरता, आलश्यताको बली भन्न खोजिएको होभन्ने भनाई रहेको पाइन्छ l
श्रोत : झिगु म्ह:सिका, फेसबुक
-
डोटी जिल्ला : शैलेश्वरी देवी
महादेव र पार्वतीको विवाह पश्चात सुहागरात (मधुचन्द्रिका) का निम्ति डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोजेका थिए । हनिमुनमा रमाइरहेका महादेवलाई खोज्दै व्रम्हा विष्णु लगायत विभिन्न देवताहरु यहाँ आई पुग्दा पार्वतीले देवताहरुलाई देखेर लज्जास्वरुप शिला वनेको हुनाले यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको भनिन्छ !!
शैलेश्वरी देवीको मन्दिर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढीमा अवस्थित छ । यो मन्दिर नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरु मध्ये एक मन्दिर मानिन्छ ।
देवताहरुको पनि रोमान्टिक क्षण हुँदो रहेछ है ।
किर्तिपुर : पाँगा
किर्तिपुरको ७ गाउँ मध्ये एक पाँगा हो । पाँगाको बस्ती बिकास कसरी भयो भनेर स्पष्ट छैन । कीर्तिपुरको दक्षिण भेगतिर अरुहरुले लुटपाट गर्न गरेकोले रत्न मल्लले सुरक्षा दिन पालो राख्नको लागि ने.सं. ६२१ मा बस्ती व्यवस्थित गरेको र त्यसको संरक्षणको लागि भाजँगालमा विष्णुदेवी मन्दिरको स्थापना गरेको भन्ने पाइन्छ । नेवारीमा पालो बस्नेलाई ‘पा च्वनी गु’ भनिन्छ भने गाउँलाई गां भनिन्छ । पालो बस्ने गाउँ भएको हुँदा ‘पाँगा’ रहन गएको भन्ने भनाइ छ ।
Friday, May 4, 2018
मोहिनी एकादशी व्रत
सरस्वती किनारमा अवस्थित एउटा राज्य छ जसमा एकजना चन्द्रवंशी राजा राज्य
गर्दछन् । यसै राज्यमा एकजना वैश्य अर्थात व्यापारी बस्छ जसको नाम धनपाल हो
र उ पुण्य कार्य अनि दानमा लागिपरेकै हुन्छ । धनपालका ५ छोराहरु छन् जसमा
कान्छो छोरा पाप कर्ममा लागेको हुन्छ । जुवातास अनि वेश्यागमनमा उनी आशक्त
छन् भने दुव्र्यसनमा पनि उनी उस्तै लालाहित छन् । धनपालले केही नलागेपछि
आफ्नो मनमा पत्थ राखेरै भएपनि कान्छा पुत्रलाई नराम्रो आचरणका कारणले
घरनिकाला गर्दछन् । भोजन र छतको अभावमा धनपालका कान्छा छोरा महर्षि
कौडिन्यको मा पुग्दछन् । महर्षि कोडिन्यको सुझावमा यसै मोहिनी एकादशीको
व्रत लिनाले धनपालका कान्छा पुत्रले आफ्ना आशक्तिवाट मुक्ति पाउछन् । यसै
एकादशी व्रतको प्रतापले पाप मोचन हुने र सांसारिक मोह र आशक्तिवाट मुक्त
हुने भएकाले यस एकादशी बिशेष रहन्छ ।
बुढानिलकण्ठ :नौलिन भद्रकाली जात्रा

स्थानिय खड्का टोलमा अवस्थित मन्दिरमा भद्रकाली माइ ९ दिन बास बसेको र ९ वडाका जनताहरुले बिशेषत: मान्ने, पुजा गर्ने र हाँस, कुखुरा, बोका बली दिने चलन रहेको पाइन्छ । बुद्ध जयन्तिको अघिल्लो दिन बलि लिए पनि भोलिपल्ट बुद्ध जयन्ती परेकोले धार्मिक सहिष्णुता अनुसार त्यो दिन कुनै पनि बली नदिने गरेको पाइन्छ ।
Sunday, April 15, 2018
पाल्पाको सिन्दुर जात्रा
नेपाल–अंग्रेज युद्धमा विजयी भएको सम्झनामा पाल्पाको तानसेनमा भदौ २ गते श्री ७ रण उजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाइन्छ ।
तत्कालीन प्रशासक कर्णेल उजिरसिहं थापाले मनाउन शुरु गरेको तानसेनस्थित
भगवतीटोलमा रहेको भगवती मन्दिरबाट भगवतीको रथलाई विभिन्न स्थानमा परिक्रमा
गराइ मन्दिरमा भित्राइने चलन रहेको छ ।
युद्धमा जानु अघि उजिरसिंह
थापाले विजय हासिल गरेमा मन्दिर बनाएर प्रत्येक वर्ष विजयको सिन्दुर जात्रा
गर्ने भाकल गरे अनुसार विजयी भएकोले बि.स. १८७६ देखि निरन्तर जात्रा
मनाउने गरिएको विश्वास गरिन्छ ।

श्रोत : हिमालखबर
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...