Sunday, October 30, 2016

मे दिवसको सन्दर्भ


सन १८८६ को मे १ को दिनदेखि शिकागोको एक मेलामा दैनिक ८ घण्टा मजदुरीको माग लिएर एक सामान्य बिरोध कार्यक्रम चल्दैथ्यो । मे ४ को दिन प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई तितरबितर पार्न थाले । एक अपरिचित ब्यक्तिले प्रहरीलाई साथ दिंदै भिडमा बम फ्याँके । हेर्दाहेर्दै शान्त प्रदर्शन युद्धभुमिमा परिवर्तन भए । सयौं नागरिकहरु मारिए, कैयौं घाइते भए । ८ प्रहरीको ज्यान गए, ६० प्रहरीको घाइते भए । सयौं श्रमिक नेताहरु र समर्थकहरुलाइ झरपक्कड गरिए र ४ जनालाई झुण्ड्याइए । मे ५ को दिन स्थानिय सरकारको मिलिसियाले भिडमाथि गोली बर्साउन थाले र ७ प्रदर्शनकारी मारिए । कुखुरालाई दाना खुवाउँदै गरेका किसान पनि मारिए । एक स्कुले बालक पनि मारिए ।

यश घटनाको ३ बर्षपछि पेरिसमा भएको कंग्रेसको एक मिटिङमा यस घटनालाई अन्तर्राष्ट्रिय प्रदर्शनको रुपमा उठाए । लगतै १८९० मा भएको दोस्रो मिटिङ्ममा पनि निरन्तरता पाए र १८९१ मा यसले एक बार्षिक अन्तर्राष्ट्रिय प्रदर्शनको रुपमा औपचारिकता पाए । International Socialists Congress Amsterdam 1904 ले सबै देशका समाजवादी प्रजातान्त्रिक पार्टी, संगठन, युनियनहरुलाई मे १ को दिन ८ घण्टा दैनिक कामको लागि बैधानिक रुपमै विश्वब्यापी प्रदर्शन गर्न आह्वान गरे । कंग्रेसले मे १ को दिन कसैले पनि काम नगर्ने र विश्वब्यापी रुपमा शक्तिशाली प्रदर्शन गर्ने घोषणा गरे ।

यता प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रले भरिभराउ देश नेपालमा चाहिँ मे १ को दिन पनि सार्वजनिक बिदा नदिएर श्रम शोषण गर्ने थुप्रै साहु महाजनहरु भेटिन्छ्न्

Saturday, September 12, 2015

बनेपा : भात देवता जात्रा


एकदिन एक जना परदेशी बास माग्दै बनेपाको एक घरमा पुगेछ ।
त्यस घरमा आमा र छोरा बीच रुवाबासी चलीराखेको रहेछ ।
परदेशीले आमा छोरा दुबैलाई रुवाबासी हुनुको कारण सोधेछ ।

आमाले भन्यो "यहाँ सधैं एक राक्षसलाई एक जना मान्छेको भोग दिनु पर्छ,
आजको दिन हाम्रो घरमा परेको छ,
यो मेरो एक मात्र छोरा हो र म यसलाई गुमाउन चाहन्न ।
त्यसैले हामीलाई धेरै धर्म संकट परेको छ ।"
आमाको कुरा सुनेर परदेशीले भनेछ
"आमा, तपाईंहरु पिर नगर्नुस ।
म सबै समस्याहरु अन्त गरि दिन्छु ।"
भन्दै आमा र छोरालाई वचन दिएछ ।

 परदेशीले एउटा भातको मान्छे जस्तो मुर्ती बनाएछ ।
मुर्तिमा हाँसको रगत राखेर उनिहरुको घर अगाडि छोडि दिएछ
र राक्षसलाई त्यो भातको मुर्ति मन परेछ !
त्यसै दिन देखि बनेपामा मान्छेको भोग दिने चलन हटेछ ।

यसै किम्वदन्ती अनुसार हरेक बर्ष इन्द्रजात्राको दिन
यसरी नै भातको देवता बनाएर भात देवता जात्रा मनाइंदै आएको छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...