यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Sunday, April 15, 2018
खोकना : महारानीको श्राद्ध
ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको खोकनामा हरेक बर्ष बैशाख १ गतेको दिन महारानीज्युको बागमती नदि किनारमा श्राद्ध गर्ने चलन रही आएको छ l जनश्रुति अनुसार दक्षिणकाली मन्दिरको दर्शनका लागि निस्केको महारानीको सवारी खोकना हुँदै जानु परेको थियो रे । त्यस दिन बस्वा गुठीको तर्फबाट मन्दिरभित्र पुजा हुँदै थियो । मन्दिरमा गुठियार बाहेक अन्य कसलाई पनि भित्र जान निषेध गरिएको थियो जुन अहिलेसम्म पनि त्यस दिनमा निषेध नै छ ।
यो कुरा सुनेपछि महारानीलाई जिज्ञासा हुन थालेछ, महारानीले नै दर्शन गर्न
नपाउने कस्ता देवी होला ? भनी खोकनाका बासिन्दाहरुलाई सोधपुछ गरेछन्, भित्र
के भै रहेछ भनी सोधपुछ गर्दा कसैको बोलेन l त्यस दिनको बारेमा बस्वा गुठीका गुठियार बाहेक अरु कसैलाई पनि थाहा थिएन ।
महारानी भित्र जान आग्रह गरे, स्थानीयहरुले नजानु पुजा सकेपछि जानु भनी
सुझाव दिए, तर महारानीको जिद्दीका कारण ,महारानी पुजा नसक्दै भित्र छिरेछन् l
भित्र छिरे माथि पुग्दा डरलाग्दो ,भयंकर स्वरूपका देवताहरु भोज खादै रहेको
देखेछन् । देख्ने बितिकै डर र त्रासमा बाहिर निस्केछन् l महारानीले स्थानीयहरुलाई भित्र
जे देखियो सबै सुनाए र दक्षिणकाली मन्दिरतर्फ सवारीमा निस्किए ।
दक्षिणकालीबाट फर्किने क्रममा खोकना नपुग्दै महारानीको रगत छाडेर मृत्यु भए । सोही घट्नाको प्रतिक स्वरूप त्यहि बेला देखि आजसम्म हरेक बर्ष बैशाख १ गतेको दिन श्री
रुद्रायानी गूठीबाट श्राद्ध गरिदै आइरहेको पाइन्छ ।
श्रोत : रुद्रायणी गुठी (फेसबुकबाट साभार)होली खेल्दै मनाइने : सिरुवा पर्व
तराईका जिल्लाहरुमा नयाँ बर्षको सुभारम्भको बिहानैदेखि सिरुवा पर्व मनाउने गरिन्छ । आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्ने, चुलो पूजा गर्ने र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्ने र सडक सरसफाइगर्ने यस पर्वको विशेषताहरु हुन् l
यस अवसरमा बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून्’ भनेर आशिष दिने गर्दछ । कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नु नै मुख्य आशय रहेको यस पर्व मैथिली समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि भन्ने गर्छन् ।
यस पर्वको अर्को मुख्य विशेषतामा चुलोको
पूजा गर्नु हो । चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि, घरका चुलोमा
राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजननै रातिमा खाने परम्परा रहेको छ ।
वर्षमा एक दिन चुलोलाई पनि आराम गर्न दिनुपर्ने मान्यता छ ।
सो अवसरमा घरका देउताका साथै चुलो र
चौंखटको पूजा गरी बासीभात, दही, चिनी प्रसादका रुपमा चढाउने गरिन्छ ।
प्रसादका रुपमा चढाइएका ‘बासीभात’ नयाँ माटाको भाँडोमा एक दिनअगावै
पवित्रताका साथ पकाएर राखिएको हुन्छ ।
यसका साथै, बिहानैदेखि आ–आफ्ना आँगनबारीमा
रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्नु, इनार,
सडकको नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको देखिन्छ ।
गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन
र वैशाख महिनामा हावा पनि चल्ने गरेकाले सडकमा धुलो नउड्न नदिनेका लागि
पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई स्वच्छता प्रदान
गर्नका लागि समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ ।
यसका साथै, एक अर्कामाथि हिलो छ्याप्दै
पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ
गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् ।
यस पर्वमा आँपको चिचिलाको चोखा, सोइजनको तरकारी, दही र चिनी अनिवार्य रुपमा
खाने गरिन्छ । मैथिल, थारु, राजवंशी, सतारलगायतका समुदायले आ–आफ्ना
धार्मिक एवं संस्कतिअनुसार पर्व मनाउने गर्छन् । मैथिल समुदायबाहेक अन्य
समुदायले मासु पनि खाने गर्छन् ।
श्रोत : दैनिकीबाट साभार
श्रोत : दैनिकीबाट साभार
Friday, March 30, 2018
कमलादी गणेश - सेतो गणेश
धेरै
अघि कमलादी भेगमा खेत मात्र थियो, बस्ती बसेको थिएन । एक चोटी खेतीपाती गर्ने क्रममा खेतको बीचमा एक सेतो प्रस्तर फेला परेछ । किसानहरूले त्यसलाई गणेश भगवान्
मानेर पूजाआजा गर्न थालेछन् । त्यसपछिका दिनहरुमा उनीहरूले ती गणेश काठमाडौं उपत्यकाका
पीठहरूका विनायक हुन् भन्ने थाहा पाएछन् । कमलादी गणेशका लागि राजेन्द्रविक्रम शाह लगायतका राजा र अन्य भक्तहरूले पनि मन्दिर निर्माण र त्यसको जीर्णोद्धार गरेका थिए । राजा पृथ्वीवीरविक्रम शाहले पनि यिनै गणेशको उपासना गरेपछि त्रिभुवनलाई जन्म दिएको विश्वास गरिन्छ । काठमाडौ बासीहरु सन्तान प्राप्तिको लागि यस गणेशलाई उपासना गर्ने गर्दछन ।
Thursday, March 22, 2018
नाला : सृष्टिकान्त लोकेश्वर / करुणामय जात्रा
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ ।
पुजारी पुण्यराज बज्राचार्यको अनुसार सृष्टिकान्त लोकेश्वरलाई सम्पूर्ण
भगवानहरुको सृष्टिकर्ताका रूपमा लिइने गरिन्छ । पुजारीको अनुसार यो जात्रा
नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६
सालदेखि भन्ने उल्लेख छ । पहिले यो मन्दिर काठमाडौँ उपत्यकाको बुंगमतीमा
थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पुर्याउने क्रममा यही
नालाको बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेपछि यही ठाउँमा
मूर्ति छोडेर भागेको भन्ने भनाइ छ । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि
नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् । नाला सृष्टिकान्त
लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला
बजार परिक्रमा गराइने गरिन्छ ।
Tuesday, March 20, 2018
सेतो मछिन्द्रनाथ / करुणामय : जमलबाट रथ यात्रा गर्नुको रहस्य
किम्बदन्ती अनुसार परापूर्व कालमा यसै जमल क्षेत्रको खेतमा एक जना
ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त
मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान
झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको
किम्वदन्ती छ । सोही परम्परा अनुसार करुनानायम देवताको जात्रा चलाउँदा
अहिले पनि मुर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...





