Monday, March 20, 2017

महाँकाल भैरवको कथा

काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा

लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पानी पार्ने अनेक उपाय गरे । धेरै गण्यमान्यहरू र तान्त्रिकहरूसँग सर–सल्लाह हुँदा तान्त्रिकका पनि तान्त्रिक शाश्वत बज्र गुभाजुको नेतृत्वमा ठूलो यज्ञ गर्ने र यज्ञको बलमा पानी पार्न सक्ने बैज्ञानिक र आध्यात्मिक आधार देखिएकोले यज्ञ गर्ने निर्णयमा पुगे । यज्ञ सुरु भो, अग्नी दन्कियो, स्वाहा गर्यो । सर्पदेखि बिच्छीसम्म होमिए । हेर्दाहेर्दै आकाशमा अजङ्गको कालो मेघ देखा पर्यो । यति बिशाल र सघन बादल कहिले पनि देखिएको थिएन । सब खुशी भए । राजा जनता, बटुक, पण्डित । तर तान्त्रिक गुभाजुको अनुहारमा चमकभन्दा ज्यादा चिन्ता देखिए । सहकर्मी तान्त्रिकहरू छक्क परे । यत्रो साधनाको फल, आकाशमा देखिँदा पनि तान्त्रिक गुभाजु हर्षित थिएन । सबै तान्त्रिकहरू गुभाजु भए ठाउँमा गए र जिज्ञासा राखे ।

“गुरु देव, यज्ञ सफल भएकोमा हजुर खुशी देखिनु हुन्न नि, यसको कुनै कारण छ कि, हामीले त बुझ्न सकेनौं” गुभाजुले आफ्नो चिन्ता प्रकट गरे ।
‘मलाई यो मेघ प्राकृतिक लागेन, पानीको कुनै अंश देख्दिन’
‘कुनै दैवी छल वा पिसाचको संकट हुनसक्छ’
‘त्यसैले म त्यो बादललाई धरतीमा झार्न चाहन्छु, सत्य देख्न चाहन्छु’

गुभाजुको यो तर्क सुनेपछि सबैले त्यो रहस्यमय बादलको सत्य तथ्य बुझ्नै पर्ने ठहर गरी, गुभाजुलाई शक्ति प्रयोग गर्न सहमति दिए । गुभाजुले आफ्नो भए भरको तन्त्रमन्त्र प्रयोग गरी त्यो भीमकाय मेघलाई तारण लगाई झारे । झर्दा त बिशाल कालो रंगको ढुङ्गा झरे । करिब ६ हात लामो, ३ हात चौडा र २ हात उचाईको ढुङ्गा झरे । घोर अनिष्ट ! आकाशबाट बिशाल ढुङ्गा झरेकोमा हल्लाखल्ला धेरै भए । गुभाजुलाई लाग्यो तारण लगाई झारेको ढुङ्गा चानचुने होइन । यो कसैको छद्मभेषी अवतार हुन सक्छ । तारण फुकालेर, तन्त्रको बलले सही रूपमा प्रकट हुन आग्रह गरे । अचम्म, कालो वर्णको, भीमकाय शरीर भएको, सर्पको माला लगाएको, हातमा पात्र (गुलपाः), गद्दा, खड्ग बोकेको महाँकाल रहेछ, संसारलाई शत्रु र संकटबाट बचाउने देवको रूपमा । त्यो थाहा पाएपछि, गुभाजुले आफ्नो अज्ञानताको लागि माफी मागे र देशमा संकट भएकोले अबदेखि यहीँ राज हुन अनेक बिन्ति गरे ।महाँकाल देवताले ‘मलाई संसारभरिका भक्त र सत्यको रक्षा गर्नु छ त्यसैले एकै ठाउँमा बस्न मिल्दैन, त्यसले वत्स, तिम्रो आग्रहलाई मानेर म हरेक शनिबार अवश्य आउँछु । मलाई एउटा मन्दिर बनाएर र मूर्ति बनाई राखी देउ, म आएर दर्शन दिन्छु ।

एक दिनले नपुग्ने गुनासो गरेपछि भगवानले केही सहुलियत दिने निर्णय गरे । ‘हरेक शनिबार त म आउँछु र मंगलबारको दिन पनि अन्य संकटकालीन काम आइपरे भने ऐच्छिक रूपमा आउँछु र कान्तिपुरबासीको दुःख निवारण गर्न सक्दो मदत गर्नेछु ।’

यति सुनेर गुभाजु लगायत सबै जनाले महाँकाल देवताको जय जयकार गर्न थाले । अचेल त्यो ढुङ्गारूपी महाँकाल खसेको ठाउँ ढुङ्गासहित यद्यपी देख्न सकिन्छ । पुरानो बसपार्क, शहीद शुक्र माध्यमिक विद्यालयको सामुन्ने त्यो ढुङ्गारूपी असली महाँकाल अहिले पनि देख्न सकिन्छ
। हाल त्यस स्थानलाई सुरक्षित रूपमा बार लगाई, माथी सुनको जलप भएको झल्लर राखिएको छ ।

श्रोत : राहुल भाई (www.sajha.com)

Sunday, January 29, 2017

कविन्द्र राजा प्रताप मल्लको एक कर्तुत


कविन्द्र, नृत्यकार, अभिनयकर्ता, नाटककार र तान्त्रिक राजाको रुपमा चिनिने राजा प्रताप मल्लको तान्त्रिक बिद्या सिद्ध गर्न ६४ यौन आसनहरु पुरा गर्ने क्रममा अन्तमा ११ बर्षको रजस्वला नै नभएकी बालिकाको बलात्कार गरिसकेपछिको एक दृश्य :

रानी रुपवती, राजवती र अनन्तप्रिया तिनै रानीहरु राजा प्रताप मल्लको खोपीमा पुग्नासाथ मुजावाल सुरुवाल र लामो दौरा लगाएकी एघार बर्षकी एउटी बच्चीलाई मुखभरि फिंज भएको, केश फिंजाएकी अनि मृत रुपमा अचानक देख्नासाथ तिनै रानीहरु झस्किन्दै, एकछिन त्यहीं उभिई घोर आश्चर्यमा पर्दछन

"ए दिदी, यो के भएको ?" भनी अनन्तप्रियाले राजवतिसंग सोधनी गर्दछिन ।

मृत बालिकाको सुरुवालमाथिको रगतको टाटो देखाउंदै "के भएको भन्ने हेर न ।" राजवतीले अनन्तप्रियालाई देखाउँछिन र पुन: भन्छिन - "रजस्वला नै नभएकीमाथि यस्तो अन्याय ?"

"रुखमाथि चढी पाकेका अम्बा टिप्दै, खाँदै गर्दागर्दै (लासमाथि हात उठाउँदै) यी काँचै अम्बामाथि प्रकृतिको बिरोधमा आक्रमण ? छि: कस्तो अत्याचार ।" भन्दै ढोकाको खापा घचक्क अचेडी खोल्दै "बहुलाको छोराको यो के बहुलट्ठी कार्य ?" भन्दै प्रताप मल्लको अगाडी धिंग उभिन पुग्छिन रानी रुपवती ।

टुक्रुक्क बसी दुवै घुंडाले आफ्नो टाउको च्यापी बसेका प्रताप मल्ल बिस्तारै टाउको उठाउँदै भन्छन - "एक कान दुइ कान तिन कान त भै हाल्यो, अब मलाई मैदान नबनाओ न मेरा महारानीहरू हो ।" भन्दै हात जोर्दछन ।

त्यसपछि बाहिर बसी हेरिरहेका महारानी राजवती ढोकाबाट भित्र पस्दै दिदीसंग बस्दै भन्न लागिन् - "राजा भएर पनि आफ्नै रानीहरुको अगाडी अपराधीको रुपमा लुरुक्क परेर अनुहार बिगार्दै दुवै घुँडा समाई कुक्रुक्क परेर वस्न पर्यो ।" यतिकैमा अनन्तप्रिया महारानी अगाडी आइन् र भनिन = "अपराध गरेपछि सिंह पनि मुसाको रुपमा देखा पर्दो रहेछ" ।

"ए त्रिशक्ति देवीहरू, मैले अपराध गरें ! क्षमा गर या दण्ड, मलाई स्वीकार छ, भन्दै प्रताप मल्ल पुन: घुंडामुनि शिर लुकाउन थाल्छन् ।

(बासुपासाको "प्रताप मल्ल" ऐतिहासिक उपन्यासबाट साभार)

Sunday, October 30, 2016

मे दिवसको सन्दर्भ


सन १८८६ को मे १ को दिनदेखि शिकागोको एक मेलामा दैनिक ८ घण्टा मजदुरीको माग लिएर एक सामान्य बिरोध कार्यक्रम चल्दैथ्यो । मे ४ को दिन प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई तितरबितर पार्न थाले । एक अपरिचित ब्यक्तिले प्रहरीलाई साथ दिंदै भिडमा बम फ्याँके । हेर्दाहेर्दै शान्त प्रदर्शन युद्धभुमिमा परिवर्तन भए । सयौं नागरिकहरु मारिए, कैयौं घाइते भए । ८ प्रहरीको ज्यान गए, ६० प्रहरीको घाइते भए । सयौं श्रमिक नेताहरु र समर्थकहरुलाइ झरपक्कड गरिए र ४ जनालाई झुण्ड्याइए । मे ५ को दिन स्थानिय सरकारको मिलिसियाले भिडमाथि गोली बर्साउन थाले र ७ प्रदर्शनकारी मारिए । कुखुरालाई दाना खुवाउँदै गरेका किसान पनि मारिए । एक स्कुले बालक पनि मारिए ।

यश घटनाको ३ बर्षपछि पेरिसमा भएको कंग्रेसको एक मिटिङमा यस घटनालाई अन्तर्राष्ट्रिय प्रदर्शनको रुपमा उठाए । लगतै १८९० मा भएको दोस्रो मिटिङ्ममा पनि निरन्तरता पाए र १८९१ मा यसले एक बार्षिक अन्तर्राष्ट्रिय प्रदर्शनको रुपमा औपचारिकता पाए । International Socialists Congress Amsterdam 1904 ले सबै देशका समाजवादी प्रजातान्त्रिक पार्टी, संगठन, युनियनहरुलाई मे १ को दिन ८ घण्टा दैनिक कामको लागि बैधानिक रुपमै विश्वब्यापी प्रदर्शन गर्न आह्वान गरे । कंग्रेसले मे १ को दिन कसैले पनि काम नगर्ने र विश्वब्यापी रुपमा शक्तिशाली प्रदर्शन गर्ने घोषणा गरे ।

यता प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रले भरिभराउ देश नेपालमा चाहिँ मे १ को दिन पनि सार्वजनिक बिदा नदिएर श्रम शोषण गर्ने थुप्रै साहु महाजनहरु भेटिन्छ्न्

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...